09/02/2022
एकपटक बिज्ञान बिषयको शिक्षकले बिद्यार्थीलाई प्रश्न गरे: लु भन त नानिबाबु हो "कारमा ब्रेक किन लगाइन्छ?"
एक छात्रले उठेर उत्तर दियो: सर , कारलाई रोक्नको लागि ब्रेक लगाइन्छ।
दोस्रो छात्रले उत्तर दियो: कारको स्पिड गति कम गर्न र नियन्त्रण गर्नका लागि ब्रेक लगाइन्छ।
तेस्रो छात्रले उत्तर दियो: एक्सिडेन्ट् बाट बच्नको लागि ब्रेक लगाइन्छ सर ।
आआफुलाई लागेको उत्तर विद्यार्थी बाट आउन थालेपछि शिक्षक आफैले प्रश्नको उत्तर दिने निर्णय गरे।
अनुहारमा मुस्कानका साथ शिक्षकले भने: तिमिहरु सबैले यस प्रश्नको उत्तर दिने प्रयास गरेकोमा धन्यवाद। यद्यपि म बिश्वास गर्छु नि यो सबै ब्यक्तिगत धारणाको कुरा मात्रै हो। तर म यसलाई यसरी हेर्छु, "कारमा ब्रेक हुनुमा हामिलाई यसले अझै छिटो चलाउनमा मद्दत गर्छ।"
कक्षा कोठामा गुनगुन आवाज आउन थाल्यो , सरबाट यस्तो उत्तर आउला भन्नेमा कल्पना पनि गरेका थिएनन् बिद्यार्थीहरुले ।
शिक्षकले आफ्नो कुरा जारी राख्दै भने: मानौ एकछिनको लागि हाम्रो कारमा कुनै ब्रेक छैन । अब हामी हाम्रो कारलाई कति छिटो चलाउन सक्छौ?
कक्षामा सबै बिद्यार्थीहरु सोचमा डुब्न थाले। बिद्यार्थीहरुले कहिले पनि यसरी ब्रेकको बारेमा सोचेका थिएनन् ।
ल हामी सबैले एकैछिन बिचार गरौं त..🤔..
जिबनमा हाम्रो अगाडि कयौं यस्ता ब्रेकहरु आउँछन्, जसले हामिलाई निराश बनाउँछ । हाम्रा आमाबुबा , शिक्षक , शुभचिन्तक र हाम्रा साथिहरु , हाम्रो प्रगतिको बारेमा वा जिबन निर्णयको बारेमा हामिलाई सोधिरहन्छन ।
हामी उनीहरुका प्रश्नहरुमा. कठिन जिबन स्थितिहरुलाई ब्रेक को रुपमा देख्दछौ , जसले हाम्रो गतिलाई बाधा पुर्याउँछ ।
तर यदि हामीले उनिहरुलाई हाम्रो समर्थक वा उत्प्रेरकको रुपमा हेर्छौ भने? यस्तो उपकरणको रुपमा जसले हामिलाई जोखिम लिनमा सक्षम बनाउँछन, साथै यो सुनिश्चित गर्छन् कि हामी आफ्नो सुरक्षा गर्न सक्छौं ।
किनकि कहिलेकाही हामिलाई रोकिनु पर्छ। यहाँसम्म कि एक कदम पछाडि पनि हट्नु पर्छ , ताकि हामिले लामो छलाङ मार्न सक्छौं।
यस्तै प्रश्न र परिस्थितिले गर्दा ( समय समयमा ब्रेक ) को कारण नै हामिलाई आज जहाँ छौँ , यहाँसम्म आउनको लागि मद्दत पुग्ने गर्छ ।
जिबनमा यी "ब्रेक" बिना हामी चिप्लिन सक्छौं , मार्गदिशा हराउन सक्छौं वा दुर्भाग्यपुर्ण दुर्घटनाको सिकार हुन पुग्छौं ।
ब्रेक'ले हामिलाई पछाडि धकेल्न वा हामिलाई बाध्न बाँध्नको लागि हुँदैन। बरु यसले हामिलाई पहिलाको तुलनामा छिटो अगाडि बढ्न मद्दत गर्छ। ताकि हामिलाई हाम्रो गन्तव्यसम्म छिटो र सुरक्षीत तरिकाले पुग्न सकियोस् ।
के हामी हाम्रो जिबनमा "ब्रेक"को लागि कृतज्ञ छौँ । या हामी उनिहरुलाई केवल आफ्नो कामलाई अबरोधको रुपमा हेर्ने गर्छौं ?
जब तपाई जिबनको कठिन परिस्थितिहरुमा गुज्रनुहुन्छ , तब तपाईं पहिला भन्दा मजबुत भएर निस्कनुहुन्छ ।।
#सकरात्मक_सोच_positive_thought