समानुपातिक सिट सँख्या बाँडफाँट प्रक्रिया कसरी ?
(१) सदर मतको गणना :
(कुल खसेको मत - बदर मत) = सदर मत,
(२) ३% थ्रेसहोल्ड कटाउने दलहरुले प्राप्त गरेको मत,
(थ्रेसहोल्ड नकटेमा गणना नहुने)
(३) जम्मा थ्रेसहोल्ड कटाउने दलको मत संङ्ख्या ÷ ११०
उदाहरण; प्रतिनिधि सभाको जारी निर्वाचनमा कुल १ करोड ९० लाख मतदाता मध्ये ६५% (करिब १ करोड २४ लाख) निर्वाचन प्रक्रियामा सहभागी भएकोमा करिब ३ % (करिब ३ लाख ७१ हजार) मत बदर भयो भने समानुपातिक निर्वाचनको सिट सँख्या विभाजन कसरी हुन्छ ?
जम्मा खसेको मत = १,२४,००,०००
बदर मत = ३,७१,०००
कुल सदर मत = जम्मा खसेको मत-बदर मत
= १,२४,००,०००- ३,७१,०००
= १,२०,२९,०००
थ्रेसहोल्ड कटाउन आवश्यक मत = ३,६०,८७०
मानौँ,
जम्मा थ्रेसहोल्ड कटाउने दलहरुको मत = १,१०,००,०००
जम्मा समानुपातिक सिट संख्या = ११०
१ सिट प्राप्त गर्न आवश्यक मत = १,१०,००,०००÷११०
= १,००,०००
माथीको गणना अनुसार, थ्रेसहोल्ड कटाउने राजनीतिक दलले कम्तिमा १ लाख मत प्राप्त गरे समानुपातिक तर्फको कम्तिमा १ सिट प्राप्त हुन्छ !
।
Loksewa Khabar
''सफलताको सूत्र पुस्तकमा हैन मेहनतमा हुन्छ"
®Hello.🙏 To all Loksewa lovers who are preparing for the Public Service Commission I hope the public service helper website will help to provide important up-to-date information. Knowledge science and interesting information related to Public Service Commission will be made available in a formulaic manner.{नमस्ते म सञ्जीब खनाल हुँ लोक सेवा आयोगको तयारीमा लागेका सबै लोकसेवा प्रेमीहरूलाई सार्वजनिक स
अहिलेसम्मको समग्र अवस्था.....(निर्वाचन आयोग को अनुसार)
(१६० निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा)
🔔 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
- जित : १७
- अग्रता : १००
🌲 नेपाली काँग्रेस
- जित : ४
- अग्रता : ९
🌞 नेकपा एमाले
- जित : १
- अग्रता : १२
⭐️ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
- जित : १
- अग्रता : ११
◾️श्रम संस्कृति पार्टी
- जित : ०
- अग्रता : ३
◾️राष्ट्रिय प्रजातन्त्र पार्टी
- जित : ०
- अग्रता : १
◾️स्वतन्त्र
- जित : ०
- अग्रता : १
#प्रतिनिधिसभा_निर्वाचन_२०८२
अबको नेपालको राजनीतिक मोडमा हुन सक्ने अवस्थाहरु।
विजयी सबैलाई हार्दिक बधाई तथा शुभकामना !!!
बहुमत र दुई तिहाइ भनेको के हो जानी राखौ है ! !🇳🇵📚️
(१) बहुमत (Simple Majority) भनेको के हो ?
