We Educate Nepal

We Educate Nepal We are here to talk about social issues and work on that to bring positive change by gaining more knowledge around us.

Let’s climb some mountain
28/12/2025

Let’s climb some mountain

यी राईको छोरा डा. स्वामी प्रपन्नाचार्य राष्ट्रगुरू भए। माझीको छोरा व्यास द्वारा वेद लिपिबद्ध भयो। विश्वकर्मा भगवान भए। म...
01/11/2025

यी राईको छोरा डा. स्वामी प्रपन्नाचार्य राष्ट्रगुरू भए। माझीको छोरा व्यास द्वारा वेद लिपिबद्ध भयो। विश्वकर्मा भगवान भए। मनिता सुन्दास, अनिता सुन्दास, ममता सुन्दास, मेलिना सुन्दास ४ दिदीबहिनी वेद वाचक भए। सबैले यी दिदीबहिनीहरु लाई ढोगि रहेकैछन। महर्षि कवष शुद्र पुत्र थिए तर महर्षि कहलिए। ऐलेषु ऋषिपनि दासको पुत्र थिए। स्वयं नितिवान विदुर पनि दाशीकै पुत्र थिए। सत्यकाम जाबाल बेश्याको पुत्र थिए। मातङ ऋषि चण्डाल पुत्र थिए - आखिरमा सबै पुजिएकै छन। त्यसैले हाम्रो शास्त्रमा प्रष्ट भनिएको छ कि - जन्मना जायते शूद्र: कर्मणा द्विज उच्यते। अर्थात जन्मले सबै शूद्र हुन्छन। कर्मले उ ब्राह्मण, क्षत्रि, वैश्य र शूद्र बन्दछन। त्यसैगरी मनुस्मृतिमा भनिएको छ कि - शुद्रेण हि समस्तावद्यावद्वेदे न जायते।अर्थात जबसम्म वेदको शिक्षा शुरू हुदैन, उ शुद्र नै रहन्छ। दलित शब्द त हिजोको दिनमा भारतीय अम्बेडकरवादी र ब्रीटिस मिलेर शुरूवात गरेको एक धन्दा हो। #शास्त्रमा_दलित_कोहि_कहि_छैन। विवाहित नारीको गोत्र फेरिन्छ। अर्थात यहा गोत्र पनि परिवर्तनिय छ। वर्णको तय भने उसको कर्म र शिक्षानुसार हुन्छ। त्यसको ठोस प्रमाण त माथि उल्लेखित व्यक्तिहरु लाई अध्ययन गर्दापनि बुझिन्छ। हैन र ??
✍️सुरेन्द्र पाल ठकुरी

20/10/2025
20/10/2025
Nepal made to the list undefeated.
17/10/2025

Nepal made to the list undefeated.

01/10/2025

अमेरिका
आएकै दोश्रो र चौथो बर्षमा फटाफट दुइ बेबिहरु जन्मिन पुगे अमेरिकामा। आज ति बेबिहरु २४ र २६ बर्ष पुगे। साथमा छैनन अहिले र आ-आफ्नै बाटो लागिसके। एउटा एउटा राज्यमा र अर्को राज्यमा एउटा गर्लफ्रेन्ड र अर्को ब्याइफ्रेन्डसङ्ग छन। कलेज डिग्रि लिए र आ-फ्नै काम र आ-आफ्नै ससारमा रमाइरहेका छन​। आमा बाउका लागि त्यो भन्दा खुशि के नै हुन सक्छ र​? तर​, तिनलाइ जन्माएर, हुर्काएर, कलेज पढाएर दुखमा र पर्दा मर्दा साथ र सहयोग गर्लान भन्ने सपना चाहि अहिले आएर तुहिएको आज बल्ल हामि चाल पाउदैछौ।

एक कल​, एक टेक्स म्यासेज आउन र फर्काउन महिना दिन कुर्नु पर्छ तर त्यो पनि भद्दा अग्लि, अनादार डिस्रेस्पेक्टफुल र सर्ट। हामिले कहा मिस्टेक गर्यौ, के मा कमि भयो? कसरि बोल्दा र ब्यबहार गर्दा उनिहरु अलि नजिक हुन सक्छन? कसरि नाइस हुन सक्लान भन्ने चिन्ता र चासो एबम केयरफुल हुदाहुदै दिन दुइ गुना र रात चार गुना बितिरहेको छ र समय सङ्गै हामि बुढाबुढि पनि गल्दैछौ। जति जति हामिलाइ सहाराको खाचोको अनुभुति हुदै जान्छ त्यति नै एक्लै पर्दै ग​एको पिडा आज हामि भोगिरहेका छौ।

