20/08/2026
के बिरामीको ज्यानभन्दा पैसा ठूलो हो?
हिजो रातिको करिब १:१५ बजेको कुरा हो। राति करिब ११ बजे मेरो भाइलाई बाटोमा हिँडिरहेको कुकुरले टोकेको थियो। हामी हतार–हतार उसलाई लिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्यौँ, जुन सरकारी अस्पताल हो। Rabies को खोप लगाउनका लागि काउन्टरबाट टिकट लिएर आकस्मिक कक्षमा गयौँ।
त्यहाँबाट Tetanus को खोपका लागि औषधि लिन अस्पतालकै फार्मेसीमा जानुहोस् भनियो। हामी फार्मेसीमा पुग्यौँ र औषधि माग्यौँ। मैले दिदीलाई, “दिदी, QR दिनु न, म बैंकबाट payment गर्छु,” भनेँ। तर उहाँले भन्नुभयो, “भाइ, अहिले QR हुँदैन, cash लिएर आउनु।”
हामी hostel मा बस्छौँ, बाबा–आमा पनि यहाँ हुनुहुन्न। रातको समय भएकाले हामीसँग cash थिएन। मैले सरल रूपमा भनेँ, “दिदी, हामी हतारमा आएका हौँ। यो समयमा cash छैन, QR बाट payment गर्न मिल्दैन र?”
तर फेरि पनि जवाफ आयो—“भाइ,
अहिले QR हुँदैन, cash लिएर आउनु।”
त्यसपछि मैले वरिपरि रहेका Guard तथा Staff दाजुहरूसँग सहयोग मागेँ। उहाँहरूसँग पनि cash रहेनछ।
मैले फेरि फार्मेसीकी दिदीलाई सोधेँ, “दिदी, बिरामीको अवस्था गम्भीर हुँदा पनि online payment नलिएर cash लिएर आउनुहोस् भन्नुहुन्छ? यो रातिको समयमा हामी cash खोज्न कहाँ जाने? वरिपरिका पसलहरू पनि बन्द भइसकेका छन्।”
त्यसै क्रममा त्यहाँका एक जना Staff ले “त्यसो भए भोलि आउनुहोला, खोप लगाउन” भन्नुभयो।
यो कुरा सुन्दा म झन् स्तब्ध भएँ। रातको समयमा कुकुरले टोकेको बिरामीलाई rabies को खोप आवश्यक छ कि छैन भनेर उपचारका लागि ल्याइएको अवस्थामा, payment को माध्यम नमिलेको कारण भोलि आउनुहोस् भन्नु कति उचित हो?
त्यसपछि मसँगै जानुभएको अर्को दाइसँग मिलेर हामीले वरिपरिका बिरामीका कुरुवा तथा अन्य मानिसहरूसँग सहयोग माग्न थाल्यौँ। त्यही क्रममा फार्मेसीकी दिदीसँग पनि कुरा भएछ। केही समयपछि उहाँले computer खोल्नुभयो र “दिनुस्, bank खोल्नुहोस्” भनेर मेरो मोबाइल माग्नुभयो। दिदीलाई computer खोल्न धौ भएको रहेछ र हामीलाई दुःख दिनु भएको रहेछ |
त्यही बेला दुई जना दिदीहरूले पनि हामीलाई पैसा सहयोग गर्नुभयो। मैले उहाँहरूको नम्बर मागेर online पैसा फिर्ता गरिदिन्छु भन्दा उहाँहरूले भन्नुभयो—
“पर्दैन भाइ, हामीलाई पनि यस्तो परेको छ। हामी तपाईंको पीडा बुझ्छौँ।”
उहाँहरूको त्यो सहयोग र मानवता म कहिल्यै बिर्सने छैन। मैले उहाँहरूलाई आग्रह गरेर भए पनि पैसा फिर्ता गरिदिएँ।
तर मेरो मनमा एउटा प्रश्न अझै छ—
यदि त्यहाँ ती दुई जना दिदीहरू नभएको भए?
यदि हामीसँग पैसा सहयोग गर्ने कोही पनि नभएको भए?
यदि त्यो बिरामी कुनै गरिब परिवारको हुन्थ्यो भने?
के उसले रातभरि cash खोज्दै हिँड्नुपर्ने थियो?
यो मेरो व्यक्तिगत गुनासो मात्र होइन। देशका धेरै सरकारी अस्पतालमा उपचारका लागि आउने सामान्य नागरिकले यस्तै समस्या भोगिरहेका हुन सक्छन्।
सरकारी अस्पतालमा उपचार लिन आउने बिरामीसँग cash छैन भन्दै उपचार नै रोकिएजस्तो अवस्था सिर्जना हुनु हुँदैन। आजको समयमा QR वा अन्य digital payment को व्यवस्था गर्न सकिन्छ भने कम्तीमा emergency अवस्थामा त्यसको वैकल्पिक व्यवस्था हुनुपर्छ।
हामीले स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीहरूको कठिनाइ र सीमितता पनि बुझ्नुपर्छ। तर त्योसँगै बिरामीको अवस्था र emergency को संवेदनशीलता पनि बुझिनुपर्छ।
आज मेरो भाइ थियो। भोलि अरू कसैको बच्चा, आमा, बुबा वा परिवारको सदस्य हुन सक्छ।
बिरामीको ज्यानभन्दा payment system ठूलो हुनु हुँदैन।
स्वास्थ्य सेवा व्यवसाय मात्र होइन, मानवताको विषय पनि हो। ❤️🩹
सम्बन्धित निकायले यस्ता समस्यालाई गम्भीर रूपमा लिएर emergency अवस्थामा cash नभएका बिरामीका लागि तत्काल digital payment वा वैकल्पिक payment व्यवस्था मिलाइदिनुपर्छ।
Via: inbox
B***n PMO Nepal