THE CHANGE LIFE
Deurali Academy Pvt.Ltd
Give time change life
25/04/2020
महाबिर बिश्वकर्मा दाइको एउटा सुन्नै पर्ने कथा # ABPNEWS महाबिर दाइको एउटा सुन्नैपर्ने कथा Program direct :- Pawan oli Video editor :- Pawan oli voice :-pawan oli email :- [email protected]...
17/04/2020
यो हो नि प्राकृतिक सुन्दर्ता भनेको त !
17/04/2020
बिश्वब्यापी फैलिएको काेराेना भाईरसले नेपालमा खाद्य संकट गहिरिने संभावना ज्यादै धेरै देखिन्छ । यही कारण हामीले छिटोभन्दा छिटो उत्पादन गर्न सकिने सहज रुपमा उत्पादन गर्न सकिने खालका बालीहरु उत्पादन गर्नका लागि सबै स्थानीय तहहरुले तदारुकताका साथ काम अगाडि बढाउनु पर्ने देखिन्छ । यसरी छिटो उत्पादन हुन सक्ने बालीहरु काँचो, उसिनेर, पाेलेर, भुटेर, तरकारी पकाएर, सलादकाे रुपमा खाना सकिन्छ । खाद्य बस्तु चामल वा पिठोकाे अभाव भएको अवस्था र जाेगाएर खानुपर्ने अवस्था अाएमा यस्ता कृषि बस्तुहरुकाे सेवन गरेर पनि दिन कटाउन सकिन्छ । फेरि यस्ता कृषि बस्तुहरु खानाले हाम्रो स्वास्थ्यमा समेत फाईदा गर्दछ । कुन कुन बस्तु छिटोभन्दा छिटाे उत्पादन गर्न सकिन्छ र कसरी खाने भन्ने तरिका यहाँ प्रस्तुत गरिएको छ ।
१) मकै हाल मध्य पहाड तथा बेसी क्षेत्रमा भरखरै मकै छर्ने बेला हाे । मकै अन्नबाली हाे यसलाई १०० दिनमा फलाउन सकिन्छ । यसलाई उसिनेर, पाेलेर, भुटेर, पिठाे बनाई ढिडाे, च्याख्ला बनाई भात खाना सकिन्छ । यसकाे खेतीमा जाेड गराै ।
२) स्कुस मध्य पहाडी क्षेत्रमा राम्रोसँग खेती गर्न सकिन्छ । हाल यसलाई बचेखुचेकाे बीउहरुलाई पनि सबैले राेप्न हुन अनुरोध गरिन्छ । यसपटक स्कुसले राम्रो बजार पाउनेछ । यसलाई पशुहरुलाई खुवाउने काम नगरिदिनु हाेला । यसलाई, उसिनेर भातकै सट्टामा खाना सकिन्छ । तरकारीको रुपमा पनि खाना सकिन्छ । सुगर राेगीहरुका लागि एकदमै राम्रो हुन्छ ।
३) फर्सी पनि निकै छिटो उत्पादन गर्न सकिन्छ । यसलाई पनि उसिनेर, तरकारी बनाएर , हलुवा बनाएर खाना सकिन्छ । यसलाई भातकै रुपमा पनि खाना मिल्छ । चामल उपभाेगलाई यसले निकै कम गर्छ ।
४) अालु पनि छिटो उत्पादन गर्न सकिन्छ । यसलाई उसिनेर, तरकारी बनाएर वा अन्य विभिन्न परिकार बनाएर खाना सकिन्छ । यसबाट चामल जाेगाउन सकिन्छ ।
५) गाजर, मुला, काउली, बन्दा जस्ता तरकारी छिटाे उत्पादन गर्न सकिन्छ । यसबाट सलाद तथा तरकारी खाना सकिन्छ । धेरै सलाद, तरकारी खाएमा भात कम गर्न सकिन्छ ।
६) काक्रो पनि छिटो उत्पादन गर्न सकिन्छ । याे समय काक्रो राेप्ने सिजन पनि हाे । काक्रो प्रसस्त्रै मात्रामा खाए स्वास्थ राम्रो हुन्छ ।
७) च्याउ छिटोभन्दा छिटो उत्पादन गर्न सकिन्छ । यसलाई सुप र तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।
८) काेदाे पनि छिटो उत्पादन गर्न सकिने बाली हाे । यसकाे पिठो बाट राेटी, ढिडाे, खा
17/04/2020
कृषिक्षेत्रको सुन्दरताले सजियको ...!
01/04/2020
के जितको यात्रा तय गर्नु तपाइँको बसको कुरा हैन र ?
01/04/2020
सफल लिडर कसरी बन्ने ? विशेष लिडरसीपका गुणसहित हामी दीन्छौ तालिम ।
31/03/2020
30/03/2020
मान्छे !!!
