धन्यवाद Ktm Dainik
PVP NEPAL
Pragyik Vidyarthi Parishad, Nepal is an organization with a group of academicians and students. PRAGYIK VIDYARTHI PARISHAD, NEPAL
(Regd.
No. : 695/053/054)
Pragyik Vidyarthi Parishad (PVP), Nepal is an organization with a group of workers who think together, and are wedded together to a common ideal and goal. It is the only organization of its kind with coherent and determined workers committed for the cause of the motherland, Nepal.
19/04/2026
धन्यवाद Prarambha Khabar लाई...
“शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३” सरकारसमक्ष पेश - Prarambha Khabar वैशाख ३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक, नीतिगत तथ.....
18/04/2026
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशको समीक्षा एवं योजना बैठक श्री लक्ष्मी नारायण वेद विद्याश्रम पाँचाली विराटनगरमा सम्पन्न...
बैठकमा विद्यार्थी परिषद्को राष्ट्रिय उपाध्यक्ष श्री लक्ष्मी कर्ण दत्तज्यू, श्री चिन्तामणी बस्नेतज्यू, परिषद्का कोशी प्रदेश अध्यक्ष श्री इन्द्र राज राउतज्यू, वेद विद्याश्रमका प्रधानाध्यापक श्री राजन पोख्रेलज्यू , प्रदेश सचिव श्री अभिषेक पोख्रेलज्यू, राष्ट्रिय सचिव सुश्री मुना विष्टज्यू, मनिष बञ्जाडेज्यू लगायत प्रदेश कार्यकारिणी समितिको उपस्थिति रहेको थियो ।
16/04/2026
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले शिक्षा क्षेत्रको समग्र सुधारका लागि आज माननीय शिक्षा मन्त्री सस्मित पोख्रेलज्यूलाई सुझाव पत्र बुझाएको छ ।
आधारभूत तहदेखि उच्च शिक्षासम्म गुणस्तरीय, व्यवहारिक र समयानुकूल शिक्षा प्रणाली निर्माण गर्न परिषदका राष्ट्रिय अध्यक्ष प्रा।डा दयाराम भुसाल र राष्ट्रिय सङ्गठन सचिव रमेश कण्डेलको नेतृत्वमा सुझाव पत्र पेश गरेको हो ।
परिषद्ले शिक्षा क्षेत्रलाई राष्ट्र निर्माणको मुख्य आधार मान्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन स्पष्ट दृष्टिकोणसहित सुधार योजना ल्याउनुपर्ने आवश्यकता औँल्याएको छ। सुझावपत्रमा विद्यालय शिक्षा विधेयक, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय योग्यता प्रारूपलगायतका महत्त्वपूर्ण विधेयकहरू शीघ्र जारी गर्न माग गरेको छ ।
सुझावपत्रमा नेपाली भाषालाई शिक्षाको आधिकारिक माध्यम भाषा बनाउने, मातृभाषा तथा नेपाली भाषामा पठनपाठन र परीक्षा सञ्चालन सुनिश्चित गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ । साथै, शिक्षा क्षेत्रमा विदेशी प्रभाव कम गर्दै कुल राष्ट्रिय बजेटको न्यूनतम २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग पनि परिषदले राखेको छ ।
परिषद्ले शिक्षक व्यवस्थापनमा देखिएको अव्यवस्था, विषयगत शिक्षक अभाव, राजनीतिक हस्तक्षेप, सरुवा–बढुवा प्रक्रियाको अस्पष्टता तथा सेवासुविधाको समस्या समाधान गरी योग्यता र क्षमताका आधारमा शिक्षक नियुक्ति प्रणाली विकास गर्नुपर्ने उल्लेख गरेको छ।
त्यस्तै, सुझावपत्रमा विद्यालय तहदेखि नै नैतिक शिक्षा, नागरिक शिक्षा, संस्कृत शिक्षा, योग, विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला जस्ता विषयलाई अनिवार्य बनाउँदै व्यवहारिक, प्रयोगात्मक र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने भनिएको छ। पाठ्यक्रमलाई नेपालको भूगोल, इतिहास, संस्कृति, कृषि, पर्यटन, ऊर्जा र उत्पादनमुखी आवश्यकतासँग जोडेर पुनर्संरचना गर्नुपर्ने परिषद्ले ध्यानाकर्षण गराएको छ ।
