नेपाल नगरपालिका संघ

नेपाल नगरपालिका संघ MuAN, established in 1994, is an umbrella organization representing entire municipalities of Nepal. It is a non profitable and non political organization.

All 293 municipalities including metropolitan and sub Metropolitan cities are members of MuAN.

नगर स्वास्थ्य सुशासन सुदृढीकरण सम्बन्धी प्रादेशिक नीति संवाद सम्पन्ननेपाल नगरपालिका संघको आयोजना तथा जिआइजेड (GIZ) नेपाल...
07/08/2026

नगर स्वास्थ्य सुशासन सुदृढीकरण सम्बन्धी प्रादेशिक नीति संवाद सम्पन्न
नेपाल नगरपालिका संघको आयोजना तथा जिआइजेड (GIZ) नेपालको सहकार्यमा “बहुक्षेत्रीय समन्वयमार्फत नगर स्वास्थ्य सुशासन सुदृढीकरण” विषयक प्रादेशिक नीति संवाद कार्यक्रम २०८३ श्रावण २१ गते धनगढीमा सम्पन्न भएको छ। नेपाल नगरपालिका संघका प्रदेश संयोजक तथा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, विभिन्न नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, सामाजिक विकाश मन्त्रालयको नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक, GIZ का प्रतिनिधिहरु र स्वास्थ्य विज्ञ लगायतको उलेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा नगरपालिकाको स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य सुशासन, स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती तथा सुधारका उपायहरू प्रदेश संग को समन्वय सम्बन्धमा छलफल गरिएको थियो। सहभागीहरूले स्वास्थ्य संस्थाहरूमा दरबन्दी अनुसार आवश्यक जनशक्ति व्यवस्थापन, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, स्वास्थ्य नीति तथा ऐनहरूको प्रभावकारी कार्यान्वयन, तथ्यांकमा आधारित योजना तथा बजेट निर्माण, सामाजिक परीक्षण, पारदर्शिता र जवाफदेहितालाई स्वास्थ्य सुशासनका मुख्य आधारका रूपमा जोड दिएका थिए।
छलफलका क्रममा मातृ तथा बाल स्वास्थ्य, पोषण, स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। साथै, नागरिकमैत्री, गुणस्तरीय र समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा पर्याप्त स्रोत, दक्ष जनशक्ति तथा बहुक्षेत्रीय सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रमले स्वास्थ्य सुशासन सुदृढीकरण, सेवा प्रवाहमा सुधार तथा तीनै तहका सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउने साझा प्रतिबद्धतासहित सम्पन्न भएको थियो।

अन्तर-नगर सहकार्य सम्बन्धी छलफल कार्यक्रमनेपाल नगरपालिका संघले SDC-TAF को सहकार्यमा एक वा सो भन्दा बढी नगरपालिकाहरु बीच ...
05/08/2026

अन्तर-नगर सहकार्य सम्बन्धी छलफल कार्यक्रम

नेपाल नगरपालिका संघले SDC-TAF को सहकार्यमा एक वा सो भन्दा बढी नगरपालिकाहरु बीच सहकार्यका लागि बनाइएको ‘अन्तर-नगर सहकार्य’ नमुना कार्यविधिमा सुझाव संकलन गर्ने उदेश्यले २०८३ साउन १२ गते विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ . कोशी प्रदेश सरकार र सुनसरी तथा मोरङ जिल्लाका नगरपालिकाहरुबिच सम्पन्न अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल नगरपालिका संघका कोशी प्रदेश संयोजक तथा बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले गर्नुभएको थियो . कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय विदुर कुमार लिङ्थेपको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव, विभिन्न मन्त्रालय तथा नीति तथा योजना आयोगका सचिव लगायत सुनसरी र मोरङ जिल्लाका नगरपालिकाका प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति थियो . कार्यक्रममा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सहभागीहरुलाई स्वागत गर्दै उदेश्यमाथि प्रकाश पार्नुभयो भने पूर्व मुख्यसचिव डा﮳ सोमलाल सुवेदी तथा अधिवक्ता बिश्वहरि नेपालले कर्यविधिमा प्रस्तुति दिनु भएको थियो । सो कार्यविधि माथि सहभागि तथा अतिथिहरुबाट महत्वपूर्ण सुझाव प्राप्त भएको छ ।

