उन्माद
फासीवाद मन्थन
लेखक: राजेन्द्र महर्जन
मूल्य रू: ११९९।-
[[उन्माद । पागलपन । बहुलट्टीपना । अत्यधिक भावुकता । उन्मत्त मानसिकता । मन ठेगान नहुने, जे पायो त्यही बोल्ने र गर्ने रोग। यही उन्माद कुनै व्यक्तिमा देखियो भने मानसिक रोग भन्ने गरिन्छ। त्यही रोग सामूहिक वा साम्प्रदायिक रूपमा प्रकट भयो भने के भन्ने ?
कुनै व्यक्तिले तर्क गर्दैन, प्रश्न सोध्दैन, तथ्य देख्दैन, बरू आँखा चिम्लेर विश्वास गर्छ, भक्तिभाव देखाउँछ, जुझारूपना देखाउँदै मर्न-मार्न समेत तयार हुन्छ, त्यस्ता व्यक्तिहरूको उन्मादी भीडलाई के नाम दिने ? अन्यलाई घृणा गर्ने मुसोलिनी र हिटलर मात्रै होइनन्, अन्धविश्वास, भक्तिभाव, जुझारूपनाका साथ उन्मादी व्यवहार देखाउने जुनसुकै व्यक्ति र भीड/बथानलाई पनि फासीवादी भन्न सकिन्छ कि ?
चाहे जुनसुकै ठाउँका किन नहोस्, आफ्नो नस्ल, वर्ण, जात, जाति लिङ्ग, धर्म, क्षेत्र, राष्ट्र वा सम्प्रदायलाई मात्रै श्रेष्ठ, पवित्र, शुद्ध ठान्दै; अरूलाई नीच, हीन, अशुद्ध र परायासँगै शत्रु नै मान्दै, व्यापक रूपमा घृणा, निषेध, दमन, उत्पीडन र हिंसाको शिकार बनाउनेहरू सबै फासीवादी त होइनन् ? लोकप्रियतावादको घोडा चढ्दै, विगतमुखी भाष्यको खेती गर्दै, नागरिकलाई अतार्किक, जुझारू र उन्मादी भीड/बथान बनाउँदै हिँड्ने जुनसुकै शासक वा शासित फासीवादका संवाहक त होइनन् ?]]
👉️मण्डप पब्लिकेशन हाउस भृकुटीमण्डपमा विभिन्न आख्यान तथा गैरआख्यान किताबहरू उपलब्ध छन्।📚️🙏
📚️बुक स्टाेरमा उपस्थित भएर खरिद गर्ने पाठकलाई विशेष छुट।
।।डेलिभरी सेवा उपलब्ध।।
Mandap Publication House
Publication House, Fiction and NonFiction Book Store Mandap Books
सलह
विधा: उपन्यास
लेखक: श्रवण मुकारूङ
मूल्य रू: ९९५।-
[[उपन्यांसकी मूल पात्र नायुमा र तिनका सहपात्रमार्फत सुन्दर कथा उनेका छन्, लेखक श्रवण मुकारुङले । काव्यिक कथनशैली र भाषाको मृदुलताले सलह विशिष्ट बनेको छ । आकाशमा उड़ने सलह अँध्यारो अँगाल्दै आउँछ तर यो सलह उज्यालो उघार्दै तपाईंको हातमा आइपुगेको छ।
चार दशक लामो मुकारूङको रचनाकर्मले सांस्कृतिक, सामाजिक, राजनीतिक चेतनालाई सधैं नेतृत्व गरिरहेको छ ।]]
मण्डप पब्लिकेशन हाउस भृकुटीमण्डपमा विभिन्न आख्यान तथा गैरआख्यान किताबहरू उपलब्ध छन्।📚️🙏
बुक स्टाेरमा उपस्थित भएर खरिद गर्ने पाठकलाई विशेष छुट।
।।डेलिभरी सेवा उपलब्ध।।
पैताला
विधा: उपन्यास
लेखक: गनेस पाैडेल
मूल्य रू: ६००।-
[[एक तान्त्रिक कथा-विधान, जसले तपाईंलाई पुऱ्याउनेछ रहस्यमयी कथा-लोकका आदिम अक्केराहरूमा ! अनि भेटाउनेछ, कथा-कानुनले बेरिएका परालौकिक पात्रहरू ।]]
👉️सञ्जीवनी प्रेमकथा
