Rainbow Korean Language Institute

Rainbow Korean Language Institute

Share

Korean language About the Korean language

Photos from Rainbow Korean Language Institute's post 18/06/2016

7th pbt Nepal

19/04/2015

घट्यो कोरिया क्रेज, गतबर्ष भन्दा ११ हजार कमले परीक्षा फर्म भरे
रोजगारीका लागि आकर्षक गन्तव्यस्थल दक्षिण कोरिया जान चाहने युवाहरुका क्रेज केही घटेको छ । इपीएस भाषा परीक्षाका लागि देशभरीबाट फर्म भरेका विद्यार्थीहरुको संख्यालाई आधार मान्दा गतबर्षको तुलनामा योबर्ष कोरिया जान चाहनेहरुको क्रेज घटेको पाईएको हो ।

रोजगार अनुमति प्रणाली इपीएस मार्फत जान चाहने ५१ हजार ४ सय ९९ जनाले मात्रै यसबर्ष छैठौं कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

गत बिहिबारदेखि आइतबारसम्म आवेदन दिन पाउने व्यवस्था गरिएकोमा अवधिमा ५१ हजार ४९९ जनाले आवेदन दिएको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

गत वर्ष ६२ हजार ५ सय १४ जना जनाले भाषा परीक्षाको लागि आवेदन दिएकोमा यस वर्ष ११ हजार १५ जना कमले आवेदन दिएका छन् । काठमाडौँभित्र २६ हजार ८ सय ५५ जना र उपत्यका बाहिर २४ हजार ६ सय ४४ जनाले आवेदन दिएका छन् ।

उपत्यका बाहिर भने धरानमा नौ हजार ८९ जना, पोखराबाट आठ हजार ३ सय ३५, बुटवलबाट छ हजार ४ सय ३१ जना, डडेल्धुरामा ६ सय ८ जनाले र जनकपुरमा १ सय ८१ जनाले आवेदन दिएको इपिएस कोरिया शाखाले जनाएको छ ।
परीक्षा उत्तिर्ण हुने आवेदकले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्न सक्नेछन् । यसवर्ष उत्पादनमूलक क्षेत्रतर्फ सात हजार १ सय जनाले भाषा परीक्षा पास गर्ने अनुमान गरिएकोमा चार हजार ९ सय तथा कृषि तथा दुई हजार २०० जना पशुपालन क्षेत्रमा कोरिया लैजाने तयारी गरिएको छ ।

परीक्षास्थल तथा परीक्षा समयसम्बन्धी विस्तृत सूचना २०७२ जेठ २० मा प्रकाशित हुने शाखाले जानकारी दिएको छ । कास्कीको पोखरास्थित दरखास्त फाराम सङ्कलन केन्द्रमा फाराम दर्ता गराउने व्यक्ति पोखरा उपमहानगरपालिकास्थित परीक्षा केन्द्रबाट मात्र परीक्षामा सहभागी हुन सक्ने शाखाले जनाएको छ ।

भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते हुने र एक दिन २ सिफ्ट गरी सञ्चालन हुनेछ भने नतिजा साउन १६ गते प्रकाशित गरिनेछ ।

Photos 19/04/2015

6th EPS TOPIK दर्ता दरखास्त फारामको बिबरण

03/04/2015

कोरियामा यसरी अवैधानिक हुन्छन् नेपालीहरु


इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका आप्रवाशी कामदारहरु भिषा अवधि सकिएपछि अबैधानिक बस्ने क्रम बढिरहेको छ । यसवर्ष केही हजारको भिषा अवधि सकिदैछ । इपिएस कोरियाका अनुसार ४ वर्ष १० महिना कोरियामा काम गरेका आप्रवाशीहरु स्वदेश फर्कनुपर्ने हुन्छ ।