=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ।
• बहुमत = १३८ जना वा सोभन्दा बढी
बहुमतले निम्न काम गर्न सक्छ।
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित
छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।
(२)दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
=कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।
दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
• संविधान संशोधन
• संघीय संरचना,
• प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
•देशको भूगोल, अर्थ निति, जनसंख्या, शिक्षा, स्वास्थ आदिमा दीर्घकालीन परिवर्तनको लागि आवश्यक ऐन कानुन , निति , नियमावली, प्रदेश संरचना आदि
छोटकरीमा, देशको संरचना नै बदल्न दुई-तिहाइ चाहिन्छ।
22/09/2025
Ballon d’Or 2025 Winner ousmane dembélé🙌
अब हामी कर्मचारीहरु पनि सुध्रिएनौँ भने आजका राजनैतिक दलको अवस्थामा पुग्छौँ ।
· तत्कालको लागि यस वर्ष कुनै पनि कर्मचारीले चाडपर्व खर्च नलिऔँ । यो पैसा पुनर्निर्माणमा लगाऔँ।
· ५० प्रतिशत दरबन्दी कटौती गरौँ ।
· सवारी साधन खरिद नगरौँ । इन्धन सुविधा बन्द गरौँ ।सचिव र फिल्डमा खटिनु पर्ने बाहेकका कर्मचारीलाई गाडी सुविधा नदिऔँ।
· सवारी चालक नराखौँ । सुविधा पाउने पदाधिकारीले सवारी साधन आफै चलाऔँ ।
· चक्रपथ भित्रको क्षेत्रलाई साइकल सिटी घोषणा गरौँ । मन्त्रीदेखि कार्यालय सहयोगी सम्म साइकलमा आवतजवात गरौँ । साइकल बाहेकका सवारीसाधन नचलेमा चक्रपथभित्रको कुनै पनि एक कुनाबाट अर्कौ कुनामा साइकलमा एक घण्टाभित्र पुग्न सकिन्छ।यसले उपत्यकाको प्रदूषणलाई पनि नियन्त्रणमा राख्छ।
· ५० वर्ष माथिका सबै कर्मचारीलाई अवकास दिऔँ । उनीहरुलाई पेन्सन बाहेक कुनै थप सुविधा नदिऔँ।
· अब कार्यालयबाट हुने सबै काम अनलाईनमा जाऔँ बरु यसमा लगानी गरौँ । आखिर भौतिक संरचना र कागजात नष्ट हुँदा चाहिने त डिजिटल कुरा नै रहेछ । एउटा सामान्य पत्र मात्र पनि तयार गर्दा त्यो system मा सुरक्षित हुने व्यवस्था मिलाऔँ ।
· गाडीको मात्र होइन हाम्रा सरकारी भवन तथा भौतिक संरचनाको पनि बिमा गरौँ।
· कर्मचारी सरुवालाई यति व्यवस्थित गरौँ कि देशभरका दरबन्दी सार्वजनिक गरी ज्येष्ठताको आधारमा रोजाउँदै लैजाने परिपाटी गरौँ।
· प्रदेशस्तरबाट थप कर्मचारी भर्ना र छनौट गर्ने प्रक्रिया बन्द गरौँ।
· सेवाप्रवाहलाई अनलाईन प्रणालीमा केन्द्रित गर्न तर्फ लागौँ ।प्रशासनिक लगानी यसमा गरौँ।
· हाम्रो सेवाग्राहीसँगको व्यवहारको त सबैले ममः भन्दा हुन्छ, यसमा सच्चिएनौँ भने हाम्रो खैरियत छैन।
जागिर खाने हो भने यति आँट गरौँ अन्यथा नाङ्लो पसल खोलौँ मःमः पसल खोलौँ। हस्त धन्यवाद!
Gen Zको भर्चुअल वार्ता सुन्दैछु
-ओके लेट्स मि ब्रीफिङ होइन नाओ वी आर अबाउट
- ए! अनि त्यो एजेन्डा कोसँग पो थियो
प्लीज सेन्ड फास्ट है अनि
- प्लीज वी शुड टक वीथ स्ट्रोङ्ली बी लाइक
- हेल्लो!गाइज इफ यु डन्ट माइन्ड मी फ्रम हङ्कङ होइन
- हाम्ले होइन सुशिला मेमलाई पनि इनफर्म गरेको छैनौ नि
- प्लीज जोइन अदरस होइन, वी शुड अल्सो टक मोर फ्रेन्ड्स के।
- अनि यस्तो मान्छे जानु पर्यो जो चाहिँ लाइक बोल्ड भ्वाइस के अनि
नो एनी हेजिटेसन!
चार पाँच घन्टा बाट यस्तै मात्र गफ हुदै छ।
हे भगवान कसरी निस्किन्छ यसरी निकास।
😄😄😄
10/09/2025
यदि तपाइँलाई देश प्रती माया छ भने १० मिनेट समय लिएर जेन्जी आन्दोलन को कारण ,प्राप्त उपलब्धी , देश ले के पायो? परिणाम के आयो? अबका पुस्ता ले के सिक्ने ?नेपाली सेनको भुमिका कस्त्यो रह्यो? विश्लेषणात्मक बिचार समेटिएका छन पढेर प्रतिक्रिया दिनुहोला।
१. आन्दोलन हुनुका प्रमुख कारणहरु :
नेपालको इतिहासमा आन्दोलन, विद्रोह र क्रान्ति कुनै नयाँ कुरा होइन। प्रत्येक पुस्ताले आफ्नो पीडा, असन्तोष र अधिकारको मागलाई सडकबाटै उच्चारण गरेको छ। राणा साशन ,पंचायती दमन ,१० बर्षे जनयुध्द को अनुभब गरिसकेका छन् तर यसपटकको आन्दोलन किन यति हिंस्रक, यति विध्वंसकारी, अमानविय , अनियन्त्रित ,बिना नेतृत्वको रणभूमि बन्यो?