कुरा दैविककालको हो। त्यो बेला पोखरामा सेती नदी बग्दैनथ्यो । पोखरामा बग्ने नदीको नाम थियो, सैहान दरिया। यो नदी हालको बेगनास तालबाट निस्कन्थ्यो। अर्को नदी थियो, फुरत। त्यो निस्कन्थ्यो ख्यातालबाट । सैहान दरिया उत्तरतिर बग्थ्यो, फुरत पूर्वतिर। हिजोआज ती दुवै नदी त्यहाँबाट बग्दैनन् । तिनताका रूपा र बेगनासको नाम एउटै थियो । त्यसलाई तियान्ची भनिन्थ्यो । सुरासुर सबैबीचमा एउटा लोकोक्ति थियो, यी दुवैको पानी सुन्दरीडाँडाभित्रबाट जोडिएको छ । उनीहरू भन्थे, 'सुन्दरीडाँडाभित्र सुरूङ छन् । दुइटा । एउटा सुरुङले दुइटा तालको पानी जोडेको छ । अर्को सुरुङमा पस्यो भने सोझै पाताल पुगिन्छ । पाताल पुगेपछि न देवता, न कुनै असुर कोही फर्केर आउन सक्दैन ।" हिजोआज भन्ने गरेको ब्ल्याक होलजस्तो थियो त्यो ।
तिनै दुइटा तालको बीचको सुन्दरीडाँडामा ऋषि वृहस्पतिको आश्रम थियो । ऋषिकी श्रीमतीको नाम तालिमा थियो जसलाई हिजोआज तारा भनिन्छ । उनको छोराको नाम सामसोन थियो, जसलाई पुराणमा केच भनिएको छ ।
उता, वृहस्पतिको आश्रमदेखि करिब ३६ कोस दक्षिणमा एउटा घना जङ्गल थियो । हिजोआज त्यो आवाद क्षेत्र चितवन भएको छ । अहिले राजमार्गले छोएको टिकौलीदेखि दुई कोस दक्षिणमा एउटा जङ्गल छ । यसलाई बरन्डाभार भन्छन् । त्यो जङ्गलभित्र एउटा ताल छ । मान्छेहरू त्यसलाई बीसहजारी ताल भन्छन् । तिनताका त्यो ताल अत्यन्त विशाल थियो । त्यही तालबाट दुइटा नदी निस्कन्थे । अमु दरिया र नाइल। अमु दरिया पश्चिमतिर बग्थ्यो । नाइल दक्षिणतिर । हिजोआज ती दुवै नदी त्यहाँबाट बग्दैनन् ।
👉️मण्डप पब्लिकेशन हाउस भृकुटीमण्डपमा विभिन्न आख्यान तथा गैरआख्यान किताबहरू उपलब्ध छन्।📚️🙏
बुक स्टाेरमा उपस्थित भएर खरिद गर्ने पाठकलाई विशेष छुट।
।।डेलिभरी सेवा उपलब्ध।।
इथा
लेखक:केशव दाहाल
विधा: उपन्यास
मूल्य: ७९८।-
[[वैशालीबाट कसरी लिच्छविहरू मञ्जुपट्टन आइपुगे र सौमरहरूलाई जितेर नयाँ राज्यको स्थापना गरे ? यस प्रश्नमा अनेकौं उपन्यास लेखिन सक्छन् । तिनै लेखिनुपर्ने अनेकौं उपन्यासमध्ये एउटा उपन्यास हो, इथा, जसको केन्द्रमा छन् तीन महिला- साहस, विद्रोह र विनम्रताका प्रतीक ।
युद्ध, प्रेम र प्रताडनाको आँधीसँग जुध्दै र आफ्ना सपना जोगाउँदै उनीहरू गङ्गाको मैदानबाट उकालो चढ्छन् । उनीहरूसँग हुन्छन् स्वतन्त्रताका अपरिमित चाहना र प्रतिज्ञा । अन्ततः तिनै प्रतिज्ञाले उनीहरूलाई एउटा निर्णय गर्नैपर्ने बिन्दुमा पुऱ्याउँछन् र मञ्जुपट्टनमा राज्य विप्लव हुन्छ । त्यसैको जगबाट जन्मिन्छ, लिच्छविहरूको नयाँ राज्य ।
करिब दुई हजार चार सय वर्षअघिका इतिहास, कथा र किंवदन्तीलाई बुनेर लेखिएको यो एउटा अलौकिक उपन्यास हो । र हो, महिला स्वतन्त्रता र स्वाभिमानको सशक्त घोषणापत्र ।]]
