KG Educational Research Centre

KG Educational Research Centre

Share

Get the knowledge you seek.....

19/05/2026

गणित, विज्ञान र नेपालीमा निकै कमजोर

७६ जिल्लाका १८ सय विद्यालयमा अध्ययनरत कक्षा १० का ४४ हजार विद्यार्थीमा गरिएको अध्ययनमा गणित, विज्ञान र नेपालीमा सिकाइको स्तर कमजोर देखिएको छ । राष्ट्रिय औसत अंक गणितमा ५००, नेपालीमा ४९९, विज्ञानमा ५०५ र अंग्रेजीमा ५१५ मानेर प्रश्नावलीका आधारमा विद्यार्थीको सिकाइ उपलब्धि मापन गरिएको थियो ।

जसमध्ये गणितमा ६०, विज्ञानमा ५१ र नेपालीमा ५४ प्रतिशत विद्यार्थी कमजोर देखिएका छन् । अंग्रेजीमा भने कमजोर विद्यार्थीको प्रतिशत ३० मात्र छ । तीन वर्ष अगाडि पनि यस्तै परीक्षण गरिएको थियो। त्यस क्रममा कुल ४४ हजार विद्यार्थीमध्ये १८ प्रतिशतले मात्र पढेका कुरा सिकेको पाइएको थियो ।

Photos from KG Educational Research Centre's post 18/05/2026

छुट्नुहोला है !

SEE पछि विद्यार्थीहरूको उच्च शिक्षाको रोजाईमा पर्ने काठमाडौंका दुई विद्यालय ग्लोबल कलेज र रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा ११को छात्रावृत्ति प्रवेश परीक्षा आज सम्पन्न भएको छ । अर्को उत्कृष्ट विद्यालय केएमसी माद्यामिक विद्यालयले भने प्रवेश परीक्षा जेष्ठ ५ गते संचालन गर्ने भएको छ ।

16/05/2026

आफ्नो Passion र Hobby लाई Support गर्ने Environment भएको School कसरी छनोट गर्ने ?

१. विद्यालयले पढाइसँगै प्रतिभालाई महत्व दिन्छ कि दिँदैन हेर्नुहोस्
केवल परीक्षा र अंकमा मात्र जोड दिने होइन, संगीत, खेलकुद, नृत्य, Public Speaking, Art, Writing, Coding, Media जस्ता क्षेत्रमा पनि अवसर दिने विद्यालय रोज्नु राम्रो हुन्छ।

२. Club तथा Extra Activities छन् कि छैनन् बुझ्नुहोस्
विद्यालयमा Debate Club, Sports Club, Science Club, Music Club, Media Club जस्ता गतिविधि छन् भने विद्यार्थीले आफ्नो रुचि विकास गर्ने अवसर पाउँछन्।

३. शिक्षक र विद्यालय प्रशासनको सोच कस्तो छ हेर्नुहोस्
के शिक्षकहरूले विद्यार्थीको नयाँ सोच, सिर्जनशीलता र प्रतिभालाई प्रोत्साहन गर्छन् ?
“पढाइ मात्र होइन, सीप र प्रतिभा पनि महत्त्वपूर्ण हो” भन्ने सोच भएको विद्यालय उपयुक्त हुन्छ।

४. विद्यार्थीका उपलब्धि हेर्नुहोस्
त्यो विद्यालयका विद्यार्थीहरूले खेल, कला, वक्तृत्व, विज्ञान, नेतृत्व वा अन्य क्षेत्रमा सफलता पाएका छन् भने विद्यालयले talent support गर्ने वातावरण दिएको बुझ्न सकिन्छ।

५. विद्यालय भ्रमण गरेर वातावरण महसुस गर्नुहोस्
विद्यालय गएर कक्षा, गतिविधि, विद्यार्थीको व्यवहार, सूचना बोर्ड, कार्यक्रमहरू आदि हेर्दा त्यहाँको वास्तविक वातावरण थाहा हुन्छ।
खुला, सकारात्मक र सिर्जनशील वातावरण भएको विद्यालयले passion लाई बढ्न मद्दत गर्छ।