आधारभूत र माध्यमिक शिक्षामा बढ्दो ड्रपआउट, इन्टरनेट र पुस्तकालय अभाव, ग्रामीण तथा हिमाली क्षेत्रका विद्यालयमा न्यून विद्यार्थी अनुपात, र शिक्षक दरबन्दी असन्तुलनजस्ता समस्याहरू समाधान गर्न विशेष योजना ल्याउनुपर्ने माग पनि सुझावपत्रमा समेटिएको छ। परिषदले आफ्नो सुझाव पत्रमा उच्च शिक्षातर्फ विश्वविद्यालयहरूमा बढ्दो राजनीतिक हस्तक्षेप, अनुसन्धानको कमजोर अवस्था, विदेशी विश्वविद्यालयका अनियमित कार्यक्रम, दक्ष जनशक्ति पलायन तथा रोजगारसँग असम्बद्ध पाठ्यक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। परिषद्ले विश्वविद्यालयलाई अनुसन्धान, नवप्रवर्तन, रोजगार र राष्ट्रिय आवश्यकतासँग प्रत्यक्ष जोड्ने नीति अवलम्बन गर्नुपर्नेमा ध्यानाकर्षण गराएको छ।
यसैगरी, प्राविधिक तथा व्यावसायिक शिक्षालाई श्रम बजारसँग जोडेर “सिक्दै कमाउँदै” मोडेल लागू गर्नुपर्ने, कृषि, स्वास्थ्य, विज्ञान तथा सूचना प्रविधिमा विशेष अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने, तथा प्रत्येक प्रदेशमा विशिष्ट अनुसन्धान केन्द्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ।
परिषद्का अनुसार शिक्षा सुधार केवल पाठ्यक्रम परिवर्तनमा सीमित नभई नीति, भाषा, शिक्षक, पूर्वाधार, बजेट, अनुसन्धान, रोजगारी र राष्ट्रिय चरित्र निर्माणसँग जोडिएको समग्र विषय भएकाले सरकार, विश्वविद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबैको साझा प्रयास आवश्यक छ।
15/04/2026
नववर्ष २०८३ को पावन अवसरमा जनकपुरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्र...
14/04/2026
नववर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना...
10/04/2026
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पशुपति विभागको दुई दिवसीय अभ्यास वर्ग आध्यात्मिक भूमि शान्तिधाम, काठमाडौंमा सम्पन्न...
चैत्र २५ र २६ गते
08/04/2026
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगर एकाइ समितिद्वारा आयोजित दुई दिवसीय जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास कार्यक्रम शंकरदेव क्याम्पस MBA हलमा सम्पन्न...
मिति २०८२ चैत्र २४ र २५ गते ।
04/04/2026
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पशुपति विभाग छात्रा कार्यद्वारा आयोजना गरेको पारिजात स्वाध्याय मण्डलको पहिलो शृङ्खला अन्तर्गत साइबर सुरक्षा, चुनौती र सावधान विषयमा एक दिवसीय प्रशिक्षण सम्पन्न भयो । जसमा प्रमुख वक्ताको रूपमा आउनु भएकी साइबर व्युरो भोटाहिटीकी प्रहरी निरीक्षक स्मृति सिलावालज्यूलाई हार्दिक धन्यवाद ।
01/04/2026
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पृथ्वीनारायण क्याम्पस एकाइ समितिद्वारा आयोजित दुई दिवसीय जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास कार्यक्रम पृथ्वीनारायण क्याम्पस विज्ञान प्रयोगशाला हलमा सम्पन्न...
मिति २०८२ चैत्र १७ र १८ गते ।
30/03/2026
Pragyik Vidyarthi Parishad Nepal (PVP NEPAL) proudly represented Nepal at the , organized by the (WOSY) in collaboration with Platforms, alongside participants from 26 countries.
27–29 March 2026 | Held at Gorakhpur this experience marked a significant milestone of global learning, collaboration and inspiration.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu