15/05/2026
Today, St. Joseph English Academy successfully conducted the Students’ Representative Council Election Programme 2083, in a peaceful, disciplined, and democratic environment. The election was organized for the selection of Class Representatives (CR), House Representatives (HR), School Captain, and Vice-Captain. The programme aimed to develop leadership qualities, responsibility, teamwork, and democratic values among students.
The election process was carried out systematically under the direct observation and guidance of the school Principal, Dambar KC. He instructed the election committee and students to maintain fairness, transparency, discipline, and honesty throughout the entire voting process. He also encouraged students to participate actively and understand the importance of democratic practices from an early age.
Students from different classes participated enthusiastically in the programme. Before the voting process began, candidates introduced themselves and shared their plans, responsibilities, and commitments for the betterment of the school and students. The election created an atmosphere of excitement, confidence, and healthy competition among the students.
All eligible students actively cast their votes in favour of their preferred candidates. The voting process was conducted fairly and peacefully with proper management and supervision by teachers and school authorities. Students followed the rules and maintained discipline during the programme, making the election successful and meaningful.
The programme provided students with practical knowledge about democracy, voting rights, leadership, and decision-making. It also helped students understand the value of participation, equality, and mutual respect in a democratic system.
We express our gratitude to all teachers, staff members, candidates, and students for their active participation and cooperation in making the Students’ Representative Council Election Programme grand, fair, and successful.
Thank you.
Principal and school Family
St. Joseph's English Academy
13/05/2026
हार्दिक बधाई तथा विद्यालय बिदा सम्बन्धी सूचना!!!
शैक्षिक सत्र २०८२ को एस.ई.ई. (SEE) परीक्षामा यस विद्यालयबाट सम्मिलित सम्पूर्ण ४३ जना विद्यार्थी भाइबहिनीहरू उत्कृष्ट नतिजा सहित शतप्रतिशत १००%उत्तीर्ण हुन सफल हुनु भएकोमा विद्यालय परिवार सहित हामी सबै अत्यन्तै हर्षित एवम् गौरवान्वित भएका छौ।
यस सुखद क्षण र हाम्रो एतिहासिक सफलता र यस पटकको नतिजाका लागि अहोरात्र खटिनुहुने सम्पूर्ण गुरुवर्ग, मेहनती र परीश्रमी विद्यार्थी भाइबहिनीहरू र हामीहरुलाइ सदैव विश्वास र माया गर्नुहुने आदरणीय अभिभावकज्यूहरूमा विद्यालय प्रशासनको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
यसै खुसीयालीको अवसरमा मिति २०८३ वैशाख ३० गते बुधबार विद्यालयमा बधाई शुभकामना आदन प्रदान गर्नको लागी विशेष खुशियाली बिदा दिइएको हुनाले आज विद्यालयका पठनपाठनका नियमित क्रियाकलाप बन्द हुने ब्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बिहीबारदेखि सबै कक्षाहरू नियमित रूपमा सञ्चालन हुनेछन्। यहाँहरु सबैको सु स्वास्थ्य जीवन र उत्तरोत्तर प्रगति सहित उज्ज्वल भविष्यको हार्दिक मंगल्मय शुभकामना व्यक्त गर्दछौं ।
हाम्रो नतिजा
3.61-4 जिपिए 36 जना
3.2- 3.6 जिपिए 7 जना
प्रधानाध्यापक तथा विद्यालय प्रशासन
11/05/2026
हार्दिक बधाई !!
सेन्ट जोसेफ इङ्लिस एकेडेमी बाट २०८२ सालको एस.ई.ई. परीक्षामा सहभागी सम्पूर्ण ४३ जना विद्यार्थी भाइबहिनी हरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना !
यस सफलताका लागि अथक मेहनत गर्नुहुने सम्पूर्ण विद्यार्थी ज्ञान प्रदान गर्नु भएका गुरु–गुरुआमा तथा हामीहरुलाइ सदैव बिश्वास र माया गर्नुहुने श्रद्देय अभिभावकज्यूहरूमा हार्दिक हार्दिक धन्यवाद तथा बधाई ।
हाम्रो नतिजा !
3.61 देखि 4 बीच सम्मको जि पि ए ल्याउने 36 जना
3.21 देखि 3.6 सम्म जि पि ए ल्याउने 7 जना
औषत जि पि ए 3.7
सम्पुर्णलाई फेरि पनि धेरै धेरै बधाई !!
10/05/2026
आदरणीय अभिभावक ज्यू तथा प्यारा विद्यार्थी भाइ बहिनी हरु!
