07/12/2025
श्री जितपुर माध्यमिक विद्यालय, तारकेश्वर -३ मा कार्यरत प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक वासुदेव तिमिल्सिनाको हिजो मिति २०८२/०८/२० गते भएको असामयिक निधनमा हाम्रो विद्यालय परिवार अत्यन्त दुखि छ। शोकको यस घडीमा मृतक प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौं र तारकेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको निर्देशन अनुसार आज मिती २०८२/०८/२१ गते आइतबार विद्यालयको नियमित तथा अतिरिक्त लगायतका सम्पुर्ण कक्षाहरू शोक विदा स्वरूप वन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ।
---- पृथ्वीनारायण माध्यमिक विद्यालय परिवार !!