12/08/2026
ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।
विद्यार्थीहरूमा ट्राफिक नियम, सडक सुरक्षा तथा सुरक्षित यात्रासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममार्फत विद्यार्थीहरूले सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक संकेतको अर्थ, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोगलगायतका महत्वपूर्ण विषयमा उपयोगी जानकारी प्राप्त गरे।
यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन बुढानिलकण्ठ प्रहरी वृत्त तथा रानीपोखरी प्रहरी प्रभागबाट प्रदान गर्नुभएको अमूल्य समय, सहजीकरण र सचेतनामूलक जानकारीप्रति भक्ति इन्टरनेशनल एकेडेमी परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
विद्यार्थीको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो।सुरक्षित सडक, सुरक्षित यात्रा, सुरक्षित भविष्य! 🚦
Visit us for more information and details.
Bhakti International Academy - BIA
@ Hattigauda, Bhudhanilkanta-07, Kathmandu
☎ 977-1-4372520, 5923520
✉️ [email protected]