Saroj Mishra

Saroj Mishra Mr. Mishra has long experience in the academia, banking & Journalism.

He has worked for NBL & ADBN in past & was editor in chief of Satyagraha Weekly & Rajdhani Daily.

ॐ नम: शिवाय !नमामीशमीशान निर्वाणरूपंविभुं व्यापकं ब्रह्मवेदस्वरूपम्निजं निर्गुणं निर्विकल्पं निरीहंचिदाकाशमाकाशवासं भजेह...
15/02/2026

ॐ नम: शिवाय !

नमामीशमीशान निर्वाणरूपं
विभुं व्यापकं ब्रह्मवेदस्वरूपम्
निजं निर्गुणं निर्विकल्पं निरीहं
चिदाकाशमाकाशवासं भजेहम्

निराकारमोङ्करमूलं तुरीयं
गिराज्ञानगोतीतमीशं गिरीशम् ।
करालं महाकालकालं कृपालं
गुणागारसंसारपारं नतोहम्

तुषाराद्रिसंकाशगौरं गभिरं
मनोभूतकोटिप्रभाश्री शरीरम् ।
स्फुरन्मौलिकल्लोलिनी चारुगङ्गा
लसद्भालबालेन्दु कण्ठे भुजङ्गा

चलत्कुण्डलं भ्रूसुनेत्रं विशालं
प्रसन्नाननं नीलकण्ठं दयालम् ।
मृगाधीशचर्माम्बरं मुण्डमालं
प्रियं शङ्करं सर्वनाथं भजामि

प्रचण्डं प्रकृष्टं प्रगल्भं परेशं
अखण्डं अजं भानुकोटिप्रकाशं ।
त्र्यःशूलनिर्मूलनं शूलपाणिं
भजेहं भवानीपतिं भावगम्यम्

कलातीतकल्याण कल्पान्तकारी
सदा सज्जनानन्ददाता पुरारी ।
चिदानन्दसंदोह मोहापहारी
प्रसीद प्रसीद प्रभो मन्मथारी

न यावद् उमानाथपादारविन्दं
भजन्तीह लोके परे वा नराणाम् ।
न तावत्सुखं शान्ति सन्तापनाशं
प्रसीद प्रभो सर्वभूताधिवासं

न जानामि योगं जपं नैव पूजां
नतोहं सदा सर्वदा शम्भुतुभ्यम् ।
जराजन्मदुःखौघ तातप्यमानं
प्रभो पाहि आपन्नमामीश शंभो

01/02/2026

बालेन शाहको चुनावी अभियन्ता दिनेश सिटौलाको कर्मथलोमै ढलेर निधन भएछ । केही दिन अघि अभियन्ताहरुको एक जमात गाडीबाट खसेर घाइते भएछ्न् । स्वयं बालेनका नेता सभापतिज्यू गोडामा चोट लागेर थन्किएका छन् । यी सबै दूर्घटना हुन् । दूर्घटनालाई त्यसै रुपमा लिउँ ! नानाथरी conspiracy theories फिजाउनु पटक्कै ठिक होइन । पिडित पक्षलाई यथोचित सहानुभूति र सम्मान दिउँ !

तर यी सब कालो शक्ति ब्रम्हराक्षसलाई (लुसिफर) अर्कै लोकबाट प्रवाहित दैबी संकेत चाहिँ हुन सक्छ है ! होस पुर्‍याउँदा राम्रै होला !! सच्चिनु पर्ने भए सच्चिँदा ठिकै होला !!!

TV Today संगको मेरो कुराकानी !
30/01/2026

TV Today संगको मेरो कुराकानी !

Chakravyuh is a News and Political program currently running on TV Today HD where our host Mr. Navraj Dhanuk invites guests and asks them questions about th...

30/01/2026

फूर्सद भए आज साँझ ८:३० मा TV Today हेर्नुहोला ! सम्पादन टिमले अन्यथा निर्णय नगरे म देखा पर्नेछु । एकदमै खरो कुरा गरेको छु । Dynamaic, educated, young & ..... हरुको गाली खान तयार भएर प्रस्तुत भएको छु।

29/01/2026

बालेन शाह अर्थात् रास्वपाका वरिष्ठ नेताज्यू र रबि लामिछानेज्यू अर्थात् रास्वपाका सभापतिज्यू ! यी दुई महानुभावलाई 'छोरा' भन्दै अँगाल्नो मार्ने असंख्य प्रौढ नागरिकहरू छन् भन्ने मलाई राम्रो थाहा छ ! अझ दाइ भन्न हौसिने त धेरै नै छन् !

