14/07/2023
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूलाई बधाई दिने अवसर प्राप्त । इन्टरनेशनल रोबोटिक्स कर्पोरेसन संस्थाबाट संस्थाको गतिविधिबारे जानकारी गराइयो । अवसरमा प्रो. विनोदकुमार विश्वकर्मा पनि हुनुहुन्थ्यो । भेटघाट फलदायी रह्यो...
12/06/2023
रोबोट (Robot)
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, जसलाई हेर्दा लाग्छ यस यन्त्र भित्र जीवन छ। रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउनको लागि गरिएको हुन्छ। रोबोटको सफ्टवेयरमा जे-जे प्रोग्राम हालिन्छ, रोबोटले त्यही-त्यही काम गर्न सक्छ। रोबोटलाई जे-जे बोल्नलाई प्रोग्राम गरिन्छ, रोबोट त्यही-त्यही बोल्न सक्छ। रोबोट हिड्न सक्छ, लेन्स जस्तो आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छ।