24/04/2026
Little hands, big creativity! Happy faces enjoying colorful paper craft fun.
New Ceres Secondary School has been dedicated to delivering quality education since its establishment in 1996.
We are committed to nurturing young minds through a balanced approach that combines academic excellence, practical teaching methods.
24/04/2026
Little hands, big creativity! Happy faces enjoying colorful paper craft fun.
24/04/2026
Big shout out to my new rising fans! Parwati Rawal Dhami, Karan Kabita Ishansusan
24/04/2026
Teacher Wanted!
New Ceres School मा Computer (Lower Secondary) र English (Secondary) शिक्षक आवश्यक।
Tarakeshwor–10, Manamaiju
📞 984-1245282
👉 Apply now!
अभिभावकहरूका लागि सूचना
शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला भएको जानकारी गराइन्छ।
भर्ना दर्ता मिति: २०८३ साल वैशाख ९ गते बुधबारदेखि सुरु हुनेछ।
हाम्रो विद्यालयमा प्रत्येक कक्षामा अधिकतम २० जना विद्यार्थी मात्र राखिने व्यवस्था गरिएको छ। अतः आफ्ना बालबालिकाको सिट सुरक्षित गर्न समयमै भर्ना गरिदिनुहुन अनुरोध गरिन्छ।
नियमित कक्षाहरू २०८३ साल वैशाख १४ गते सोमबारदेखि सञ्चालन हुनेछन्।
प्रधानाध्यापक
21/04/2026
PAPER CRAFT BY STUDENTS 😀
21/04/2026
Notice for parents.
Foundation for future.
20/04/2026
Kids with toys.
सूचना !
सबैलाई नमस्कार !!
विद्यालय सञ्चालन गर्ने सम्बन्धमा नेपाल सरकारबाट प्राप्त भएको निर्देशनात्मक सूचनाका आधारमा यही वैशाख ७ गतेदेखि सिर्जनात्मक तथा रचनात्मक क्रियाकलापमा संलग्न गराउने, विद्यार्थी परामर्श तथा उनीहरुको व्यक्तित्व विकास हुने कार्यमा संलग्न गराउने गरी वाह्य पोशाकमा (युनिफम नलगाई ) प्याब्सन अन्तर्गतका विद्यालयहरु सञ्चालन गर्ने निर्णय भएको व्यहोरा जनाकारी गराइन्छ । त्यसैगरी वर्षभरि सम्पादन गरिने कार्यक्रमहरुको योजना निर्माण तथा शिक्षकहरुको पेशागत वृत्ति विकासका लागि विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु पनि यस बीच सञ्चालन हुनेछन् ।
साथै विद्यार्थीहरुले केही दिन पाठ्यपसुतक सहितको झोला ल्याउन नपर्ने र यातायातका साधनहरु पनि सञ्चालनमा नल्याउने सल्लाह भएको हुँदा सोही अनुसार गर्नु/गराउनुहुन सूचित गरिन्छ।
झनकराज शर्मा गोपाल बुढाथोकी
सचिव अध्यक्ष
प्याब्सन तारकेश्वर प्याब्सन तारकेश्वर
आदरणिय अभिभावक ज्यू,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी निर्देशनअनुसार २०८३ सालको शैक्षिक सत्रमा वैशाख १५ गतेदेखि भर्ना प्रक्रिया र वैशाख २१ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने व्यवस्था रहेको सन्दर्भमा यस अवधिमा विद्यार्थीहरूको पठनपाठनको निरन्तरतामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले विद्यालयले आन्तरिक रूपमा आवश्यक समन्वय र तयारीलाई अझ बढाउँदै लैजानु जरुरी देखिन्छ । यस परिप्रेक्ष्यमा, विद्यालयले अभिभावकसँग निरन्तर संवाद र सहकार्य कायम राख्दै विद्यार्थीहरूलाई सिकाइसँग जोडिराख्ने खालका सिर्जनात्मक तथा व्यवहारिक गतिविधिहरू सञ्चालन गर्ने, आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्ने र सिकाइको वातावरणलाई सक्रिय बनाइराख्ने कार्यहरु भइरहेको छ । त्यसैगरी, विद्यालयभित्र शिक्षक तथा कर्मचारीहरूबीच जिम्मेवारी बाँडफाँड, अभिमुखीकरण, पूर्वतयारी योजना निर्माण, आवश्यक सामग्री तथा भौतिक तयारी लगायत नयाँ शैक्षिक सत्रका लागि आवश्यक पूर्वतयारीका कार्यहरू सञ्चालन हुनेछ ।
अतः भोली मिति २०८३ वैशाख ७ माथि उल्लेखित कार्यका लागि विद्यालयमा बिहान ९:३० बजे देखि दिउँसो १२:०० बजेसम्मको लागि OUT DRESS मा विद्यार्थिहरुको उपस्थिति गराउनको लागि अभिभावक ज्यूहरुमा हार्दिक अनुरोध गरिन्छ।
नोटः विद्यार्थिहरुले विद्यालयमा लिएर आउने शैक्षिक सामग्रीहरु – PEN, PENCIL, COPY, COLOUR, COLOUR PAPERS.
आदरणीय प्याप्सनिष्ट मित्रहरू
निजी लगानीका विद्यालयहरू सञ्चालन सम्बन्धी अन्योल रहेको अवस्थामा प्याब्सन काठमाडौँले यही वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने र वैशाख ७ गतेबाट विद्यार्थीहरुलाई विद्यालयमा बोलाएर पूर्व तयारी कक्षाहरू सञ्चालन गर्ने तथा बैशाख १५ गतेबाट नियमित कक्षाहरु संचालन गर्ने कुरा अवगत गराउँदै निर्धक्क साथ विद्यालयका गतिविधिहरु अगाडि बढाउन हार्दिक अनुरोध गरिन्छ । धन्यवाद !
नवराज भट्ट
अध्यक्ष
प्याब्सन काठमाडौ
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:15 |