यसवर्ष स्वदेश फर्कनुपर्ने नेपालीहरु पनि ठूलो संख्यामा छन् । इपिएस कामदार वैधानिक रुपमै स्वदेश फर्केमा उक्त देशलाई दिएको कोटमा बढावा आउने छ । बैधानिक हैसियतमै स्वदेश फर्केमा थेजिगुम पाउने र सिविटिमार्फत पुनः कोरिया आउने बाटो खुल्ला हुन्छ ।

तर अवैधानिक हैसियतमा बसिरहेका र बस्ने तयारीमा रहेकाहरु स्वदेशमा आर्थिक, राजनीतिक, समाजिक, साँस्कृतिक, पारिवरिक बेरोजगारी, महंगी, भष्ट्राचार, बन्द–हड्ताल, खुट्टातान्ने विकृति–विसंगति लगायतका विभिन्न कारणले देश फर्किन नचाहेको बताउँछन् ।

कोरियन भाषा परीक्षा पास गरी सूचिमा नाम दर्ताभएपछि विभिन्न पेशा, व्यवसाय, अध्ययन, अध्यापनमा संलग्न रहेकाहरु सबै त्यागेर कोरिया आउछन् । यहाँको कार्यशैली, परिश्रम र पारिश्रमकले लोभ्याएपछि आप्रवाशी कामदारहरु हत्तपत्त स्वदेश फर्किन मान्दैनन् ।

१ हजार डलर लगानीमा मासिक १ हजार डलरभन्दा बढि कमाई हुने कोरियामा वर्षेनी हजारौं आप्रवाशी कामदारहरु इपिएस मार्फत आउने गर्छन । कोरियाले वर्षेनी इपिएस मार्फत छिमेकी १५ मुलुकबाट ५० हजारभन्दा बढि कामदार भित्राइरहेछ । नेपालीहरु २ हजारको हाराहारीमा अवैधानिक हैसियतमा लुकिछिपि काम गरिरहेका अनुमान छ ।

उमेर हदवन्दी ः आप्रवाशी (अदक्ष इ–९) कामदार लिने प्रक्रियामा कोरियाले १८ देखि ३९ बर्ष हुनुपर्ने प्रावधान राखेको छ । जसमध्य कोरिया आएर ३९ वर्ष उमेर नाघेका अधिकाश आप्रवाशीहरु अवैधानिक बस्ने गरेका छन् ।

३९ वर्ष उमेर नाघेपछि पुन कोरिया आउन नपाइने कारण उनिहरु अवैधानिक भएपनि अलिक वर्ष कमाउन रुचाउछन् । श थरका ४१ वर्षिय एक व्यक्तिले भने ‘उमेर हदबन्दीमा खुकुलो बनाउने हो भने अवैधानिक संख्यामा कमी आउने थियो ।’

रोजगारकेन्द्रको लापवार्ही ः करिब ६ महिना अगाडि रोजगार अनुमति प्रणाली मार्फतको इ–९ भिषामा कोरिया आएका संखुवासभाका के थरका २३ वर्षिय युवक रोजगारकेन्द्रबाटै अवैधानिक भए । रोजगारस्थान परिवर्तन गर्नका लागि रोजगारकेन्द्रले दिएको ३ महिनाको अवधिमा उनि काममा लाग्न सकेनन् । अन्ततः उनि अवैधानिक भए ।

‘राम्रो काम खोज्दा खोज्दै ३ महिना वित्यो । कुनै कम्पनीले मलाई राखेन, कुनै कम्पनीमा मैले काम गर्न चाहिन । योजना थियो लिगल बस्ने । भिषा सकियो । सोंचे जस्तो कमाई र बचत नभएको वहानामा योजना तुहियो । अन्तत ः उनि अवैधानिक बसें ।

हुण्डी व्यवसाय ः कोरिया आएदेखिनै ‘हुण्डी’ अवैधानिक व्यवसाय गर्दै आएका के थरका एक कामदार नाफामुखि उक्त व्यवसाय छोड्न लोभ लागेका कारण अवैधानिक बसेका छन् । उनले नेपालीहरुको पैसा संकलन गरी केही कमिसन खाएर हुण्डीबाट नेपाल पठाइदिने गरेका छन् ।

