18/05/2026
Dear students,
Please consult ECA Committee at school.
Public School
18/05/2026
Dear students,
Please consult ECA Committee at school.
How to apply for KMC scholarship online
15/05/2026
SEE मा आफ्नो नतिजा चित्त नबुझेको भए Re-total का लागि देहायको लिंकमा जाने ।
सिम्बोल नम्बर र जन्ममिति राख्ने ।
कुन कुन विषयमा पुनर्योग चाहेको हो Tick लगाउने ।
पुछारमा रहेको Pay Using FCGO वा अन्य त्यहाँ उपलब्ध भएको माध्यमबाट अगाडि बढ्ने ।
निवेदन जेठ १ गतेदेखि ७ गतेसम्म दिन सकिने भनि पनिकाले सूचना निकालेको छ ।
15/05/2026
शितला माध्यमिक विद्यालय काठमाडौँ महानगरपालिका वडा नं १६ मा सरुवा भइ आउनुभएका आधारभूत तह (कक्षा १-५) शिक्षक Sharada Kumari Paudel Gautam लाई मिति २०८३ बैशाख ३० गते बुधबार विद्यालयमा स्वागत गरियाे।
15/05/2026
शितला माध्यमिक विद्यालय काठमाडौँ महानगरपालिका वडा नं १६ मा सरुवा भइ आउनुभएका आधारभूत तह (कक्षा १-५) शिक्षक Radha Sharma लाई मिति २०८३ बैशाख ३० गते बुधबार विद्यालयमा स्वागत गरियाे।
14/05/2026
२०८२ सालको SEE मा NG भएका परीक्षार्थीहरुको ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका २०८३
13/05/2026
काठमाडौँ महानगरपालिका अन्तर्गतका छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
Routine of Nepal banda Sh*tala Secondary School
काठमाडौँ महानगरपालिका अन्तर्गतका छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अ
12/05/2026
पुनर्योग (Retotal), उत्तरपुस्तिका हेर्ने र पुनः परीक्षण (Recheck) गराउने व्यवस्था संवादबाट बुझ्नुहोस्।
(विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डबीचको संवाद)
विद्यार्थी: हिजो प्रकाशित कक्षा १० को परीक्षाफलमा मलाई चित्त बुझेन। के म पुनर्योग, उत्तरपुस्तिका हेर्न, र पुनः परीक्षण गराउन सक्छु?
राष्ट्रिय परीक्षा बोर्ड: पक्कै पनि गर्न सक्नुहुन्छ। तर यी सबै प्रक्रिया तोकिएको विधिअनुसार पालना गर्नुपर्छ।
विद्यार्थी: के म अहिले पुनर्योग (Retotal) गराउन सक्छु?
राष्ट्रिय परीक्षा बोर्ड:
अवश्य २०८३ जेठ १ गतेदेखि ७ गतेसम्म सक्नुहुन्छ। पुनर्योगका लागि प्रति विषय शुल्क रू. ५००/- र tax तथा अन्य सेवा शुल्क लाग्न सक्छ। तपाईंले अनलाइन प्रणालीबाटै पुनर्योगको लागि आवेदन दिन सक्नुहुन्छ।
विद्यार्थी: पुनर्योगको नतिजा आएपछि पनि मलाई अझै चित्त बुझेन। के म आफ्नो उत्तरपुस्तिका हेर्न पाउँछु?
राष्ट्रिय परीक्षा बोर्ड: हो, तपाईंले आफ्नो उत्तरपुस्तिका हेर्न सक्नुहुन्छ। तपाईंले आफ्नो अभिभावक र सम्बन्धित विषयविज्ञसँग बसेर परीक्षा नियन्त्रण कार्यालय, रापबो, सानोठिमी, भक्तपुरमा उत्तरपुस्तिका अवलोकन गर्न सक्नुहुन्छ।
विद्यार्थी: त्यसका लागि आवश्यक कागजातहरू के–के चाहिन्छ?
राष्ट्रिय परीक्षा बोर्ड: विद्यालयको छापसहितको निवेदन, प्रधानाध्यापकको हस्ताक्षर, विद्यार्थीको दस्तखतसहित फोटो टाँसिएको निवेदन, र मञ्जुरीनामा। यस सेवाको लागि प्रति विषय रू. २०००/- शुल्क लाग्नेछ।
विद्यार्थी: मैले उत्तरपुस्तिका पनि हेरेँ, तर मूल्याङ्कनमा अझै पनि सन्तुष्ट भइनँ। के म पुनः परीक्षण (Recheck) गराउन सक्छु?
राष्ट्रिय परीक्षा बोर्ड: अवश्य सक्नुहुन्छ। तर पुनः परीक्षण गर्दा तपाईँले पहिले पाएको अङ्कभन्दा कम्तीमा १०% भिन्नता हुनुपर्नेछ। पुन: परीक्षण ३ जना विषय विज्ञबाट गरिनेछ। तीनवटा विषय विज्ञबाट आएको प्राप्ताङ्कलाई ३ ले भाग गरी नयाँ प्राप्ताङ्क प्राप्त हुनेछ। त्यसपछि कम्तिमा १०% भन्दा माथि भिन्नता भएमा मात्र तपाईंले नयाँ ग्रेड, GPA सहित नवीनतम शैक्षिक प्रमाणपत्र प्राप्त गर्नुहुन्छ। यस सेवाको शुल्क पनि प्रति विषय रू. २००० रहनेछ।
विद्यार्थी: थप जानकारी कहाँबाट प्राप्त गर्न सकिन्छ?
राष्ट्रिय परीक्षा बोर्ड:
विद्यार्थीहरूले आफ्नो नतिजा राति ९ बजेपछि हेर्न सक्ने व्यवस्था गरिएको छ।
धन्यवाद।
10/05/2026
स्पष्ट पारिएको सम्बन्धमा:
हाल सामाजिक सञ्जालमा “दुईभन्दा बढी विषयमा NG ल्याउने विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन्” भन्ने भ्रामक समाचार फैलिएको पाइएकाले यसलाई स्पष्ट पारिन्छ। माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १० को सन्दर्भमा, वार्षिक परीक्षामा अनुपस्थित भएका वा कुनै पनि विषयमा NG प्राप्त गरेका विद्यार्थीहरूले सम्बन्धित सबै विषयहरूमा ग्रेडवृद्ध (मौका) परीक्षामा सहभागी हुन पाउनेछन्।
विशेष नोट:
- यो व्यवस्था पहिलोपटक कक्षा १० को वार्षिक परीक्षा दिएका विद्यार्थीहरूका लागि मात्र लागू हुन्छ।
- यो नियम कक्षा १२ को हकमा लागू हुँदैन। कक्षा १२ को मा पहिलोपटक वार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरूले अधिकतम दुई विषयसम्म मात्र मौका परीक्षा दिन पाउने व्यवस्था रहेको छ।
धन्यवाद।
Follow us on: Sh*tala Secondary School
10/05/2026
नाम दर्ता गराउनु होला ।
Sh*tala Admission Form शितला मा.वि. काठमाडौं महानगरपालिका वडा न.. १६, बालाजुमा भर्ना खुलेकोले यस विद्यालयमा भर्ना गर्न चाहने अभिभावकहरुल....
| Monday | 06:00 - 16:00 |
| Tuesday | 06:00 - 16:00 |
| Wednesday | 06:00 - 16:00 |
| Thursday | 06:00 - 16:00 |
| Friday | 06:00 - 16:00 |
| Sunday | 06:00 - 16:00 |