Gandhi Adarsha

Gandhi Adarsha घृणा केही समयका लागि शक्तिशाली देखिन सक्छ, तर प्रेम र मानवता नै ती चीज हुन्, जसले समयलाई जित्छन्।

सन् २०१० फेब्रुअरी १५ को त्यो कठ्याङ्ग्रिँदो चिसो दिन न्यूयोर्कको ब्रोन्क्सस्थित एउटा अपार्टमेन्टमा एकाएक हडकम्प मच्चिन्...
16/07/2026

सन् २०१० फेब्रुअरी १५ को त्यो कठ्याङ्ग्रिँदो चिसो दिन न्यूयोर्कको ब्रोन्क्सस्थित एउटा अपार्टमेन्टमा एकाएक हडकम्प मच्चिन्छ पाँचौँ तलाको एउटा कोठाभित्र बाक्लो र विषाक्त कालो धुवाँ फैलिन थाल्छ भित्र १८ वर्षीया भ्यानेसा स्कट र उनकी सात महिनाकी सानी भदै जानियाह थुनिएका छन् बाहिर निस्कने सबै बाटो आगो र धुवाँले पूर्ण रूपमा बन्द भइसकेको छ।

निसास्सिएर ज्यान जाने अवस्था आएपछि भ्यानेसाले एउटा यस्तो साहसी निर्णय लिन्छिन्, जसले कसैको पनि आँखा रसाउँछ उनले कोठाको झ्यालमा लागेको सुरक्षा डन्डी (Grill) को सानो दुलोबाट ती अबोध शिशुलाई बाहिर निकाल्छिन् आफैँ भित्र धुवाँमा निसास्सिँदै, उनले शिशुलाई हावामै दह्रोसँग समातेर राखिन् ताकि सानी नानीले ताजा हावा फेर्न सकोस्

तल जम्मा भएका मानिसहरूलाई हेर्दै उनी भित्रैबाट चिच्याउँछिन्, यदि मेरो हात फुत्कियो भने, यसलाई समात्नुहोला!"

त्यही समयमा न्यूयोर्कका अग्निनियन्त्रक (Firefighters) हरू देवदूत बनेर आइपुग्छन् ३५ फिट लामो भर्‍याङको मद्दतले उनीहरूले ती शिशु, साहसी भ्यानेसा र परिवारका अन्य सदस्यहरूलाई सकुशल उद्धार गर्छन्।

इन्टरनेटमा यो तस्बिर आमा र छोरीको भनेर भाइरल भए तापनि, वास्तवमा ती एक दिदी थिइन् जसले आफ्नो ज्यान जोखिममा राखेर एउटा सुन्दर भविष्य बचाइन्। मानवता र वीरताको यो भन्दा ठुलो उदाहरण अरू के हुन सक्छ र?

भट्टीबाट हलिउडको आकाशसम्म: डैनी ट्रेहोको दोस्रो जन्मजसलाई ३ व!र्षको उमेरमा आमाको काखबाट खोसियो, ८ व!र्षको उमेरमा आफ्नै क...
16/07/2026

भट्टीबाट हलिउडको आकाशसम्म: डैनी ट्रेहोको दोस्रो जन्म
जसलाई ३ व!र्षको उमेरमा आमाको काखबाट खोसियो, ८ व!र्षको उमेरमा आफ्नै काकाले कु!लतको नर्कमा धकेले र १० व!र्षमा जेलको चिसो कोठामा पुर्‍याए। चरम हिं!सा र अपराधको दलदलबाट निस्किएर कसरी एकजना अपराधी हलिउडको सुपरस्टार बन्न सक्छ?

उनी हुन - डैनी ट्रेहोको

१६ मे १९४४ डैनी ट्रेहोको जन्म एउटा यस्तो भुमरीमा भयो, जहाँ प्रेमको सितल छहारी होइन, केवल आँधी र त्रास मात्र थियो उनी लस एन्जलसको मेवुडमा जन्मिए र इको पार्कको गल्लीहरूमा हुर्किए। उनको यो धर्तीमा आउने ढोका नै एउटा अ!वैध सम्बन्धको उपज थियो।

दोस्रो विश्वयुद्धको त्यो भयानक समयमा उनकी आमा डेलोरेसका श्रीमान् युद्ध लड्न टाढा गएका बेला उनका बुबा डियोनिसियोसँग आमाको भेट भयो र डैनी जन्मिए उनी जन्मने बित्तिकै उनको भाग्यमा फरार जीवन लेखियो बुबाले अर्को एक व्यक्तिलाई छु!रा प्रहार गरेपछि प्रह!रीबाट बच्न उनको परिवार लस एन्जलस छोडेर टेक्सासको स्यान एन्टोनियो भाग्नुपर्यो।

उनी एक वर्षको हुँदा बुबाले आत्मसमर्पण त गर्नुभयो, तर डैनीको जीवनको असली सजाय भने अझै सुरु हुन बाँकी नै थियो उनी मात्र ३ वर्षका थिए, जब एउटा सानो दुर्घटनामा उनको हात मर्कियो तर त्यो सामान्य घटनाले उनको जीवनमा एउटा ठूलो भूकम्प ल्याइदियो आक्रोशित बुबाले उनकी आमा डेलोरेसलाई डैनीसँग भेट्न पूर्ण रूपमा प्रतिबन्ध लगाइदिनुभयो

के तपाईं कल्पना गर्न सक्नुहुन्छ? सन् १९४९ देखि १९६५ सम्म लामो १६ वर्षसम्म उनले उनलाई जन्म दिने आफ्नी आमाको अनुहार समेत देख्न पाएनन् आमाको काख खोसिएपछि डैनीको बाल्यकाल एउटा नर्क जस्तै बन्यो।

बुबाको मनमा उनका लागि कुनै माया थिएन, केवल रिस र घृणा थियो बुबाले उनीमाथि बारम्बार शारी!रिक र मानसिक शो!षण गर्नुहुन्थ्यो घरको वातावरण यति विषाक्त र पुरुषहरूको आक्रोशले भरिएको थियो कि सास फेर्न पनि डर लाग्थ्यो।

त्यो चरम हिं!साको बीचमा उनकी सौतेनी आमा 'एलाइस मेन्डियास' मात्र उनको एउटै सहारा हुनुहुन्थ्यो, जसको काखमा टाउको लुकाएर उनी कयौँ रात रुने गर्थे।

