लोकसेवा नेपाल

लोकसेवा नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोकसेवा नेपाल, Education, Kathmandu Nayabazar, Kathmandu.

हरित अर्थतन्त्रमा लगानी : अवसर र चुनौती ✍️
16/07/2026

हरित अर्थतन्त्रमा लगानी : अवसर र चुनौती ✍️

14/07/2026

सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन), २०८३ का १७ मुख्य प्रावधान 😱❤️🙏
1. Lowest Bid प्रणालीमा परिवर्तन- अब सबैभन्दा कम मूल्य कबोल गर्नेले होइन, औसत बोल अंक (Average Bid) सँग सबैभन्दा नजिक र लागत अनुमानभन्दा बढी नभएको बोलपत्रदाताले ठेक्का पाउने व्यवस्था गरिएको छ।

2. 30% भन्दा बढी Low Bid अस्वीकृत- लागत अनुमानभन्दा 30% भन्दा बढी कम भएको बोलपत्रको मूल्याङ्कन गरिने छैन।

3. लागत अनुमानभन्दा बढी Bid मा वार्ता- लागत अनुमानभन्दा बढी भएको बोलपत्रदातासँग वार्ता गरी कबोल अंक घटाउन सकिने व्यवस्था गरिएको छ।

4. बोलपत्र आह्वान अवधि घटाइयो
* राष्ट्रिय बोलपत्र: ३० → २१ दिन
* पुनः आह्वान: १५ → ७ दिन
* अन्तर्राष्ट्रिय बोलपत्र: ४५ → ३० दिन
* पुनः आह्वान: २१ → १५ दिन

5. Sealed Quotation अवधि- सिलबन्दी दरभाउपत्रको सूचना अवधि १५ दिनबाट ७ दिन कायम गरिएको छ।

6. Norms सार्वजनिक गर्ने व्यवस्था- निर्माण, परामर्श तथा अन्य सेवाका स्वीकृत Norms सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) बाट प्रकाशित गरिने व्यवस्था गरिएको छ।

7. Consultant Performance Security- परामर्शदाताले सम्झौता रकमको ५% कार्यसम्पादन जमानत पेश गर्नुपर्ने व्यवस्था थप गरिएको छ।

8. Government E-Marketplace बाट Direct Purchase- तोकिएको सीमासम्म सरकारी E-Marketplace मार्फत सोझै खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

9. Subcontractor Protection- मुख्य ठेकेदारले भुक्तानी नगरे सार्वजनिक निकायले Performance Security/Retention बाट Subcontractor लाई सिधै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

10. Subcontractor Experience Certificate- स्वीकृत Subcontractor लाई अनुभव (Experience) प्रमाणपत्र उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

11. Variation Approval सरल-
* ५% सम्म: राजपत्रांकित तृतीय श्रेणी(इन्जिनियर) कार्यालय प्रमुखबाट स्वीकृत।
* १०% सम्म: डिई प्रमुखबाट * १५% सम्म सुईबाट स्वीकृत।
* १५% भन्दा माथि पनि: विभागीय प्रमुख (DG) बाट स्वीकृत (अब देखि सचिव वा मन्त्रिपरिषद्को स्वीकृति आवश्यक नपर्ने)।

12. Price Adjustment- १२ महिनाभन्दा कम अवधिका ठेक्कामा पनि युद्ध, महामारी, नाकाबन्दी, Supply Chain अवरोध लगायतका असाधारण परिस्थितिमा मूल्य समायोजन गर्न सकिने व्यवस्था गरिएको छ।

13. Criminal Liability- पेस्की वा सरकारी रकम बदनियतपूर्वक दुरुपयोग गरे ठगी तथा किर्ते अन्तर्गत फौजदारी कारबाही हुने व्यवस्था गरिएको छ।

14. Project Facilitation जिम्मेवारी- जग्गा उपलब्ध गराउने, वन क्षेत्र प्रयोग, विद्युत्, खानेपानी, ढल, दूरसञ्चार तथा पहुँच मार्गको सहजीकरण गर्ने दायित्व सम्बन्धित सरकारी निकायको हुने व्यवस्था गरिएको छ।

15. ढिलाइ गर्ने अधिकारीलाई कारबाही- समयमै निर्णय, स्वीकृति, सहमति वा सहजीकरण नगर्ने अधिकारीमाथि विभागीय कारबाही तथा आवश्यक परे सरकारी अनुदान रोक्का गर्न सकिने व्यवस्था गरिएको छ।

16. Contract Termination Recovery – ठेक्का रद्द हुँदा Performance Security जफत गरी अद्यावधिक लागत अनुमानका आधारमा बाँकी रकम सरकारी बाँकीसरह असुल गरिने व्यवस्था गरिएको छ।

17. अन्य नयाँ व्यवस्था

* समयमै आयोजना सम्पन्न गराउने कर्मचारीलाई Incentive Bonus
* Blacklisting का नयाँ आधार थप
* EPC, Design & Build, Turnkey सम्बन्धी प्राविधिक मार्गदर्शन जारी गर्ने व्यवस्था
* प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत Government Procurement Service Office स्थापना

-अध्ययन तथा संकलन:
ई. उपेन्द्र महरान

08/07/2026

Bijaya Kumar Sharma सरको लोकसेवा तयारी गर्नेलाई सुझाव:
१. स्वअध्ययन, लेख रचनाहरू पढ्नुहोस्, समुह अध्ययन गर्ने गर्नुहोस्।
२. विगत ५-१० वर्षका प्रश्नपत्रहरूलाई राम्रोसँग विश्लेषण गर्नुहोस्। सम्भव भए सम्म भौतिक रूपमा परिक्षा दिनुहोस्।
३. अरूको जस्तै उत्तर नलेखेर आफ्नो मौलिक शैली र विचारलाई समावेश गर्ने प्रयास गर्नुहोस्।
४. लाईफटाईम अफर, पास नगरूंजेल, जीवनभरी जस्ता व्यापारबाट टाढा बस्नुहोस्। लोकसेवा जीवन भरी पढ्ने विषय होईन। सेवा प्रवेश १ देखि ३ वर्षमा गरीहाल्नुपर्छ।
५. विषयसँग सम्बन्धित उपयोगी जानकारी वा डिजिटल रिसोर्सहरूमा मात्र समय खर्च गर्नुहोस्।
७. पर्याप्त निद्रा, स्वस्थ खानपान र हल्का व्यायाम गर्नुहोस्।
८. एक-दुईवटा स्तरीय र आधिकारिक पुस्तकहरूलाई धेरै पटक पढ्नुहोस्। बजारका सबै किताब नकिन्नुहोस्।
९. सम्बन्धित ऐन, कानुन, नीति वा आधिकारिक तथ्यांकहरू पढ्नुहोस्।
१०. निर्धारित समयभित्र प्रश्नको उत्तर सिध्याउने अभ्यास गर्नुहोस्।
११. लामो पाठलाई Bullet, Flowcharts, र Diagrams को प्रयोग गरी छोटो र सम्झन सजिलो 'रिविजन नोट' तयार पार्नुहोस्।
१२. सम्बन्धित क्षेत्रका जान्ने साथीहरू वा प्रशिक्षकबाट फिडब्याक लिनुहोस्। कमजोरीहरू पत्ता लगाउने र तिनलाई सुधार गर्नुहोस्।
१३. धारा नम्बर कानूनका सबै पक्ष नघोक्नुहोस्, त्यसको भाव र उद्देश्यलाई बुझेर प्रयोग गर्नुहोस्।
१४. अनावश्यक व्यापारिक विज्ञापनबाट टाढा, डिजिटल अनुशासन कायम राख्नुहोस् ।
अन्त्यमा १४ नं पालना गर्नुहोस्।

नेपालमा सार्वजनिक-निजी साझेदारीको अभ्यास: एक अध्ययन
07/07/2026

नेपालमा सार्वजनिक-निजी साझेदारीको अभ्यास: एक अध्ययन

नेपालको आर्थिक सामाजिक क्षेत्रका महत्त्वपूर्ण तथ्यांकहरु ।
05/07/2026

नेपालको आर्थिक सामाजिक क्षेत्रका महत्त्वपूर्ण तथ्यांकहरु ।

भ्रष्टाचार नियन्त्रणमा डिजिटल औजारहरूको उपयोग : अभ्यास, अवसर र अवरोधहरू
03/07/2026

भ्रष्टाचार नियन्त्रणमा डिजिटल औजारहरूको उपयोग : अभ्यास, अवसर र अवरोधहरू

महत्वपूर्ण आर्थिक तथ्याङ्कहरु !
20/06/2026

महत्वपूर्ण आर्थिक तथ्याङ्कहरु !

लुम्बिनि प्रदेश विसेष
20/06/2026

लुम्बिनि प्रदेश विसेष

आर्थिक सर्बेक्षण २०८२/८३ मा प्रदेश सम्बन्धि महत्त्वपूर्ण जानकारी ।सार्वजनिक संस्थानको वार्षिक समिक्षा ! वन तथा भू-संरक्ष...
20/06/2026

आर्थिक सर्बेक्षण २०८२/८३ मा प्रदेश सम्बन्धि महत्त्वपूर्ण जानकारी ।
सार्वजनिक संस्थानको वार्षिक समिक्षा !
वन तथा भू-संरक्षण !

आयोजना व्यवस्थापन र यसको प्रभावकारिता 🇳🇵🇳🇵
16/06/2026

आयोजना व्यवस्थापन र यसको प्रभावकारिता 🇳🇵🇳🇵

Address

Kathmandu Nayabazar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category