----------------------------------------------
इनसानलाई आफनो औकातको तब थाहा हुन्छ जब उसलाई , उसले सबैभन्दा बढी भरोसा गरेको मान्छेबाट धोका मिल्छ ।
नफ्रत लाई हजार अबसर देउ जो कि प्रेममा बदलियोस , प्रेमलाइ एकपनी तेस्तो मौका नदेउ जो कि नफ्रतमा बदलियोस ।
सीर्फ एक बहानको तलासमा हुन्छ , निभाउने वाला पनि अनि छोडनेवाला पनि ।
के तपाईं motivation तालिम लिन चाहानुहुन्छ । कि कतै भासण कला सम्बन्धी तालिमत लिनचाहानुहुन्न ?वा जिवनमा असफलताको कारण हैरान हुनुहुन्छ तेसोहो भने हामी दिन्छौ साथ ।
change academy ......
29/03/2020
सभा समारोहमा तपाइँको उपस्तिथि अलिक फरक बनाउनेतर्फ ध्यानाकर्षण गर्दछु -
----------------------------------------------------------------------------
तपाई ठूलो कुरा सोच्नुहोस्, तेज सोच्नुहोस्, अरुभन्दा पहिले सोच्नुहोस् । विचारमाथी कसैको एकाधिकार छैन भन्ने बुझुहोस ।
सकारात्मक सोच्नु दुनियाँकै सबैभन्दा गाह्रो काम हो, शायद यसैकारण एक्दमै थोरै मानिस यो काम गर्छन ।
हामी सधैंभरी हामीसँग के छैन, त्यसैको बारे,मात्रै सोच्छौ । हामी आफुसँग कति धेरै छ भनेर ज्यादै कम मात्र सोच्छौ ।
मानिस परिस्थितिको दास नभई त्यसको मालिक हो ।
एकदमै थोरै मानिसहरू मात्र भविष्यमाथी ध्यान दिन्छन् उनीहरु त आज के होला भन्नेमा नै चिन्ता गर्न व्यस्त हुन्छन् ।
-----------------------------------------------------------------------------
29/03/2020
भाषण गर्न नजान्नेहरूको सामाजिक अवस्था
वक्ताले भाषण गरुन्जेल आफ्ना निजी समस्या, रिस, कुण्ठा सबै बिर्सनु पर्दछ । भाषणलाई रसिलो बनाउन विषय बस्तुमा ध्यानदिने हो भने भाषण रोचक, ज्ञानवद्र्धक र श्रवण योग्य हुनेछ । विश्वभरिका प्रत्येक व्यक्तिहरूले भाषण गर्दा भाषण गर्ने कलाको ज्ञान हुनु आवश्यक तथा अनिवार्य छ । यस्तो कला तालिम बाट प्राप्त हुन सक्छ
भाषण गर्ने कला पनि एउटा प्रतिभा हो । यस्तो प्रतिभा तालिम नालिएका व्यक्तिहरुमा हुने सक्दैन किनकि उनीहरुलाई नियम के हो थाहा हुदैन नियम बिनाको कम कस्तो होला आफै अनुमान लगानुहोश । भाषणलाई ‘राम्रो’ बनाउन निरन्तर अध्ययन र अभ्यासको आवश्यकता पर्दछ । भाषण भनेको कुराकानी, वक्तव्य, छलफल आदि हो । जहाँसुकै बोले पनि त्यो भाषण वा वक्तव्य हो । नेताले मञ्चबाट बोेल्ने, शिक्षकले पढाउने, वकिलले न्यायलयमा बहस गर्ने, प्रशिक्षकले तालिम दिने, उदघोषण गर्ने, गोष्ठीमा बहस, छलफल गर्ने, लिखित प्रतिवेदन पाठ गर्ने, आफ्नो माल वेच्नलाई विज्ञापन गर्ने, विद्यार्थीले वादविवाद वा परिसंवाद बोल्ने, पत्रपत्रिका, रेडियो र टेलिभिजनमा वा मौखिक परिक्षामा अन्तर्वाता दिनु सबैलाई भाषण कलाभित्र राख्नुपर्दछ ।
भाषण लिखित कि मौखिक ?