बुबाको त्यो क्रू!रता र घरको डर!लाग्दो वातावरणबाट भाग्न उनी आफ्ना काका गिल्बर्टतर्फ आकर्षित भए उनलाई लाग्थ्यो काकाले उनलाई माया गर्छन्, तर उनी अन्जान थिए कि काका त एउटा लागु!औषध त!स्कर र अप!राधी थिए। काकाले उनलाई मायाको नाममा बिस्तारै विनाशको बाटोमा धकेलिदिए डैनीको पतनको कथा यति सानै उमेरमा सुरु भयो कि सम्झिँदा आज पनि मुटु काँप्छ मात्र ८ व!र्षको उमेरमा उनले गाँ!जा तान्न सुरु गरे... १२ वर्षको उमेरमा उनी हिरो!इन जस्तो भयानक ला!गुऔष!धको गम्भीर दुर्व्यसनी भइसकेका थिए। काकाले नै पहिलो पटक उनलाई त्यो वि!ष दिएका थिए, जसको अत्य!धिक मात्रा (Ove!!rdose) का कारण उनी मृत्युको मुखमा पुगेर झन्डै बाँचेका थिए। १८ वर्षको उमेरमा उनी को!!कि!नको कालो लतमा नराम्ररी फसिसकेका थिए।

ला!गुऔ!षधको यो लतले उनलाई अपराधको गहिरो सुरुङभित्र हुालिदियो उनी मात्र १० व!र्षको उ!मेरमा पहिलो पटक प्रह!रीको हतकडीमा परे त्यसपछिका कयौँ वर्षहरू उनको जीवन चोरी, डकै!ती, ला!गु!औषधको त!स्करी र जेलको चिसो कोठा (In and out of prison) भित्र-बाहिर गर्दैमा बित्यो उनको परिचय एउटा भ!यानक अपराधी र
दु!र्व्यसनी बनिसकेको थियो उनी अमेरिकाका सबैभन्दा खतरनाक जेलहरू जस्तै सान क्वेनटिनमा बन्द भए, जहाँ उनले बक्सिङ च्याम्पियनको उपाधि त जिते, तर उनको आत्मा भित्रभित्रै मरिरहेको थियो।

तर, दैवको लीला पनि अपरम्पार छ
जेेलको त्यो चिसो र अँध्यारो कोठामा एकदिन उनले ईश्वरसँग प्रार्थना गरे "मलाई यो नर्कबाट निकालिदेऊ, म एउटा असल मानिस बन्न चाहन्छु जेलबाट छुटेपछि उनले लागुऔषध परामर्शदाता (Drug Counselor) को रूपमा काम गर्न सुरु गरे उनी अरू युवाहरूलाई त्यो दलदलबाट निकाल्न चाहन्थे, जसमा उनी आफैँ वर्षौँसम्म फसेका थिए।

एकदिन, उनी एउटा युवालाई लागुऔषधको लतबाट जोगाउनका लागि एउटा फिल्मको सुटिङ सेटमा पुगे त्यो फिल्म थियो 'रनअवे ट्रेन' त्यहाँ उनलाई देखेर निर्देशकले उनको अनुहारको त्यो कठोरता र बक्सिङको कला मन पराए।

उनीहरूले डैनीलाई फिल्ममा एउटा सानो भूमिका दिए त्यो उनको जीवनको यस्तो मोड थियो, जसले उनलाई सडक र जेलको अपराधीबाट सिधै हलिउडको पर्दासम्म पुर्‍याइदियो। उनले 'मेचेते', 'फ्रोम डस्क टिल डन', र 'कन एयर' जस्ता कयौँ चर्चित फिल्महरूमा अभिनय गरे। जसलाई संसारले अपराधी भनेर थुकेको थियो, आज उनीहरू नै उनको अटोग्राफ लिन लाइन लाग्न थाले।

तर हलिउडको यो ठूलो स्टार बनिसक्दा पनि उनको एउटा अनौठो अडान र सम्झौता (Contract) छ, जसले संसारलाई स्तब्ध बनाउँछ। उनी आफ्ना धेरैजसो फिल्महरूमा जहिले पनि **"म मर्न चाहन्छु"** भनी सम्झौता गर्छन्। उनको पात्रले फिल्मको अन्त्यमा सजाय पाउनै पर्छ वा मर्नै पर्छ।

मानिसहरू उनलाई सोध्छन् "डैनी, तिमी किन हरेक फिल्ममा मरेको अभिनय गर्न चाहन्छौ?

उनी हाँसेर जवाफ दिन्छन्, तर उनको छातीभित्र एउटा गहिरो आँसु लुकेको हुन्छ उनी भन्छन् म संसारका युवाहरूलाई यो देखाउन चाहन्छु कि अपराधको बाटो रोज्ने मान्छे जतिसुकै शक्तिशाली वा 'ब्याड ब्वाई' किन नहोस्, उसको अन्त्य जहिले पनि दर्दनाक हुन्छ। कि त ऊ जेल जान्छ, कि त ऊ मर्छ। म फिल्ममा मरेर वास्तविक जीवनका कयौँ डैनीहरूलाई बचाउन चाहन्छु।"
जसको जीवन सडकको धुलो र जेलको हिलोमा कुहिएर सकिन लागेको थियो, आज उही डैनी ट्रेहो पर्दामा हजार पटक मरेर, वास्तविक संसारमा लाखौँ मानिसहरूका लागि प्रेरणाको एउटा जिउँदो तारा बनेर चम्किरहेका छन्।

​ ​ ​ ​ ​ ​ ​ ​ ​

आमा गुमाए.. र खोसिएको मेरो बाल्यकाल कागजमा लेखिएको 'झापा' र '४८ वर्ष' त केवल मेरो शरीरको पहिचान न हो आमा! मेरो आत्मा त ९...
15/07/2026

आमा गुमाए.. र खोसिएको मेरो बाल्यकाल

कागजमा लेखिएको 'झापा' र '४८ वर्ष' त केवल मेरो शरीरको पहिचान न हो आमा! मेरो आत्मा त ९ वर्षकै उमेरमा तिमीसँगै मरिसकेको थियो। मेरो दोस्रो जन्म त त्यो दिन भयो, जुन दिन सडकको हिलोमा मर्दै गर्दा मानवताले मलाई आफ्नो अँगालोमा बेर्यो

म आज ४८ वर्षको भएँ। म आफ्नो घर झापा बताउँछु। तर, विगतका ती धुलाम्मे पानाहरू पल्टाउँदा आज पनि मेरो छाती चर्किएर आउँछ। म मात्र ९ वर्षको अबोध बालक थिएँ, जसलाई संसारको कति पनि ज्ञान थिएन। अचानक मेरो जीवनमा एउटा यस्तो अँध्यारो रात आयो, जसले मेरी प्राणभन्दा प्यारी आमालाई मबाट सधैँका लागि खोसेर लग्यो। आमाको मृत्युपछि मेरो संसार उजाडियो। बाले अर्को बिहे गर्नुभयो। घरमा दाजुभाइ र बहिनीहरू त थिए, तर आमा बिनाको त्यो घर मेरो लागि एउटा पिँजडा जस्तै बन्यो। सौतेनी आमाको उपेक्षा र मातृत्वको त्यो रित्तोपन मेरो बालमस्तिष्कले सहन सकेन। कयौँ रात सिरानी भिजाएर रोएपछि, एकदिन मैले सानै उमेरमा आफ्नो घर र आफ्नो झापा सधैँका लागि छोडेर हिँडेँ।