उनिजस्तै इपिएस लागु हुनु पूर्वनै कोरिया आएर अवैधानिक हैसियतमा काम गरिरहेका केही नेपालीहरुपनि अवैधानिक हुण्डी चलाउनकै लागि कोरियामा लुकिछिकि बसिरहेका छन् । “कम्पनीको कमाइभन्दा हुण्डीबाट बढि आम्दानी हुन्छ ।’ नाम नलेख्ने सर्तमा उनले भने ‘यहाँ यतिकै कमाईरमाई छोडी देश जानु के मलाई बौलाहा कुकुरले टोकेको छ र ?’

पारिवारिक रहर ः ‘कोरियामा आर्जन गरेको शीप, शैली र अर्थको सही सदुपयोग गर्ने खालको व्यवसाय गर्ने चाहना थियो ।’ चितवनकी जि थरकी एक महिलाले भनिन् ‘भिषा अवधि सकिन केही समय बाँकी छ । घरबाट अलि समय कोरियामै बस भनेका छन् । १–२ वर्ष ओभरस्टे बस्छुहोला ।’

कृर्षिमा काम गाह्रो भएर ः कृर्षि क्षेत्रमा काम गर्न आउनेहरु लामो समय खट्न नसकेर अवैधानिक हुने गरेका छन् । दैनिक १२ घण्टाभन्दा बढि लगातार काम । महिनामा २ दिनमात्र विदा । खाना र बस्न असहज । श्रम अनुसार ज्याला कम । साहुको दुव्यवहार । वाहिर काम गर्नुपर्दा घामपानी सहन गाह्रो लगायतका कारण कामदारहरु काम गर्न नसकेर भाग्ने गरेका छन् ।

स्वदेशको व्यथिति ः स्याङ्जाका अ थरका २८ वर्षिय युवा भन्छन् ‘घरमा बुबालाई सोधें, नेपालमा लगानी गर्ने वातावरण कस्तो छ ? जवाफ आयो–महंगी र लोडसेड्रिङले हैरान छ । के व्यवसाय गर्छस । अझ दुई चार वर्ष त्यतै बस ।’

ख्वान्जुस्थित एक मेटल कम्पनीमा दैनिक १५ घण्टा काम गर्ने उनले भाइवरमा गुनासो गरे । ‘यहाँ काम अनुसार दाम छ । स्वदेशमा जागिरको कुरै छाडौं, सानोतिनो व्यवसायका लागि हामीलाई वातावरणसम्म छैन ।’

धादिङका रा थरका ३९ वर्षिय एक युवक पनि ४ महिना अघिदेखि लुकीछिपी काम गरिरहेका छन् । ‘कोरिया आएर समय र परिश्रमको महत्व थाहा भयो ।’ उनि भन्छन् ‘अब अलिक वर्ष कमाएर फर्किनुपर्ला ।’

त्यस्तै म थरका एक युवक भन्छन ‘गाह्रो भएनी श्रम अनुसार ज्याला छ । नेपालमा गएर केही गर्ने वातावरण देखे पो त आफ्नै देश जाऊ जाऊ लाग्छ ।’

कोरियामा अवैधानिक बस्ने कारण खोजी नेपालमा लगानी गर्ने वातावरण सिर्जना गरिदिएमा अवैधानिक संख्यामा न्युनिकरण हुने थियो की अर्का ला थरका एक युवकले भने ।