अत्यन्त औपचारिक ठाउँहरूमा विशिष्ट व्यक्तिहरूले लिखित भाषण पढेर सुनाउने गर्दछन् । कुनै पनि महतवपूर्ण कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिवले, संयुक्त राष्ट्रसंघमा देशको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री वा राष्ट्राध्यक्षले, संसदीय छलफलमा प्रधानमन्त्री, मन्त्रीहरू र सासंदहरूले कानुनको मस्यौदा प्रस्तुतगर्दा लिखित भाषण प्रस्तुत गर्ने गर्दछन् । जनता माझ नेताहरूले विशेष गरी मौखिक भाषण गर्ने गर्दछन् । वक्ताले भाषणको विषयमा आपूmलाई चर्लुम्म डुबाएर, आकर्षक हाउभाउ र ओजनदार बोलीद्वारा आफ्ना धारणा जनता समक्ष स्पष्ट साथ राख्नु मौखिक भाषणको मूलमर्म हो । खास अवस्थाबाहेक भाषण भन्नाले मौखिक भाषण नै बुझ्नुपर्दछ ।
राम्रो र नराम्रो भाषण
दर्शकलाई वक्ताले आफ्ना कुरा राम्ररी बुझाउन सक्यो भने त्यस्तो भाषणलाई राम्रो भनिन्छ । दर्शक श्रोताले वक्ताको कुरा बुझेनन् वा बुझेर पनि वक्तासँग असहमत भए भने त्यस्तो भाषणलाई नराम्रो भनिन्छ । दर्शक श्रोताहरूले नबुझने ढंगले बोल्नु वा नबुझिने शब्दहरूको प्रयोग गर्नुले वक्ताको अहं र मुर्खतालाई झल्काउँछ । भाषण सरल र स्पष्ट हुनुपर्दछ । भाषण गर्दा दर्शक श्रोताले बुझ्ने खालका सरल शब्दहरू प्रयोग गर्नुपर्दछ ।
वक्ताले सजिलो शब्दहरूको प्रयोगको साथै आफुले दिन खोजेको सन्देश स्पष्ट पार्नु सक्नुपर्दछ । वक्ताले कुन विषयमा बोल्दैछ र यसपछि के बोल्न सक्छ भन्ने कुरा जनताले पूर्वानुमान गर्न सक्नुपर्दछ । भाषण गर्ने विषयबारे जानकारी पहिले नै पाएभने दर्शक श्रोताहरू त्यसबाट लाभान्वित हुन चाहने भएकोले वक्ताको भाषण सुन्न अन्तसम्म बस्ने छन् । भाषण गर्दा एउटै विषयलाई दोर्याउन हुँदैन । भाषण गर्दा अरूले बोलिसकेको विषय भन्दा भिन्न विषयमा आफ्ना भनाइहरू राख्दा उपयुक्त हुन्छ ।
कुनै पनि कार्यक्रममा प्रमुख अतिथिलाई कार्यक्रमको अन्तमा बोलाउने चलन विश्वभर नै छ । तसर्थ पनि प्रमुख अतिथिभन्दा पहिला बोल्ने बक्ताहरूले समयमा नै आफ्नो भाषण सक्नु पर्दछ । सुरुको वक्ताले समय मिच्यो भने प्रमुख वक्ता बोल्ने वेलासम्म दर्शक श्रोताहरू फर्किने हतार गर्न थाल्दछन् । वक्ताले भन्न खेजेको कुरा स्पष्टसँग स्रोताले बुझ्ने गरि भाषण जति छिटो समयमा टुंग्यायो त्यति राम्रो मानिन्छ । वक्ता अत्यन्त कुशल छन् र विषयवस्तु स्रोताको आवश्यकता अनुसारको छ भने भाषणको अधिक्तम समय आधा घण्टादेखि पैतालिस मिनेट हुनु उपयुक्त मानिन्छ ।
भाषण गर्दा थेगो प्रयोग गर्नु हँुदैन । राम्रो भाषण त्यसलाई भनिन्छ जुन भाषणमा वक्ताले दर्शक श्रोतालाई आफनो भाषणमा सहभागी गराउनु सक्नु पर्दछ । वक्ताको आवाज स्पष्ट र सन्तुलित हुनुपर्दछ । वक्ताले आपसमा कुरा गरिने भन्दा अलि ढिलो बोल्नु पर्दछ तर ज्यादै ढिलो होइन् । वक्ता धेरै चिच्चाउनु वा चर्को स्वरमा बोल्नु हुँदैन । वक्ताको मनस्थिति चंगा हुनुपर्दछ । वक्ताको मनस्थिति चंगा छ भने मात्रै उ मञ्चमा उभिएर राम्रोसँग बोल्न सक्दछ । वक्ताले भाषण गरूञ्जेल आफ्ना निजी समस्या, रिस, कुण्ठा सबै बिर्सनु पर्दछ । भाषणलाई रसिलो बनाउन प्रसंग अनुसार कथाकुथुंग्री, उखान टुक्का र हस्यौलीहरूको प्रयोग गर्नुपर्दछ । कलात्मक प्रस्तुती भयो भने भाषण राम्रो हुन्छ अन्यथा राम्रो हँुदैन । माथि प्रस्तुत विषयहरूलाई ध्यानदिने हो भने भाषण रोचक, ज्ञानवद्र्धक र श्रवण योग्य हुनेछ । विश्वभरिका प्रत्येक व्यक्तिहरूले भाषण गर्दा भाषण गर्ने कलाको ज्ञान हुनु आवश्यक तथा अनिवार्य छ
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Kathmandu