Dear Parent,
All our children's House including Elementary school remain closed today general strike called Maoist party (Chand Group). Regular classes will be continued from tomorrow.
Thank You,
Best's Montessori Chain of schools
We are located at Kuleshwor-Ph 4283554, Battisputali-Ph.4490402, Dhumbarahi-Chabhil-Ph.4430860 & Samakhusi-Ph.4389192, Sinchahiti (Patan)-Ph.5003539
28/11/2015
24/11/2015
24/11/2015
22/11/2015
20/11/2015
Elementary Teachers pasting and distributing stickers. Great job teachers..............
17/11/2015
Celebrating chhat parva at Ravibhawan wing
सुष्मा सुब्बा लामा, प्रिन्सिपल बेस्ट मोन्टेशरी, काठमाडौं
सुष्मा सुब्बा लामा मोन्टेशरी शिक्षामा चिरपरिचित नाम हो । राजनीतिक शास्त्रमा स्नातोकोत्तर सुब्बा एसोसिएसन अफ मोन्टेशरी इन्टरनेसनलकी अध्यक्ष हुन् । उनी बेस्ट मोन्टेशरीकी प्रिन्सिपल तथा नर्थ अमेरिकन मोन्टेशरी सेन्टर (भ्यानकोभर, क्यानडा)बाट सर्टिफाइड विज्ञ पनि हुन् । शिक्षा क्षेत्रमा ३० वर्षे लामो अनुभव संगालेकी सुब्बा संयुक्त राज्य अमेरिका कराते फेडेरेसन (क्वान्मोकान)की नि. अध्यक्ष समेत छन् । छिमेकी देश भारतले लगाएको अघोषित नाकाबन्दीबाट प्रताडित नेपालIMG_6236का शैक्षिक क्षेत्रले देशलाई पर्दा सहयोग गर्नुपर्छ भन्दै प्रतिकूल अवस्थामा पनि उनले मोन्टेशरीका कक्षा सञ्चालन गरिरहेकी छन् । सुब्बासँग वर्तमान अवस्थामा शिक्षा क्षेत्रले भोगिरहेका समस्याका बारेमा समय सन्दर्भले लिएको अन्तर्वार्ताः
भारतले लगाएको अघोषित नाकाबन्दीका कारण देशका बिभिन्न स्कुल र कलेज बन्द भइरहेको अवस्थामा यहाँले मोन्टेशरीका कक्षा सञ्चालन गरिरहनुभएको छ । कक्षा सञ्चालनलाई कसरी सम्भव बनाइरहनुभएको छ ?
पक्कै पनि । हामी यही देशका नागरिक हौं । देशलाई पर्दा सबै जनताले होस्टेमा हैंसे थप्नुपर्दछ । अहिले मुलुक छिमेकी देश भारतले लगाएको अघोषित नाकाबन्दीका कारण मर्माहक बनिरहेको छ । शिक्षा क्षेत्र मात्रै नभइ अस्पताल, कलेज, विश्वविद्यालय, उद्योगधन्धा, यातायात ठप्प छन् । सरकारी तथा गैरसरकारी कार्यालय पनि अहिलेको विषयम परिस्थितिमा स्तब्ध भइरहेका छन् । देशको अवस्था सामान्य हुँदा सबैले गर्छन्, तर यस्तो अवस्थामा हामीले मोन्टेशरीका कक्षा सञ्चालन गरिरहेका छौं । हामी अहिले अग्नि परीक्षामा पनि छौं । यो बेला भनेको आफ्नो घैर्यतालाई कायम राख्दै अरुलाई गाली नगरी देशलाई सहयोग गर्ने बेला हो । हामी सोही भावनाका साथ अगाडि बढिरहेका छौं । हो, गाह«ो अवस्था पक्कै पनि छ । दाउरामा खाना पकाएर नानीहरुलाई खुवाउँदै, अभिभावकहरुसँग सरसल्लाह गरिकन, उहाँहरुकै सहयोग र सद्भावका साथ हामीले मोन्टेशरीका कक्षा सञ्चालनमा ल्याएका हौं ।
नाकाबन्दी अझै लम्बिने प्राय निश्चित छ । तिहारपछि अझ अप्ठ्यारो स्थिति आउला । त्यतिबेला के गर्नुहुन्छ ?
