31/08/2025
निजि विद्यालयहरुको आन्दोलन - मिति २०८२ भाद्र १६ गते काठमाडौँ उपत्यकामा विद्यालय बस ऱ्यालीको रूट निर्धारण सम्बन्धमा ।
१. कोटेश्वरचोकमा जम्मा भई सातदोवाटो हुदै चक्रपथ परिक्रमा गरी विद्यालय फिर्ता हुने भक्तपुर, कागेश्वरी नगरपालिकाका सबै, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुट्टी र बानेश्वर तर्फका विद्यालय बसहरू ।
२. सातदोवाटोचोकबाट प्रवेश गरी एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरूः ललितपुर जिल्लाका सबै विद्यालय बसहरू ।
३. बल्खुचोकवाट प्रवेश गरी कंलकी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू किर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी तर्फका विद्यालयका बसहरू ।
कंलकीचोक प्रवेश गरी सितापाइलाचोक हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू चन्द्रागिरी, थानकोट, स्यूचाटार, कंलकी र सोल्टीमोड तर्फका विद्यालय बसहरू ।
५. हलचोक प्रवेश गरी सानोभऱ्याङ हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू बाफल, सितापाइला, स्वयम्भु लगायतका विद्यालय बसहरू ।
६.वालाजुचोक प्रवेश गरी सामाखुशी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू तारकेश्वर, सानोभऱ्याङ, हलचोक आसपासका विद्यालयका बसहरू ।
७. सामाखुशीचोक प्रवेश गरी धापासी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू टोखा नगरपालिका गोगंबु, ठमेल, सोइखेट्टे र आसपासको विद्यालयका बसहरू ।
८. नारायणगोपालचोक प्रवेश गरी चावहिल हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय वसहरूः धापासी, बुढानिलकण्ठ, महाराजगञ्ज, पानीपोखरी, बालुवाटार लगायतका आसपासका विद्यालयका वसहरू ।
९. चावहिलचोक प्रवेश गरी गौशला हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू कपन, जोरपाटी, चुच्चेपाटी, गोकर्णेश्वर लगायतका आसपासका विद्यालयका बसहरू ।
१०. गौशलाचोक प्रवेश गरी एयरपोट सिनामंगलचोक हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहः गौशला, रातोपुल, बत्तीसपुतली, पुरानोबानेश्वर, मैतीदेवी आसपासका सबै विद्यालय बसहरू ।