NCC Student Union

NCC Student Union

Share

This page is related to Student of Nepal commerce campus (NCC) Minbhawan Kathmandu,Nepal

Photos from NCC Student Union's post 23/11/2017

NEPAL COMMERCE CAMPUS
MINBHAWAN

स्ववियू चुनाव नजिकिंदै गर्दा नेपाल कर्मश क्याम्पसमा आगलागी 24/02/2017

http://aarthiknews.com/2017/02/83319

स्ववियू चुनाव नजिकिंदै गर्दा नेपाल कर्मश क्याम्पसमा आगलागी स्ववियू चुनाव नजिकिंदै गर्दा नेपाल कमर्श क्याम्पसको लेखा शाखामा बिहिबार राति करिव साढे ७ बजे आगलागी भएको छ । आगलागी हुनुअघि केही पड्किएको आवाज सुनिएको

Photos from JSA School's post 29/02/2016
06/02/2016

आखिर साथीतवकेा भाव समबनध हुदा भनदा सकिए पछि अनुभव हुदो रहछ ॥
यस अथ साथीहरु कलेज सकीए पनी कोही भनदा काेहि टाढा हुने परयास नगरनू हाेस।
मनकाे आगरह ॥॥॥॥

17/09/2015

उ चै घरमा काम छ भन्दै हराएर जान्छे
मेरो व्स्ततामा आउछे अनि बोलेन भन्दै कराएर जान्छे
खै किन हो नबुझेको,रिस मात्र उठाउछे
बेला बेला त गाली गर्दिन्छु अनि डराएर जान्छे।
#मुक्तक

26/07/2015

मेरो बाल्यकाल

मेरो बाल्यकाल
सायद अली अली अरुको जस्तै
हरेक दिन नँया चकचक
बादरहरुको जस्तै
यस्तै यस्तै भनेर मम्मि कराउनुहुन्थ्यो
त्यहि एउटा कुरा थियो
जो मेरो कानले सुनदैन थियो
खै किन हो कराउने
सायद मलाई चोटपटक लाग्ला
भनेर डराउनुहुन्थ्यो
त्यो रमाइलो पल फेर्ने कुरै थिएन
उटपट्याङनै रमाईलो थियो
भनेको टेर्ने त कुरै थिएन
एक दिन दाईहरुसंग तास खेल्न तिर लागीयो
त्यहि दिन मम्मीले देख्नुभयो
डरले छुलछुल
त्यो दिन दिनभरि घरबाट भागियो
राती जब अब कैले नखेल्ने कसम खाईयो
अनी बल्ल भात खान पाइयो
यस्तै यस्तै
मेरो बाल्यकाल
सायद अलि अलि अरुको जस्तै
हरेक दिन नँया चकचक
बादरहरुको जस्तै

दिनभरि लखर लखर
न त घाम नै हुन्थ्यो
न त कुनै काम हुन्थयो
तरपनी यती व्यस्त कि
बिहान निस्केको मान्छे
घर फर्किदा साम हु्न्थ्यो
घर छेउकै खोलामा खुब खेलीन्थ्ये
यो गर,त्यो गर यो ल्या त्यो ल्या भन्दै
भुराभुरिलाई बेलाबेला खुब पेलिन्थ्यो
त्यसैमा खुबै मज्जा मनै छुने
हरेक मैसम केहि न केहिको सीजन हुने
आपको मैसम त सधै मुखै रसाउने
अरु खेल रोकेर
हामी सबै आँप चोर्न जाने
नुनखोर्सानी र झोला बोकेर
मध्यदिनमा बगौचामा कोहि नहुने
त्यस्तो मैका कैले छाडेनौ
चोर्न नजाने अल्झि र डरछेरुवालाई
देखाई देखाई खाईयो
तर कैले बाडेनौ
एक दिन त केटाहरुले गर्नु गरेछन
बाटो हिड्नेलाई डुङ्गा हान्थे
भुत बनेर तर्साउथे
ढल्लाले हानेको,आफ्नै सरपो परेछन
टाउको छाम्दै नानाभाथी भुक्दै थिए
हामी खेतको आली आली लुक्दै लुक्दै
निस्केर आयौ
एक हुल केटिहरु रैछन पिपलको छाहारिमा
अनी हास्दै हसाउदै खुब जिस्केर आयौ
मेरो बाल्यकाल
यस्तै यस्तै
सायद तपाइहरुको जस्तै।