'छोरा' भन्ने अनुभवी प्रौढ ब्यक्तिहरु ! अंश दिनु नपर्ने 'छोरा' बनाउन गाह्रो भएन ! तर के तपाईंहरू यी वा यी जस्तै र यिनका अनुयायीहरुलाई ज्वाईं बनाउन तयार हुनुहुन्छ ? होस गर्नोस् - यो तपाईंकी प्यारी छोरी, भतिजी वा नातिनीको जीवनको सवाल हो ! भोट दिनु भनेको पनि छोरी दिनु जस्तै हो, अंश दिनुनपर्ने छोरा बनाए जस्तो होइन !

अब दाइ वा भाइ भन्न रुचाउने जोशिला युवा युवतीहरू ! के यस्ता महानुभावहरुलाई भिनाज्यू वा बहिनी ज्वाइँ बनाउन तयार हुनुहुन्छ ? सायद तपाईंहरू शिबबुटीमा रमाउँदै सिंहदरवार जलाउँछु भन्ने वा 'एउटीसंग बसेँ, एउटा बच्चा भो ! सक्कियो !' भन्ने अथवा संसार भरी ठगी गर्दै हिँड्नेलाई भिनाजुका रुपमा देख्न त चाहनु हुन्न होला ! प्यारी दिदी वा बहिनीको भविश्य प्रति चनाखो हुनुहुन्छ भने राष्ट्रकै भविश्य प्रति जिम्मेवारी छैन ? मादकतामा कति बग्ने ?!

नेपालकै सर्बाधिक संक्रामक किटाणुको गोडामा संक्रमण भएछ ! 'जे गरेपनि जे भनेपनि जायज' स्तरको lmmunity प्राप्त शक्तिशाली भौम...
28/01/2026

नेपालकै सर्बाधिक संक्रामक किटाणुको गोडामा संक्रमण भएछ ! 'जे गरेपनि जे भनेपनि जायज' स्तरको lmmunity प्राप्त शक्तिशाली भौमानलाई के दुख आइलागेको ? मसान साधक लुसिफरले 'फू' गरेर ठिक गर्लान् कि ??!!

27/01/2026

गएको केही दिन देखि विभिन्न माध्यमबाट ब्यक्तिगत तवरमा समेत एउटा प्रश्नको सामना गरिरहेको छु। गगन थापा सर्लाही - ४ किन गएका होलान् ? यो प्रश्नको जवाफ दिने हैसियत स्वयं गगनले मात्र राख्छन् र उनले दिइरहेका पनि छन् । तर मेरो बिचारमा उनी किन त्यहाँ गएका हुन् भन्ने प्रश्नको जवाफ यस प्रकार छ ।

संबिधान निर्माण हुँदै गर्दाको ताका थियो । म नेपाली कांग्रेसको एउटा भातृ संगठनको कार्यालयमा ब्यक्तिगत कारणले त्यसका अध्यक्षलाई भेट्न गएको थिएँ । स्वाभाविक रुपमा त्यहाँ भीडभाड थियो । अध्यक्षज्यूको कार्यकक्ष बाहिर केही बेर कुर्नुपर्ने भयो । त्यहाँ कहलिएका कांग्रेसीहरू थिए । कुरा हुँदा हुँदै मधेसको मागको कुरा उठ्यो । 'एक मधेस एक प्रदेश'को कुरा पनि उठ्यो । त्यत्तिकैमा एक स्वनामधन्य दौराधारी कांग्रेसी चिच्याए - 'मधेसीलाई कति दिने ?' मलाई खपिनसक्नु भयो ! तत्कालै प्रतिक्रिया जनाएँ - 'तपाईंको दिमाग बिटुलिएको छ । मधेसी याचक, तपाईं दाता ! होइन त ? सायद दौरा सुरुवाल पहिरनका कारण तपाईं जन्मजात बिर्तावाल वा जमिनदार ! होइन ?'

आज गगन थापा सायद यही नाजायज भाष्य मेटाउन गएका हुन् ! मधेस वा मधेसी याचक होइनन् ! कुनै दौराधारी सरह नै बिसुद्ध नेपाली हुन् । साँच्चै भन्ने हो भन्ने हो भने मधेसले लिने भन्दा धेरै बढी दिएको छ । दूर्गानन्द झा, रामनारायण मिश्र, महेन्द्रनारायण निधि, रामराजाप्रसाद सिंह र गजेन्द्रनारायण सिंह मात्र होइन बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सरोज कोइराला र तेजबहादुर अमात्य पनि दिएको छ । अब मौजुदा भन्दा निक्कै ठूलो कदको गगनकुमार थापा पनि दिँदैछ !