- See more at: https://www.facebook.com/edukorea.np

Rainbow Korean Language Institute Korean language

03/04/2015

टिबि रोग देखिएमा कोरिया बस्न नपाइने

हेनेको सम्वाददाता |
कोरिया इमिग्रेशनले नेपाल, बंगलादेश, श्रीलंका भारत लगायत १८ देशबाट कोरिया प्रवेश गरि ३ महिना भन्दा बढी बसोबास गर्ने विदेशीहरूले नजिकको कोरियन सरकारि स्वास्थ्य केन्द्र(보건소) फोगन्सो बाट अनिवार्य टिबि रोगको परिक्षण गरि रिपोर्ट पेश गर्नु पर्ने जनाएको छ । इमिग्रेशनले परिक्षणको क्रममा टिबि भेटिएमा भिसा स्वीकृति नदिइने र स्वदेश फिर्ता पठाइने जानकारी गराएको छ । यहाँ कार्यरत व्यक्तिमा यो समस्या भेटिएमा प्रथम चरणमा उपचार गराउने, सरूवा वा धेरै नै समस्याग्रस्त भएमा स्वदेश फिर्ता गराइने इमिग्रेशनले जारी गरेको सुचनामा उल्लेख छ ।

यस्तै सरूवा रोग, ड्रग प्रयोग आदि पाइएमा समेत स्वदेश फिर्ता हुनुपर्ने जानकारी गराइएको छ । कोरियामा टिवि रोगीको संख्यामा उल्लेख्य बृद्धि भएको देखिएपछि कोरियाले यस्तो निर्णय गरेको कोरियामा पिएचडी अध्ययनरत तथा हाल कोरियाको श्रम तथा रोजगार बिभाग अन्तर्गत बुसानमा अतिरिक्त समय काम गर्दै आएका लोकनाथ खरेलले जानकारी दिनुभयो ।

- See more at:https://www.facebook.com/edukorea.np

Rainbow Korean Language Institute Korean language

03/04/2015

कोरियाका लागि भाषा परीक्षाको आवेदन खुल्यो';
इपिएस अन्तर्गत कोरिया जान भाषा परीक्षाको आवेदन खुलेको छ ।श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना आह्वान गरी परीक्षाको लागि आवेदन फारम भरी दर्ता गर्न आह्वान गरेको छ । रोजगारीका लागि कोरिया जान इच्छुक १८ देखि ३९ वर्षका नेपाली नागरिकले बैशाख ३ देखि ६ गतेभित्र काठमाडौं उपत्यकाका ५ ठाउँ र काठमाडौं बाहिर ५ ठाउँमा भाषा परीक्षाको लागि आवेदन बुझाउन सक्नेछन् ।

काठमाडौंमा गौशालाको नेपाल वेद विद्याश्रम संस्कृत मावि, महाराजगञ्जको काठमाडौं भ्याली उच्च मावि, कीर्तिपुरको ल्याबरेटोरी उच्च मावि, सातदोबाटोको महेन्द्र आदर्श विद्याश्रम र वालकुमारीको च्यासल फुटवल खेल मैदानलाई फारम बुझाउने ठाउँ तोकिएको छ । त्यस्तै काठमाडौं बाहिर धरानको सभागृह, जनकपुरमा चुरोट कारखानाको कभर्डहल, बुटवलको प्रहरी तालिम केन्द्र नजिकैको प्रदर्शनी मण्डप, पोखरा बाटुलेचौरको विन्ध्यवासिनी उच्च मावि र डडेल्धुरामा कर्मचारी मिलन केन्द्रलाई आवेदन फारम बुझाउने स्थल तोकिएको छ ।

फौजदारी अभियोगमा जेल परेका र गैरकानुनी रुपमा कोरियामा बसोबास गरेर नेपाल फिर्ता पठाइएकाहरुले भाषा परीक्षा दिन नपाउने इपिएस कोरिया शाखाले जनाएको छ । यसवर्ष कोरियाले उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय र पशुपालन तर्फ २ हजार २ सय जना माग गरेको छ । कोरिया जान चाहने परीक्षार्थीले १००/१०० पूर्णाङ्कको पढाई र सुनाईको परीक्षा दिनुपर्नेछ । भाषा परीक्षाका लागि आवेदन गर्न २४ डलर अर्थात् झण्डै २४ सय नेपाली रुपैयाँ लाग्नेछ । परीक्षाका लागि आवेदन फारम बुझाइसकेपछि परीक्षास्थल संबन्धी सूचना जेठ २० मा सार्वजनिक गर्ने इपिएस कोरिया शाखाले जनाएको छ । जेठको ३० र ३१ गते हुने भाषा परीक्षाको नतिजा साउनको १६ गते सार्वजनिक हुनेछ । -

