SEE MATHS

SEE MATHS solution

09/10/2023
08/10/2023
09/02/2021

#विद्यालय

मलाई पढ्पढ् मात्रै नभन्नुहोस् बा
मलाई खुला संसार पढ्न दिनुहोस् ।

जब म झोला बोकेर स्कूल जान्छु
गेटमा नपुग्दैदेखि
मेरा खुट्टा
लगलगी काप्न थाल्छन्
अनि स्कूलमा सर-मिसहरूलाई
भेट्ने बित्तिकै
मेरो मुटुको धड्कन
झन्झन् बढ्न थाल्छ
अब भन्नुस् त बा
म कक्षामा प्रवेश गरेर
कसरी पढ्न सक्छु ?

तपाईं हरेक दिन नयाँ कुरा
सिकेर आउन भन्नुहुन्छ
राम्रोसँग पढेर सबैलाई
जितेर आउन भन्नुहुन्छ
हिजो पढाएको पाठ बुझेकै छैन मैले
भन्नुस् त बा
म आज कसरी नयाँ कुरा सिक्न सक्छु ?
कक्षामा नबुझेको पाठ सोध्नै हुँदैन
टाउकोमा लौरो बज्रन्छ
उठेर बोल्नै पाईंदैन
गालामा चड्कन हानिन्छ
भन्नुस् त बा
मैले कसरी सबैलाई जित्न सक्छु ?

बा मलाई त त्यो विद्यालय
विद्यालय जस्तै लाग्दैन
त्यो त पीडालय हुनुपर्छ
पीडा दिइरहने ।

विद्यालय त यस्तो हुनुपर्छ
जहाँ हरेक मान्छे स्नेही हुन् !
भय र त्रासमा होइन;
माया र ममताको वातावरणमा पढाइ होस्
सार्थक जीवन जिउने कला सिकाइयोस्
पौरखी बन्नुपर्छ भन्ने पाठ घोकाइयोस्

गुरुहरू फूल बनून्
जसका वरिपरि विद्यार्थी
मौरी बनेर भुन्भुनाई रहून्
गुरुहरू ज्ञानगुनका सुवास छरिरहून्
विद्यार्थी मग्न भएर
सुवास लिंदै गुन्गुनाई रहून् ।

बा बरु म अब
तपाईंकै काम सघाउँछु
तपाईं भारी बोक्नुहोस्
म तपाईंको कपडा बोकेर
पछिपछि हिंड्छु
तपाईं बार बार्नुहोस्
म चोया पुग्न दिन्छु
तपाईं काठ काट्नुहोस्
म चोइटा बटुल्छ
बा मलाई पढ्पढ् मात्रै नभन्नुस्
तपाईंसँगै तपाईंको जिन्दगी
पढ्न दिनुहोस् ।

तारे गोरुले हानोस् बरु मलाई
म गोठालो जान्छु
वन जंगलका बयर अनि बेलौती खान्छु
बा मलाई पढ्पढ् मात्रै नभन्नुहोस्
मलाई खुला संसार पढ्न दिनुहोस् ।

- ध्रुवप्रसाद ढकाल, गोरखा

Contact number 9813021206
05/02/2021

Contact number 9813021206

Address

Kathmandu
454545

Website

Alerts

Be the first to know and let us send you an email when SEE MATHS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category