त्यसपछि सुरु भयो मेरो जीवनको सबैभन्दा कष्टकर र कहालीलाग्दो यात्रा। ९ वर्षको एउटा बालक, जसले कसैको न्यानो काख पाउनुपर्ने थियो, ऊ सडकको धुलोमा पेट पाल्नका लागि बाटो-बाटो माग्दै हिँड्न बाध्य भयो। मैले जोगीको भेष धारण गरेँ। कयौँ वर्षसम्म मैले खाली खुट्टै हिँडेँ। हिउँदको मुटु कमाउने जाडो होस् या वर्षाको मुसलधारे पानी, मेरा नाङ्गा खुट्टाले भारतका हरिद्वार, ऋषिकेशदेखि नेपालका विभिन्न तीर्थस्थलका तीखा ढुङ्गाहरूमा आफ्नो रगत बगाइरहे।

त्यो भीडभाड र धार्मिक स्थलहरूमा म झन् एक्लो भएँ। आमाको याद र आफ्नो भन्ने कोही नहुँदाको त्यो असह्य मानसिक पीडालाई भुलाउन म बिस्तारै कुलतको भयानक दलदलमा फसेँ त्यो कुलत मेरो लागि नशा मात्र थिएन आमा, त्यो त मेरो एक्लोपन र छातीभित्रको पीडालाई केही क्षणका लागि सुताउने विषालु मलम थियो। जीवन लगभग समाप्तिको दिशामा बगिरहेको थियो

तर, भाग्यले मलाई यतिमा मात्र छोडेन उसले ममाथि फेरि अर्को बज्रपात गर्यो

मैले आफ्नो पेट काटेर, भोकभोकै बसेर भविष्यमा कहिल्यै काम लाग्ला कि भनेर मागेरै करिब ३५ हजार रुपैयाँ जम्मा गरेको थिएँ। तर, एक रात पोखराको एउटा चिसो सडकमा केही पापीहरूले मलाई फलामको रडले क्रूरतापूर्वक टाउको र खुट्टामा प्रहार गरे मेरो वर्षौँको त्यो पसिनाको कमाइ त लुटेर लगे नै, साथमा मेरो हिँड्ने सहारा पनि खोसेर लगे उपचार नपाएर मेरो एउटा खुट्टा यसरी सुन्नियो कि म जीवनभरका लागि अपाङ्ग बनेँ

एक त कुलतले सडेको शरीर, त्यसमाथि एउटा सुन्निएको घाउले भरिएको खुट्टा। म सडकको किनारामा कीरा परेको लाश जस्तै छटपटिइरहेको थिएँ। लाग्थ्यो, अब मेरो जीवनको अन्त्य यही सडकको किनारामा कुहिएर हुनेछ।
तर, दैवको लीला पनि अपरम्पार छ
जब म मृत्युको अन्तिम क्षण पर्खिरहेको थिएँ, मेरो जीवनमा भगवान् जस्तै बनेर मानव सेवा आश्रम का सेवकहरू आइपुगे मलाई सडकको हिलोबाट उठाएर जब उनीहरूले आश्रममा लगे, मलाई लाग्यो मेरो अगाडि फेरि मेरी आमा उभिएकी छिन्। उनीहरूले मलाई केवल आश्रय मात्र दिएनन्, मेरो खुट्टाको घाउ मात्र धोएनन्, मेरो मनको वर्षौँ पुरानो घाउमा पनि मायाको मलम लगाइदिए"जसलाई संसारले त्याग्छ, उसलाई ईश्वरले मानव सेवा आश्रमको रूपमा अँगाल्छ।

त्यहाँ पाएको असीमित माया र उपचारका कारण मैले आज त्यो भयानक कुलतलाई सधैँका लागि त्यागेको छु। आज म फेरि एउटा नयाँ मानिस बनेको छु। मेरो जीवन त उनीहरूले बचाए, तर मेरो मनको एउटा कुनामा अझै पनि एउटा ठूलो आँधी चलिरहेको छ।

आज ४८ वर्षको भएँ आमा! मेरा दाजुभाइ, बहिनीहरू कता छन्, कुन हालमा छन्, मलाई केही थाहा छैन म उनीहरूलाई भेट्न र आफ्नो परिवारको न्यानो अँगालोमा एक पटक रुन चाहन्छु। मानव सेवा आश्रमले पनि मलाई मेरो परिवारसँग पुनर्मिलन गराउन दिनरात प्रयास गरिरहेको छ।
हे भगवान्! मलाई यो जुनीमा मेरी आमाको काख त भाग्य ले दिएन, तर म मर्ने बेलामा मेरा दाजुभाइ र बहिनीहरूको अनुहार हेरेर मर्न पाऊँ मलाई मेरो हराएको परिवार फिर्ता गरिदेऊ म मेरो झापाको त्यही पुरानो आँगनमा फेरि एक पटक पाइला टेक्न चाहन्छु!
Image Video capture: मानव सेवा आश्रम ( page) बाट

​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​

२६ वर्षीय भक्तबहादुर ओछ्यानमा पल्टिएर टोलाइरहेका थिए उनको छेउमै ४ वर्षकी छोरी र २ वर्षको छोरा कतिबेला भोक लाग्यो भन्दै र...
14/07/2026

२६ वर्षीय भक्तबहादुर ओछ्यानमा पल्टिएर टोलाइरहेका थिए उनको छेउमै ४ वर्षकी छोरी र २ वर्षको छोरा कतिबेला भोक लाग्यो भन्दै रोइरहेका थिए भने ६ महिनाकी गर्भवती पत्नी आफ्नो भोक बिर्सेर छोराछोरीलाई फकाउन व्यस्त थिइन्।

घरको जेठो छोरो भएकाले भक्तबहादुरको काँधमा परिवारको ठूलो जिम्मेवारी थियो बुढेशकाल लागेका बुबाको आङ खिसिइसकेको थियो घरमा अन्नको गेडो सकिन लागेको थियो चाडबाड आउँदा साहुको ऋण कसरी तिर्ने र छोराछोरीलाई कसरी नयाँ लुगा किन्दिने भन्ने चिन्ताले उनलाई रातभरि सुत्न दिँदैनथ्यो

एकदिन साँझ, भक्तबहादुरले आफ्नो परिवारलाई हेरेर मन दह्रो बनाए। उनले आफ्नी गर्भवती पत्नीको हात समातेर भने, "यसरी त चल्दै चलेन गाउँमा बसेर न नानीहरूको भविष्य बन्ने भयो, न त यो गरिबीबाट मुक्ति पाइने भयो। म दुबई जान्छु। दुई-चार वर्ष दुःख गर्छु, अनि सधैँका लागि फर्किएर यहीँ केही गरौँला।

तर, विदेश जानु भन्नु जति सजिलो थियो, गर्नु त्यति नै गाह्रो थियो म्यानपावरदेखि दुबई जाने सम्पूर्ण तयारीका लागि २ लाख ५० हजार रुपैयाँ आवश्यक थियो। घरमा एक रुपैयाँ नगद थिएन।

