22/08/2026
🕉️ रुद्री, हवन तथा सरस्वती माताको प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न! 🙏✨
भाद्र १ गते सोमबार हाम्रो विद्यालयमा पूजा, रुद्री, हवन तथा सरस्वती माताको प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रम श्रद्धा, भक्ति र आध्यात्मिक वातावरणका साथ सफलतापूर्वक सम्पन्न भएको छ। 🪔📿
यस पावन पूजामा उपस्थित भई प्रसाद ग्रहण गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।** 🙏🌸
विद्याकी देवी माता सरस्वतीको कृपाले सम्पूर्ण विद्यालय परिवारमा ज्ञान, विवेक, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा सदा कायम रहोस्। 🙏✨
#सरस्वतीमाता #प्राणप्रतिष्ठा #रुद्री #हवन #विद्यालयपरिवार #हार्दिकधन्यवाद