लोकसेवा तयारी - Loksewa Preparation

लोकसेवा तयारी - Loksewa Preparation लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजानिक संस्थान का विज्ञापन, नोट, र समाचार सम्बन्धि सुचना हरू

31/10/2022

कुन तहको शिक्षकको विज्ञापन कहिले खुल्छ ?
🔸माध्यमिक तह, तृतीय श्रेणी : पुष
🔸निम्न माध्यमिक तह, तृतीय श्रेणी : माघ
🔸प्राथमिक तह, तृतीय श्रेणी : फागुन
🔸अध्यापन अनुमतिपत्र : चैत/वैशाख

प्रदेश १ लोकसेवा आयोगले माग्यो अधिकृतस्तर छैटौ तहमा कर्मचारी
31/10/2022

प्रदेश १ लोकसेवा आयोगले माग्यो अधिकृतस्तर छैटौ तहमा कर्मचारी

प्रदेश १ लोकसेवा आयोगले माग्यो अधिकृतस्तर छैटौ तहमा कर्मचारी

13/10/2022
दोर्सो पत्र ❤️Source: Red Academy
12/10/2022

दोर्सो पत्र ❤️
Source: Red Academy

female मछ्ड बाट बच्नु होलाज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्...
30/09/2022

female मछ्ड बाट बच्नु होला
ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

30/09/2022

पहिलोपटक लोकसेवा तयारी गर्दै हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुरा 🙏❣️

लोकसेवा तयारीका क्रममा निम्तिने द्विविधा अनगिन्ती छन् । त्यसमा पनि पहिलोपटक झनै धेरै अन्योलता सिर्जना भइरहेका हुन्छन् । के पढ्ने, के नपढ्ने, कसरी पढ्ने, पढेका विषयवस्तुलाई सटिक रूपमा कसरी ढाँचा मिलाएर प्रस्तुत गर्ने ? लोक सेवा तयारीमा रहेकाले बरोबर गरिरहने प्रश्न हो यो ।

☆पुस्तक छनोटबारे

⇨बजारमा लोक सेवा तयारीका लागि भनेर विभिन्न लेखकका अनेक पुस्तक उपलब्ध छन् । पुस्तक छनोटमा पनि उत्तिकै द्विविधा हुनसक्छ । त्यसका लागि सर्वप्रथम लेखकको योग्यता, पृष्ठभूमि र अनुभवलाई ध्यान दिनुपर्ने हुन्छ । जुन विषयको पुस्तक हो, सोही विषयसँग सम्बन्धित योग्यता र अनुभव भएका लेखक भए पुस्तक बढी विश्वसनीय हुनसक्छ ।

⇨दोस्रो, लेखकले विषयसँग सम्बन्धित कति सन्दर्भ सामग्री अध्ययन गरेर पुस्तक लेखेको छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ । यो थाहा पाउन पुस्तकको अन्त्यमा राखिएको सन्दर्भ सामग्रीको सूची हेर्नु पर्छ । तेस्रो, विषयवस्तुको प्रस्तुति कत्तिको सान्दर्भिक, गहन र सरल छ, सरसर्ती हेर्नु पर्दछ । चौथो, विषयवस्तुको अद्यावधिकतालाई ध्यान दिनुपर्छ । पुस्तकको पछिल्लो संस्करण भर्खरै भएको छ र पुस्तकमा प्रयोग भएका तथ्यांकहरू अद्यावधिक छन् भने राम्रो हुन्छ । कतिपय पुस्तकले संस्करण मिति हालसालैको राखेका भए पनि विषयवस्तु र तथ्यांकहरू अद्यावधिक नगरेका पनि हुन सक्छन् ।

☆ध्यान केन्द्रित गर्न के गर्ने ?

⇨यदि तपाईं पहिलोपटक लोकसेवाको तयारीमा हुनुहुन्छ भने पढ्न बसेपछि मनमा अनेका कुरा खेल्छन् । पढाइमा एकाग्रता अभ्यासबाट मात्र हासिल गर्न सकिन्छ । त्यसैले सुरु–सुरुमा पढ्न खोज्दा मनमा अनेकन कुरा खेल्ने गर्नु स्वाभाविक हो । तर तपार्इंमा गहिरो इच्छाशक्ति, दह्रिलो लगाव र अथक निरन्तरता भयो भने क्रमशः यस्तो अनुभव हुँदै जानेछ कि तपाईंलाई पढ्न थालेपछि समय बितेको पत्तो नै हुनेछैन । त्यसैले नियमित रूपमा निरन्तर अध्ययन गर्ने बानी बसाल्नु पर्दछ । ध्यान नगएको अवस्थामा लेख्दै, पढ्दै गर्नाले पनि एकाग्रता बढाउन मद्दत पुग्छ । प्रत्येक दिन बिहान उठ्नासाथ १५ मिनेट जति ध्यान गर्ने बानी बसाल्नाले पनि दिमागलाई एकाग्र राख्न सक्ने क्षमता बढ्छ ।