भक्तबहादुरका बुढा बुबा लौरो टेक्दै गाउँका सम्भ्रान्त र साहुकहाँ पुगे। "मेरो छोरो विदेश गएर कमाएपछि पहिलो महिनाकै तलबबाट तपाईंको सावाँ-ब्याज चुक्ता गरिदिन्छु," भन्दै बुबाले साहुका अगाडि हात जोडे। साहुले सढेड दुई लाख रुपैयाँका लागि चर्को ब्याजदर (सय कडा तीन) तोक्यो। भक्तबहादुरको परिवारसँग त्यो सर्त मान्नुको विकल्प थिएन। उनीहरूले आफ्नो सानो पाखो बारी र ओत लाग्ने झुप्रो घर साहुकहाँ धितो राखे।

पैसा हातमा परेपछि परिवारमा एउटा आशाको किरण त पलायो, तर ऋणको भारीले उनीहरूको छाती थिचिसकेको थियो। भक्तबहादुरले मनमनै योजना बनाएका थिए, "दुबई पुगेपछि पहिलो ६ महिनाको कमाइले साहुको सबै ऋण र ब्याज तिरिसक्छु। त्यसपछिको पैसाले पत्नीको सुत्केरी खर्च र छोराछोरीलाई राम्रो स्कुलमा पढाउँछु। अनि अलिअलि जम्मा गरेर गाउँमै एउटा सानो व्यवसाय सुरु गर्छु।"

असार १२ गते त्यो दिन भक्तबहादुरको घरमा रुवाबासी चल्यो। छोराछोरी बाबाको सुरुवालको फेर समातेर रुँदै थिए। पत्नीको आँखाबाट आँसु रोकिएका थिएनन्। भक्तबहादुरले आफ्नी गर्भवती पत्नीको आँसु पुछिदिँदै भने, "नरोऊ न, तिम्रो पेटमा मेरो तेस्रो सन्तान हुर्किँदैछ। आफ्नो र नानीहरूको ख्याल राख्नू। म ठिक २० दिनमा पहिलो महिनाको आधा तलब जस्तै एड्भान्स पाएपछि बुबाको हातमा पैसा पठाइदिन्छु। साहुको ऋण तिर्न सुरु गर्नुपर्छ।"
बुबाले छोराको टाउकोमा हात राखेर आशीर्वाद दिए। भक्तबहादुरले सबैको आँसु र आफ्नो सपनालाई एउटा सानो सुटकेसमा पोको पारेर गाउँ छोडे।

असार १४ गते। उनी दुबई पुगेको भर्खर दुई दिन भएको थियो। नयाँ ठाउँ, नयाँ परिवेश। तर, दैवको खेल कस्तो! काम गर्ने सिलसिलामा कम्पनीको छतबाट चिप्लेर भक्तबहादुरको अकल्पनीय दुर्घटना भयो र उनको त्यहीँ ज्यान गयो
जुन दिन उनले दुबई पुगेको ठीक २० दिन पूरा गरे, त्यो दिन उनको कमाइको पहिलो पैसा होइन, बरु उनको मृत्युको खबर दैलेखको त्यो सानो झुप्रोमा पुग्यो।

गाउँमा कोलाहल मच्चियो। ६ महिनाकी गर्भवती पत्नी अचेत भइन्। ४ वर्षकी छोरी र २ वर्षको छोरा अझै पनि "बाबाले दुबईबाट नयाँ लुगा र खेलौना ल्याइदिनुहुन्छ" भन्दै बाटो हेरिरहेका छन्। वृद्ध बुबा लौरो समातेर टोलाइरहेका छन्।
जुन परिवारको खुसीका लागि भक्तबहादुरले साहुसँग २ लाख ५० हजार रुपैयाँ ऋण काढेका थिए, आज त्यो ऋण त जस्ताको त्यस्तै छ, तर त्यो ऋण तिर्ने र परिवारलाई सुख दिने भक्तबहादुर भने यो संसारमा कहिल्यै नफर्कने गरी अस्ताए। सपनाहरू अधुरै रहे, ऋणको बोझ र आँसु मात्रै त्यो परिवारको साहारा बन्यो।

बिहान सबैभन्दा पहिले उठ्नु र राती सबैभन्दा ढिलो सुत्नु उनको जीवनको अकाट्य नियम थियो आफू बिरामी हुँदा पनि कहिल्यै "मलाई स...
14/07/2026

बिहान सबैभन्दा पहिले उठ्नु र राती सबैभन्दा ढिलो सुत्नु उनको जीवनको अकाट्य नियम थियो आफू बिरामी हुँदा पनि कहिल्यै "मलाई सन्चो छैन" भनिनन्,

एउटी महिला जतिसुकै समर्पित, मायालु र सहनशील किन नहोस्, उमेर ढल्किँदै जाँदा र शरीरको तातो रगत सेलाउँदै जाँदा, उसले आफ्नो अस्तित्व र महत्त्व गुमाउँदै जान्छ दिनरात घर-व्यवहार, भान्सा र सन्तानको हेरचाहमा आफ्नो जवानी र सपनाहरू छाड्ने आमा नै कतिपय अवस्थामा बुढेसकालमा 'बोझ' वा 'किचकिचे' ठहरिन्छिन् किनकि, उनले सित्तैमा बाँडेको ममता र सेवाको कुनै मूल्य हुँदैन।

त्यो ७० वर्षको जीर्ण शरीर, खिइएका घुँडाहरू, र फुस्रो कपाल हिजोका दिनमा परिवारलाई ऊर्जा दिने त्यो ममतामयी रूप आज थकित र गलित अवस्थामा छ
भान्साको चिसो चौका र रित्तो चम्को हेर्दै उनी सोच्छिन् के मैले यही शून्यताका लागि आफ्नो सारा जीवन यो घरका ढुङ्गा-माटोमा समाहित गरेकी थिएँ?"

जतिबेला उनको गालामा लाली र हातमा जाँगर थियो, उनले कहिल्यै आफ्ना लागि ऐना हेर्ने फुर्सद पाइनन् चाडबाडमा अरू महिलाहरूले नयाँ साडी र गहना किन्दा, उनको मन पनि नलोभिएको कहाँ हो र? तर,यो पैसा जोगाए छोराको नयाँ जुत्ता र छोरीको स्कुल ड्रेस किन्न पुग्छ" भन्दै उनले आफ्ना इच्छालाई सधैं भान्साको धुवाँसँगै उडाइन्।

बिहान सबैभन्दा पहिले उठ्नु र राती सबैभन्दा ढिलो सुत्नु उनको जीवनको अकाट्य नियम थियो आफू बिरामी हुँदा पनि कहिल्यै "मलाई सन्चो छैन" भनिनन्, किनकि उनलाई थाहा थियो उनी बिरामी हुँदा पूरै घर भोकै सुत्नुपर्थ्यो।