"Cross-Learning Learning Visit" (अन्तर-सिकाइ अध्ययन भ्रमण) सम्पन्न ।नेपाल नगरपालिका संघको आयोजना तथा DASRA India र BORDA...
17/07/2026

"Cross-Learning Learning Visit" (अन्तर-सिकाइ अध्ययन भ्रमण) सम्पन्न ।
नेपाल नगरपालिका संघको आयोजना तथा DASRA India र BORDA Indiaको संयोजनमा “Scaling of Citywide Inclusive Sanitation Service Systems” परियोजना अन्तरगत समावेशी सरसफाइ र दिसाजन्य लेदो ब्यबस्थापन सिकाइका लागि संघका अध्यक्ष एवं निलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाको नेतृत्वमा भारतको बेंगलोर (कर्नाटक)मा १३ देखि १६ जुलाई, २०२६ सम्म अन्तर-सिकाइ अध्ययन भ्रमण सम्पन्न भएको छ । यस "Cross-Learning Learning Visit" (अन्तर-सिकाइ अध्ययन भ्रमण) को मुख्य उद्देश्य नेपालका नगरपालिकाहरूमा सहरी समावेशी सरसफाइ (CWIS) मोडेल, दिसाजन्य लेदो व्यवस्थापन र फोहोरलाई पुनःप्रयोग गर्ने प्रविधिहरूको स्थलगत अध्ययन गर्नु रहेको थियो । नेपालका विभिन्न ११ महानगरपालिका, उपमहानगरपालिकाहरु र नगरपालिकाका नगर प्रमुख र उप-प्रमुखहरु, संघका कार्यकारी निर्देशक र कर्मचारीहरु सम्मेलित टोलीले दुई दिनमा देवनहल्ली दिसाजन्य लेदो प्रशोधन केन्द्र (FSTP) मा सञ्चालनमा रहेको र कम्पोष्ट मल उत्पादन, समावेशी सरसफाइ मोडेल: सीमान्तकृत समुदायका लागि निर्माण गरिएको ढल निकास तथा विकेन्द्रीकृत फोहोरपानी प्रशोधन प्रणाली, चिक्काबल्लापुरमा कम लागतमा तथ्याङ्क र प्रविधिको प्रयोग गरी स्थापना गरिएको 'Dry Waste Collection Centre (DWCC)' र सरसफाइ कार्यमा खटिने श्रमिकहरूको स्वास्थ्य, सुरक्षा र सम्मानका लागि निर्माण गरिएका विशेष WASH सुविधाहरूको निरीक्षण गरेको थिए l साथै भ्रमणका क्रममा हासिल भएका उत्कृष्ट अभ्यास र प्रविधिहरूलाई नगरपालिकाहरुको परिवेश सुहाउँदो ढङ्गले कार्यान्वयन (Replication) गर्न र संघको रणनैतिक योजना अनुसार आवश्यक नीतिगत पैरवी सकिन्छ भनी विस्तृत कार्यशाला समेत सञ्चालन गरी अध्ययन भ्रमण सम्पन गरिएको छ ।
नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी “Scaling of Citywide Inclusive Sanitation Service Systems” कार्यक्रम UN-Habitatको संयोजनमा खानेपानी तथा ढल ब्यबस्थापन बिभाग, Water Aid Nepal, Media Help Line र WaSH Khabar को संयुक्त साझेदारीमा सचालन भै रहेको छ l Municipalities -Habitat

अन्तरक्रिया कार्यक्रमम ।नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी नीतिगत पैरवी गर्न तयार गरेको “CWIS Advocac...
09/07/2026

अन्तरक्रिया कार्यक्रमम ।

नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी नीतिगत पैरवी गर्न तयार गरेको “CWIS Advocacy Strategy Document” को कार्यान्वयनका लागि “ Stakeholders Mapping and Private Sector Engagement for Partnership Development ” बिषयक अन्तरक्रिया कार्यक्रम २०८३ असार २३ गते, मंगलबार, भक्तपुरमा सम्पन्न भएको छ । संघको उद्यम तथा रोजगार प्रबर्धन समितिका सह-संयोजक तथा सूर्यविनायक नगरपालिकाका उप-प्रमुख सरिता भट्टराई तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघका साझेदार संस्था UN-Habitat का National Progarm Officer सुधा श्रेष्ठले बिशेष मन्तब्य राख्‍नुभएको थियो भने प्राबिधिक सत्र र छलफलको सहजिकरण विज्ञ रोजी सिंह र गोबिन्द खड्काले संयुक्तरूपमा गर्नु भएको थियो । कार्यक्रममा बिषयसंग सम्बन्धित मन्त्रालय , स्थानीय सरकार, निजि संस्था, सरसफाई क्षेत्रमा कार्यरत संघसंस्था र अन्य सरोकारवालाहरुको सहभागिता रहेको सो कार्यक्रमको समग्र सहजीकरण संघका कार्यक्रम प्रबन्धक मुस्कान श्रेष्ठले गर्नु भएको थियो ।

नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी “Scaling of Citywide Inclusive Sanitation Service Systems” कार्यक्रम UN-Habitatको संयोजनमा खानेपानी तथा ढल ब्यबस्थापन बिभाग, Water Aid Nepal, Media Help Line र WaSH Khabar को संयुक्त साझेदारीमा सचालन भैरहेको छ l

-Habitat

आन्तरीक राजश्व तथा तहगत सरकारी समन्वय अध्ययनका लागि छलफल तथा अन्तरक्रिया ।नेपाल नगरपालिका संघले संयुक्त राष्ट्र विकास का...
09/07/2026

आन्तरीक राजश्व तथा तहगत सरकारी समन्वय अध्ययनका लागि छलफल तथा अन्तरक्रिया ।

नेपाल नगरपालिका संघले संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) तथा Provincial and Local Governance Support Programme (PLGSP) सँगको सहकार्यमा Cooperative Federalism in Action: Intergovernmental Relations Landscape and Road Ahead र Fiscal Federalism in Practice: Building Local Revenue Systems in Nepal गरी दुई महत्वपूर्ण अध्ययनहरूका लागि सुदूरपश्चि प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र मदेश प्रदेशमा प्रदेश सरकारका प्रतिनिधिहरु (प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रदेश योजना तथा नीति आयोग) र महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका र गाउपालिका संग अन्तरक्रियाका कार्यक्रमहरु सम्पन्न गरेका छ । संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाको नेतृत्वमा संघका कार्यक्रम प्रबन्धक मुस्कान श्रेष्ठ र आन्तरिक राजश्व बिज्ञ डा. हेमराज लामीछाने र अन्तरसरकारी बिज्ञ बिर कृष्ण महर्जन सम्मेलित टोलीले गरेको उक्त अध्ययनहरूको उद्देश्य नेपालमा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसरकारी सम्बन्ध (Intergovernmental Relations–IGR) को वर्तमान अवस्था, चुनौती र सुधारका अवसरहरूको विश्लेषण गर्नुका साथै प्रदेश तथा स्थानीय सरकारहरूको आन्तरिक स्रोत परिचालन (Own Source Revenue–OSR) र वित्तीय स्वायत्तता सुदृढीकरणका उपायहरू पहिचान गरी रहेको छ । यी दुवै प्रतिबेदनहरु संघले श्रावन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

“नगरपालिकाका कर्मचारीहरुको क्षमता विकास कार्यक्रम सम्पन्न”नेपाल नगरपालिका संघको आयोजनामा “Scaling of Citywide Inclusive ...
09/07/2026

“नगरपालिकाका कर्मचारीहरुको क्षमता विकास कार्यक्रम सम्पन्न”

नेपाल नगरपालिका संघको आयोजनामा “Scaling of Citywide Inclusive Sanitation Service Systems” परियोजना अन्तरगत बिभिन्न १५ वटा नगरपालिकाका WaSH MIS मा data प्रविष्ट गर्ने/गराउन जिम्मेवार कर्मचारीहरुकालागि “Municipal WaSH Plan from WaSH MIS” बिषयक आवासीय क्षमता विकास कार्यक्रम २०८३ असार ०९ गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रको उदेश तथा संघको भाबी योजना सहित संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले प्रकाश पार्दै सुरु भएको कार्यक्रमको प्राबिधिक सत्रहरुको सहजीकरण खानेपानी तथा ढल ब्यबस्थापन बिभागका ई. निरब वैद्यले गर्नु भएको थियो र WaterAid Nepal को तर्फबाट रमेश विश्वकर्मा र नितेश श्रेष्ठले संयुक्तरूपमा सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको समग्र सहजीकरण संघका कार्यक्रम प्रबन्धक मुस्कान श्रेष्ठले गरेका थिए ।

