02/04/2026
टाइम्स इन्टरनेशनल पब्लिकेसन प्रा. लि. का अध्यक्ष, प्रतिष्ठित व्यवसायी, सामाजिक सेवामा समर्पित, मिलनसार ब्यक्तित्वका धनी श्री बशन्त ढकाल ज्यूलाई जन्म दिनको पावन अवसरमा यहाँको सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु !!🎈🎈🎉🎉
27/03/2026
सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।🎈🎈🎉🎉
जनताको आशा, अपेक्षा, भरोसा र समर्पणलाई उच्च सम्मान गर्दै तपाईंको नेतृत्वमा सरकार अघि बढ्नेछ भन्ने विश्वास लिएको छु। राजनीतिक स्थिरता, सुशासन र पारदर्शितालाई सुदृढ गर्दै मुलुक दिगो विकासतर्फ अग्रसर हुने अपेक्षा गर्दछु। साथै, लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना तथा आर्थिक विकासमा विशेष ध्यान दिइने विश्वास छ।
साथै, नव-नियुक्त सम्पूर्ण मन्त्रीज्यूहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना। उहाँहरूको प्रतिबद्ध नेतृत्वले राष्ट्रको दिगो विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनेमा विश्वस्त छु।
07/02/2026
Great interaction with science teacher and writer Dr. Kamal Sapkota in Pokhara, organized by the Science Teachers’ Association of Nepal—truly inspiring and insightful.
06/02/2026
न्यानो स्वागत गर्दछौँ :
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको आज माघ २३ र २४ मा काठमाडौँमा सम्पन्न हुने आठौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशभर बाट काठमाडौँ आइपुग्नुभएका तथा आउँदै गर्नुभएका सम्पूर्ण पुस्तक तथा स्टेसनरी व्यवसायी मित्रजनप्रति सुरक्षित यात्रा, सुखद बसाइ र सफल सहभागिताको कामनासहित हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ।
— कमल पोखरेल /पुरुषोत्तम दाहाल 🙏
14/01/2026
सुनसरीमा आयोजित PABSON कार्यक्रममा भीष्म धमलाको सक्रिय सहभागिता 🎈🎉
13/01/2026
नेपाल पुस्तक प्रकाशक संघको पहल तथा निरन्तर मागको आधारमा पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा विदेशी पुस्तक तथा शैक्षिक सामग्रीको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ। यस निर्णयले नेपालमै छापिएका तथा निर्मित शैक्षिक सामग्रीलाई प्राथमिकता दिने व्यवस्था थप सुदृढ बन्दै गएको छ, जसले देशभित्रको प्रकाशन उद्योग, छापाखाना तथा स्टेशनरी व्यवसायलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने छ।
यस्ता पहलकदमीले सयौँ छापाखानाहरू सञ्चालनमा आउने, हजारौँ रोजगारी सिर्जना हुने, र लाखौँ प्रतिको पुस्तक तथा शैक्षिक सामग्री नेपालमै उत्पादन हुने अपेक्षा गरिएको छ। यससँगै मुलुकभित्र आवश्यक कच्चा पदार्थ, जनशक्ति, प्रविधि तथा लगानीको माग बढ्दै जाने भएकाले दीर्घकालीन अवस्थामा प्रकाशन तथा मुद्रण क्षेत्र आत्मनिर्भर र सक्षम बन्नेछ।
यस्ता कार्यलाई अझ प्रभावकारी बनाउन मुद्रण महासंघ, पुस्तक प्रकाशक संघ, पुस्तक तथा स्टेशनरी महासंघ, मासलन्द संघ लगायतका सरोकार संस्थाहरूबीच आपसी सहकार्य र एकीकृत रणनीति आवश्यक छ। सुदृढ समन्वयमार्फत अघि बढ्न सकिएमा यस अभियानले अझ व्यापक सफलता हासिल गर्ने विश्वास गर्न सकिन्छ।
13/01/2026
Glimpses of Dirgh Raj Kalauni's participation in different programs in Far Western 🎈🎉
12/01/2026
Glimpses of Nitesh Bhattarai's participation in different programs in Morang.
11/01/2026
सम्पुर्ण प्रदेश अध्यक्षज्युहरु सहित सिङ्गो प्रदेश कमिटीलाई हार्दिक बधाई ।🎉🎉🎉🎈