आज उनको त्यो कठोर तपस्या 'सफल' त भयो। सन्तानहरू पढे-लेखे, ठूला मान्छे बने, र कोही सहरका महलहरूमा त कोही सात समुद्र पारि आफ्नो सुखी संसार बसाउन सफल भए। जुन घरमा यी आमाले एक्लै सात-सात वटा सन्तानलाई दुःख-सुख गरेर, आफैं भोकै बसेर पनि एकैसाथ हुर्काइन् र बढाइन्; आज समय यस्तो बदलियो कि ती सात सन्तानका सातवटा आधुनिक र भव्य घरहरू छन्, तर विडम्बना! ती सातवटा घरहरूमध्ये कुनै पनि घरमा ती बुढी र एक्ली आमा अटाउन सकिनन्।
​आमाको कोमल काँध चढेर संसार देख्ने ती सन्तानहरू आज यति व्यस्त र स्वार्थी भए कि, उनीहरूलाई हुर्काउने त्यो "आमा" नामको जग अहिले एक्लै भत्किँदै गइरहेको छ।

हिजो घर र भान्सालाई चुस्त राख्ने ती हातहरू आज आफ्नै लागि एक कप चिया पकाउँदा पनि काँप्छन्।

हप्तामा एकाध पटक आउने औपचारिकताको फोन कलमा छोराछोरी भन्छन्, "आमा, हामी यहाँ निकै व्यस्त छौँ, आफ्नो ख्याल राख्नु होला
टाउको दुख्दा वा ज्वरो आउँदा निधारमा चिसो पट्टी राखिदिने कोही हुन्न। उनी केवल तस्बिरमा हाँसिरहेका नाति नातिनालाई हेरेर आँसु पुस्छिन्।

हाम्रो समाजको सबैभन्दा क्रूर यथार्थ यही हो। एउटी महिलाको उपयोगिता तबसम्म मात्र रहन्छ, जबसम्म उनको शरीरले काम गर्छ र उनी परिवारको सेवामा खटिन सक्छिन्। जब उनी अशक्त र परनिर्भर बन्छिन्, उनले जीवनभरि दिएको निस्वार्थ प्रेम र त्यागलाई 'कर्तव्य' को नाम दिएर सजिलै बिर्सिइन्छ।

सबैको ओठमा हाँसो र पेटमा आहारा पुर्‍याउँदा-पुर्‍याउँदै एउटी आमाले आफ्नो जीवनको अन्तिम अध्यायमा केवल 'उपेक्षा' र 'असह्य एक्लोपन' उपहार स्वरूप पाउँछिन्

शारीरिक दुखाइ निको भए पनि ड्यानीलाई ती औषधिहरूको मानसिक न!शा बस्न थाल्यो। डाक्टरको प्रेस्क्रिप्सनबाट सुरु भएको त्यो बानी...
14/07/2026

शारीरिक दुखाइ निको भए पनि ड्यानीलाई ती औषधिहरूको मानसिक न!शा बस्न थाल्यो। डाक्टरको प्रेस्क्रिप्सनबाट सुरु भएको त्यो बानी पछि को!!केन र अन्ततः सबैभन्दा घातक नशा हेरो!!इन (Her!!oin) सम्म पुग्यो। हेरो!!इनको पहिलो स्वाद चाखेपछि उनी यसरी फसे कि त्यहाँबाट फर्किने कुनै बाटो नै देखेनन्। नशा!!को तलतल मेटाउन उनले परिवारका सबै सम्बन्धहरू तोडे,

ड्यानीको जन्म अमेरिकाको ओक्लाहोमा शहरमा एउटा सामान्य र मायालु परिवारमा भएको थियो। उनको बाल्यकाल अन्य सामान्य बालबालिका जस्तै खेलकुद र हाँसोखुसीका साथ नै बितिरहेको थियो। परिवारले उनलाई राम्रो संस्कार र शिक्षा दिने हरदम प्रयास गरेकै हो। उनी हाइस्कूल पढ्दा निकै ऊर्जावान् र भविष्यका ठूला सपना देख्ने तन्नेरी थिए। तर नियतिले उनको जीवनको पानामा एउटा यस्तो अँध्यारो अध्याय लेख्न लागेको थियो, जसको कल्पनासम्म कसैले गरेको थिएन।

ड्यानीको कुलतको यात्रा हाइस्कूल पढ्दा साथीभाइको लहलहैमा र केही मानसिक तनाव वा 'ट्रौमा' (Trauma) बाट उम्किनका लागि गाँ!जा (Mari!!juana) को प्रयोगबाट सुरु भएको थियो। तर, उनलाई सताउने मुख्य मोड तब आयो जब उनको काँधमा गम्भीर चोट (Shoulder Injury) लाग्यो। चिकित्सकहरूले उनको दुखाइ कम गर्नका लागि कडा खालका 'पेनकिलर' (Painkillers/Opiates) औषधिहरू सिफारिस गरे।
बिस्तारै, शारीरिक दुखाइ निको भए पनि ड्यानीलाई ती औषधिहरूको मानसिक न!शा बस्न थाल्यो। डाक्टरको प्रेस्क्रिप्सनबाट सुरु भएको त्यो बानी पछि को!!केन र अन्ततः सबैभन्दा घातक नशा हेरो!!इन (Her!!oin) सम्म पुग्यो। हेरो!!इनको पहिलो स्वाद चाखेपछि उनी यसरी फसे कि त्यहाँबाट फर्किने कुनै बाटो नै देखेनन्। नशा!!को तलतल मेटाउन उनले परिवारका सबै सम्बन्धहरू तोडे, आफन्तहरूको विश्वास गुमाए र सबै ढोकाहरू एक-एक गर्दै बन्द भयो

पछिल्ला झन्डै ३ देखि ४ वर्ष ड्यानी पूर्ण रूपमा घरबारविहीन (Homeless) भए ओक्लाहोमा शहरका झाडी, त्रिपाल, टेन्ट र भत्किएका पुराना घरहरू नै उनको आश्रयस्थल बने। हेरो!!इनको सु!!ई लगातार लगाउनाले उनको हातमा गम्भीर इन्फेक्सन (सङ्क्रमण) भइसकेको थियो। न!शाको कारण उनको शरीर सुकेर जम्मा ९२ पाउन्ड (करीब ४१ केजी) मात्र बाँकी थियो उनी एउटा जिउँदो लास जस्तै बनेका थिए
सन् २०१६ तिर, उनीविरुद्ध रहेका केही पुराना कानुनी वारेन्टका कारण प्रहरीले उनलाई एउटा सडक पुलमुनिबाट पक्राउ गर्‍यो तर, जब प्रहरीले उनलाई जे!ल पुर्‍यायो, जेल प्रशासनले ड्यानीको नाजुक स्वास्थ्य स्थिति देखेर उनलाई हिरासतमा राख्न ठाडै अस्वीकार गर्‍यो र तुरुन्तै अस्पतालको आकस्मिक कक्ष (Emergency Room) मा पठाइदियो। डाक्टरहरू उनको ज्यान र इन्फेक्सनले कुहिन लागेको हात बचाउन लडिरहेका थिए त्यतिबेला ड्यानीलाई लागेको थियोअब उनको जीवन सकियो।