See more at: http://epsnepal.gov.np/dynamic/news/78

24/03/2015

कोरियन भाषा परीक्षामा यस पटक पोहोर भन्दा
दोब्बर उत्तीर्ण हुने:
काठमाडौं, चैत १० – आउँदो जेठ ३० र ३१ गते हुने
छैटौं कोरियन भाषा परीक्षामा अघिल्लो वर्षभन्दा
दोब्बर परीक्षार्थी उत्तीर्ण हुने भएका छन् ।
दक्षिण कोरियामा रोजगारीका अवसरको विश्लेषण
गरी उत्तीर्ण हुने संख्या निर्धारण गरिएको एचआरडी
कोरिया इपिएस सेन्टर नेपालका निर्देशक ली दोङ
सिर्कले जानकारी दिनुभयो ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत हुने भाषा
परीक्षाबाट यो वर्ष ७ हजार १ सय जना
परीक्षार्थी उत्तीर्ण हुनेछन् । त्यसमध्ये
उत्पादनमुलकतर्फ ४ हजार ९ सय र कृषि तथा
पशुपालन क्षेत्रतर्फ २ हजार २ सय जना उत्तीर्ण
हुने निर्देशक सिर्कले बताउनुभयो ।
यो संख्या गएको वर्षको तुलनामा झण्डै दोब्बर हो
। सन् २०१४ मा भएको पाँचौ भाषा परीक्षामा ३
हजार ६ सय ६३ जना मात्रै उत्तीर्ण भएका थिए ।

Photos 23/03/2015

छै‌ठाै‌ काेरियन भाषा (6th EPS-TOPIK) परीक्षा सम्बन्धि सूचना

कोरियन भाषा 'ग्यारेन्टी' पास गराउने नाममा मोटो रकम असुल्दै इन्स्टिच्युट 11/03/2015

कोरियन भाषा 'ग्यारेन्टी' पास गराउने नाममा मोटो रकम असुल्दै इन्स्टिच्युट

कोरियन भाषा 'ग्यारेन्टी' पास गराउने नाममा मोटो रकम असुल्दै इन्स्टिच्युट कोरियाली भाषा पढाउने नाममा इन्स्टिच्युटले अनधिकृतरूपमा मोटो रकम असुल्न थालेका छन्। पास 'ग्यारेन्टी' भनेर विज्ञापन गर्दै इन्स्टिच्युटले विगत वर्षमा जस्तै यसपटक पनि रकम असुलेका हुन्।

Photos 15/02/2015

दक्षिण कोरियाले एक सातामा एक हजार नेपाली कामदारलाई छनोट गरेको छ। काम गर्न कोरिया जान भनेर लामो समयदेखि प्रतीक्षासूचीमा रहेकालाई त्यहाँका रोजगारदाताले छानेका हुन्।

अहिले छानिएकामा अधिकांश कृषि क्षेत्रमा काम गर्न जानेछन्। कोरियाले एक वर्षदेखि कृषिमा अत्यन्त न्यून संख्यामात्र नेपाली कामदार लिएको थियो। पछिल्लो निर्णयले कृषि क्षेत्रमा जान परीक्षा पास गरेर बसेकालाई निकै ठूलो राहत भएको अन्नपुर्ण पोस्टमा खबर छ।

ईपीएस कोरिया शाखाका अनुसार गएको एक सातामा छनोटमा परेका हजार जनामध्ये ९५ प्रतिशत कृषितर्फका छन्। बाँकी पाँच प्रतिशतमात्र उत्पादनमूलक क्षेत्रका हुन्।

यसअघि कृषिमा निकै कममात्र माग आएकाले नेपालले कोरिया सरकारको ध्यानाकर्षण गराएको थियो। कृषिमा माग नभएमा परीक्षा नै नलिन वा पास गरेका सबैलाई लैजान नेपालले दक्षिण कोरियाको मानव संसाधन विभागलाई सुझाव दिएको थियो। यो साता एक्कासि हजारजनालाई छनोट गरिएपछि कृषिमा पनि रोजगारीको सम्भावना रहेको देखिएको छ।