यसको प्रमुख कारणहरू मेरो मानसपटलमा रातभरी यसरी खेले ।
१ सत्ताको सर्वसत्तावाद र अहंकार: केही गनिएका नेताहरू दशकौँदेखि सत्तामा एकलौटी शासन गर्दै आएका थिए। उनीहरूको शैली जनताको सेवाभन्दा सत्ता–मोहमा केन्द्रित थियो।जनताले देशमा गणतन्त्र आएपनि बास्तबमा प्रत्याभूति गर्न पाएँका थिएनन ।थिए देशको हितमा भन्दा व्यक्तिगत स्वार्थमा लिप्त देखिए ।
२ नातावाद, कृपावाद र सिफारिस–संस्कृति: योग्यताभन्दा नातामा, पार्टीको निष्ठाभन्दा कृपामा आधारित नियुक्ति र अवसर वितरणले आम नागरिकलाई असन्तुष्ट बनायो।श्रीमती ,छोरा छोरी र सल्लाहाकारहरुको तानासाही प्रवृतिले नागरिक वाक्क भएका थिए ।
३ भ्रष्टाचार र ठेक्कापट्टा तन्त्र: विकासको नाममा अरबौँ खर्च भए तर न सडक गुणस्तरीय बने, न स्वास्थ्यमा सुधार आयो, न शिक्षा सहज भयो। ठेक्का–तन्त्र र कमिसन–तन्त्रले देशलाई भित्रैदेखि खाइरहेको अनुभव भयो।५ लाख को समान लाइ ५ करोड को टेन्डर ।बनाइयो तै चुप मै चुप भागबण्डा मा देश को अश्मिता नै लुटिएको थियो ।
४ जनतामाथि दमन: आवाज उठाउनेहरूमाथि दमन, प्रदर्शन गर्नेहरूमाथि गोली, जेल र यातनाले असन्तोषको ज्वाला अझ बढाइरहेको थियो।जनता बिमारी अस्पतालमा सिटामोल पाइन्न ,नेतालाई पखाला लाग्दा बिदेशमा करोडौ खर्च गरेर उपचार, बिना घुस कुनै पनि काम नहुने परिस्थितिले नागरिक लाइ भित्र भित्रै आगो दंकी सकेको थियो ।
५ नयाँ पुस्ताको आक्रोश: जेन्जी पुस्ता भनिने युवाहरूले “अब परिवर्तन तुरुन्तै चाहिन्छ” भन्ने नारासहित सडक तताए। उनीहरूका आँखामा शासक मात्र होइन, सम्पूर्ण व्यवस्थाप्रति घृणा भरिएको थियो। यो आक्रोश लाइ दुश्मन हरुले क्यास गरे । सत्ता नै परिबर्तन हुन्छ , यस्तो विभत्सताको अबस्था सृजना हुन्छ भन्ने उनीहरुले सोचेका थिएनन।
६ दलहरुको अविवेकी निर्णय : सच्चा कार्यकर्तालाई हैन चाकरी गर्ने ,पैसा बुझाउन सक्ने र नेतालाई खुसि बनाउन सक्नेले मात्र टिकट र अवसर पाउने तानाशाही प्रवृति ले आफ्नै कार्यकर्ता भबिस्य नदेखेर कुन बहानामा नेताला अपदस्त गराउने भनेर बाटो कुरी रहेका थिए ।नेताको घर घर जेन्जीको नाम मा आफ्नै कार्यकर्ता पुगेका थिए ।
७ फितलो सुरक्षा : सुरक्षा निकाय चाकरी बाट वाक्कदिक्क नेपाल प्रहरी,ससस्त्र प्रहरी र सेना सहित नेताहरुको ब्याबहार र दिनाचार्यबाट वाक्क भइसकेको आभास हुन्छ । सत्ता १२ बजे ढलीसकेको थियो सकेको थियो तर देशका सबै भन्दा महत्वपुर्ण निकाएमा ३ बजे बाट आगजानी सुरु भएको थियो । १० बर्षे जनयुद्ध थेग्ने सुरक्षा निकाय जिम्मेवार देखिएन ।
८ भट्किला समचार : चर्चित Youtuber हरुले मिनेट- मिनेट मा भटकिलासमाचार र भिडलाई उत्तेजित बनाउने काम ।
