24/09/2025
अहिले जेन-जी युवा आन्दोलनबाट उत्पन्न परिस्थितीले नेपालको राजनितीक आकाश रंगीएको छ । पैंतालिस देखि साठी वर्षका विचको मेरो पुस्ता जेन-एक्सले ०७ र ०१७ सालको राजनितीक परिवर्तन वा संक्रमण बारे सून्यो । ०३६, ०४६ र ०६२/०६३ को आन्दोलनमा सहभागी मात्र भएन; परिवर्तन तथा संक्रमण पनि देख्यो, भोग्यो । अहिले ०८२ को जेन-जी आन्दोलनमा मेरो पुस्ता पर्यवेक्षक वा साक्षिको भूमिकामा छ । मेरो पुस्तालाई हिजो सम्म अघिल्लो पुस्ताले भन्थ्यो “तिमीहरूको समय आएको छैन” पर्ख । आज नयाँ पुस्ता जेन-जीले भन्छ “तिमीहरूको समय सकियो” छोड ! देश सकारात्मक परिवर्तनको सम्भाबना र आसन्न संकटको सन्ध्या कालमा रहेको देख्दा मानमा प्रश्न उठिरहन्छ अब के गर्ने !? #२०८२-६-८ पू. ।