४० घण्टाले २ बेबि र परिवारको खर्च धान्न पुग्दैनथ्यो। त्यतिबेला बसाइ एफोर्डेबल भ​एपनि एकजनाको कमाइले भाडा तिर​, बच्चाको खर्च, अन्य तिरनतारन गर्दा हप्ताको ८०-९० घन्टा काम गरि बच्चा र परिवार हुर्काउदैमा जिवनको लाउला र खाउला भन्ने सुन्दर जिवन आर्थिक सघर्षमै बिते। श्रीमतिलाइ नै २ बेबि हुर्काउन​, केयर गर्न र उनिहरुको हेरचाहमै काम गर्न लगाइन कहिल्लै। मितब्ययि बन्यौ। दुइ बच्चाहरु स्कुल जान थाले, दिनहरु बित्दै ग​ए। स्कुल सकियो र कलेजका लागि उनिहरु रेडि भ​ए। सकिनसकि, अलि अलि सेभिङ्ग पनि तिनै बच्चाहरुको कलेजका लागि खर्च गरे। र​, उनिहरुको कलेज सम्पन्न गरि प्रोफेसनल बनुन भन्ने सपना थियो र उनिहरुले त्यो पनि पुरा गरे।

सघर्षको दौरानमा एकजनाको कमाइ, दुइ बेबिहरुको केयर र हेरचाहमा श्रीमति अर्थात बच्चाहरुका आमाले झण्डै १६ बर्षससम्म एपार्टमेन्टमै बसि जेल झै बाहिर ससारबाट भिन्न भै बच्चा हुर्काइन​। तिनको खानपान​, तिनको चाहना, तिनको रुवाइ, तिनको खुशिका लागि आय आर्जनका लागि सुक्को पनि कमाउनेमा कतै ध्यान र मन लगाइनन​। कमाएको पे चेक उनैलाइ राख्न दिन्थे। उनैबाट लिएर तिरातारन गर्थे। घरको ग्रोसरि, घरको किचन​, घरको सबै दुख र खुशि उनैले केयर र शेयर गरिन​। १० महिना पेटमा राखि जन्म दिएर, तिनैको हेरचाहमा र तिनैका खुशिका लागि एउटा आमाले १६-१६ बर्षसम्म तिनैकै लागि समय दिनु कुनै चानचुने कुरा थिएन​। उनिको पनि चाहना थिए होलान​, उनिको पनि आफ्नै कमाइ र खुशिमा रम्ने चाहना थिए होलान​, उनिको पनि बाहिर ससारसङ्ग रम्ने, हेर्ने र घुम्ने चाहना थिए होलान​। सानोमा मर्ला भन्ने चिन्ता, बच्चा रुदा सारा प्रयत्न लगाएर बच्चाको अनुहारमा खुशि जन्माउन तल्लिन आमाको भित्रि पिडा, मर्म मलाइ बच्चाहरुको अहिलेको भिन्न ब्यबहारबाट दिनदिनै सोच्न बाध्य बनाइरहेको छ​।

आज तिनै बेबिहरु आज हामिसङ्ग छैनन​। बर्षमा कमसेकम २-४ पटक बाउ आमा बसेको ठाउमा आउन​। बा- आमा हजुरहरुलाइ कस्तो छ​, सन्चो बिसन्चो के छ​? केहि समस्या छन कि? स्वास्थ्य कस्तो छ? हालखबर के छ​? खाना र सुत्न समयमा छ कि छैन​? यस्तो सोधिदेलान​, बुझिदेलान भन्ने तिब्र चाहना छ​। भन्न सक्दैनौ किनभने उनिहरु हुर्किसके। हुर्किसकेको बच्च्चाहरुसङ्ग बिचार गरेर बोल्न पर्ने बेला आएछ​। केहि भन्दा रिसाउलान कि, फेरि झन झन टाढा भैदेलान कि भन्ने पिर पनि त्यत्तिकै छ​। तर​, उनिहरु सोध्दैनन​। केहि भनि हालेपनि झर्किन्छन र फोन काटी हाल्छन​। राम्रो शिक्षा पाएपनि अमेरिकन कल्चर​, अमेरिकन सिकाइ र शिक्षा भयङ्गकर स्वार्थि सेल्फिस​, मतलबि हुने रहेछ​। बाउ आमाको मन बच्चाहरु माथि बच्चाहरुको मन चाहि ढुङ्गा मुढा माथि।