९ गठबन्दन को सरकार : एकले अर्कालाई गिराउने ,एउटालाई पतन गराउन सकियो भने मात्र अर्को माथि जान सकिन्छ भन्ने गलत मनसाय । प्रतिपक्षिहरुलाई देशको अश्मिता भन्दा बढी सत्तामोह । निरिह राष्ट्रपति ।
१० सामजिक संजाल बन्दको निर्णय : अहिले को पुस्ता १ हप्ता खान नपाए पनि बस्न सक्ने तर सामाजिक संजाल नहुदा १ घण्टा पनि बस्न नसक्ने अबस्थामा भएको कुरा बुझ्दा बुझ्दै कुटनीतिक पहल भन्दा पनि दबाएर निर्णय गरा उन खोज्ने सरकार को अविवेकी निर्णय ।
यी कारणले गर्दा आन्दोलन अपरिहार्य जस्तै बन्यो। नेताहरू ढल्ने निश्चित थियो । सत्ताको अहंकार, नातावाद, कृपावाद, भ्रष्टाचार र जनतामाथिको दमनले गर्दा उनीहरू ढले। यो त हुनु नै थियो, भयो। यो देशको इतिहासले नै उनीहरूको पतन लेखिसकेको थियो।
२. नेताहरूको पतन—पत्तासाफ हुनुका कारण
नेताहरू आफैं आफ्ना कार्यकर्ताद्वारा नाङ्गेझार पारिए। यसका कारणहरू यस्ता हुनसक्छन :
सत्ताको मदिरामा डुब्नु: दशकौँको सत्ता–भोगले उनीहरूलाई जनताको पीडा सुन्ने क्षमताविहीन बनाइदियो।
पारिवारिक हाबी : आफु भन्दा पनि आफ्ना श्रीमती/श्रीमान् /छोराछोरि आफन्त र भरौटेहरु नवराजकुमार राजकुमारी बनेर देश लुट्ने योजना बनाउथे । नेताहरुमा त्यसको नजर अन्दाज पनि थिएँन ।
जनताको सपना बेच्नु: लोकतन्त्र, गणतन्त्र, समाजवाद—थुप्रै नारामा जनता जुटाइए तर परिणाम शून्य भयो ।सर्बसाधारण ले झन् सास्ती खेप्नु पर्ने । बिना घुस कुनै पनि काम नबन्ने । खाडीमा १५/२० बर्ष काम गर्ने को ओत् लाग्ने छाप्रो छैन ,फिता चुडिएको चापल लगाएर शहर पसेका नेताहरु ,गगंचुम्मी महलमा ,जनताले सिटामोल पाएका छैनन् ,गय्स्तिक हुदा बिदेशमा करोडौ नेताले खर्च गर्ने । जनताका आधारभूत समस्या समाधान गर्न तर्फपनि चासो नदेखाउने प्रवृतिको हाबी ।
कार्यकर्तालाई उपेक्षा गर्नु: आफ्नै कार्यकर्ताले अवसर पाउने आशा हराएपछि उनीहरू पनि सडकमा आए र नेताविरुद्धै उठे। सत्य बोल्दा पनि आफ्नै पार्टीबाट उनीहरुलाई पख .... भनेर चुनौती दिने , नेताको गुलामी नगर्ने कार्यकर्ता जतिनै निष्ठावान त्यागी भए पनि उसलाई विभिन्न गुट तथा बहानाले पाखा लगाउने प्रवृतिको बिकास ।
जनता–विरोधी निर्णयहरू: कर वृद्धि, रोजगारी नदिने नीति, वैदेशिक शक्तिको चाकरी—यी सबले जनताको आक्रोश बढायो। सरकारी सम्पाती धमाधम आफ्नो नाम मा सार्नु । देश को हित भन्दापनि कमिसन् कति आउछ त्यस तर्फ प्राथमिकता दिनु ।
नेताहरु र उनीहरुका सन्तान हरुको भोग विलाशी दिनाचार्य: बिना ब्यबसाय ,बिना आयश्रोत निरन्तर देश विदेशको यात्रा ,५ तारे होटेल को लन्च डिनर,क्यासिनो,पब र महंगा क्लब हरु मनोरंजन का साधन बनाइ सामाजिक संजाल मा पोस्ट गर्नु ।
फलस्वरूप, दुनियामा हामि भन्दा शक्तिशाली कोहि छैन भन्ने नेताहरूलाई सडकले थुतेर इतिहासको डस्टबिनमा फ्याँकिदियो।
३. आन्दोलनले के पायो? के गुमायो?
