अनेरास्ववियू-Kathmandu University

अनेरास्ववियू-Kathmandu University

Share

ईतिहास गर्बिलो छ! वर्तमान पनि गर्बिलो

This is an official page to provide actual information about academic ,sport ,political and administrative affairs of kathmandu University.

20/02/2025

प्रेस विज्ञप्ति
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) काठमाडौं विश्वविद्यालय कमिटी, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, धुलिखेल अन्तर्गत प्रथम वर्षका आवासीय मनोचिकित्सक माथि भएको मानसिक अत्याचार, यातना र हिंसाजन्य घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल निष्पक्ष अनुसन्धान तथा दोषीहरूमाथि कारबाहीको माग गर्दछौ।
यो घटना विशेष रूपमा गम्भीर रहेको छ, किनभने विश्वविद्यालयको मनोचिकित्सक विभागका प्राध्यापक एवं चिकित्सकहरूद्वारा आवासीय मनोचिकित्सकहरू माथि मानसिक हिंसा, अपमानजनक व्यवहार र यातनाको शृङ्खला जारी राखिएको पाइएको छ। यस्तो दुर्व्यवहारका कारण एक जना चिकित्सक आत्महत्याको प्रयास गर्न बाध्य भएका छन्, जसप्रति अनेरास्ववियू घोर निन्दा व्यक्त गर्दै यसलाई नेपालको संविधानको धारा १६ (सम्मानपूर्वक बाँच्ने अधिकार) र अन्तर्राष्ट्रिय मानव अधिकार ऐनको गम्भीर उल्लङ्घनको रूपमा व्याख्या गरेको छ।
यस घटनाका दोषीहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानूनी कारबाही सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिन्छ। विश्वविद्यालयले आवासीय चिकित्सकहरूका लागि सुरक्षित कार्य वातावरण सिर्जना गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ, जसमा मनोवैज्ञानिक सुरक्षा, सम्मानजनक व्यवहार, र उचित मार्गदर्शनको व्यवस्था अनिवार्य रूपमा लागू गरिनुपर्छ। मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, शैक्षिक संस्थाहरूले यसलाई मानव अधिकारको अभिन्न अंगका रूपमा स्वीकार गर्न आवश्यक छ।
यस्ता तानाशाही प्रवृत्ति र विषाक्त कार्यसंस्कृतिलाई अन्त्य गर्न नसके अनेरास्ववियूले आन्दोलनात्मक कदम चाल्न बाध्य हुने चेतावनी स्पष्ट रूपमा दिन चाहन्छौ। साथै, सम्पूर्ण प्रगतिशील विद्यार्थी, शिक्षक, तथा कर्मचारीहरूलाई अन्यायविरुद्ध एकजुट हुन आह्वान गर्दछौ।
यो घटनाले मानसिक स्वास्थ्य सेवाको क्षेत्रमा नै संस्थागत हिंसा व्याप्त रहेको वास्तविकता उजागर गरेको छ। अनेरास्ववियूले न्यायको सुनिश्चितताका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालय प्रशासनको इमानदार पहल र सहयोगमा विश्वास व्यक्त गर्दछौ।
हार्दिक अभिवादन सहित !
Ramkumari Jhakri Ramkumari Jhakri

23/12/2024
22/12/2024

अनेरास्ववियू काठमाडौं विश्वविद्यालय क्याम्पस समितिको तर्फबाट हालै सम्पन्न दीक्षान्त समारोहमा भएको गम्भीर त्रुटिप्रति तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं।

मंसिर २९ गते आयोजित दीक्षान्त समारोहमा व्यवस्थापन संकायअन्तर्गत बीबीएका केही विद्यार्थीलाई आवश्यक शैक्षिक मापदण्ड पूरा नगरी, परीक्षा नदिइ, र बीचैमा कक्षा छोडेको अवस्थामा समेत शैक्षिक उपाधि प्रदान गरिएको तथ्य सार्वजनिक भएको छ। उक्त घटनाले विश्वविद्यालयको प्रतिष्ठा, शैक्षिक मान्यता, र विश्वसनीयतामा गम्भीर आँच पु¥याएको छ।

तसर्थ, यस सम्बन्धमा हाम्रो मागहरू निम्नानुसार छन्:

१. छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न:
परीक्षा नदिएका, फेल भएका र बीचमै कक्षा छाडेका विद्यार्थीहरूको नाम कसरी दीक्षान्तमा समावेश गरियो? यस विषयमा छानबिन गरी दोषी व्यक्तिहरूलाई जिम्मेवारी तोकियोस्।