22/01/2026

रबि लामिछाने भन्ने ब्यक्ति भ्रष्टाचार एबं ठगीका लागि ५/६ अदालतद्वारा चिन्हित अभियुक्त हुन् । महिलालाई उपभोग्य बस्तु ठान्ने हदै सम्मको चरित्रहीन ब्यभिचारी हुन् ! किर्ते कागज बनाएर कारागारबाट निस्कने र तमाम अपराधीलाई जेलबाट छुटाएर अनि हतियार लुटेर प्रहरी चौकी जलाएर त्यस्ताको भीडको 'सेना' बनाउने महाअपराधी हुन् !

बालेन शाह भन्ने ब्यक्ति त महारहस्यमयी भूतप्रेत उपासक कालो शक्तिका चेला हुन् ! यो देशको सार्बभौमिकताको प्रतिक संसद भवन, सिंहदरवार र सर्बोच्च अदालत जलाउने अनि यो देशको इज्जत र श्रद्धाका प्रतिक महान ब्यक्तित्वहरुको शालिक तोड्ने तथा कैयन् नीजी सम्पत्ति ध्वस्त बनाउने सेनाका योजनाकार सेनानायक हुन् ! कैयन् गरिब निमुखाको रोजगारी छिन्ने 'भिजनरी' हुन् । झन्डै चार बर्ष आफ्नो मधेसी पहिचान लुकाएर साहबाट शाह बनेर अचानक 'मधेस का छौडा' बन्ने बहुरुपिया छद्मभेषी हुन् !

यतिबेला यी दैत्य दानवहरुको रक्षार्थ एबं देवत्वकरण गरेर सोझा जनताको मस्तिष्कमा बशिकरणको तन्त्र गर्न दैत्यगुरू शुक्राचार्य अत्यन्तै सकृय भएका छन् ! दैत्यलोकको नारदतन्त्र उच्च रुपमा क्रियाशील छ । देवगुरू बृहस्पति एबं देवऋषि नारद जागा हुन परेन र ?

रास्वपाबाट कुनै राम्रा मानिस तपाईं समक्ष आएपनि याद राख्नोस् - ती 'सज्जन'लाई साथ दिनु भनेको प्रकारान्तरले यस्ता दुराचारी निकृष्ट ब्यक्तिलाई प्रश्रय दिनु हो र अनुमोदन गर्नु हो । के तपाईं यही चाहनुहुन्छ ?

21/01/2026

सामाजिक सञ्जालमा भएको हल्लीखल्ली मात्र हेर्ने हो भने झापा ५ मा बालेनले शतप्रतिशत ठूलो अन्तरका साथ जित्ने भइसक्यो ! तर कुरो त्यति सजिलो छैन ! एमालेले आफ्नो कोर भोट जोगाउन सक्यो भने (राप्रपाको होइन) अझै ओली नै बलिया साबित हुनेछन् ! रास्वपा वा बालेन भनेको कुनै समर्पित भोट प्रापक होइन । ऊ त तात्कालिक प्रतिक्रियाबादी भोट आर्जन गर्ने मेशिन हो । आजको प्रतिक्रिया हेर्ने हो भने झापा ५ को झन्डै १ तिहाई भोट आर्जन गरिरहेको अवस्था हो । ओलीको भोट निश्चित रुपमा घट्नेछ । त्यसरी घटेको भोटको २५% अरू कुनै पार्टीले प्राप्त गर्‍यो भने प्रतिस्पर्धा अत्यन्तै कडा हुनेछ र तेश्रो पार्टी फुत्त पहिलो बन्न सक्छ !

यस्तो भयो भने म अत्यन्तै खुशी हुनेछु । म ओली प्रवृत्तिको जन्मजात बिरोधि हुँ र बालेनको संदिग्ध एबं रहस्यमयी ब्यक्तित्व तथा भाद्र २३ र २४को बिध्वंशमा उनको भूमिकाका कारण उनलाई पुरै नकार्न पर्छ मात्र होइन, कानूनी कारबाहीको दायरामा तत्काल ल्याउनुपर्छ भन्ने ब्यक्ति हुँ । हेक्का रहोस्, युवा मस्तिष्कमा जन्मेको जायज बिद्रोहको म बिरोधि होइन ! ओली र बालेन दुबै हारेमा नेपाली आकाशमा मडारिएको यो कालो बादल सँधैका लागि हट्ने थियो ! र, त्यसो हुन सम्भव छ है !! अन्य प्रतिस्पर्धीहरू थोरै रणनैतिक भइदिनुपर्छ !!