आज बैशाख २७ गते आइतवार पनि हाम्रो विद्यालय St. Joseph's English Academy सदा झैँ उहि समय मा सन्चालन हुने सम्बन्धित विद्यार्थी ,अभिभावक ,शिक्षक कर्मचारी सम्पुर्णमा यसै सूचना मार्फत जानकारी गराइन्छ।
प्रिन्सिपल
सेन्ट जोसेफ इङ्लिस एकेडेमी
08/05/2026
ज्ञान, अनुशासन, संस्कार र उज्यालो भविष्यतर्फ हरेक सपनाहरुको उडान भरी सफल अवतरण गराउने स्थान हो, सेन्ट जोसेफ स्कुल।
07/05/2026
सूचना !!! सूचना !!!!! सूचना !!!!!!
श्रद्देय अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थी भाइबहिनीहरु!,
आज मिति २०८३ साल बैशाख २४ गते वाग्मती प्रदेश सरकारले यस प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरेको भएता पनि हाम्रो विद्यालयमा पठनपाठनका नियमित क्रियाकलापहरु आज पनि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सम्पुर्ण अभिभावकज्युहरु, शिक्षक, कर्मचारी साथै विद्यार्थी भाइबहिनीहरुलाइ यसै सूचना मार्फत जानकारी गराइन्छ।
साथै अभिभावक ज्युहरुले आ आफ्ना नानी बाबुहरूलाई तोकिएको समयमा विद्यालयमा पठाइदिनुहुन सम्बन्धित अभिभावकज्युहरुलाइ हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
प्रिन्सिपल
सेन्ट जोसेफ इङलिस एकेडेमी
बुनपा ७ गोल्फुटार ,काठमाडौं
01/05/2026
आज May- 1
अन्तर्राष्ट्रिय श्रमिक दिवस ( मे दिवस )को उपलक्ष्यमा सम्पूर्ण श्रमजीवीहरूमा हार्दिक शुभकामना संगसगै बुद्ध जयन्तीको शुभकामना !
27/04/2026
आज मिति २०८३/०१/१४ गते सोमबारका दिन देखि शैक्षिक सत्र २०८३ को लागी हाम्रो बिद्यालयको नियमीत पठनपाठन सुरु हुने हुंदा नानी बाबुहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु सहित विद्यालयमा आउनुहुन / पठाउनु हुन सम्बन्धित सबै अभिभावक ज्युलाई सादर अनुरोध गरिन्छ । साथै यातायातमा आउने बिद्यार्थीहरु समयमै आ आफ्नो स्थानमा उपस्थित भै दिनुहुन यसै सूचनाका साथ हार्दिक अनुरोध गरिन्छ ।
21/04/2026
बैशाख ९ गते देखि हाम्रो बिद्यालय खुल्दै छ। हाम्रो बिद्यालयका नियमित पठनपाठनका क्रियाकलापहरु सुचारु हुँदै छन। आदरणीय अभिभावकज्युहरुले बिद्यार्थी भाइबहिनीहरुलाइ पठनपाठनको लागी आवश्यक पर्ने सामाग्रीहरुको सम्पुर्ण तयारी गरि बैशाख ९ गते समयमै बिद्यालय पठाउनु हुन हार्दिक अनुरोध छ। हामी हाम्रा नानीबाबुहरुलाइ विद्यालयमा नयाँ शैक्षिक बर्षमा स्वागत गर्न आतुर छौ।
19/04/2026
श्रद्देय अभिभावक ज्युहरुमा नमस्कार ।
विषय - भोलिबाट विद्यालय सञ्चालन नहुने सम्बन्धमा !
उपर्युक्त सम्बन्धमा बिद्यमान परिस्थितिलाई मध्यनजर गर्दै भोलि ७ गतेबाट विद्यालय सञ्चालन गर्न असहज भएको हुँदा यस सम्बन्धमा सम्बन्धित सम्पुर्ण अभिभावक ज्युहरु साथै विद्यार्थी भाइबहिनीहरुलाई भोलि ७ गते बाट विद्यालय संचालन नहुने कुरा यसै सूचना मार्फत जानकारी गराइन्छ। यसबाट अभिभावक ज्युहरु साथै बिद्यार्थी भाइबहिनीमा पर्न गएको असुबिधा प्रति हामी क्षमाप्रार्थी छौ। विद्यालय कहिले सञ्चालन हुने भन्ने सम्बन्धमा संचालन हुनु भन्दा १-२ दिन अगाडी अर्को सूचना प्रेषित गरिने जानकारी गराइन्छ।
विद्यालय प्रशासन