☆प्रश्नपत्र हलबारे

⇨विषयवस्तुको जानकारी हुन्छ, लेख्न सक्छु भन्ने पनि हुन्छ तर कहाँबाट कसरी लेख्न सुरु गर्ने, व्याख्या र अन्त्य कसरी गर्ने ? त्यसको भेउ पाइँदैन । अलमल नै अलमल हुन्छ । अलमल भएपछि आफूले जानेका र मनमा आएका कुरा प्रष्टसँग लेख्न सकिँदैन । यस्तो अवस्थामा प्रश्नको उत्तर लेख्न सुरु गर्नुपूर्व प्रश्नलाई ध्यान दिएर पढ्ने र प्रश्नका खण्ड पहिचान गरी कि वर्डहरू अन्डरलाइन गर्नुपर्छ । त्यसपछि कि वर्डका आधारमा प्रत्येक खण्डको शीर्षक राखी प्रश्नले मागेको विषयलाई मात्र सरल र संक्षिप्त रूपमा सोझै लेख्नु पर्दछ । सम्भव भएसम्म उत्तर लेख्दा बुँदागत रूपमा प्रस्तुत गर्नु पर्दछ । आफ्नो प्रस्तुतिलाई तार्किक र वैध बनाउन सान्दर्भिक तथ्य तथा उदाहरणहरू दिन सकिन्छ । परीक्षामा धेरै व्याख्यात्मक शैलीको प्रयोग भने गर्न सम्भव हुँदैन । त्यसैले तयारीको बेलादेखि नै एउटा निश्चित खाकाभित्र रहेर उत्तर लेख्न पर्याप्त अभ्यास गर्नाले मात्र परीक्षामा जस्तो सुकै प्रश्नको पनि कुनै अन्योलताबेगर समाधान गर्न सकिन्छ ।

⇨लोकसेवाको परिक्षामा सोधिएका प्रश्नहरूको कतिपय उत्तर तथ्य र तथ्यांकमा दिनुपर्छ भने कतिपय आफ्नै ब्याख्यात्मक शैलीमा । तर कतिपयमा यी सबै आयामलाई समेट्नुपर्छ । एउटै उत्तरमा तथ्य, तथ्यांक र आफ्नो मौलिक व्याख्यालाई कुन हदमा र कसरी समेट्ने भन्ने द्विविधा हुनसक्छ । यस्तो अवस्थामा के गर्ने त ?

⇨प्रश्न क्वालिटेटिभ र क्वान्टिटेटिभ गरी दुई प्रकृतिका हुन सक्छन् । तथ्यांकको प्रस्तुति, तुलना र विश्लेणको अपेक्षा गर्ने प्रश्नलाई क्वान्टिटेटिभ प्रश्न मान्न सकिन्छ भने आफ्नो बुझाइ, स्थापित सिद्धान्त तथा मान्यताहरू र राष्टिय तथा अन्तर्राष्टिय अभ्यासका आधारमा विषयवस्तुको व्याख्या एवं विश्लेषण गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने प्रश्नलाई क्वालिटेटिभ प्रश्नका रूपमा लिन सकिछ । तर कहिलेकाहीँ एउटै प्रश्नमा दुवै प्रकृतिको मिश्रण हुनसक्छ । त्यस्तो अवस्थामा तथ्यांकको प्रस्तुति र विश्लेषण गर्दा बढी वस्तुगत र निरपेक्ष भई गनु पर्छ भने त्यस्तो तथ्यपरक विश्लेषणका आधारमा आफूले गर्ने सिफारिस वा निकाल्ने निष्कर्षचाहिँ मौलिक र विषयगत हुनु पर्दछ । यद्यपि, जस्तो प्रकृतिको प्रश्न भए पनि अत्यधिक तथ्यांक प्रस्तुति गर्नु वा पूर्ण रूपमा तथ्यविहीन भई मनोगत उत्तर लेख्नु दुवै राम्रो होइन । तथ्य र तर्कको सम्मिश्रणले मात्र उत्तरलाई सार्थक बनाउँछ ।

☆पढेका कुरा स्मरण गर्न र जानेका कुरा लेख्न के गर्ने ?