मण्डप पब्लिकेशन हाउस भृकुटीमण्डपमा विभिन्न आख्यान तथा गैरआख्यान किताबहरू उपलब्ध छन्।📚️🙏
बुक स्टाेरमा उपस्थित भएर खरिद गर्ने पाठकलाई विशेष छुट।
।।डेलिभरी सेवा उपलब्ध।।
#इथा
07/05/2026
पैसाकाे नालीबेली
याेगेन्द्र तिमिल्सिना
मूल्य रू:३८०।-
विश्वबजारमा निरन्तर परिवर्तनशील मुद्राको मूल्य, बैङ्किङ कारोबार, सार्वजनिक वित्त, पुँजीबजार तथा अनेकौं समकालीन आर्थिक गतिविधिले सर्वसाधारणको दैनिकीलाई दिनहुँ प्रभाव पारिरहेका हुन्छन् । यही सेरोफेरोमा लेखक योगेन्द्र तिमिल्सिनाले विश्वबजारबाट प्रभावित आर्थिक गतिविधि अद्यावधिक गरी सबै विषय युवा वर्गलाई लक्ष्य गरी पैसाको नालीबेली लेखेका छन् । पुस्तकमा पैसाको उत्पत्तिदेखि समकालीन विश्वमा चर्चित क्रिप्टोकरेन्सीसम्मको चर्चा गरिएको छ । बैङ्क तथा वित्तीय संस्थाले आफ्ना ग्राहकका निम्ति वित्तीय शिक्षा तालिमको कार्यक्रम तयार पार्दा पनि यस पुस्तकलाई आधार बनाउन सक्छन् ।
मण्डप पब्लिकेशन हाउस भृकुटीमण्डपमा विभिन्न आख्यान तथा गैरआख्यान किताबहरू उपलब्ध छन्।📚️🙏
बुक स्टाेरमा उपस्थित भएर खरिद गर्ने पाठकलाई विशेष छुट।
।।डेलिभरी सेवा उपलब्ध।।
तुल्सीलाल अमात्यका सङ्कलित रचनाहरू
मूल्य रू: ५००।-
प्रकाशन: तुल्सीलाल स्मृति प्रतिष्ठान
विषयसूची
१. कम्युनिष्ट पार्टीको घोषणा पत्र (नेपाली संस्करणको भूमिका)
२ नेपाल कम्युनिष्ट पार्टीको अपील
३. राष्ट्रिय प्रजातन्त्र नै मूलभूत समस्या समाधान गर्ने कार्यक्रम हो
४. कुन बाटो ?
५. जनवादी चीन र तिब्बतको सवालमा ऐतिहासिक विश्लेषण
६. जनताको भविष्य माथिको हमला
७. मार्क्सवाद-लेनिनवादलाई पक्रेर अगाडि बढौं
८. नेपालको स्वतन्त्र आर्थिक विकासको बाटो के हो ?
९. योग, धर्मको मर्म र श्रीकृष्ण
१०. विश्व हिन्दु महासम्मेलन : उपादेयता र उपयोगिता
११. शहीद श्री शुक्रराज शास्त्रीको एक परिचय
१२. स्व. गेना पटेल समवेदना
१३. राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम
१४. नेपाल कम्युनिष्ट आन्दोलनमा देखापरेका मतभेदहरू
१५. जननायक कामरेड तुल्सीलाल अमात्यको सङ्क्षिप्त परिचय
मण्डप पब्लिकेशन हाउस भृकुटीमण्डपमा विभिन्न आख्यान तथा गैरआख्यान किताबहरू उपलब्ध छन्।📚️🙏
बुक स्टाेरमा उपस्थित भएर खरिद गर्ने पाठकलाई विशेष छुट।
।।डेलिभरी सेवा उपलब्ध।।
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Exhibition Road Kathmandu Bharkutimandap Mandap Publication House, Pradarshani Chakra
Kathmandu
44600
Opening Hours
| Monday | 07:00 - 19:00 |
| Tuesday | 07:00 - 19:00 |
| Wednesday | 07:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 07:00 - 19:00 |
| Sunday | 07:00 - 19:00 |