आन्दोलन परिवर्तनको लागि हुन्छ, न्यायका लागि हुन्छ, स्वतन्त्रताको लागि हुन्छ। तर कहिलेकाहीँ आन्दोलनको आगो नियन्त्रित रहँदैन, त्यसले केवल दोषीलाई मात्र होइन, निर्दोषलाई पनि जलाउँछ। आज नेपालमा भएको जेंजी आन्दोलन त्यसैको उदाहरण बनेको छ। सत्ता पल्टियो होला, भ्रष्ट शासक ढले होला, तर देशले पाएको घाउ कति गहिरो छ भने, त्यसलाई निको पार्न दशकौँ लाग्नेछ।
पाएकोकुरा :
पुरानो सत्ता ढल्यो – दशकौँदेखि सत्तामा टाँसिएका नेताहरू हटे र नयाँ पुस्ताले सत्ता सम्हाल्ने अवसर पायो।
जनताको आवाज प्रकट भयो – सडकले देखायो कि जनतालाई बेवास्ता गर्न सकिँदैन।जनता भन्दा शक्तिशाली कोहि हुदैन ।
सत्ताकब्जाको पाठ – भोलिका पुस्ताले “भने जस्तो नभए सडकबाट सत्ता कब्जा गर्न सकिन्छ” भन्ने नयाँ पाठ सिके।
नयाँ पुस्ताको शक्ति प्रदर्शन – युवाले आफ्नो उपस्थितिको चिनारी दियो, भविष्यमा नेतृत्व गर्ने आत्मविश्वास बढायो।
भ्रष्ट नेताको पतन – आफ्नै कार्यकर्ता आफ्नै लागि बोझ बन्ने रहेछ भन्ने ऐतिहासिक अनुभव बन्यो।
कैदीको मुक्ति – विभिन्न अभियोगमा जेलमा रहेका कैदीहरूले मौकाको फाइदा उठाउदै स्वतन्त्र भए।कानुन र संबिधान ले जे भने पनि आन्दोलनको आडमा मुक्त भइन्छ भन्ने नजिर प्राप्त ।
छिमेकीलाई लाभ – छिमेकी दुश्मनहरूले नेपालको कमजोरीलाई आफ्नो फाइदामा प्रयोग गर्ने मौका पाए।
विदेशी उद्योगपतिलाई अवसर – अस्थिर अर्थतन्त्रको कारण विदेशी पूँजी र स्वार्थले सजिलै प्रवेश पायो।
राष्ट्रको अस्मितामा चोट – राष्ट्रिय गौरव र पहिचान माथि बाह्य शक्तिले हस्तक्षेप गर्ने बाटो खुल्यो।
नयाँ नेताको उदय – केही नयाँ नाम र अनुहार राजनीतिक रंगमञ्चमा देखा परे।
राजनीतिक चेतना वृद्धि – सर्वसाधारणले सत्ता–संरचनालाई नजिकबाट चिने र प्रश्न गर्ने साहस जुटायो।
युवामा हिम्मत – युवाले आफ्नो आवाज उठाउँदा सत्ता परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास पायो।
सत्ताको चक्रीय खेल – पुरानो पुस्ताको ढलाइपछि नयाँ पुस्ता पनि त्यही बाटोमा हिँड्न सक्छ भन्ने खतरा पैदा भयो।
सडकको हैसियत – आन्दोलनले सडकलाई संसदभन्दा ठूलो शक्ति हो भन्ने देखायो।
राजनीतिक उग्रपन्थीकरण – असन्तुष्ट पुस्ताले हिंसात्मक बाटोबाट पनि छिटो फल दिन्छ भन्ने धारणा बनायो।अब मेहिनत इमान्दारिता हैन ,हिंसात्मक गतिबिधि तिर लाग्दा फाइदा हुने अबस्थाको सिर्जना ।
संविधानमाथि प्रश्न – संविधान, कानुन र संस्थाभन्दा ठूलो शक्ति सडक हो भन्ने मानसिकता बलियो भयो।
राजनीतिक संक्रमणको निरन्तरता – नयाँ नेतृत्व आए पनि स्थिर समाधान नभई संक्रमणकै चक्र लम्बियो।अब असन्तुष्ट पक्षले योजना बनाउने बाटो खुल्यो!