21/01/2026

कहिले आत्मदाह गर्छु भन्छ भने फेरि आत्महत्या गर्छु भन्छ । नेपालको कानूनले के भन्छ मलाई थाह छैन । तर नेपालमा पनि स्वेच्छिक मृत्युबरण (Euthenesia) चाहिँ बैध छैन क्या र ! कैयन् मुलुकमा त आत्महत्याको प्रयास पनि फौज्दारी अपराध हो र हत्या हिंसा फैलाउने कोसिस मानिन्छ । सामान्य दृष्टिबाट पनि यो ब्यक्ति पुरै बिक्षिप्त भइसके जस्तो देखिन्छ । त्यसो त यिनी दिल्ली स्थित आफ्ना मालिकहरू अर्थात् Khan Market Gang लाई गुहार्दै छन् जस्तो लाग्छ । जे भए पनि आज चाहिँ म निर्बाचन आयोगसंग प्रश्न गर्न चाहन्छु - यिनको हर्कत आचार संहिता भित्र पर्छ कि पर्दैन ? कि नटवर लाल ठग र गजँडी आतंकीका नयाँ चेला भएको हुँदा यिनलाई जे गर्न वा बोल्न पनि छुट हो ?

हिजो झिल्के शिरोमणि नटवरलालले भनेछन् - 'म अभिमन्यु होइन ।' धेरै पछि नटवरलालले साँचो बोलेका छन् ! उनी अभिमन्यु हुँदै होइन...
21/01/2026

हिजो झिल्के शिरोमणि नटवरलालले भनेछन् - 'म अभिमन्यु होइन ।' धेरै पछि नटवरलालले साँचो बोलेका छन् ! उनी अभिमन्यु हुँदै होइनन् !

महाभारतमा जयद्रथ भन्ने एउटा पात्र थिए । ती दूर्योधनका बहिनी ज्वाइँ थिए । दुराचारी ब्यभिचारी जयद्रथले पाण्डवहरुकी धर्मपत्नी द्रौपदी माथि कुदृष्टि एबं दूर्ब्यवहारको प्रयास गरे । फलस्वरुप पाण्डवहरुले उनलाई टाउको मोडेर कपालको पाँच ठूटो बाँकी राखेर अर्थात् प्रतिकात्मक रुपमा अपराधी भनेर पाँच पटक डामेर छोडिदिएका थिए । उनको बध हुन सक्थ्यो । तर बहिनी दुशालाको पति भएको कारण उनलाई चिन्हित मात्र गरेर छोडिएको थियो । त्यही अपमानको पीडामा बाँचेका जयद्रथ अर्जुनपुत्र अभिमन्यु हत्याको कारण बन्यो ।

नटवरलाल अभिमन्यु हुँदै होइनन् । उनी जयद्रथ हुन् । पाँच अदालतबाट अपराधीका रुपमा चिन्हित छन् ! गत भाद्र २३/२४ मा यिनले कैयन् 'अभिमन्यु'हरुको हत्या गरिसकेका छ्न् । अब यिनी अन्तिम दिनको युद्ध लड्दै छन् ! यिनको रक्षाको लागि कैयन् महारथीहरू खटिएका छन् । यिनी त्रस्त छन्, तर अझै अट्टहास गर्दैछन् । सूर्यास्त हुँदा नहुँदै यिनको बध सुनिश्चित छ ।

20/01/2026

आदरणीय उच्च नैतिकवान पूर्ण खड्काजी ! सर्बोच्च अदालतले पनि तपाईंको याचना अस्वीकार गरेको छ । अब त आफ्ना सेनापति गणेश लामालाई सानेपा पार्टी कार्यालय परिसरबाट हट्ने आदेश दिनुहुन्छ होला नि ! हुन त तपाईं आज्ञाबाहक मात्रै हुनुहुन्छ क्या र ! भाउज्यूबाट बक्साउनु पर्ने हो कि ?

Address

Subidhanagar, Sat Marg, Tinkune
Kathmandu

Telephone

+9779849799571

Website

Alerts

Be the first to know and let us send you an email when Saroj Mishra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Saroj Mishra:

Shortcuts

Share

Category