25/03/2026
लोकसेवा विशेष: Quiz Time! ✍️
तयारी कस्तो हुँदैछ........?
✅ छान्नुहोस्: A, B, C वा D?
सही उत्तर Comment गर्नुहोस् र लोकसेवा तयारी गरिरहेका आफ्ना साथीहरूलाई पनि यो पोस्ट Share गरी मद्दत गर्नुहोस् । 🤝
27/02/2026
रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) ना.सु. वा सो सरह पदको परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना
26/02/2026
राष्ट्रिय अनुसन्धान विभाग तर्फ अनुसन्धन अधिकृत र अनुसन्धान सहायक पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएकोछ ।
08/02/2026
सङ्गठित संस्थाहरूको अप्राविधिक तर्फ पाँचौँ तहको लिखित परीक्षाका लागि अब पूर्व–योग्यता परीक्षा अनिवार्य गरिएको छ। पूर्व–योग्यता परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरूले मात्र लिखित परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
नोट: उक्त पाठ्यक्रम हालैदेखि लागू हुने छैन। यो आर्थिक वर्ष २०८३/८४ मा प्रकाशित हुने विज्ञापनहरूका लागि मात्र लागू हुनेछ। अतः आर्थिक वर्ष २०८२/८३ मा खुल्ने तथा खुलिसकेका सङ्गठित संस्थाहरूको पाँचौँ तहका विज्ञापनहरूको हकमा भने पूर्ववत् पुरानै पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ।
22/01/2026
सरस्वती पूजा को उपलक्ष्य मा हार्दिक मंगलमय शुभकामना ।
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
19/09/2025
विशेष जानकारी
* वि.सं. २०७२ साल भाद्र ३० गते संविधानसभाको दुई तिहाई बहुमतले पारित भई २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति रामवरण यादवले यो संविधानको घोषणा गरेका हुन् ।
* नेपालको संवैधानिक इतिहासमा सातौं लिखित संविधान नेपालको संविधान हो ।
* नेपाल राजपत्रमा प्रकाशन मिति २०७२।०६।०३
* यस संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
* संविधान जारी हुँदा प्र.म : शुसिल कोईराला
* नेपालको संविधानको मस्यौदा समितिको अध्यक्ष : कृष्णप्रसाद सिटौला
नेपालको संविधान भाग ३१ को धारा २७४ संविधान संशोधनलाई टेकेर हालसम्म:
१. नेपालको संविधान (पहिलो संशोधन) : २०७२।११।१६ गते ।
* पहिलो संशोधनले धारा ४२ मा रहेको सामाजिक न्यायको हक, धारा ८४ र २८६ मा रहेको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ।
२. नेपालको संविधान (दोस्रो संशोधन), २०७७।०३।०४ गते, अनुसुची ३ (नेपालको निशान छाप) गरेर जम्मा दुईपटक संविधान संशोधन भएको छ।
04/08/2025
प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि एकीकृत पूर्वयोग्यता परीक्षा सम्बन्धी सूचना:
https://shorturl.at/oGtEl
पाठ्यक्रमः https://shorturl.at/R9d5L