16/07/2026
भट्टीबाट हलिउडको आकाशसम्म: डैनी ट्रेहोको दोस्रो जन्म
जसलाई ३ व!र्षको उमेरमा आमाको काखबाट खोसियो, ८ व!र्षको उमेरमा आफ्नै काकाले कु!लतको नर्कमा धकेले र १० व!र्षमा जेलको चिसो कोठामा पुर्याए। चरम हिं!सा र अपराधको दलदलबाट निस्किएर कसरी एकजना अपराधी हलिउडको सुपरस्टार बन्न सक्छ?
उनी हुन - डैनी ट्रेहोको
१६ मे १९४४ डैनी ट्रेहोको जन्म एउटा यस्तो भुमरीमा भयो, जहाँ प्रेमको सितल छहारी होइन, केवल आँधी र त्रास मात्र थियो उनी लस एन्जलसको मेवुडमा जन्मिए र इको पार्कको गल्लीहरूमा हुर्किए। उनको यो धर्तीमा आउने ढोका नै एउटा अ!वैध सम्बन्धको उपज थियो।
दोस्रो विश्वयुद्धको त्यो भयानक समयमा उनकी आमा डेलोरेसका श्रीमान् युद्ध लड्न टाढा गएका बेला उनका बुबा डियोनिसियोसँग आमाको भेट भयो र डैनी जन्मिए उनी जन्मने बित्तिकै उनको भाग्यमा फरार जीवन लेखियो बुबाले अर्को एक व्यक्तिलाई छु!रा प्रहार गरेपछि प्रह!रीबाट बच्न उनको परिवार लस एन्जलस छोडेर टेक्सासको स्यान एन्टोनियो भाग्नुपर्यो।
उनी एक वर्षको हुँदा बुबाले आत्मसमर्पण त गर्नुभयो, तर डैनीको जीवनको असली सजाय भने अझै सुरु हुन बाँकी नै थियो उनी मात्र ३ वर्षका थिए, जब एउटा सानो दुर्घटनामा उनको हात मर्कियो तर त्यो सामान्य घटनाले उनको जीवनमा एउटा ठूलो भूकम्प ल्याइदियो आक्रोशित बुबाले उनकी आमा डेलोरेसलाई डैनीसँग भेट्न पूर्ण रूपमा प्रतिबन्ध लगाइदिनुभयो
के तपाईं कल्पना गर्न सक्नुहुन्छ? सन् १९४९ देखि १९६५ सम्म लामो १६ वर्षसम्म उनले उनलाई जन्म दिने आफ्नी आमाको अनुहार समेत देख्न पाएनन् आमाको काख खोसिएपछि डैनीको बाल्यकाल एउटा नर्क जस्तै बन्यो।
बुबाको मनमा उनका लागि कुनै माया थिएन, केवल रिस र घृणा थियो बुबाले उनीमाथि बारम्बार शारी!रिक र मानसिक शो!षण गर्नुहुन्थ्यो घरको वातावरण यति विषाक्त र पुरुषहरूको आक्रोशले भरिएको थियो कि सास फेर्न पनि डर लाग्थ्यो।
त्यो चरम हिं!साको बीचमा उनकी सौतेनी आमा 'एलाइस मेन्डियास' मात्र उनको एउटै सहारा हुनुहुन्थ्यो, जसको काखमा टाउको लुकाएर उनी कयौँ रात रुने गर्थे।
बुबाको त्यो क्रू!रता र घरको डर!लाग्दो वातावरणबाट भाग्न उनी आफ्ना काका गिल्बर्टतर्फ आकर्षित भए उनलाई लाग्थ्यो काकाले उनलाई माया गर्छन्, तर उनी अन्जान थिए कि काका त एउटा लागु!औषध त!स्कर र अप!राधी थिए। काकाले उनलाई मायाको नाममा बिस्तारै विनाशको बाटोमा धकेलिदिए डैनीको पतनको कथा यति सानै उमेरमा सुरु भयो कि सम्झिँदा आज पनि मुटु काँप्छ मात्र ८ व!र्षको उमेरमा उनले गाँ!जा तान्न सुरु गरे... १२ वर्षको उमेरमा उनी हिरो!इन जस्तो भयानक ला!गुऔष!धको गम्भीर दुर्व्यसनी भइसकेका थिए। काकाले नै पहिलो पटक उनलाई त्यो वि!ष दिएका थिए, जसको अत्य!धिक मात्रा (Ove!!rdose) का कारण उनी मृत्युको मुखमा पुगेर झन्डै बाँचेका थिए। १८ वर्षको उमेरमा उनी को!!कि!नको कालो लतमा नराम्ररी फसिसकेका थिए।