⇨विद्यार्थीको अर्को समस्या हो, तयारी गर्दै गर्दा पढ्ने बेला पढेका कुरा दिमागमा बसेजस्तो लाग्छ, तर उत्तर दिने बेला पढेका कुरा आउँदैनन् । यो पनि साझा समस्या हो । यस्तो भएमा आफूले कस्तो अध्ययन विधि अपनाइरहेको छु भन्नेबारे ध्यान दिनुपर्छ । यसको एउटै उपाय भनेको लेख्दै, पढ्दै गर्ने नै हो । कुनै पनि विषय बढ्ने, एकपटक पुस्तक बन्द गरेर सोच्ने अनि आफ्नै शैलीमा लेख्ने । निरन्तर यस्तो अभ्यास गर्नुभयो भने तपाईंमा यो समस्या रहँदैन । धेरै परीक्षार्थी पढेर बुझियो भने परीक्षामा त लेखिहालिन्छ नि भन्ने सोच्छन् र पूर्वलेखन अभ्यास गर्दैनन । त्यसैले उनीहरू प्रश्नको उत्तर जानेर पनि राम्ररी लेख्न नकस्दा प्रतिस्पर्धामा असफल हुन्छन ।

⇨लोकसेवा परीक्षामा सफलताका लागि आकर्षक लेखन शैली महत्त्वपूर्ण हुन्छ । यसका लागि उत्तरको निश्चित खाका र पेपर फोल्डिङ्, लाइन स्पेसिङ्, प्याराग्राफिङ्, भाषा छनोटजस्ता श्रृंगारिक पक्षहरूमा ध्यान दिनुपर्छ । उत्तरको खाका आकर्षक बनाउन प्रत्येक खण्डलाई अलग–अलग शीर्षक तथा उप–शीर्षक दिई अनुच्छेद र बुँदाको उचित संयोजन गरेर लेख्ने र अन्तिममा संक्षिप्त निष्कर्ष प्रस्तुत गर्नुपर्छ । श्रृंगारिक पक्षअन्तर्गत पेपरलाई बायाँतिर १.२५ इन्च र अरू तीनैतिर १ इन्च छोडी फोल्डिङ् गर्नुपर्छ । फोल्डिङ् गरिएको रेखाबाहिर गएर कतै पनि लेख्नु हुँदैन । लेख्दा अक्षरहरू अलि बोल्ड र ठूला हुने पेनको प्रयोग गरी नखादीकन र धेरै नदबाइकन हल्का लेख्नुपर्छ । शब्दहरूका बीचमा लाइनहरूका समान र पर्याप्त स्पेस छोड्नुपर्छ । वाक्यहरू सम्भव भएसम्म छोटा र सरल हुनुपर्छ । अनुच्छेदहरू ५ देखि ६ लाइनमा नबढ्ने गरी छोटा–छोटा लेख्नु राम्रो हुन्छ । एउट अनुच्छेद र अर्को अनुच्छेदको बीचमा लाइनहरूका बीचमा छोडेको स्पेसको दोब्बर स्पेस छोड्नु पर्छ । प्रत्येक अनुच्छेदको पहिलो वाक्य एक इन्डेन्ट भित्रबाट सुरु गर्नुपर्छ । यसले लेखाइलाई आकर्षक बनाउँछ । भाषा छनौट गर्दा विशुद्ध नेपाली वा विशुद्ध अंग्रेजी लेख्नु राम्रो हुन्छ । तर माध्यम भाषा नेपाली बनाएर बीच–बीचमा आवश्यक पर्दा अंग्रेजी शब्दहरू (तर अनावश्यक र भद्दा नदेखिने गरी) प्रयोग गर्न सकिन्छ । एउटा सिंगो खण्ड नेपालीमा र अर्को कुनै सिंगो खण्ड अंग्रेजीमा लेख्न पनि सकिन्छ । तर एउटा खण्ड पूरै एउटै भाषामा लेखेको राम्रो हुन्छ । कुनै अमूक भाषाको प्रयोगका आधारमा प्राप्त गर्ने अंकमा तलमाथि होला कि भन्ने सोच्नु भ्रम मात्र हो । जुनसुकै भाषामा लेखे पनि मूल्यांकनमा फरक पर्दैन ।

(नेपाल सरकारका सहसचिव प्रकाश दाहालसँगको कुराकानीका आधारित)

Vacancy Notice.
30/09/2022

Vacancy Notice.

28/09/2022
सहिद गंगालाल हृदय केन्द्र ,प्रशासन सहायक लाई सोधिएको प्रश्नपत्र
20/09/2022

सहिद गंगालाल हृदय केन्द्र ,प्रशासन सहायक लाई सोधिएको प्रश्नपत्र

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when लोकसेवा तयारी - Loksewa Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share