राय सुझाव पठाईएको सम्बन्धमा ।
18/06/2026

राय सुझाव पठाईएको सम्बन्धमा ।

पुनःएकिकरण सम्बन्धी कार्यक्रमको संचालन तथा व्यवस्थापन गर्न अन्तर सरकार समन्वयको संस्थागतिकरण सम्बन्धी नीतिगत संवादनेपाल ...
18/06/2026

पुनःएकिकरण सम्बन्धी कार्यक्रमको संचालन तथा व्यवस्थापन गर्न अन्तर सरकार समन्वयको संस्थागतिकरण सम्बन्धी नीतिगत संवाद

नेपाल नगरपालिका संघको आयोजना एवम् रेमी परियोजनाको प्राविधिक सहयोगमा “बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको पुनःएकिकरण सम्बन्धी कार्यक्रमको संचालन तथा व्यवस्थापन गर्न अन्तर सरकार समन्वयको संस्थागतिकरण विषयक नीतिगत संवाद कार्यक्रम मिति २०८३ असार ०१ गते सम्पन्न भएको छ । नेपाल नगरपालिका संघ बागमती प्रदेश समिति, संयोजक एवंम प्रमुख कागेश्वरी मनोहरा नगरपालिका श्री उपेन्द्र कार्कीज्यूको सभाध्यक्षता एवम् उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति प्रतिनिधि शभाका सभामुख माननीय रहबर अन्सारीज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका माननीय सदस्यज्यू, कोशी र मधेश प्रदेशका नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, मधेश प्रदेश श्रम तथा यातायात मन्त्रालयका श्रीमान् सचिव, कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सहायक सचिव, वरिष्ठ अधिकृत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल सरकारका पूर्व सचिव, विषयगत विज्ञ, होटल संघ नेपाल, बैकर्श एसोसीएसनका प्रतिनिधि, श्रमीक संजालका प्रतिनिध, नीजि क्षेत्र साझेदार संस्था लगायत पत्रकारज्यूहरुको सहभागीता रहेको थियो ।

बैदेशिक रोजगार पुनः एकीकरण कार्यान्वनका लागि वित्तीय साक्षरता र सरोकारवालाको भूमिकानेपाल नगरपालिका संघको आयोजना एवम् रेम...
18/06/2026

बैदेशिक रोजगार पुनः एकीकरण कार्यान्वनका लागि वित्तीय साक्षरता र सरोकारवालाको भूमिका

नेपाल नगरपालिका संघको आयोजना एवम् रेमी परियोजनाको प्राविधिक सहयोगमा बैदेशिक रोजगार पुनः एकीकरण कार्यान्वनका लागि वित्तीय साक्षरता र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम मिति २०८३ जेठ २६, २७ र २९ गते मधेश प्रदेशको लालगढ, कोशी प्रदेशको विराटनगर र वागमती प्रदेशको काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय सरकार, संघीय युवा श्रम तथा रोजगार मन्त्रालयका श्रीमान सचिव, प्रदेश निती तथा योजना आयोगका माननीय उपाध्यक्ष, प्रदेश सचिव, विषयगत मन्त्रालयका प्रतिनिधिज्यू, रोजगार संयोजक, नेपाल राष्ट बैंक, बैकर्स एसोसीयसनका प्रतिनिधिहरु, विषयगत विज्ञ र वीत्तीय संस्थाका प्रतिनिधिहरु एवम् श्रमीक संजालका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

नेपाल नगरपालिका संघको आयोजनामा संबिधानमा आवश्यक संसोधनका लागि सुझाबको लागि स्थानीय सरकारका जनप्रतिनिधिहरु, प्रमुख प्रशास...
27/05/2026

नेपाल नगरपालिका संघको आयोजनामा संबिधानमा आवश्यक संसोधनका लागि सुझाबको लागि स्थानीय सरकारका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत र बिषय बिज्ञहरु लगायतसंग “संबिधान र स्थानीय सरकार” बिषयक अन्तरक्रिया कार्यक्रम मिति २०८३ जेठ १२ गते काठमाण्डौमा सम्पन्न l

Address

530-Pandol Marga, Lazimpat
Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714425692

Alerts

Be the first to know and let us send you an email when नेपाल नगरपालिका संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to नेपाल नगरपालिका संघ:

Shortcuts

Share