शिक्षाका कुरा

शिक्षाका कुरा शिक्षा संग सम्बन्धित विभिन्न सूचनाहरुको जानकारी दिने उद्देश्यले यो पेज खोलिएको हो ।

वडाध्यक्षलाई व्यङ्ग्य गरेर कमेडी भिडियो बनाएको भन्दै नुवाकोटको चन्द्रज्योति माध्यमिक विद्यालयका शिक्षक देवेन्द्र बहादुर ...
19/06/2026

वडाध्यक्षलाई व्यङ्ग्य गरेर कमेडी भिडियो बनाएको भन्दै नुवाकोटको चन्द्रज्योति माध्यमिक विद्यालयका शिक्षक देवेन्द्र बहादुर थापालाई विद्यालयले ३ दिन भित्र पेश गर्ने गरी लिखित स्पष्टिकरण मागेको छ । साथै पत्रको बोधार्थ वडा कार्यालयलाई समेत दिएको छ ।

यसमा तपाईँको प्रतिक्रिया के छ ?

18/06/2026

मलाई फिटिक्कै चित्त नबुझेको कुरा:
१. ECD शिक्षक- शिक्षक नै होइनन्, यसो केटाकेटी भुलाउन राखेको हो ।यिनले काम नै गर्नुपर्दैन । यिनले राम्रो पढाउनै सक्दैनन्, किन चाहियो बढी तलब ?
२. विद्यालयका कार्यालय सहयोगीको के दरबन्दी- यसो सरसफाइ र घन्टी लगाउने त हो नि ! स्कुलले, पालिकाले हेरिहाल्छन् नि !
३. विद्यालयको प्रशासनिक कर्मचारी त हो नि- किन बेकारमा संघीय दरबन्दीमा राख्ने ? अहिले टार्दै गर्ने- यसो प्रदेश, पालिकाले हेर्छन !
४.यी राहत, अस्थायी क्षमताले होइन क्या ! नत्र नाम निकालेर स्थायी भइहाल्थे नि ! भनसुन गरेर छिरेका, यिनलाई स्वत: स्थायी चाहियो रे, सामाजिक सुरक्षा चाहियो रे !

राज्यको उपल्लो र जिम्मेवार पदमा बसेर नेता तथा कर्मचारीहरुले यी र यस्तै भनेको सुन्न थालेको झन्डै एक दशक बढी भयो । यदि उहाँहरूको क्षमतामाथि नै प्रश्न थियो भने किन राज्यले आजका दिनसम्म (दशकौँसम्म) श्रम शोषण गरेर क्षमता नै नभएका जनशक्तिबाट काम चलायो ? के शिक्षा काम चलाउ क्षेत्र हो ?

समस्या आजको हो ? आजका दिनसम्म वार कि पार भनेर किन कुनै पनि सरकार लागेन ? क्षमता नै नभए किन पहिल्यै बिदा नगरेको ? किन आयोग नखोलेेर मौका नदिएको ? अनि आजका दिनसम्म श्रम र पसिना लिएपछि किन अपमान हुने गरी सबैले सार्वजनिक वक्तव्य दिएको ? किन सौतेलो व्यवहार गरेको ? - यसै गरी कहिले सम्म चल्ने ?

मैले पटक पटक आग्रह गरेको-मेरा लागि होइन, यो सिङगो राष्ट्रकै सरोकारको विषय भएकोले अबिलम्ब समाधान निकालौँ भनेको हो । पटक पटक भनिरहेको मनोवैज्ञानिक व्यवस्थापन भनेको यही हो- किन कसैले कुरा नबुझेको ???

यो विषयलाई नजरअन्दाज नगरौँ, Please ! शिक्षा समितिको बैठकमा यो विषयलाई एक नम्बरमा राखेर नै समाधान खोज्नुपर्ने देखेको छु ।

Ghimire

विद्यालयमा सञ्चालन भएको दिवा खाजा प्रयोजनको निम्ति दैनिक मासिक त्रैमासिक साथै वार्षिक विद्यार्थी हाजिरी विवरण तथा खर्चको...
17/06/2026

विद्यालयमा सञ्चालन भएको दिवा खाजा प्रयोजनको निम्ति दैनिक मासिक त्रैमासिक साथै वार्षिक विद्यार्थी हाजिरी विवरण तथा खर्चको फाँटवारी निकाल्न र एकमुष्ट खर्च माग गर्न सजिलो हुने गरी excel workbook मा विद्यार्थीहरूको हाजिरी प्रविष्ट गर्ने बित्तिकै automatic calculation भै मासिक , त्रैमासिक साथै वार्षिक खर्च विवरण एकमुष्ट आउने गरी तयार गरिएको छ।

आवश्यक परेमा Kabiraj Lamichhane ज्यूलाई सम्पर्क गर्नुहोला।

अब बिदा सञ्चित नहुने भयो है !
17/06/2026

अब बिदा सञ्चित नहुने भयो है !

आहा ! कति राम्रो ! Bohora Paribartan
16/06/2026

आहा ! कति राम्रो !

Bohora Paribartan

शिक्षामा नीलकण्ठ मोडेलः निशुल्क शिक्षासँगै शिक्षक सम्मान !धादिङको नीलकण्ठ नगरपालिकाले पालिकाभरका सामुदायिक तथा सँस्थागत ...
06/06/2026

शिक्षामा नीलकण्ठ मोडेलः निशुल्क शिक्षासँगै शिक्षक सम्मान !

धादिङको नीलकण्ठ नगरपालिकाले पालिकाभरका सामुदायिक तथा सँस्थागत विद्यालयबाट BLE-2082 र SEE-2082 मा शतप्रतिशत नतिजा प्राप्त गर्ने विद्यालय, ४ जिपिए हासिल गर्ने विद्यार्थीका साथै विषयगत रुपमा शतप्रतिशत नतिजा निकाल्ने ३११ जना शिक्षकलाई सम्मान गरेको छ ।

नीलकण्ठ नगरपालिकामा शैक्षिक सत्र २०८१ देखि पूर्ण रुपमा निःशुल्क शिक्षा लागु भएको छ भने पालिकाले कुल बजेटको ४२ प्रतिशत भन्दा धेरै रकम शिक्षा क्षेत्रका लागि विनियोजन गरेको छ । नीलकण्ठको निःशुल्क शिक्षा मोडेल हाल देशभर चर्चित रहेको छ ।

के तपाईँकाे विद्यालयमा यस्तो सुझाव पेटिका / पृष्ठपोषण बाकस छ ?विद्यालयकाे हरेक पक्षको सुधारका लागि यस्ता बाकसहरू सबै (शि...
04/06/2026

के तपाईँकाे विद्यालयमा यस्तो सुझाव पेटिका / पृष्ठपोषण बाकस छ ?

विद्यालयकाे हरेक पक्षको सुधारका लागि यस्ता बाकसहरू सबै (शिक्षक, विद्यार्थी, अभिभावक) को सहज पहुँच हुने गरी राख्नु पर्दछ । साथै विद्यालयमा गुनासो सुन्ने अधिकारीको व्यवस्था गरी बेलाबेलामा यस्ता सुझाव पेटिकामा आएका सुझावहरू कार्यान्वयन गर्दै लैजानु उपयुक्त हुन्छ ।

02/06/2026

Address

Kathmandu
00977

Telephone

+97710590058

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षाका कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category