अहिलेको विषम परिस्थितिमा सकारात्मक सोचका साथ अगाडि बढ्नुको बिकल्प हामीसँग छैन । भोलिका दिनमा समस्या सुल्झिनेमा म विश्वस्त छु । तथापि समस्या आउनुभन्दा अगाडि नै पूर्व तयारी गर्नैपर्छ । हामीले अभिभावकहरुसँग यस विषयमा राम्रोसँग छलफल, परामर्श लिइरहेका छौं । नानीहरुको पढ्न पाउने अधिकारलाई कोही कसैले पनि खोस्नु हुँदैन । भारतले नाकाबन्दी लगाउँदै हामीले विद्यालय बन्द गर्यौं भने उसलाई यसले झन टेवा दिन्छ । मानौं न एक दुई वर्षका लागि यो अवस्था आयो रे, उसले नाकाबन्दी लगायो भनेर विद्यार्थीलाई नपढाउने त ? त्यसकारण हामी खाना पकाउन आवश्यक पर्ने दाउराको जोहोमा लागेका छौं । विद्यालयमै खाना पकाएर खुवाइरहेका छौं । नानीहरु पनि अत्यन्तै खुशी छन्, समस्यालाई तह लगाउने हाम्रो प्रयास जारी छ । सरकारले अहिले चाँडोभन्दा चाँडो यस विषयमा गम्भीर भएर सोचोस् । भारतसँगको आफ्नो कूटनीतिक दक्षतालाई अझ निखारोस् र द्वीपक्षीय हितका सम्बन्धमा दुबै मुलुक गम्भीर भएर अगाडि बढून् ।
शिक्षा क्षेत्रमा यहाँको लामो अनुभव छ । मोन्टेशरीमा तपाई कसरी आकर्षित हुनुभयो ?
पहिला म पनि सामान्य शिक्षक थिएँ । परम्परागत शिक्षामा लामो समय बिताएँ । तर त्यो शिक्षा जति पढे पनि बेराजगार हुने, दक्षता नआउने, कमलको फूल हुने विद्यार्थीको खुबी त्यतिकै मर्ने । उसलाई त्यो बन्न जबरजस्ती लाद्ने परिपाटी परम्परागत शिक्षामा मैले देखें । अहिले समय २१ औं शताब्दीको हो, तर परम्परागत शिक्षा धेरै शताब्दी पुरानो शैलीमा छ । हाम्रो ल्याकिङ शुरुमा नै बाल शिक्षामा भयो । माथिल्लो शिक्षामा जतिसुकै राम्रो गरेपनि यदि तपाईको बालशिक्षा बलियो छैन भने केही गरे पनि हुँदैन । सबै अभिभावक आफ्ना नानीहरुलाई डाक्टर, इञ्जिनियर, पाइलट नै बनाउन खोज्ने तर जीवनपयोगी शिक्षामा कोही सकैको जोड नजाने परिपाटीलाई चिर्न आवश्यक थियो । म त्यसकै खातिर अगाडि बढें । जब मैले मोन्टेशरी शिक्षामा जीवन देखें अब शिक्षालाई बलियो बनाउनुपर्छ, सबै अभिभावकले यसलाई आफ्ना नानीहरुको बालशिक्षालाई बलियो पार्ने आधार बनाउनुपर्छ भन्ने ममा हेक्का जाग्यो । त्यसपछि म यस शिक्षामा लागें ।
पराम्परागत र मोन्टेशरी शिक्षामा अरु भिन्नता के के छन् ?