२. प्रभावित विद्यार्थीहरूको न्याय सुनिश्चित गर्न:
दीक्षान्तबाट छुटेका योग्य विद्यार्थीहरूको नाम तत्काल समावेश गरी उनीहरूको हक सुनिश्चित गरियोस्।

३. दोषी पदाधिकारीलाई कारबाही गर्न:
विश्वविद्यालयको नियम, प्रक्रिया, र शैक्षिक मर्यादा उल्लंघन गर्ने पदाधिकारीहरूमाथि यथोचित कारबाही गरियोस्।

४. भविष्यमा यस्ता त्रुटि रोक्न सुधारात्मक कदम चाल्न:
दीक्षान्त प्रक्रिया थप पारदर्शी र त्रुटिरहित बनाउन प्रणालीगत सुधार ल्याउन र विद्यार्थीहरूको विश्वास कायम राख्न तत्काल कदम चाल्नुपर्छ।

यस घटनाको छानबिन र समाधान बिना विश्वविद्यालयको साखमा गम्भीर असर पर्नेछ। अतः तपाईंको नेतृत्वमा यस विषयमा तत्काल उचित निर्णय लिइने अपेक्षा राख्दछौं। अन्यथा, विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्न हामी वैधानिक र आन्दोलनात्मक कदम चाल्न बाध्य हुनेछौं।

22/10/2024

फेरि पनि दुनियाँको सबैभन्दा मूर्ख जनता भइएछ! बधाई छ, कतै त निरन्तर पहिलो भइयाछ।😂😂😂

04/07/2024

नेकपा (एकिकृत समाजवादी) को दशौँ राष्ट्रीय महाधिवेशन बाट अध्यक्षमा क. माधव कुमार नेपाल सर्वसम्मत चुनिनुभएको छ। त्यस्तै सम्मानित नेतामा क. झलनाथ खनाल र महासचिवमा क. घनस्याम भुसाल पनि सर्वसम्मत चुनिनुभएको छ्। अन्य पदाधिकारी र केन्द्रीय सदस्य भने भोलि टुङ्गो लाग्नेछ।

विद्यार्थीलाई परीक्षामा फेल गराउने धम्की दिएको भर्दै केयूका प्राध्यापकप्रति अनेरास्ववियूक 27/04/2024

शुक्रबार एक विज्ञप्ति मार्फत अनेरास्ववियू काठमाडौं विश्वविद्यालय कमिटीका कार्यवाहक अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिनुभएको हो । उहाँले यसको घोर विरोध गर्दै यस्ता कार्य तत्काल बन्द गर्न माग गर्नुभएको छ

विद्यार्थीलाई परीक्षामा फेल गराउने धम्की दिएको भर्दै केयूका प्राध्यापकप्रति अनेरास्ववियूक काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का प्राध्यापकहरुले परीक्षामा विद्यार्थीलाई फेल गराउने धम्की दिएको भन्....

25/04/2024

✊✊✊

23/03/2024

नेपालमा सनातन हिन्दु र बौध्दधर्म प्रति अनास्था फैलाउन अ्मेरिकाले करोडौं खर्च गरेको खुलासा, अ्मेरिकी संसदमै खुल्यो पोल

24/02/2024

अध्यक्ष सुदेश पराजुलीको अध्यक्षता एवं पार्टी केन्द्रीय सदस्य तथा इन्चार्ज मोहन गौतमको प्रमुख आतित्थ्यतामा सम्पन्न नेकपा (एकीकृत समाजवादी) विद्यार्थी विशेष जिल्ला कमिटीको पदाधिकारी वैठकको निर्णय अनुसार केयु इलाका अध्यक्षमा सुमनराज पौडेल, उपाध्यक्षमा कोकिस करण भुसाल र सचिवमा सचिन जी तण्डुकार चुनिन सफल हुनुभएकोमा कमरेडहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै यस महत्वपूर्ण जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्न आगामी कार्यकालको निम्ति शुभकामना दिन चाहान्छौ | विद्यार्थी राजनीति संगसंगै पार्टीको मुलधारमा समावेश हुदै नेकपा (एकीकृत समाजवादी)को रुपान्तरणकारी अभियानमा यहाहरुको युवा जोश र सोचले नया उत्साह संचार गर्न सक्ने विश्वास लिएका छौँ |

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
44600