विपक्षीको आत्मविश्वास – विपक्षी शक्तिहरूले आफू कमजोर भए पनि आन्दोलनमार्फत सत्तामा आउन सकिन्छ भन्ने सीप पाए।
समाजमा ध्रुवीकरण – “हाम्रो आन्दोलन/तिम्रो आन्दोलन” भन्ने विभाजन बढ्यो।
सत्ताको लोभ अझ बढ्यो – आन्दोलनपछि सत्तासँगै सम्पत्ति, हैसियत र शक्ति पाउने लोभले अर्को पुस्ता पनि आकृष्ट भयो।
गुमाएकोकुरा
अधिकार: राष्ट्रिय परिचयपत्र केन्द्र जलेर नागरिकताको पहिचान नै संकटमा पर्यो ।
न्याय: सर्वोच्च अदालत खरानी, २८ हजार मुद्दा र कानुनी इतिहास नष्ट।
इतिहास: राणाकालिन सिंहदरबार, शीतल निवास, संसद भवन—हाम्रो गौरव र पहिचान ध्वस्त।
सुरक्षा: २५०० भन्दा बढी कैदी निस्के, समाज पुन:असुरक्षित र आतंकित ।
अर्थतन्त्र: बैंक लुटिए, उद्योग–व्यापार ध्वस्त, खर्बौँ घाटा।
रोजगार – सुपरमार्केट, उद्योग, व्यापार केन्द्र जल्दा हजारौँ युवाको रोजीरोटी हरायो।
सार्वजनिक विश्वास – राज्यप्रति नागरिकको आस्था टुट्यो, शासन व्यवस्थामा निराशा फैलियो।
सम्पत्ति – जनताको कर, वैदेशिक ऋण र अनुदानले बनेका भवन, कार्यालय, पूर्वाधार खरानी भए।जनताको थाप्लोमा अब ऋणको भारि थपिन्छ ।
समाजिक सद्भाव – आन्दोलनमा हिंसा, लुटपाट र दमनले समाजमा अविश्वास र फुट गहिरियो।
संविधानिक सम्मान – न्यायालय, संसद, सरकारको भवन जल्दा संविधानको आत्मा नै ठेस खायो।
राजनीतिक स्थायित्व – शासक हटे तर स्थिर विकल्प नआएर अझै राजनीतिक अनिश्चितता बढ्यो।जनतामा अब पुनःसुरक्षाको प्रत्याभूति हुने बिश्वास मर्यो ।
संवाद संस्कृति – विरोधलाई वार्ता वा विचार–विमर्श नभई हिंसाबाट सम्बोधन गर्ने प्रवृत्ति बलियो बन्यो।
सामाजिक संरचना – गाउँ–गाउँका वडा कार्यालय प्रहरी चौकी देखि शहरका सेवामूलक निकाय नष्ट हुँदा प्रशासन ठप्प भयो।
धार्मिक–सांस्कृतिक धरोहर – पशुपति क्षेत्रदेखि अन्य मठ–मन्दिर परिसरमा समेत अराजकता फैलियो।
भविष्यको विश्वास – युवापुस्ताले देशभित्र भविष्य खोज्ने आशा गुमायो, पलायन प्रवृत्ति अझ बढ्नेछ।
राष्ट्रिय एकता – आन्दोलनले "हामी सबै एउटै" भन्ने भावना भन्दा "हामी र उनीहरू" भन्ने विभाजनको गहिरो घाउ लगायो ।
अन्तर्राष्ट्रिय छवि – नेपालको पहिचान, विश्वसनीयता र लगानी गर्ने वातावरण ध्वस्त भयो।
मानबता : मानबता भन्ने कुरा न सरकार मा देखियो न सुरक्षाकर्मीमा न त् आन्दोलन कारिमा ।
नैतिकता : जसले सक्छ उसले गर्छ भन्ने गलत नजिरको स्थापना जसले गर्दा अब मानिस हत्या हिम्सा तिर उत्साहित ।
शासकसँग नागरिक को रिस र आक्रोश थियो तर गुमाउनु भने जनता र मुलुकले पर्यो।
४ पुराना भ्रष्टाचारी र अहिले सार्वजनिक सम्पत्ति नष्ट गर्नेबीचको तुलना:
• पुराना नेताहरू: वर्षौँसम्म ठेक्का, कमिसन, नातावाद र दमनमार्फत देशलाई चुस्ने काम गरे। उनीहरूले राज्यको सम्पत्ति आफ्ना खल्तीमा हाल्ने तरिकाले नष्ट गरे।
• अहिलेका आन्दोलनकारीहरू: रिस सत्तासँग थियो तर प्रतिशोध सम्पत्तिसँग लिइयो। ऐतिहासिक भवन, कार्यालय, विद्यालय, बैंक—सब जलाइयो।
अन्तर के? नेताहरूले बिस्तारै बिस्तारै लुटे, आन्दोलनकारीहरूले दुई दिनमै खरानी बनाए।तर समानता के छ भने—दुवैले जनता र मुलुकलाई मात्र हराए ।
५ नेपालमा संकटका बेला सेनाको अबस्था कस्त्यो रह्यो त ?
