शिक्षक चौतारी

शिक्षक चौतारी शिक्षा एवम् शिक्षक सम्बद्ध सम्पूर्ण जानकारीहरुका लागि हामिसँग जोडिनुहोस् ।🙏

21/08/2026

इमिसमा प्रोत्साहन भत्ताको Column अपडेट भयो त ?

20/08/2026

प्रोत्साहन भत्ता स्थायी शिक्षकले मात्र पाउने भन्ने चर्चा चलेको छ ।

सरकारले सबै प्रकृतिका शिक्षकहरुलाई न्याय गर्नुपर्छ ।

नेपाल सरकारलाई धन्यवाद !
20/08/2026

नेपाल सरकारलाई धन्यवाद !

आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक तथा कर्मचारीहरुको तलबमानमा वृद्धि गरी निम्नानुसार पुर्याउने निर्णय गरेको छ ।
19/08/2026

आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक तथा कर्मचारीहरुको तलबमानमा वृद्धि गरी निम्नानुसार पुर्याउने निर्णय गरेको छ ।

19/08/2026

सुखद समाचार !

आज बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको सुरु तलब बराबर कायम गर्ने निर्णय गरेको छ।

IEMIS मा प्रोत्साहन भत्ताको छुट्टै Column नआएकोमा धेरै शिक्षक साथीहरु प्रोत्साहन भत्ता नपाईने हो कि भन्दै सशङ्कित बनिरहन...
19/08/2026

IEMIS मा प्रोत्साहन भत्ताको छुट्टै Column नआएकोमा धेरै शिक्षक साथीहरु प्रोत्साहन भत्ता नपाईने हो कि भन्दै सशङ्कित बनिरहनु भएको छ । यस विषयमा सम्बन्धित निकायसँग बुझ्दा अपडेटको काम भईरहेको र छिट्टै उक्त विकल्प समावेश हुने कुरा आएको छ ।
किन सशङ्कित हुन आवश्यक छैन ?
१. अर्थमन्त्रीले बजेट भाषणका अतिरिक्त थुप्रै सार्वजनिक कार्यक्रमहरुमा यो विषयमा शङ्का गर्न नपर्ने र सबैले पाउने कुरा उल्लेख गर्नु भएको छ ।

२. अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले मिति २०८३/०४/२० गते नयाँ तलबमान र सुविधा सम्बन्धी सूचना प्रकाशित गर्दै निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई नयाँ तलबमान, ग्रेड र वृद्धि पश्चात कायम हुने रकमको १०% मासिक प्रोत्साहन भत्ता कायम गर्ने कुरा प्रष्ट पारेको छ ।

अब धैर्य गरौँ, नहतारिऔँ । दशैँको तलब बुझ्दा यो सुविधा थपिएर आउँछ ।

19/08/2026

हामी प्रदेश अन्तर्गत पर्दैनौँ । कोशी प्रदेशले आफ्नो मातहतका कर्मचारीको हकमा चैँ बढेको प्रोत्साहन भत्ता स्थायी कर्मचारीलाई मात्र दिने निर्णय गरेको हो ।

18/08/2026

कोशी प्रदेशले स्थायी कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता दिने भएको छ ।

17/08/2026

भाद्रका सार्वजनिक बिदाहरु
६ गते - शनिबार
७ गते - आइतबार
१२ गते - जनै पूर्णिमा
१३ गते - शनिबार
१४ गते - आइतबार
१९ गते - श्रीकृष्ण जन्माष्टमी
२० गते- शनिबार
२१ गते - आइतबार
२७ गते - शनिबार
२८ गते - आइतबार
२९ गते - तिज (महिला बिदा)

11/08/2026

सम्पूर्ण साथीहरुमा अनुरोध !
#शिक्षक

Address

Newroad
Kathmandu

Telephone

+9779842537738

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षक चौतारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to शिक्षक चौतारी:

Shortcuts

Share