Babyland English Secondary School

Babyland English Secondary School The blessed institute for academic excellence.

24/09/2026

सुचना मिति २०८३/०६/०८

नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३/०६/०७ को पत्र, टोखा नगरपालिकाको मिति २०८३/०६/०७ को पत्र, टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८३/०६/०८ को पत्र र प्याब्सनको मिति २०८३/०६/०७ को पत्र र मौसम विभागको सार्वजनिक सूचना समेतलाई मध्येनजर राखी सम्भावित प्रतिकूल मौसमबाट ननिबाबुहरुमा पर्न सक्ने नकारात्मक असरबाट सुरक्षित रहन विद्यालय को कार्यक्रम तालिकामा बिदा नभयतापनि मिति २०८३/०६/०९ गते शुक्रबार विद्यालय बन्द रहने सूचना गरिएको छ।

नोट: फी काउण्टर र प्रशासनिक काम भने दिउँसो १ बजे सम्म खुल्ला रहने छ।

Stay Alert आदरणीय अभिभावकज्यू,मौसम विभागले जारी गरेको चेतावनी अनुसार, आजदेखि देशका धैरैजसो स्थानमा भारी वर्षा हुने सम्भा...
24/09/2026

Stay Alert
आदरणीय अभिभावकज्यू,

मौसम विभागले जारी गरेको चेतावनी अनुसार, आजदेखि देशका धैरैजसो स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।त्यसैले, सबै अभिभावकज्यूहरुलाई बच्चाहरुको सूरक्षा र स्वास्थ्यलाइ विशेष ध्यान दिनुहुन अनुरोध छ।

🌟 Poetry in Words, Creativity in Hearts! 🌟A glimpse of our students passionately participating in the Poem Competition, ...
19/09/2026

🌟 Poetry in Words, Creativity in Hearts! 🌟
A glimpse of our students passionately participating in the Poem Competition, sharing their creativity.

🌸💚 हरितालिका तीजको हार्दिक शुभकामना! 💚🌸नेपाली मौलिक संस्कृति, परम्परा र आपसी प्रेम–सद्भावको पर्व हरितालिका तीजको पावन अव...
14/09/2026

🌸💚 हरितालिका तीजको हार्दिक शुभकामना! 💚🌸
नेपाली मौलिक संस्कृति, परम्परा र आपसी प्रेम–सद्भावको पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना। 🙏🌺
तीजको उमङ्ग, संस्कृतिको रङ्ग—सबैको जीवनमा छाओस् खुसी र उत्साह! ❤️

Happy Father’s Day to all the amazing fathers! 🌷बुबाप्रतिको माया, सम्मान र कृतज्ञता व्यक्त गर्दै हाम्रा नानीबाबुहरूले आफ...
11/09/2026

Happy Father’s Day to all the amazing fathers! 🌷
बुबाप्रतिको माया, सम्मान र कृतज्ञता व्यक्त गर्दै हाम्रा नानीबाबुहरूले आफ्ना प्यारा बुबाहरूका लागि सुन्दर Greeting Cards तयार गरेका छन्। 💌👨‍👧‍👦
सानो हातले बनाएका यी कार्डहरूमा ठूलो माया र भावनाहरू समेटिएका छन्। ❤️

सहयोगमा सानो हात, मानवीयतामा ठूलो साथबाढी प्रभावितहरूको सहयोगका लागि BLESS Children’s Club द्वारा विद्यार्थीहरूबाट स्वेच...
10/09/2026

सहयोगमा सानो हात, मानवीयतामा ठूलो साथ
बाढी प्रभावितहरूको सहयोगका लागि BLESS Children’s Club द्वारा विद्यार्थीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
विपद्को यस कठिन घडीमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै सानो सहयोगमार्फत मानवीय भावना र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्ने प्रयास गरेका छौँ। ❤️
“सहयोगको रकम सानो हुन सक्छ, तर सहयोग गर्ने भावना सधैँ ठूलो हुन्छ।”
🙏 सम्पूर्ण विद्यार्थीहरूप्रति हार्दिक धन्यवाद।
BLESS Children’s Club
Babyland English Secondary School

Post 2🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 💙🦚यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि र सकारात्मक ...
04/09/2026

Post 2
🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 💙🦚
यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। भगवान श्रीकृष्णको आशीर्वाद सधैं सबैमा रहिरहोस्। 🙏💙

Post 1🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 💙🦚यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि र सकारात्मक ...
04/09/2026

Post 1
🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 💙🦚
यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। भगवान श्रीकृष्णको आशीर्वाद सधैं सबैमा रहिरहोस्। 🙏💙

Post 2जनै पूर्णिमाको अवसरमा विद्यार्थीहरूले विभिन्न कला तथा हस्तकला गतिविधिहरू गर्दै सुन्दर राखी तयार पारे। साथै, आफ्ना ...
28/08/2026

Post 2
जनै पूर्णिमाको अवसरमा विद्यार्थीहरूले विभिन्न कला तथा हस्तकला गतिविधिहरू गर्दै सुन्दर राखी तयार पारे। साथै, आफ्ना भाइबहिनीहरूलाई राखी लगाई जनै पूर्णिमा विशेष रूपमा मनाए। 🎨🪢❤️

Post 1जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🙏🌸जनै पूर्णिमाको अवसरमा विद्यार्थीहरूले विभिन्न कला तथा हस्...
28/08/2026

Post 1
जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🙏🌸
जनै पूर्णिमाको अवसरमा विद्यार्थीहरूले विभिन्न कला तथा हस्तकला गतिविधिहरू गर्दै सुन्दर राखी तयार पारे। साथै, आफ्ना भाइबहिनीहरूलाई राखी लगाई जनै पूर्णिमा विशेष रूपमा मनाए। 🎨🪢❤️

Address

Gongabu
Kathmandu
0000

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00

Telephone

+97714953552

Alerts

Be the first to know and let us send you an email when Babyland English Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Babyland English Secondary School:

Shortcuts

Share

Category