लर्निङ विथ एक्टिभिटी यसको मूल आधार हो । विद्यार्थीलाई कितावमा मात्रै सीमित नगराई त्यसभन्दा बढी बिभिन्न गतिविधिहरु प्रयोग गरेर शिक्षा आर्जन गर्ने पद्धति नै मोन्टेशरी शिक्षा हो । यो तौरतरिका परम्परागत शिक्षामा पाइदैन । यसका अलावा फेस टु फेस इन्ट्राक्सन, आइ कन्ट्याक्ट, व्यक्तित्व विकास, शीपमूलक शिक्षा, दैनिक जीवनका भोगाइ एवं गराइ व्यवहारमा उतार्ने मोन्टेशरी शिक्षाका प्रमुख विशेषताहरु हुन् । परम्परागत शिक्षामा यी कुराहरुको ग्यापिङ हुन्छ । घर बनाइसकेर नक्शा पास गर्ने तरिकाको सिकाइले नै आजको हाम्रो शिक्षा बिग्रिएको हो । ४० वर्षको हात र मस्तिष्कले ४ वर्षका नानीहरुलाई कसरी सम्हाल्ने वा सिकाउने भन्ने कुराको आधार मोन्टेशरी शिक्षामा हुन्छ । आज कार्ल माक्र्सका सिद्धान्तहरु शिक्षामा परिवर्तन भइसके । समाज यसरी परिवर्तन भइरहेको छ कि परम्परागत शिक्षा हिजो हजुरबुबाले के पढ्नुभयो त्यसकै सेरोफेरामा हुर्किएको छ । त्यो पद्धति अहिलेको समाजलाई बिलकुल पाच्य हुँदैन भन्ने मेरो मान्यता हो । अर्को महत्वपूर्ण कुरो के हो भने प्रिन्सिपल, शिक्षक, विद्यार्थी एवं अभिभावक सबैलाई एउटै बिचार र उद्देश्यमा लैजान गाह«ो छ, त्यो सम्भव पनि छैन । परम्परागत शिक्षामा एउटै पोषाक, किताव र पाठ्य सामग्रीले एकताको सिर्जना गर्छ भनिन्छ, हामी गल्ती नै त्यही गरिरहेका छौं । यही भएर त्यो शिक्षामा एउटा सुस्त विद्यार्थीले जहिले पनि आफूलाई ह्युमिलिएसन फिल गरिरहेको हुन्छ । हामी सबैलाई उत्तिकै रुपमा ट्रिट गर्छौं त्यो मोन्टेशरी शिक्षाको अतुलनीय पाटो हो । आज यही शिक्षाका कारण विश्वका विकसित देशहरुले लोभलाग्दो प्रगति गरेका हुन् ।
मोन्टेशरी शिक्षा भन्ने बित्तिकै हामीकहाँ साना नानीहरुलाई स्कुले जीवनमा प्रवेश गर्नुभन्दाको अघिको शिक्षा भन्ने बुझिन्छ । तर त्यसभन्दा माथिको शिक्षाका लागि तिनै परम्परागत विद्यालयमा जानुपर्ने बाध्यात्मक स्थिति छ नि, होइन र ?
त्यो अवस्था बिस्तारै कम हुँदैछ अब । तीन वर्षमुनिका नानीहरुका लागि बेबी केयर हुनुपर्छ । यो फेजमा धेरै रिक्स हुन्छ । त्यसका लागि सञ्चालकहरुमा बालमनोविज्ञानको प्रशस्त ज्ञान हुनुपर्छ । तीनदेखि ६ वर्षसम्मको उमेर नर्सरीदेखि युकेजीसम्मको हो । ६ देखि नौ लोअर इलेमेन्ट्री हो । ९ देखि १२ लाई अपर इलेमेन्ट्री भनिन्छ । त्यसपछिको स्टेज हाइस्कुल शिक्षा वा प्लस टुको हो जुन १२ देखि १८ वर्षसम्मका उमेर समूहकाले पढ्छन् । बेस्ट मोन्टेशरीले नेपालमै पहिलोपटक सन् २०१२ मा इलेमेन्ट्री स्कुल सञ्चालनमा ल्याएको छ । यो काठमाडौंकोे लाजिम्पाटमा छ । अबका अभिभावकले मोन्टेशरी शिक्षाका लागि बिगतमा जस्तो भौतारिनुपर्दैन । आजसम्म पनि हाम्रो राष्ट्रमा किन दरिद्रता भयो भन्ने कुरा वैज्ञानिक शिक्षा नभएरै हो । हामी सबै आफ्ना नानीहरुलाई वैज्ञानिक बनाउन खोज्छौं तर प्राथमिक तहको शिक्षामा आधार बलियो हुँदैन । एसएलसी फेल हुँदैमा मर्नुपर्ने बाध्यात्मक अवस्था हाम्रो शिक्षाकै उपज हो । यस्तो शिक्षा धेरै नै खतरानाक हुनसक्छ । त्यसतर्फ हामी सदैव चनाखो रहनुपर्दछ ।
तर मोन्टेशरी शिक्षा अत्यन्तै महंगो छ, दीनदुखी र गरीबका छोराछोरीले पढ्नै सक्तैनन् भनिन्छ नि ?
त्यो त्यस्तो पनि होइन । शिक्षालाई सबैको समान पहुँचमा ल्याउने उद्देश्यका साथ हामी अगाडि बढेका छौं । मान्टेशरी शिक्षा जति जीवनपयोगी छ त्यसको तुलनामा यो त्यति महंगो पनि होइन । हामी परम्परागत स्कुलहरुले जस्तो एउटै कक्षा कोठामा ४०÷५० जना राख्दैनौ । १५ देखि २० जना एउटा कक्षा कोठाका लागि पर्याप्त हुन्छ मोन्टेशरीमा । सबै विद्यार्थीलाई समान केयर हुन्छ । नर्सरीदेखि युकेजीसम्म नै हेर्नुभयो भने पनि विद्यार्थीको संख्या अत्यन्तै थोरै हुन्छ । मोन्टेशरीमा थोरै भनेको नचलेको होइन, स्पेसल केयर हो । त्यो भयो भने मात्रै उनीहरुमा सेयरिङको भावना बढ्छ । हाल काठमाडौंमा बेस्ट मोन्टेशरीका ६ वटा विङ्स छन् । इलेमेन्ट्रीमा ७८ जना विद्यार्थी छन् ।
अन्त्यमा केही भन्नु छ कि ?
हाम्रो देशमा सगरमाथा छ, गौतम बुद्ध जन्मिएको देश हो नेपाल । हामीसँग प्राकृतिक स्रोत साधन यति धेरै छन् कि त्यसलाई हामीले सही उपयोग गर्न नसक्ता आजको अवस्था आएको हो । यो कुरालाई सबैले हृदयङ्गम गरी अगाडि बढ्नुपर्छ । राष्ट्रियताका सवालमा पनि हामी नेपाली बिभक्त भएका छौं त्यो भावी पुस्ताका लागि र स्वयं राष्ट्रियताका लागि खतरानाक छ । त्यसकारण अब मलाई देशले के दियो भन्दा पनि देशलाई मैले कति दिएँ भनेर सोच्नुपर्छ । देशले हामी सबैसँग सहयोग मागिरहेको छ, हाम्रो साथ चाहिएको छ अहिले देशलाई । यो देश बनाउने जिम्मेवारी हामी सबैको हो, हामी सबै राष्ट्रपति हौं ।
प्रस्तुति डिल्लीराम भट्टराई
Best Montessori's photo.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Ravi Bhawan, Samakhusi
Kathmandu
4566