दक्षिण कोरियाका विभिन्न कम्पनीबाट बिहीबार र शुक्रबार गरी दुई सय २१ जनाको करारपत्र (लेबर कन्ट्याक्ट) समेत आएको छ। ईपीएस कोरिया शाखाका अनुसार बिहीबार एक सय पाँचजनाको करारपत्र आएको हो भने शुक्रबार एक सय १६ जनाको आयो। यसबाट अब पाइपलाइनमा रहेकाहरूको करारपत्र धमाधम आउने संकेत देखिएको छ। यसमा केही गएको असोजमा भाषा परीक्षा पास गरेका पनि छन्।
ईपीएस कोरिया शाखाका अनुसार गएको एक सातामा छनोटमा परेका हजारजनामध्ये ९५ प्रतिशत कृषितर्फका छन्। बाँकी पाँच प्रतिशतमात्र उत्पादनमूलक क्षेत्रका हुन्।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले रोस्टरमा नाम रहेकाको लेबर कन्ट्याक्ट द्रुत गतिमा आउन थालेको जानकारी दिए। एक सातामा मात्रै हजारजना नेपाली कामदार कोरियाली रोजगारदाताको छनोटमा परेको उनले बताए। छनोटमा परेकाको अब करारपत्र आउनेछ। एक हजारमध्ये ९५ प्रतिशत कृषि क्षेत्रमा काम गर्न जानेहरू रहेका प्रमुख बास्तोलाले जानकारी दिए।

कृषिमा गत वर्षको र यसपटकको समेत गरी कुल तीन हजारजनाको नाम कोरिया जाने रोस्टरमा छ। यसमध्ये २२ सय जना गत वर्षदेखि प्रतीक्षासूचीमा छन् भने बाँकी आठ सय जना यसपालिका हुन्। यसैगरी औद्योगिक तथा उत्पादनमूलक समूहतर्फ कुल २७ सय ६८ जनाको नाम रोस्टरमा समावेश छ।

जसमा चार सय ५० जना पुराना हुन् भने बाँकी यस वर्ष भाषा परीक्षा पास गरेका छन्। भाषा परीक्षा पास गरेपछि दुई वर्षभित्र कोरिया गइसक्नुपर्छ। भाषा पास गरेको एक वर्षसम्म पनि जान नपाउनेको पुन: स्वास्थ्य परीक्षण गरेर रोस्टरमा दोहो:याएर सूचीकृत गर्नुपर्ने हुन्छ।

कोरिया रोजगारीको आकर्षक गन्तव्य हो। त्यहाँ जाने नेपालीले मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाइ गर्न सक्छन्। आकर्षक कमाइ हुने भएकाले कोरिया जान चाहने नेपालीको संख्या बर्सेनि बढ्दो छ। उच्चशिक्षा हासिल गरेकाको समेत रोजाइमा कोरियाको रोजगारी पर्ने गरेको छ।

नेपालले सन् २००८ देखि कोरियामा कामदार पठाउन थालेको हो। दुई देशबीच सरकारी तबरमा मात्र कामदार आदानप्रदान हुन्छ। कोरियाले नेपालसहित विभिन्न १५ वटा मुलुकबाट रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विदेशी कामदार भित्र्याउने गरेको छ।

हाल कोरियामा करिब २६ हजार नेपालीले काम गरिरहेका छन्। एकपटक गएका कामदार चार वर्ष १० महिनासम्म बस्न पाउने नियम छ। पुन: बस्न चाहेमा आफ्नो देशमा फर्किएर भाषा परीक्षा दिई जानुपर्ने हुन्छ। नेपालले कोरिया जान चाहने युवाको संख्या बढ्न थालेपछि रोजगारीका क्षेत्र विविधीकरण गर्न यो मुलुकसँग आग्रह गरेको छ।

केही समयअघि नेपालले पूर्वाधार क्षेत्रमा पनि आफ्ना कामदार लिन कोरियासँग आग्रह गरेको छ। कोरिया नेपालको प्रस्तावमा सकारात्मक छ। अहिलेको तयार अनुसार काम भएमा आगामी वर्षदेखि पूर्वाधार क्षेत्रमा समेत नेपालीले काम गर्न पाउनेछन्।

मानवअधिकारको ग्यारेन्टी, कामअनुसार तलब र सुविधा पाइने, सातामा एक दिन बिदासमेत पाउने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा बढेको हो। पछिल्लो समय गैरकानुनी रूपमा बस्नेको संख्या बढ्न थालेपछि भने नेपाललाई टाउको दुखाइको विषय बनेको छ। करिब पाँच सय नेपालीले अवैध रूपमा त्यहाँ काम गरिरहेको अनुमान गरिएको छ ।

06/02/2015

सन् २०१३ मा भाषा परीक्षा पास गरेकामध्ये २७ सयजना जान बाँकी रहेकामा २५ सय ८१ जनाले मात्र फेरि नाम दर्ता गराएका हुन्।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत एकपटक परीक्षा दिएर कोरियाली भाषा पास गरेकाले दुई वर्षसम्म जान पाउने व्यवस्था छ। परीक्षा पास गरेको दुई वर्षभित्र पनि जान नपाएमा भने फेरि भाषा परीक्षा दिनुपर्ने हुन्छ।
यस आधारमा सन् २०१३ मा परीक्षा पास गरेकाले २०१५ भित्र कोरिया गइसक्नुपर्छ। यो वर्ष पनि जान नपाएमा फेरि परीक्षा दिनुपर्ने हुन्छ। कोरिया रोजगारीको आकर्षक गन्तव्य भएकाले जान चाहने युवाको संख्या निकै धेरै छ।
दोहो:याएर नाम दर्ता गर्नेले स्वास्थ्य परीक्षण भने गर्नुपर्छ। स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाको नाम कोरियाको मानव संसाधन विभाग (एचआरडी) मा दर्ता गर्ने व्यवस्था छ।
नयाँको करार आउन थाल्यो
गत असोजमा भाषा परीक्षा दिएर पास भएकाको करार (लेबर कन्ट्र्याक्ट) आउन सुरु भएको छ। सन् २०१४ मा भाषा परीक्षा पास गरी रोस्टरमा नाम राखिएकालाई यही माघ २७ बाट पठाउन सुरु गरिने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।
यसका लागि करारपत्र आउन थालेको छ। केही दिनपछि रोजगारदाताले धमाधम करारपत्र पठाउन थाल्ने ईपीएस कोरिया शाखा प्रमुख बास्तोलाले बताए। शाखाले नयाँ र पुरोना गरी अहिले ३८ जनाको करारपत्र आएको जनाएको छ।
यसैगरी शाखाले आगामी फागुन ११ मा ५३ जना युवालाई कोरिया पठाउने भएको छ। कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले ५३ जना कामदारको सूची पठाएको हो। एचआरडी कोरियाले अब धमाधम कामदारको सूची पठाउनेछ।
कोरिया रोजगारीको आकर्षक गन्तव्य हो। यो मुलुकमा जानेले मासिक न्यूनतम एक लाख नौ हजार कमाइ गर्न सक्छन्। अनुभवीले भने मासिक डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म कमाउन सक्छन्।
नेपालले कोरियासँग सरकारी तबरमा सहमति गरेर कामदार पठाउने गरेको छ। सन् २००८ देखि नेपाली कामदार ईपीएस प्रणालीअन्तर्गत कोरिया जान थालेका हुन्। अहिले कृषि र उत्पादन क्षेत्रमा काम गर्न नेपाली त्यहाँ जाने गरेका छन्।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bagbazar 31, Kathamndu (opp. To NCC Bank)
Kathmandu