09/07/2020
उमेरले ७० काटेका एक ईमानदार , लगनशिल र मेहनती कृषक बडिमालिका नगरपालिका ४ का देब नाथ । ५ राेपनीमा व्यबसायीक प्याज खेती गर्ने उहाँ बाजुराकाे पहिलाे कृषक हाे त्यस बापत वहाँले रू २३०७८ नगद अनुदान प्राप्त गर्नुभएकाे छ भने वहाँसँग ५० कुईन्टल प्याज छ,घरभित्र नअटेर बाहिर डाेरीमा झुण्ड्याएर राख्नुभएकाे छ!!
यसबाट देशमा अबसर छैन, राेजगारी छैन भन्दै भौतारिने धेरै युवाहरूलाई प्रेरणाकाे स्राेत हाे वहाँ । गत बर्ष किलाेकाे २०० सम्म तिरेर प्याज खानुपर्ने अबस्थालाई मध्यनजर गरि यस बर्ष कृषि ज्ञान केन्द्र बाजुरा ले न्युनतम ३ राेपनी जमिनमा प्याज खेती गर्ने १० जना कृषक तथा समुहलाई उत्पादनमा अाधारीत अनुदान उपलब्ध गराएकाे छ । यश बर्ष जिल्लामा सबै गरेर करिब ५०० मेटन बिक्रियाेग्य प्याज उत्पादन भएकाे छ । सम्पुर्ण व्यापारी तथा उपभोक्ताहरूलाई बाजुराकाे प्याज उपभाेग गरि बाजुराका कृषककाे श्रम र पसिनाकाे सम्मान गरिदिन हुन कृषि ज्ञान केन्द्र बाजुरा हार्दिक अनुराेध गर्दछ ।
राष्ट्रवाद भाषण गर्नु र नारा लगाउनुमा भन्दा माटाेमा पसिना पाेखेर अायात प्रतिस्थापन गर्नु र स्वदेसी कृषि उत्पादन उपभाेग गर्नुमा बढि झल्किन्छ भन्ने हाम्राे बिश्वास रहेकाे छ । बाजुरा गरिबी र अभावकाे जिल्ला हैन अबसर र सम्भावनाकाे जिल्ला हाे भन्ने कुरा स्थापित गर्ने हाम्राे अभियान निरन्तर जारी छ
।😮 Source- Smart कृषि