ला!गुऔ!षधको यो लतले उनलाई अपराधको गहिरो सुरुङभित्र हुालिदियो उनी मात्र १० व!र्षको उ!मेरमा पहिलो पटक प्रह!रीको हतकडीमा परे त्यसपछिका कयौँ वर्षहरू उनको जीवन चोरी, डकै!ती, ला!गु!औषधको त!स्करी र जेलको चिसो कोठा (In and out of prison) भित्र-बाहिर गर्दैमा बित्यो उनको परिचय एउटा भ!यानक अपराधी र
दु!र्व्यसनी बनिसकेको थियो उनी अमेरिकाका सबैभन्दा खतरनाक जेलहरू जस्तै सान क्वेनटिनमा बन्द भए, जहाँ उनले बक्सिङ च्याम्पियनको उपाधि त जिते, तर उनको आत्मा भित्रभित्रै मरिरहेको थियो।
तर, दैवको लीला पनि अपरम्पार छ
जेेलको त्यो चिसो र अँध्यारो कोठामा एकदिन उनले ईश्वरसँग प्रार्थना गरे "मलाई यो नर्कबाट निकालिदेऊ, म एउटा असल मानिस बन्न चाहन्छु जेलबाट छुटेपछि उनले लागुऔषध परामर्शदाता (Drug Counselor) को रूपमा काम गर्न सुरु गरे उनी अरू युवाहरूलाई त्यो दलदलबाट निकाल्न चाहन्थे, जसमा उनी आफैँ वर्षौँसम्म फसेका थिए।
एकदिन, उनी एउटा युवालाई लागुऔषधको लतबाट जोगाउनका लागि एउटा फिल्मको सुटिङ सेटमा पुगे त्यो फिल्म थियो 'रनअवे ट्रेन' त्यहाँ उनलाई देखेर निर्देशकले उनको अनुहारको त्यो कठोरता र बक्सिङको कला मन पराए।
उनीहरूले डैनीलाई फिल्ममा एउटा सानो भूमिका दिए त्यो उनको जीवनको यस्तो मोड थियो, जसले उनलाई सडक र जेलको अपराधीबाट सिधै हलिउडको पर्दासम्म पुर्याइदियो। उनले 'मेचेते', 'फ्रोम डस्क टिल डन', र 'कन एयर' जस्ता कयौँ चर्चित फिल्महरूमा अभिनय गरे। जसलाई संसारले अपराधी भनेर थुकेको थियो, आज उनीहरू नै उनको अटोग्राफ लिन लाइन लाग्न थाले।
तर हलिउडको यो ठूलो स्टार बनिसक्दा पनि उनको एउटा अनौठो अडान र सम्झौता (Contract) छ, जसले संसारलाई स्तब्ध बनाउँछ। उनी आफ्ना धेरैजसो फिल्महरूमा जहिले पनि **"म मर्न चाहन्छु"** भनी सम्झौता गर्छन्। उनको पात्रले फिल्मको अन्त्यमा सजाय पाउनै पर्छ वा मर्नै पर्छ।
मानिसहरू उनलाई सोध्छन् "डैनी, तिमी किन हरेक फिल्ममा मरेको अभिनय गर्न चाहन्छौ?
उनी हाँसेर जवाफ दिन्छन्, तर उनको छातीभित्र एउटा गहिरो आँसु लुकेको हुन्छ उनी भन्छन् म संसारका युवाहरूलाई यो देखाउन चाहन्छु कि अपराधको बाटो रोज्ने मान्छे जतिसुकै शक्तिशाली वा 'ब्याड ब्वाई' किन नहोस्, उसको अन्त्य जहिले पनि दर्दनाक हुन्छ। कि त ऊ जेल जान्छ, कि त ऊ मर्छ। म फिल्ममा मरेर वास्तविक जीवनका कयौँ डैनीहरूलाई बचाउन चाहन्छु।"
जसको जीवन सडकको धुलो र जेलको हिलोमा कुहिएर सकिन लागेको थियो, आज उही डैनी ट्रेहो पर्दामा हजार पटक मरेर, वास्तविक संसारमा लाखौँ मानिसहरूका लागि प्रेरणाको एउटा जिउँदो तारा बनेर चम्किरहेका छन्।