अस्पतालबाट डिस्चार्ज भएपछि ड्यानीको हातमा कपडा राखेको एउटा सामान्य प्लास्टिकको झोला मात्र थियो तर यही समयमा उनले जीवनको सबैभन्दा ठूलो निर्णय लिए म यसरी मर्दिनँ, म बाँच्छु उनी ओक्लाहोमाको 'Hope Is Alive' नामक सुधार गृह (Recovery Ministry) को ढोकामा पुगे।

त्यहाँको पुनर्स्थापना यात्रा सजिलो थिएन। वर्षौंदेखिको नशाको लत छाड्दा शरीर र मनले ठूलो विद्रोह गर्थ्यो। तर यसपटक ड्यानीले दृढ संकल्प गरेका थिए। उनले अनुशासन सिके, आफूलाई आध्यात्मिक र मानसिक रूपमा बलियो बनाए र बिस्तारै-बिस्तारै सोझो मार्गमा हिँड्न थाले। नशा मुक्त भएको ३० महिना पूरा गरेपछि उनी आफैं अन्य कुलतमा फसेका युवाहरूलाई काउन्सिलिङ गर्ने 'स्पोन्सर' बने।
विगतको अन्धकारलाई चिर्न उनले शिक्षालाई हतियार बनाए। उनी Oklahoma State University–Oklahoma City (OSU-OKC) मा भर्ना भए र Computer Information Systems विषय पढ्न थाले। हिजो सडकमा मागेर हिँड्ने मान्छेले कलेजमा दिनरात मिहिनेत गरेर पर्फेक्ट 4.0 GPA ल्याए। उनको यो अद्वितीय मिहिनेतका कारण उनले प्रतिष्ठित 'Women for OSU Scholar' जस्ता छात्रवृत्तिहरू समेत प्राप्त गरे।

आज ड्यानी एलर्ड पूर्ण रूपमा एक नयाँ र सम्मानित जीवन बाँचिरहेका छन्। उनीसँग अहिले ४ वर्षभन्दा बढीको पूर्ण सोब्राइटी (नशामुक्त जीवन) को अनुभव छ

ड्यानी हाल एक हाउसिङ नेभिगेटर (Housing Navigator) र शेल्टर एड्भोकेटका रूपमा कार्यरत छन्। अचम्मको कुरा त के छ भने, हिजो जुन सडक र क्षेत्रमा उनी घरबारविहीन भएर भौंतारिन्थे, आज त्यही क्षेत्र नजिकै रहेको घरबारविहीन आश्रयस्थल (Homeless Shelter) मा उनी मानिसहरूलाई पुनःस्थापना गर्न र घर दिलाउन मद्दत गर्छन्। ड्यानीले आफ्नो नयाँ र सुन्दर परिवार बसाएका छन्। उनी विवाहित हुन् र उनका एक छोरा (बेन्जामिन) छन्। उनी आफ्नो छोराको लागि एउटा जिम्मेवार बुबा बनेका छन् र उनकी श्रीमती कलेज पढ्दै गर्दा उनी परिवारको मुख्य खम्बा बनेर उभिएका छन्। ड्यानीले आफ्नो यो सम्पूर्ण कहालीलाग्दो तर प्रेरणादायी यात्रालाई समेटेर एउटा संस्मरण पुस्तक लेखेका छन्, जसको नाम हो—"Recovery Is Possible"।

१९ वर्षका खेलाडी किलियन एम्बाप्पे (Kylian Mbappé) ५ लाख युरो (नेपाली ८ करोड रुपैयाँभन्दा बढी) बोनस पनि हात पारेका थिए तर...
14/07/2026

१९ वर्षका खेलाडी किलियन एम्बाप्पे (Kylian Mbappé)
५ लाख युरो (नेपाली ८ करोड रुपैयाँभन्दा बढी) बोनस पनि हात पारेका थिए तर त्यो सबै दान गरे

रूसको मस्को रंगशालामा सन् २०१८ को फिफा विश्वकपको फाइनल खेल सकिएको थियो फ्रान्सले विश्वकपको सुनौलो ट्रफी उचाल्दा चारैतिर उत्सवको माहोल थियो मानिसहरू खुसीले चिच्याइरहेका थिए, पटाकाहरू पड्किरहेका थिए
त्यही भीडको बीचमा फ्रान्सका १९ वर्षका खेलाडी किलियन एम्बाप्पे (Kylian Mbappé) उभिएका थिए। मैदानमा उनको गति हुरी जस्तै थियो, तर उनको मन भने एकदमै शान्त र भावुक थियो। भर्खरै मात्र उनले विश्वकपको ट्रफी मात्र जितेका थिएनन्, बरु त्योसँगै आफ्नो खेल जीवनकै सबैभन्दा ठुलो रकम झन्डै ५ लाख युरो (नेपाली ६ करोड रुपैयाँभन्दा बढी) बोनस पनि हात पारेका थिए।

त्यो उमेरका कुनै पनि सामान्य केटाका लागि यति धेरै पैसा पाउनु भनेको महँगा गाडी, आलिशान बंगला वा विलासी जीवनको सपना पूरा हुनु हो। तर एम्बाप्पेको मनमा अर्कै कुरा खेलिरहेको थियो।

खेल सकिएपछि जब पत्रकारहरूले उनलाई त्यो विशाल रकमका बारेमा सोधे, तब उनले निकै सरल र मन छुने कुरा गरे। उनले भने, "आफ्नो देशको लागि खेल्न पाउनु नै मेरो लागि संसारको सबैभन्दा ठुलो गौरव र पुरस्कार हो। मलाई मेरो देशको जर्सी लगाएर खेल्नका लागि पैसा चाहिँदैन।"
उनले त्यो रात नै एउटा यस्तो निर्णय गरे, जसले संसारभरका करोडौँ मानिसहरूको मन जित्यो। उनले आफ्नो विश्वकपको सबै कमाइ र बोनस 'प्रिमियर्स डी कोर्डे' नामक संस्थालाई सुम्पिदिए। त्यो संस्था, जसले अस्पतालका शय्याहरूमा छटपटाइरहेका, गम्भीर बिरामी परेका र शारीरिक रूपमा अशक्त भएका साना-साना बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट फेरि हाँस्न र बाँच्न सिकाउँथ्यो।

उनले सोचे जुन पैसाले मेरो लागि एउटा नयाँ गाडी आउन सक्थ्यो, त्यही पैसाले अस्पतालको कोठामा छटपटाइरहेका सयौँ बालबालिकाहरूको ओठमा मुस्कान ल्याउन सक्छ।
त्यस दिनदेखि ती बिरामी बालबालिकाहरूका लागि एम्बाप्पे केवल एक फुटबल खेलाडी मात्र रहेनन्, उनीहरूका लागि त उनी साक्षात 'हिरो' बने मैदानमा गोल गरेर करोडौँको मन जित्ने एम्बाप्पेले, मैदान बाहिर आफ्नो निश्चल र विशाल मनले मानवताको एउटा यस्तो सुन्दर उदाहरण पेस गरे, जसलाई इतिहासले सधैँ सम्मानका साथ सम्झिरहनेछ।