६. आफ्नो लक्ष्यसँग विद्यालय मेल खान्छ कि छैन सोच्नुहोस्
यदि कसैलाई Sports, Media, IT, Music, Leadership वा Entrepreneurship मा रुचि छ भने त्यस्तो क्षेत्रलाई support गर्ने कार्यक्रम भएको विद्यालय छनोट गर्नुपर्छ।

10/05/2026

प्रकाशनको तयारीमा SEE नतिजा
गत वर्षभन्दा उत्तीर्ण विद्यार्थी संख्या १० % ले वृद्धि हुन् सक्ने।

04/05/2026

Finland र Norway को शिक्षा प्रणाली संसारमै उत्कृष्ट मानिन्छ जसका पांच मुख्य कारण जान्नुहोस् :

१ . विद्यार्थी-केंद्रित शिक्षा (Student-centered learning)

यी देशहरूमा “पढाउने” भन्दा “सिक्ने” मा बढी ध्यान दिइन्छ।
विद्यार्थीको रुचि, गति र क्षमता अनुसार पढाइ हुन्छ, जसले उनीहरूलाई दबाबभन्दा उत्साह दिन्छ।

२ . उच्चस्तरीय शिक्षक (Highly qualified teachers)

शिक्षक बन्न निकै कडा प्रक्रिया हुन्छ। शिक्षकहरू Master’s degree गरेका हुन्छन् समाजमा शिक्षकको धेरै सम्मान हुन्छ यसले शिक्षाको गुणस्तर स्वतः बढाउँछ।

३ . कम होमवर्क, कम परीक्षा : धेरै परीक्षा हुँदैन, होमवर्क पनि कम हुन्छ यसले विद्यार्थीलाई तनावमुक्त राख्छ र उनीहरूले वास्तविक बुझाइ विकास गर्छन्, रटाइ होइन।

४ . व्यवहारिक र जीवनोपयोगी शिक्षा (Life skills focus) : पाठ्यक्रममा जीवनमा काम लाग्ने सीपहरू (जस्तै: problem-solving, teamwork, creativity) मा जोड हुन्छ। यसले विद्यार्थीलाई भविष्यका लागि तयार बनाउँछ।

५ . समानता र अवसर (Equality in education) : सबै विद्यार्थीलाई समान अवसर निजी र सरकारी विद्यालयबीच ठूलो फरक हुँदैन
सबैलाई निःशुल्क र गुणस्तरीय शिक्षा छ यसले सम्पूर्ण देशको शिक्षा स्तर उकास्छ।

01/05/2026

पछिल्ला वर्षहरूमा बालबालिकासम्बन्धी विभिन्न अनुसन्धानहरूले उनीहरूको मानसिक अवस्था (mental state) र व्यवहार (behavior) मा केही गम्भीर तथा बढ्दो समस्याहरू देखाएका छन्। विशेषगरी डिजिटल युग, पारिवारिक परिवर्तन, र शैक्षिक दबाबका कारण यी समस्याहरू बढिरहेका छन्।

१. चिन्ता र डिप्रेसन (Anxiety & Depression)
धेरै बालबालिकामा अत्यधिक चिन्ता (anxiety) र उदासीपन (depression) देखिएको छ।
परीक्षा, प्रतिस्पर्धा, अभिभावकको अपेक्षा, र सामाजिक तुलना मुख्य कारण हुन्।
सानो उमेरमै “म असफल भएँ” भन्ने भावना विकास हुन थालेको छ।
२. ध्यान अभाव र एकाग्रता समस्या (Attention Issues)
मोबाइल, गेम, र सामाजिक सञ्जालका कारण ध्यान केन्द्रित गर्न नसक्ने समस्या बढेको छ।
पढाइमा रुचि घट्ने र छिटो बोर हुने प्रवृत्ति देखिन्छ।
३. आक्रामक व्यवहार (Aggressive Behavior)
झर्किने, रिसाउने, झगडा गर्ने जस्ता व्यवहार बढेका छन्।
विशेषगरी हिंसात्मक गेम, पारिवारिक तनाव, र अनुशासनको कमीले प्रभाव पार्छ।
४. सामाजिक एक्लोपन (Social Isolation)
धेरै बालबालिका अकेलापन (loneliness) महसुस गरिरहेका छन्।
बाहिर खेल्नेभन्दा मोबाइलमा समय बिताउने बानीले सामाजिक सीप कमजोर भएको छ।
५. आत्मविश्वासको कमी (Low Self-esteem)
आफूलाई अरूसँग तुलना गर्दा “म कमजोर छु” भन्ने सोच विकास हुन्छ।
Social media मा देखिने “perfect life” ले पनि असर गर्छ।
६. निद्रा समस्या (Sleep Disturbance)
राति अबेरसम्म मोबाइल चलाउने बानीले निद्रा बिग्रिने समस्या बढेको छ।
यसले दिमागी विकास र व्यवहारमा असर गर्छ।
७. डिजिटल लत (Screen Addiction)
अत्यधिक स्क्रिन प्रयोगले
चिडचिडापन
ध्यान कमी
सामाजिक दूरी
जस्ता समस्या निम्त्याउँछ।

01/05/2026

30/04/2026

प्रोफेसर र नाविक

एकदिन एकजना उच्च शिक्षित प्रोफेसर Professor नदी पार गर्न डुङ्गामा चढे। डुङ्गा चलाउने एक सामान्य नाविक Boatman थिए।

डुङ्गा बिस्तारै अगाडि बढ्दै थियो। प्रोफेसरले नाविकसँग कुरा सुरु गरे।

प्रोफेसर:
“तिमीले गणित पढेका छौ ?”

नाविक:
“छैन सर, मलाई त पढ्नै पाइएन।”

प्रोफेसर:
“ओहो! तिमीले आफ्नो जीवनको २५% उमेर त्यसै खेर गयो ।”

केहीबेरपछि फेरि सोधे—
“ अलिकति विज्ञान पढेका छौं ? थाहा छ यसको बारेमा ?”

“त्यो पनि थाहा छैन सर।”

“अनि त आधा जिन्दगी खेर गयो !”

त्यसपछि—
“दर्शनशास्त्र पढेका छौ ?”

“छैन सर।”

“अनि आधाभन्दा धेरै जिन्दगी खेर गयो तिम्रो ।”

नाविक चुपचाप सुनिरहे।

अचानक नदीमा ठूलो आँधी आयो। डुङ्गा डुब्न लाग्यो।

अब नाविकले प्रोफेसरलाई सोधे—

नाविक:
“सर, तपाईंलाई पौडी खेल्न आउँछ ?”

प्रोफेसर: आत्तिदै भने
“आउँदैन!” कहाँबाट पौडिन आउनु मैले विश्व विद्यालयकै पढाइमा समय गुजारे , पौडी सिक्ने समय नै मिलेन।

नाविकले गम्भीर हुँदै भने—
“सर, अब तपाईंको पुरै जिन्दगी खेर गयो ।” यति भनेर ऊ डुङ्गाबाट बाहिर हाम फालेर पौडिन थाल्यो।

30/04/2026
29/04/2026

विद्यालयतहमा पढ्ने ४२ प्रतिशत विद्यार्थीहरुले मोबाइल इन्टरनेटको कारणले परिवारका सदस्यहरुमा सँगै बस्ने र कुराकानी गर्ने चलन कमी हँुदै गएको महशुस गरेको बताएका छन् । कलिलो उमेरका विद्यार्थीमा यस्तो महशुस हुनु घातक कुरा हो । काठमाडौंमा बस्ने ५ देखि १० कक्षासम्मका २०० जना विद्यार्थीहरूलाई मोबाइलको कारण तपाइको परिवारमा एकअर्कासंग कुराकानी गर्ने, संगै बस्ने चलनमा कुनै असर पारेको छ कि छैन भन्ने प्रश्न सोधिएको थियो।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Chabahil, Gopikrishna Marga/7
Kathmandu

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00