उमेरले ६५ को हाराहारिमा लागिसक्यौ। अबको २ बर्षमा मैले अबकाश लिनु पर्छ ६७ बर्षको उमेरमा। एकल कमाइ र सघर्ष एबम परिवार एबम २ बेबिहरुको खुशिका लागि कमाएको खर्चमै ग​ए। घर किन्न सकिएन​। एपार्टमेन्टमै बसिरहेका छौ। ज्यानले भनेजस्तो पहिले जस्तो ९० घन्टा हप्तामा श्रम गर्न सक्दिन​। उमेरमा काम नलगाएको बुढिलाइ बच्चा हुर्केपछि पनि खासै काममा लगाइन​। बच्चाहरु कलेज जान थालेपछि हप्तामा एउटा फ्याक्ट्रिमा लगभग ३०-३५ घन्टा जति काम गरिन​। बाथको रोगि बुढि काम गर्न दि इन मैले त्यसपछि। घर चैन​। एपार्टमेन्टको भाडा पनि औधि महङ्गो भ​एर ग​एको छ​। ग्रोसरि पनि त्यत्तिकै महङ्गो छ​। गाडी पनि छैन​। पब्लिक ट्रान्सपोर्टेसन भ​एकाले गाडी आबश्यक भ​एन र छैन पनि।

खातामा रकम पनि लगभग १०-१२ हजार डलरको हाराहारिमा छ​। कथमकदाचित केहि परिहाले उक्त रकम चाहिएला भनेर अहिलेसम्म त्यो रकम चलाएको छैन​। काम गर्न सक्दिन धेरै। न घर छ​, न गाडी छ​, न त पहिले जस्तो काम गर्न सक्छु। अब यहाबाट कता सर्नु र​। नेपालमा पनि आफन्त धेरै छैनन र सम्पति पनि छैन। अब​, सम्पतिका नाममा त्यहि २ बेबि बच्चाहरु हुन​। पाल्नु पर्ने, नसक्दा हेर्नु पर्ने र केयर गर्नु पर्ने तिनैले थियो तर उनिहरुको चालामाला हेर्दा उनिहरुले पनि माया गर्लान​, कमाएर खुवाउलान भन्ने एक रति पनि बिश्वास छैन​। खोला पनि १२ बर्षमा फर्किन्छ भन्थे उनिहरु परिबर्तन भै आएर केयर गरे भने बेग्लै हो र अझै पनि कता कता बिश्वास छ मेरो बुढिलाइ किन भने उ आमा हो तर मलाइ भने बिश्वास छैन​। कमाउन नसके भाडा तिर्न सकिएन। तिर्न नसकेका दिन एपार्टमेन्टबाटै निकालिदिन्छ। सुगर मधुमेयको औषधि चलाइरहेको छु। प्रेसरको पनि। दिन झन झन सकस बन्दै जादा सहारा भनिएका आफ्नै बच्चाहरु बदलिएका देख्दा यो मन कसरि जलिरहेको होला? यि सबै सम्झेर बुढि बिहान बेलुकै धुरुधुरु रुन्छिन। नरोउ ससारमा जे जे भोग्न लेखेको छ त्यो भोग्नुपर्ने रहेछ यसरि सम्झाउछु उनलाइ। कहा मान्थ्यो र मन आखिर आमाको मन त हो। अब कुनै उपाय नै भ​एन र बाच्नै नसकिने भयो र बच्चाहरुले पनि केयर गरेनन भने हामि बुढाबुढि कोहि कसलाइ तनाब​, दुख नदिकनै ससारबाटै बिदा त हुन सक्छौ नि?

(यसपटक रोड आइल्यान्ड​, बोस्टन​, कनेक्टिकट​, न्युयोर्क र न्युजर्सिको भ्रमणका क्रममा एकजना दुखि दाइ जसले सुन्दर सपना बोकेर बेलामा बच्चाहरु प्रति लगानि गर्दा दुखमा साथ र केयर गर्छन भन्ने भ्रम र सपना बाधि बस्दा स्वार्थि बच्चाहरुको ब्यबहार र आफुहरु बुढौलिपनबाट एक्लिदै जादाको अनुभुति सुनाउनु भयो। यति सुनाएपचि भाइ सानुबाबु तिमिलाइ यति सुनाउन पाउदा मन असाध्यै हल्का भयो भन्नु भयो र पिडा भाइलाइ पोख्दा मन चङ्गा भ​एको दाइको अभिब्यक्तिले आखा रसाइसकेका थिए। बोल्न सकिन धेरै र हवस दाइ कहि पर्यो भने फोन र म्यासेज गर्नुहोला भने र बिदा लिए दाइसङ्ग​-

Let’s do the deeds for last one
30/09/2025

Let’s do the deeds for last one

Historic win
28/09/2025

Historic win

A new chapter written in story! 📣

🇳🇵 defeats West Indies by 19 runs… our first-ever triumph against a full member nation!

27/09/2025
Looking forward for this change.
24/09/2025

Looking forward for this change.

Who is going To win the match? Janakpur Bolts Biratnagar Kings BIRATNAGAR KINGS SUPER FANS Janakpur bolts fan army Nepal...
30/11/2024

Who is going To win the match? Janakpur Bolts Biratnagar Kings BIRATNAGAR KINGS SUPER FANS Janakpur bolts fan army Nepalese Himalayan Association of WA INC.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when We Educate Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share