23/06/2026
😁 स्वस्थ मुस्कान, स्वस्थ भविष्य! 🦷
आज कौस्तुभ विद्यालयमा सामाज डेन्टलसँगको सहकार्यमा कक्षा PG देखि XII सम्मका सम्पूर्ण विद्यार्थीहरू तथा Teaching तथा Non-Teaching Staff हरूको निःशुल्क दन्त परीक्षण (Dental Check-up) कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
यस कार्यक्रममार्फत सहभागीहरूलाई दाँत तथा मुख स्वास्थ्यको महत्त्वबारे सचेत गराउनुका साथै आवश्यक परामर्श र स्वास्थ्य सुझावहरू प्रदान गरियो। साथै, दाँतको स्वास्थ्य संरक्षण तथा नियमित सरसफाइका लागि आवश्यक विभिन्न Dental Care Materials समेत वितरण गरिएको थियो।
स्वस्थ शरीरको आधार स्वस्थ मुख र दाँत भएकाले यस्ता कार्यक्रमहरूले विद्यार्थी तथा कर्मचारीहरूमा स्वास्थ्यप्रति सकारात्मक बानीको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।
यस महत्वपूर्ण कार्यक्रममा सहकार्य, स्वास्थ्य सेवा तथा आवश्यक सामग्री उपलब्ध गराउनुहुने सामाज डेन्टल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
🦷 Healthy Teeth, Happy Smile, Bright Future! 😊
#सीप_सस्कार_र_प्रबिधी_सहितको_शिक्षा_कौस्तुभ_एकेडेमी