04/07/2025
आज मिती २०८२/०३/२० गते, शुक्रवार, चन्द्रागिरी न. पा. १४ वडाको वडा अध्यक्ष श्री राजभाई महर्जन ज्यूको प्रमुख उपस्थितिमा, नयाँ नैकाप शैक्षिक उन्नयन, नेपालले अतिरिक्त क्रियाकलापहरू मार्फत चन्द्रागिरी नगरपालीकामा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूको क्षमता र सामाजिक प्रस्तुतीकरणलाई अभिवृद्धि गर्ने उद्देश्यले नगर स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरेको छ। यस कार्यक्रमको लागी स्थान प्रदान गरी सम्पूर्ण सहयोग गरी यो कार्यक्रम सफल बनाइदिनु भएकोमा श्री मंगल माध्यमिक विद्यालय, विधालयका प्रधानाध्यापक श्री कृष्णहरी कार्की ज्यू र सम्पूर्ण शिक्षक/शिक्षिकामा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। सहभागी सम्पूर्ण विधालय, विधार्थी र शिक्षकहरुमा यस कार्यक्रममा सहभागी भई, यस कार्यक्रमलाई भव्यताका साथ सफल पारिदिनु भएकोमा ह्रदयदेखि कृतज्ञता व्क्त गर्दछौँ र आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा पनि गर्दछौँ। प्रतिस्पर्धी सबैलाई बधाई छ।
श्री जयन्द्र प्रसाद शर्मा
अध्यक्ष
नयाँ नैकाप शैक्षिक उन्नयन, नेपाल
29/09/2024
22/09/2024