22/12/2020
Finally human out of people reached humanity.
We are glad to announce that inspirational boy "future doctor" from Chamar Community received enough help after our post. He writes by thanking all:-
"हिजो मेरो समस्या लिएर वहाँहरुको विश्वसनीयता र सहयोगी छवि बाट प्रभावित भएर केही होला कि भन्ने आशमा रुटिन अफ नेपाल बन्द को कार्यलय गएको थिएँ ! वहाँले हामी आफू पैसा उठाउने काम गर्दैनौ तर सिधै दिने र लिने लाई connect गर्ने गरी सहयोग गर्छौं जसले गर्दा झन् पारदर्शिता हुन्छ भन्नु भो र मेरो नम्बर राखेर तुरुन्त पोस्ट गर्दिनु भो ! हिजै राती देखि यति धेरै फोन र म्यासेज आए की म त आत्तिए ! Esewa को अकाउण्ट को लिमिट २५ हजार हुने रैछ त्यो कटेर खाता बन्द भएछ, बैंक मा आज ब्यालेन्स चेक गर्न जाँदा आवश्यक रकम भन्दा धेरै जम्मा भइसकेको रहेछ ! केही घण्टा भित्रै मेरो समस्या समाधान गरिदिनु हुने RONB टिम र हजुर हरू सबै प्रति कृतज्ञ छु! आज धन्यवाद दिन र रकम अहिले लाई उठिसकेको ले सबैलाई धन्यवाद सहित हाललाई सहयोग बन्द गरिदिनु भनेर भनिदिनु होला भन्न लाई रुटिन अफ नेपाल बन्दको अफिस गएको थिएँ, तपाईं हरुको विश्वसनीयता र प्रभावकारिता झन् बढ्दै जाओस् हृदय देखि धन्यवाद RONB लाई !
तपाईं हरुले पठाउनु भएको पैसा के कति आयो सबै को डिटेल हिसाब बनाएर सहयोगी सबैलाई छिट्टै अपडेट गराउने छु ! भौचर र स्क्रीन सट मलाई मेरो फेसबुक ईमेल वा भाइबर मा पठाईदिनु भयो भने मैले तपाईंहरू सबैको हिसाब किताब राखेर पछि फिर्ता गर्न सजिलो हुने थियो ! अब मेरो फाइनल परीक्षा आउन लागेकोले तपाईं हरुको फोन म्यासेज को reply तुरुन्त दिन सकिन भने अन्यथा नलिनु होला, किनकि तपाईं हरुको म प्रतिको विश्वास र भरोसा लाई कायम राख्ने वाचा गर्दै आज बाट परीक्षाको तयारीमा जुट्ने छु, सबैको मंगल होस् 🙏
सहयोग, आशीर्वाद, माया र स्नेहको लागि धेरै धेरै धन्यवाद !
-रामजी राम
फोन/भाइबर: 9840014258