• दरबार हत्याकाण्ड (२०५८)
o मुलुकको इतिहासकै ठूलो घटनामा सेना निष्क्रिय रह्यो।
o सत्य उजागर गर्ने अपेक्षा थियो, तर वास्तविकता लुकाइयो र जनताले अझै पनि प्रश्नको जवाफ पाएनन्।
• भूकम्प (२०७२)
o प्रारम्भिक उद्धारमा ढिलाइ भयो।
o सैन्य संरचना, स्रोत र उपकरण हुँदाहुँदै पनि तत्काल राहत नपुगेको गुनासो बढ्यो।
o नागरिकले “सेना भन्दा पनि सर्वसाधारण स्वयंसेवक बढी सक्रिय देखिए” भन्ने महसुस गरे।
• जेंजी आन्दोलन (२०८२/८३)
o शासकले राजीनामा दिँदा कमसेकम सार्वजनिक सम्पत्ति जोगाउने जिम्मा सेनाको थियो।
o तर सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, शीतल निवासजस्ता ऐतिहासिक धरोहर जलेर खरानी भए।
o सेनाले प्रहरीभन्दा बढी प्रभावकारी भूमिका खेल्नुपर्ने बेला तमाशबिनजस्तै मात्र देखियो।
• मुख्य प्रश्नहरू
o मुलुक जलिरहेको बेलामा सेना केको लागि?
o नागरिकको करबाट पालिएको, राष्ट्रको सबैभन्दा शक्तिशाली सुरक्षा निकायले किन निष्क्रियता देखाउँछ?
o संकटमा पनि हस्तक्षेप नगर्ने हो भने सेनाको अस्तित्वको औचित्य के? नागरिक ले अब कसरि बिस्वास गर्ने ?
६ आन्दोलनको द्वन्द्व—न्यायोचित कि अनुचित?
१ न्यायोचित पक्ष
o शासकको अहंकार, भ्रष्टाचार र जनताको पीडा बढ्दै गएको अवस्थामा आवाज उठाउनु अपरिहार्य थियो।अभाद्रताले सिमा नाघी सकेको थियो । शासकहरु निरंकुस बनिसकेका थिए ।
o जनताले न्याय, समानता र उत्तरदायित्व खोजेका थिए।
o भ्रष्ट प्रणालीलाई चुनौती दिनु इतिहासकै आवश्यक कदम थियो।
२ अनुचित पक्ष
o आन्दोलन संयमता गुमाएर हिंस्रक स्वरूपमा परिणत भयो।
o बौद्धिकता,मानबियता र वैचारिक दिशा हरायो।
o न्यायोचित मागहरूलाई अन्यायपूर्ण व्यवहार—लुटपाट, आगजनी, ध्वंसले ढाकिदियो।
o आफ्नै देशको सम्पत्ति, ऐतिहासिक धरोहर र नागरिकको रोजीरोटी आफैले खरानी बनाइयो र आफ्नो भबिस्यलाइ अब १० बर्ष पछाडि धकलियो ।
o आन्दोलनले शासकलाई मात्र होइन, सम्पूर्ण राष्ट्रलाई जलायो।
o जनताले उठाएको सशक्त आवाजलाई हिँसा र विनाशले कमजोर बनायो।
o त्यसैले, आन्दोलन सुरु हुनु न्यायोचित भए पनि त्यसको स्वरूप र परिणाम अनुचित रह्यो।
प्रिय दाजुभाइ र दिदीबहिनीहरू,
आज देश जलिरहेको छ।
सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत—यी नेताको सम्पत्ति होइन, हाम्रो गौरव थिए।
यी खरानी हुँदा केवल ढुङ्गा–इट्टा जलेका छैनन्—हाम्रो इतिहास, हाम्रो पहिचान र हाम्रो भविष्य जलेको छ।आन्दोलनको उद्देश्य परिवर्तन थियो, तर परिणाम विनाश भयो।
हामीले शासकलाई मात्र होइन—आफ्नै देशलाई जलायौँ।आफ्नै आमाको अश्मितामाथी खेलबाड गर्यौ ।
जेंजी आन्दोलनले शासक ढाल्यो, तर राष्ट्रलाई जलायो। सत्ताको खेलमा देशको भविष्य बर्बाद भयो । नेताले हार्दा पनि जनताले जितेनन्; बरु जनताले नै सबभन्दा ठूलो हार व्यहोरे।हामीले अधिकार गुमायौँ, न्याय गुमायौँ, इतिहास गुमायौँ, सम्पत्ति गुमायौँ, भविष्य गुमायौँ।हामीले हानेको ढुंगा, जलाएको आगो—सबै फर्केर हाम्रो भोलि नै खरानी बन्यो।
अब प्रश्न छ—यो खरानीमाथि कसरी नयाँ नेपाल उठाउने?तर एउटा कुरा स्पष्ट छ ।यो आन्दोलनले हामीलाई ठूलो शिक्षा दियो।साँचो परिवर्तन आगोले होइन, बुद्धिले सम्भव हुन्छ।हिंसाले होइन, एकताले सम्भव हुन्छ।नेपाल जलिरहेको छ, नेपालि मनहरु रोइरहेका छन् ।
