22/09/2024
केही मानिसहरु यति छिटो भावनामा आउँछननी त्यति तिब्र रकेट अनि मिसाइल पनि हुन्नन,बुलेट ट्रेन जस्तो लावालस्कर लम्पसार परिहाल्छन।तुरुन्तै समर्थन,तुरुन्तै बिरोध,केहिसमय अलमल्ल अनि यसो दुइचार मनहरु जताजता बहकिएको देख्छन आफुलाइ बाढिले बगाएको रुखजस्तै खोलाको बहावसँगै बगाइहाल्छन,माछा जस्तै सलबलाइहाल्छन,उपिया जस्तो सुलसुलिन्छन,साँढे जस्तो मुर्मुरिन्छन,पीडित जस्तो जुर्मुरिन्छन,उर्लिन्छन,कुर्लिन्छन,बुर्लुक्किन्छन,झुल्किन्छन,मुर्झिन्छन अनि भस्म हुन्छन,कोक्याउँछन,तितो हुन्छन,पिरो हुन्छन,अमिलो हुन्छन,फेरि कुनैबेला गुलियोपनि बन्छन,खै के के के के हुन्छ अनि बिना स्वादका बेस्वादी हुन्छन,डुङ्गडुङ्ग गन्हाइपनी हाल्छन,अत्तर छर्छन चोखिने तालमेल मिलाउँछन तिनी मानिस यस्ता हुन्छन जो बेलाअनुसार सबैका समर्थक सबैका बिरोधि हुन्छन।तिनिहरु लेख्छन,केर्छन,मेट्छन भुपी सेरचन जस्तै गर्छन!आफू केही होइनन् तरपनी सबथोक हुन।यतिसम्मकी आफ्ना बुबाआमा,दाजुभाइ,दिदिबहिनी को कुरै नगरौं चिनजानका मान्छे सम्मले पचाउनै नसकिने आल्तु फाल्तु लेख्छन कतै ठूलो पक्षपाती कतै प्रतिपक्षी बनिहाल्छन।हुन्छ भन्नेले हुन्छ भन्नुहोला हुन्न भन्नेले हुन्न भन्नुहोला भनेर सभामुख बन्छन कहिलेकाहीँ देश यसरी चलाउनुपर्छ भनेर रास्ट्रका कार्यकारी प्रमुख पनि बनिहाल्छन।आजसम्म जे जे शक्तिशाली शक्तिहरु उदाय,अस्ताय सबै बहकिने मनहरुको उत्तेजनामै उदाय अनि बिलाय।सबैले आ-आफ्नो कर्म गरे देश आफैं बन्छ।ज्ञानको होइन केवल अक्षरको खेतिले प्रत्यक डाँडाबाट एकैपटक आवाज निकाल्ने स्याल मध्यरातमा चिच्याउने जस्तैहो मुलभुत रुपमा त्यो कुनै क्रान्ति,अभियान,आन्दोलन,युद्ध,अग्रगामी छलाङ,प्रगतिशीलता,रुपान्तरण,परिवर्तन,उन्नति होइन समयको सत्यानास मात्र हो दुनियाँका नाममा बुख्याँचा,मुखौटा,स्वकीय,परिचालित,पिछलग्गु बनेर आफ्नो उर्जा कसैले खर्च नगरौं आ-आफ्ना हैसियत अनुसारको काम गरौं,सत्य,हुने,चाहिने, गर्न सकिने इमानदारी कुरा गरौं,मिहिनेत गरौं सबैभन्दा पहिले तपाईं सबथोक हो तिनी,उनी केहिथोकका नाममा बेकामी अक्षरका लडाइँ लड्ने पछिल्तिरको योद्धा नबनौँ।
#जय नेपाल
#जय नेपाली
मदन भण्डारी
9843292779
एक विद्यार्थी