#मानवता #सच्चाहिरो #हृदयस्पर्शी #खेलभावना #किलियनएम्बाप्पे
​ ​ ​ ​ ​

कलियुगको यो दौडधुप र स्वार्थले भरिएको संसारमा धेरैलाई लाग्छ कि प्रेम केवल रूप, धन, सम्पत्ति र भौतिक सुख-सुविधामा मात्र स...
13/07/2026

कलियुगको यो दौडधुप र स्वार्थले भरिएको संसारमा धेरैलाई लाग्छ कि प्रेम केवल रूप, धन, सम्पत्ति र भौतिक सुख-सुविधामा मात्र सीमित भइसकेको छ। बाहिरी सुन्दरता र देखावटी सम्बन्धहरूको भीडमा मानिसहरूले प्रेमको वास्तविक अर्थ नै बिर्सिसकेका छन्। तर, यही समाजमा एउटा यस्तो पवित्र जोडीको उदय भएको छ, जसले सच्चा प्रेमको परिभाषालाई पुनः जीवित गराइदिएको छ। आजको दिन केवल एउटा विवाह मात्र होइन, बरु सच्चा प्रेमले संसार जित्न सक्छ भन्ने कुराको एउटा ऐतिहासिक प्रमाण हो।
यी दाइको जीवनकथा निकै संघर्षपूर्ण रह्यो। नियतिले उहाँको जीवनमा ठूलो बज्रपात गर्‍यो, जसका कारण उहाँले आफ्ना दुवै खुट्टा गुमाउनुपर्‍यो। शारीरिक रूपमा जीवन निकै कठिन र चुनौतीपूर्ण बन्यो। तर, जस्तोसुकै पीडा र अभावमा पनि उहाँले आफ्नो मनको विश्वास र प्रेमलाई कहिल्यै गुम्न दिनुभएन।
अर्कोतर्फ, ती बहिनी हुनुहुन्थ्यो, जसले समाजका अनेकौँ प्रश्न, आलोचना, र रूढिवादी सोचभन्दा धेरै माथि उठेर आफ्नो सच्चा प्रेमलाई रोज्नुभयो। आजको यो आधुनिक र देखावटी समाजमा शारीरिक पूर्णता वा धन-सम्पत्ति नहेरी, केवल मनको सुन्दरता र आत्माको सम्बन्धलाई स्विकार्नु एउटा असाधारण साहस हो। उहाँको यो अटल निर्णयले प्रमाणित गरिदिएको छ कि सच्चा प्रेमले शरीर होइन आत्मा हेर्छ, र रूप होइन मनको सुन्दरता रोज्छ।
बितेका पाँच वर्षसम्म उहाँहरूले एक-अर्कालाई दिएको निस्वार्थ साथ, विश्वास र समर्पण आज अन्ततः एउटा पवित्र वैवाहिक बन्धनमा परिणत भएको छ। यो पाँच वर्षको यात्रा सजिलो निश्चित पनि थिएन। तर, जहाँ साँचो विश्वास, त्याग र जीवनभर साथ निभाउने अठोट हुन्छ, त्यहाँ शारीरिक अपाङ्गता, सामाजिक चुनौती वा कुनै पनि अभावले प्रेमलाई कहिल्यै हराउन सक्दैन भन्ने कुरा यो जोडीले प्रमाणित गरेर देखाइदिएको छ।
आज सायद भगवान् पनि यो सच्चा प्रेमको अगाडि मुस्कुराइरहनुभएको छ होला। यो विवाह दुईवटा शरीरको मिलन मात्र होइन, बरु सम्पूर्ण समाजका लागि एउटा अमूल्य सन्देश र ठूलो प्रेरणा हो। यस जोडीले सिकाएको छ कि प्रेम त विश्वास, सम्मान र एक-अर्काप्रतिको अटल समर्पणमा मात्र जीवित रहन्छ।
यस शुभ अवसरमा, अपाङ्ग सेवा केन्द्र परिवार यस पवित्र जोडीको आगामी दाम्पत्य जीवनको सुख, शान्ति र समृद्धिको कामना गर्दछ। भगवान्सँग यही प्रार्थना छ कि यो जोडीको जीवन सधैँ प्रेम र खुसीले भरियोस्। कहिल्यै कुनै दुःख, पीडा वा विछोडको सामना गर्न नपरोस्। तपाईंहरूको यो सुन्दर प्रेम कहानीले आगामी पुस्ताहरूलाई पनि सच्चा प्रेमको वास्तविक अर्थ सिकाइरहोस् र हजारौँ मानिसलाई प्रेममा विश्वास गर्न प्रेरित गरिरहोस्।
नवविवाहित जोडीलाई हार्दिक बधाई तथा सुखद वैवाहिक जीवनको अनन्त शुभकामना। मनको जोडी सधैँ मनसँगै रहिरहोस्।

आँखामा आंसू ...र सानो छोराको मुटु छेड्ने त्यो एउटा जवाफ जसले संसारलाई रुवायो एउटा आमाको मन तब क्षत-विक्षत हुन्छ, जब उसको...
13/07/2026

आँखामा आंसू ...र सानो छोराको मुटु छेड्ने त्यो एउटा जवाफ जसले संसारलाई रुवायो

एउटा आमाको मन तब क्षत-विक्षत हुन्छ, जब उसको निष्पाप बच्चाले संसारसँग आफ्नो भिन्नता महसुस गर्न थाल्छ नोआकी आमाले पनि कहिल्यै सोचेकी थिइनन् कि उनको एउटा सामान्य प्रश्नको बदलामा यस्तो जवाफ दिनेछ जसले उनको मुटु सधैंका लागि टुक्रा-टुक्रा पारिदिनेछ।

आफ्नो छोराको जन्मदिन नजिकिँदै गर्दा, एकजना आमाले video क्यामरा अन गर्दै छोरालाई सोधिन् छोरा, यो जन्मदिनमा तिमीलाई के उपहार चाहिन्छ?

हरेक आमाले जस्तै उनले पनि सोचेकी थिइन्, छोराले कुनै सुन्दर खेलौना माग्नेछ, सायद कुनै नयाँ खेलौना वा भिडियो गेमका लागि जिद्दी गर्नेछ तर लेभल ३ अटिजम (Level 3 autism) सँग लडिरहेको त्यो साना बालकले आफ्नी आमाको आँखामा हेरेर एकदमै शान्त र मलिन स्वरमा भन्यो
मलाई एउटा सामान्य दिमाग चाहिन्छ, ममी..