ती अबिस्मरनिय झण
जब पानी पर्र्छ सम्झन्छु धलझल
झरिमा फुटबल खेलेको
चप्लो भुइमा लडाउन
साथिहरुलाइ ठेलेके
राती राती भागेर फिलिम हेर्न जाने
केलैकाही थाहापाउनु हुन्थ्यो
अनी बिहान बिहान बाबाको पिटाइ खाने
यस्तै यस्तै रह्यो बाल्यकाल
फटाहा काम त धेरै गरियो
घाउचोटनी घेरै लगाईयो
तर घरमा कैले केहि भनीएन
पछि बुझ्ने भईएछ क्यारे
चकचक सबै छाडीयो
त्यपछि त मलाई
चकचके र फटाहाहरुमा गनिएन
जे होस बाबाले भनेजस्तै फटाहा चै बनीएन
तर पिटाई चै स्कुलमा पनी खाईयो
जब साथीसंग स्कुलमा अन्तराकझिरी भन्दै
चुटेफुटेको स्वरमा जोडले गीत गाइयो
आजपनी बाल्यकालमा हराउन मन छ
फेरि ती चकचक दोहर्याउन मन छ
तर समय ठुलो भइसकेछ
कर्तव्य र ठुलाठुला सपनाको जन्म भयो
बिन्दास हुने बाल्यकाल त हेर्दाहेर्दै गईसकेछ
मेरो बाल्यकाल
अलीअली अरुको जस्तै
केही फरक केहि पुरानो
कथाहरुको जस्तै।
Pramod smiler

25/07/2015

मेरो बिना नी तिमि खुसी हुन सक्छौ
मेहनत गरे तिम्ले नि सफलता छुन सक्छौ
चन्द्रमाको दाग जस्तो होईन प्रिय तिम्रो
म जस्तै तिम्ले नि त्यो चोट सजिलै धुन सक्छौ।
Pramod smiler

24/07/2015

तिम्रो सपना कसरी समेटौ,याँहा आफ्नै सपना पुरा गरेको छैन,
विश्वाश गर प्रिय,मुखमा राम राम बगलीमा छुरा गरेको छैन,
वास्ता गरेन,बोलेन भन्दै कती रिसाउछौ यार तिमी पनी
न्यास्रो लागिसक्यो धेरै भयो आफ्नै ममीबाबासंग त कुरा गरेको छैन।

08/07/2015

हिजाे कलेज बंक गरेर बागबजार तिर डुल्दै तास खाँदै थियाैँ ।अचानक एउटाले सोध्यो, अोइ यो जामे मस्जिद भित्र जान दिन्छ कि दिँदैन ? हामी ७ जना केटाहरू थियाैँ, सबै जना हिन्दु । अर्काेले थप्यो, जुम न त, जान दिएन भने फर्काैँला । सबै जना जाने निर्णय गर्याैँ । भित्र छिरेपछि एक दुइ जनाले घुरेर पनि हेरे, हामीले वास्ता गरेनाैँ । माथि जाँदा जुत्ता खाेलेर माेबाइल अफ गरेर जानु पर्ने रहेछ । प्रार्थना गर्ने ठाउँनिर पुगेपछि तीन जना बुढाहरू अाएर हामीलाइ सोधे, तपाइँहरू हिन्दु हो ? हामीलाइ अब फर्काउँछ भन्ने लाग्या थियाे । हामीले नढाँटी हाे भन्याैँ । त्यसपछि ती बुढाले मुसुक्क हाँसेर भने, वेलकम टु जामे मस्जिद । ती बुढाले हामीलाइ मस्जिद भित्रकाे सबै जसाे ठाउँहरू देखाए, र खाजाकाे नाममा चना पनि खुवाए । उनले जत्ति इस्लाम धर्मकाे कुरा गरे, हामीसँग हिन्दु धर्मकाे कुरा पनि उत्तिकै सोधे । ती तीनै जना बुढाहरू पाकिस्तानबाट अवकाशप्राप्ति पछि नेपालकाे सेवा गर्छु भनेर अाएका रहेछन् ।

फर्कदाँ मनमनै सोचेँ, काेही मुस्लिम धर्मकाे मान्छे हाम्राे मन्दिरमा अाँउदा हामीले कहिले खाजा अफर गरेका छाैँ र ? धर्म त केवल अास्था हाे, विश्वास हाे, मानवता त बस् मानिसबाट अाउँछ ।

अस्तु ।

Mobile uploads 06/07/2015

Hahaha

Mobile uploads 27/06/2015

Kuro!

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu