Genki Education Consultancy Pvt.Ltd

Genki Education Consultancy Pvt.Ltd

Share

Genki Education Consultancy Pvt. Ltd.

was established in 2021 with the objective to provide education counseling, language classes and career training.We provide language classes and test preparation like JLPT/JLCT/NAT and IELTS from experienced teachers.

25/12/2025

सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा क्रिसमसको हार्दिक शुभकामना 🎄✨
@merry christmas 🎅🎁

26/11/2025
04/08/2025

कक्षा १२ मा सफलतापूर्वक उत्तीर्ण हुनु भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौँ।
🎉 शुभकामना सहित… 🎉
Genki Education Consultancy Pvt.Ltd

23/07/2025

Official meet with the representatives.

03/07/2025

विशेष सूचना
विद्यार्थी भिसा प्रक्रियामा सामाजिक सञ्जालमार्फत फैलिरहेको भ्रामक सूचनाप्रति सावधानी अपनाऔं
(For Students, Parents & Education Consultants)

प्रिय विद्यार्थी तथा अभिभावक ज्यूहरू,

हालको समयमा अष्ट्रेलिया अध्ययनका लागि विद्यार्थी भिसा (Subclass 500) सम्बन्धी विभिन्न खाले सूचना र प्रचार सामग्रीहरू सामाजिक सञ्जाल, विशेषतः TikTok, Instagram, Facebook आदिमा तीव्ररूपमा फैलिरहेका छन्।

केही शैक्षिक परामर्शदाता संस्थाहरूले अष्ट्रेलियन सरकारको नीति, भिसा प्रक्रिया तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आवश्यक तयारीबारे उपयोगी र तथ्यपरक जानकारी प्रस्तुत गरिरहेको कुरा सराहनीय छ।

तर पछिल्लो समय, विशेष गरी TikTok र Facebook जस्ता सामाजिक सञ्जालमा, केही समूहहरूबाट भ्रामक, प्रमाणविहीन र नियमनविपरीत सामग्रीहरूको प्रचार अत्यधिक रूपमा भइरहेको देखिन्छ।

उदाहरणका रूपमा:
• “Low percentage, बिना English proficiency मा पनि Visa confirm हुन्छ।”
• “धेरै वर्षको Gap भए पनि Australia जान सकिन्छ।”
• “Documentation र Finance हामी सजिलै बनाइदिन्छौं।”
• “Visa Guaranteed!”

यस्ता दाबीहरू अष्ट्रेलियाली कानुनी व्यवस्था, भिसा नीति र प्रक्रियासँग मेल खाँदैनन्, र यसले विद्यार्थी, अभिभावक तथा सरोकारवाला पक्षहरूलाई गम्भीर भ्रममा पार्ने खतरा उत्पन्न गर्छ।
अझ चिन्ताको कुरा के हो भने, TikTok मा देखिने यस्ता सामग्रीहरू प्रायः कन्सल्टेन्सी संस्था गैरदर्ता, अव्यवसायिक र नियमनबाहिरका समूहहरू हुने सम्भावना अत्यन्तै उच्च हुन्छ।

ECAN को स्पष्ट आग्रह

विदेश अध्ययनको निर्णय महत्त्वपूर्ण र दीर्घकालीन लगानी हो। त्यसैले विद्यार्थी, अभिभावक ज्यूहरूलाई निम्न कुराहरूमा विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ।

पहिलो:
सामाजिक सञ्जालमा देखिने भिसासम्बन्धी प्रचार सामग्रीहरूलाई बिना पुष्टि स्वीकार नगर्नुहोस्।
“Visa Guaranteed”, “Low percentage मा Visa पक्का”, “Gap भए पनि सजिलै Visa पाइन्छ” भन्ने दाबीहरू प्रायः प्रमाणविहीन हुन्छन्।
यस्ता दाबी गर्ने परामर्शदातासँग सधैं विश्वविद्यालय वा कलेजको आधिकारिक प्रमाण माग्न आवश्यक छ।

दोश्रो:
अष्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रिया सहज छैन र खर्चिलो छ।
सन् २०२५ जुलाई १ देखि भिसा आवेदन शुल्क दुई हजार अष्ट्रेलियन डलर पुगेको छ।
यस बाहेक ट्युसन शुल्क, बीमा, जीवनयापन खर्च लगायत अन्य आर्थिक पक्षहरू महत्त्वपूर्ण छन्।
भिसा नआउँदै पनि तपाईंको समय, श्रम र रकमको लगानी भइसकेको हुन्छ।

तेश्रो:
विश्वसनीय जानकारीको स्रोत सधैं सरकारी र आधिकारिक वेबसाइटहरू हुनुपर्छ। त्यसैगरी, जहाँ पढ्न जान चाहनु हुन्छ— त्यो विश्वविद्यालय वा कलेजको आधिकारिक वेबसाइटबाट पनि सबै विवरण, आवेदन प्रक्रिया, शुल्क संरचना, कोर्स विवरण र प्रवेश मापदण्डबारे सुनिश्चित हुनु अत्यावश्यक छ।

यस्ता आधिकारिक स्रोतहरूसँगै, विद्यार्थीहरूले दर्ता भएका, अनुभवसहितका र आचारसंहितामा प्रतिबद्ध संस्थाहरूबाट मात्र सल्लाह लिनु पर्ने हुन्छ।
थप जानकारीको लागि, अष्ट्रेलियन सरकारको गृह मामिला विभागको वेबसाइट www.homeaffairs.gov.au हेर्नुहोस्।

चौथो:
परामर्श लिँदा सधैं दर्ता भएका र अनुभवसिद्ध परामर्शदातासँग मात्र सहकार्य गर्नुहोस्।
ECAN वा सम्बन्धित सरकारी निकायमा दर्ता भएका संस्थाहरू नै जिम्मेवार र उत्तरदायी हुन्छन्।
आचारसंहिता पालना गर्ने, पारदर्शी प्रक्रिया अपनाउने परामर्शदाता मात्र रोज्नुहोस्।

पाँचौँ:
विदेश अध्ययनको निर्णय भावनामा होइन, योजनामा आधारित हुनुपर्छ।
तथ्यमा आधारित SOP, प्रमाणिक कागजात र कानुनी प्रक्रिया नै तपाईंको भविष्य निर्माणको भरपर्दो आधार हो।
भ्रममा परेर लिइने गलत निर्णयले भिसा अस्वीकृति, ब्ल्याकलिस्ट र कानुनी समस्या निम्त्याउन सक्छ।

विद्यार्थीको भविष्य गम्भीर विषय हो।
सामाजिक सञ्जाल(TikTok & Facebook ) मा देखिने प्रचार सामग्री हेरेर होइन, सही स्रोत र जिम्मेवार consultant को सहयोगमा मात्र निर्णय लिनु बुद्धिमानी हुन्छ।

धन्यवाद।
ECAN
Promoting Ethical and Informed Study Abroad Practices

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bagbazaar
Kathmandu
44600