त्यो वाक्य मात्र थिएन, त्यो त एउटा निर्दोष बालकको भित्री आत्माको रोदन थियो उसले बुझिसकेको थियो कि ऊ अरू बच्चाहरू जस्तो छैन उसले महसुस गरिसकेको थियो कि यो संसारमा उसको अस्तित्व अलि फरक छ, अलि कठिन छ

छोराको यो जवाफले आमाको खुट्टा मुनिको जमिन नै भासिए जस्तो भयो छातीमा एउटा ठूलो चोट लाग्यो, तर उनले आफूलाई सम्हालिन् छोराको अगाडि आँसु खस्न दिइनन् उनले तुरुन्तै नोआलाई बलियोसँग छातीमा बाँधिन्, र उसको कानमा बिस्तारै भनिन् तिमी जस्तो छौ, मेरो लागि संसारकै सबैभन्दा सुन्दर र पूर्ण छौ तिमीलाई बदल्न वा सुधार्न कुनै आवश्यक छैन मेरो बच्चा

छोराको अगाडि त उनी पहाड जस्तै दह्रो बनेर उभिइन्, तर जब नोआ त्यहाँबाट गयो... उनी आफूलाई रोक्न सकिनन्। उनी घुँडा टेकेर भक्कानिँदै रोइन् एउटा आमाको लागि योभन्दा ठूलो पीडा अरू के हुन सक्छ र जब उसको सानो सन्तानले आफू अरूभन्दा 'कमजोर' वा 'फरक' भएको महसुस गर्छ?

यो भिडियो जब सामाजिक सञ्जालमा आयो, यसले भाइरल हुन समय लागेन लाखौं मानिसहरूले यो भिडियो हेरेर आफ्ना आँसु रोक्न सकेनन्।

एक जना बाँ!धिएका थिए उनका आँखाहरू डरले ओसिला थिए ठीक अगाडि एकजना डाक्टर हातमा ते!जाब (ए!सिड) को बट्टा लिएर उभिएका थिए। क...
13/07/2026

एक जना बाँ!धिएका थिए उनका आँखाहरू डरले ओसिला थिए ठीक अगाडि एकजना डाक्टर हातमा
ते!जाब (ए!सिड) को बट्टा लिएर उभिएका थिए। कानुनले आदेश दिइसकेको थियो जसरि माजिदले सात वर्षअघि एउटी युवतीको सं!सार अँ!ध्यारो बनाएका थिए आज त्यसैगरी उनको आँ!खामा पनि ते!जाब खन्याएर ब!दला लिइँदै थियो

त्यहाँ आमनेह पनि थिइन् उनी देख्न सक्दिनथिन्, तर माजिदको रु!वाइ र ढुकढुकी उनले प्रष्ट सुन्न सक्थिन्।
यो कथा ब!दलाको मात्र होइन, एउटा यस्तो निर्णयको हो जसले संसारलाई स्तब्ध बनाइदियो।

कथा सुरु हुन्छ अक्टोबर २००४ बाट तेहरानमा बस्ने आमनेह एउटी साधारण, मिहिनेती र सुन्दर युवती थिइन् उनी आफ्नो भविष्य सुधार्न काम गर्थिन् र अध्ययन तर उनको कलेजकै एउटा साथी माजिद, उनको पछि लाग्यो उसले बारम्बार विवाहको प्रस्ताव राख्यो आमनेहले नाइँ भनिरहिन् तर माजिदको सन!क यति बढ्यो कि उसले आमनेहलाई बाटोबाटोमा स!ताउन थाल्यो आमनेहले प्रहरी र प्रशासनसँग गु!हार मागिन्, तर कसैले उनको कुरा सुनेन।

अनि, एकदिन त्यो कहा!लीलाग्दो घटना घट्यो
काम सकेर घर फर्किँदै गरेकी आमनेहलाई माजिदले बीच बाटोमै रोक्यो आमनेह केही सम्झिन नपाउँदै माजिदले एक बो!तल ते!जाब सिधै उनको अनुहारमा फ्याँकिदियो
क्षणभरमै आमनेहको संसार बलिरहेको आगो जस्तै भयो उनको अनुहार पग्लियो, छाला नष्ट भयो उनलाई बचाउन स्पेनसम्म पुर्‍याइयो, १७ पटकसम्म शल्यक्रिया गरियो। तर डाक्टरहरूले उनको रूप र आँखाको ज्योति फर्काउन सकेनन् आमनेह सधैंका लागि दृष्टिविहीन भइन्
अस्पतालको बेडमा छट!पटाइरहँदा आमनेहले एउटै कुरा सोचिन् म त्यो राक्ष!सलाई यसै छोड्दिनँ उसले पनि यो पी!डा महसुस गर्नुपर्छ।

तेहरानको कानुनमा एउटा नियम छ ( किसास) यसको सीधा अर्थ हो आँखाको ब!दला आँखा आमनेहले अदालतमा यही माग राखिन् उनले भनिन्, "मलाई पैसा चाहिँदैन, मलाई बदला चाहिन्छ। जसरी मेरो आँखा फुटाइयो, उसको आँखामा पनि ते!जाब हालियोस्।

मानव अधिकारवादी संस्थाहरूले आमनेहलाई दया राख्न आग्रह गरे तर सात वर्षसम्म आमनेह चट्टान जस्तै उभिरहिन् उनी आफ्नो अडानबाट हलचल भइनन् अन्ततः अदालतले उनको पक्षमा फैसला सुनायो।

अनि आयो ३१ जुलाई २०११ को त्यो दिन
अस्पतालको अपरेसन थिएटर तयार थियो माजिद छटपटाइरहेका थिए, रोइरहेका थिए स!जाय दिनका लागि डाक्टरले ते!जाबको थोपा माजिदको आँखामा खसाल्न लागेका थिए ब!दला पूरा हुन मात्र केही सेकेन्ड बाँकी थियो
ठिक त्यही अन्तिम क्षणमा, आमनेहले भनिन् पर्खनुस् म उसलाई माफ गरिदिन्छु।

त्यहाँ उपस्थित सबैजना अवाक भए जसले सात वर्षसम्म
ब!दलाको आगो मनमा पालेर राखी, उसैले अन्तिम सेकेन्डमा माफी दिइन्?

पछि आमनेहलाई सोधियो, "तपाईंले यस्तो किन गर्नुभयो?"
उनले निकै सरल तर मन छुने जवाफ दिइन् "मैले उसको आँखा फु!टाएको भए पनि मे!रो आँ!खा फिर्ता आउने थिएन मेरो रूप फर्किने थिएन , ब!दलाले मेरो अँध्यारो जीवनमा उज्यालो ल्याउन सक्दैनथ्यो जब मैले उसको आँखामा डर मलाई महसुस भयो, सजाय दिएर भन्दा उसलाई माफी दिएर मैले जितेँ म मेरो मनमा बदलाको भारी बोकेर बाँच्न चाहन्नथेँ।

उनले भनिन्, "मैले माफ गरेँ, किनकि यो मेरो व्यक्तिगत रोजाइ थियो। म देखाउन चाहन्थेँ कि एउटी महिलासँग बदला लिने शक्ति मात्र होइन, क्षमा गर्ने ठूलो मुटु पनि हुन्छ तर यसको मतलब यो होइन कि भोलि अर्की पी!डितले पनि माफ गर्नैपर्छ।"

Address

Nepal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gandhi Adarsha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category