अब प्रश्न के हो भने—यस खरानीमाथि कसरी नयाँ नेपाल उठाउने? उठ्न थुप्रै वर्ष लाग्ला, तर एउटा कुरा आजै स्पष्ट भएको छ—साँचो परिवर्तन आगो र हिम्साले ले सम्भव हुँदैन। साँचो परिवर्तन हिंसाले होइन बुद्धि बिबेक ,समजदारीर बार्ता र एकताले ले मात्र ले सम्भव हुन्छ। हामीले जलेको खरानीलाई माटो बनाइदियौं भने त्यहीँबाट नयाँ बिरुवा पलाउनेछ। नेपाल फेरि उठ्नेछ, अझ उज्यालो र अझ सबल रूपमै उठ्नेछ।
देश हाम्रो हो, भविष्य हाम्रो हो, अब यसलाई बचाउने जिम्मेवारी पनि हाम्रो हो। देशका सार्बजानिक सम्पदा हिजो देखि अहिले सम्मदन्दनी दन्किरहेका छन् ,बिपत ब्यबस्थापन ,बरुण यान्त्र , नेपाल आर्मी ,प्रहरी सबैजना कहा छन् म जस्ता नागरिक ले यो देश मा सुरक्षा संयन्त्र पनि छ भन्ने बिस्वास गर्न सकिराखेको छुइन।आखामा आँसु थामिएका छैनन् ।
बंगलादेशको Gen-Z आन्दोलनले आफ्नो उद्देश्य प्राप्त गरेपछि त्यहाँका युवाहरुले देशलाई अस्तव्यस्त हुन नदिने ठूलो भूमिका निर्वाह गरे । उनीहरूले राजनीतिक पक्षलाई अलग राख्दै सडक सफाइ, ट्राफिक व्यवस्थापन, आवश्यक सेवामा सहयोग, र सकारात्मक सन्देशहरूको प्रसारमा योगदान दिए ।
आज नेपालको परिस्थितिमा पनि यस्तै जिम्मेवारी हाम्रो काँधमा आएको छ । अहिले देशको प्रणाली अस्तव्यस्त देखिन्छ, र यसलाई सही बाटोमा फर्काउन हामी सबै—Gen-Z लगायत सम्पूर्ण नागरिकले हातेमालो गर्नु आवश्यक छ ।
हामी जे उद्देश्यका लागि आवाज उठाएका थियौँ, त्यसको धेरै हदसम्म उपलब्धि प्राप्त भइसकेको छ । अब शान्तिपूर्वक राष्ट्रिय निर्माण र सकारात्मक परिवर्तनतर्फ अघि बढ्नु हाम्रो सामूहिक कर्तव्य हो ।
09/09/2025
सद्भाव राख्नुहुन तथा संरक्षण गरिदिनुहुन हार्दिक अपिल ।
खुला पत्र । सबैले सेयर गर्नुहाेला ।🙏
श्रीमान् मुख्य सचिवज्यु तथा सचिवज्यू हरु, नेपाल सरकार,
हामि कर्मचारिहरुको अभिभावक तपाईहरु हो, तपाईहरु प्रति भरोसा राख्दछु, तपाईहरुबाट हामिलाई टुहुरो नबनाईयोस । हिजोको अत्यन्तै निर्मम घटनाले आखामा आसु ओभाउन सकेको छैन, कार्यालय आएको छु तर काम गर्ने हिम्मत छैन । मेरो पेशागत कर्तब्यले बिरोध गर्न नदेला, म जनताको सेवक हुं तर निरंकुश सरकारको दास हैन त्यसैले एक नेपालि नागरिक भएको नाताले भन्न चाहन्छु कि हिजो सरकार निर्मम, निरंकुश,स्वेच्छाचारि,मनोमानि र तानाशाहि बनेकै हो, त्यसैले जनताको मनोभावना बुझि नेपालीको जिउ, धन, मौलिक हक र मानवअधिकार रक्षा गर्नका लागि आवश्यक निकास निकाल्न र बिकल्प तय गर्न स्थायी सरकार भनिने कर्मचारितन्त्रबाट आवाज उठ्न जरुर आवश्यक छ, तसर्थ पदको माया नराखि सरकारको बिकल्प सहित तपाईहरुबाट जनताको पक्षमा यस बिषयमा रणनितिक कार्ययोजना सहितको बक्तव्य जारि गरियोस भनि सादर निवेदन गर्दछु ।
म कर्मचारी।
07/09/2025
Wake up Every nepalese 🙏🇳🇵 Be ready For Last Fight 🤝🇳🇵😥 september 8
नयाँ पुस्ता सडकमा आउँदै: Many Youths are planning gatherings in Kathmandu tomorrow as different announcements are coming & this has also led to youths in other districts to do the same. We also request everyone to be organised and peaceful.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu