13/09/2025
आदरणीय अभिभावकज्यूहरु,
बिषय : विद्यालय संचालन हुने सम्बन्धमा ।
केहि दिनदेखि देशमा भएको राजनितिक परिवर्तनका कारण विद्यालय बन्द रहेकोमा स्थिति सामान्य बन्दै गएको हुँदा भोलि मिति २०८२/०५/२९ गते आईतबारदेखि नियमित विद्यालय संचालन हुने जानकारी गराउन चाहन्छु ।
नोट:
सोमबारदेखि निर्धारण गरीएको दोस्रो त्रैमासिक परीक्षा २०८२/०६/०२ गते बिहिबारदेखि संचालन हुने व्यहोरा जानकारी गराउन चाहन्छु ।
प्रिन्सिपल