16/08/2025
"मेरो भ्वाइस युनिभर्स" जस्तो प्रतिष्ठित सांगीतिक प्रतियोगिताबाट हाम्री छोरी, बहिनी, चेली, एक मात्र महिला फाइनलिस्ट जुनु प्रसाई उत्कृष्ट बन्दै टप ६ फाइनलिस्ट बन्न सफल भएको सुसमाचार सेयर गर्न चाहान्छौ।
"जुनु प्रसाईं जिताउ अभियान" लाई सहजीकरणका निमित्त डा. आलोक बाबू प्रसाईं संयोगक रहने गरि डा. ओमकृष्ण प्रसाईं, धिरेन्द्रराज प्रसाईं, सुरेश प्रसाईं, निर्भयबाबु प्रसाई सदस्य र सल्लाहकारमा श्रीकृष्ण प्रसाईं, प्रलाद प्रसाई, लक्ष्मी प्रसाईं निस्चल, को समिति बनेको समेत जानकारी गर्दछौ।
आफ्नो कलालाई उत्कृष्ट प्रदर्शन गर्दै फाइनल सम्मको यात्रा तय गरेको तर अब पुर्णरुपमा भोटको माध्यम बाट नै उनको जित सुनिस्चित हुने हुँदा भोट गर्न सहज होस भन्ने उदेश्यले सुरेश प्रसाईको नाममा रहेको एन एम बि बैकको खाता न ००४००८५४८४९०००१५ तथा क्युआरमा सिधै जम्मा गर्ने तथा एक द्वार प्रणाली मार्फत भोट गरिने हुदा सम्पुर्ण दाजुभाई, दिदिबहिनी,सुभचिन्तक सबैमा सादर अनुरोध गर्दछौ।