01/06/2024
ऐ पुष्प तिमी कति सहनशील छौं ।
तिमीलाई हाँगाबाट छुट्टाए पनि सुवाष छर छौं ।
फूलमा पनि हुन्छ चेतना भन्नेहरू भन्दा
तिमी चेतनशील छौं ।
बराबर खुशी, शान्ति , आनन्द, मुस्कान, सुगन्ध
फैलाउने तिमी सम्बेदनशील छौं।
त्यो उपज हो तिमी प्रकृतिको
जो हमेशा मुस्कुराइ रहन्छौं ।
तिमीलाई टिपने पनि प्रकृति कै वरदान हुन्,
बाटामा फाल्ने त्यही हुन,
तिनि भन्दापनि तिमी चेतनशील छौं।
ऐ पुष्प तिमी कति सहनशील छौं।