Guru Brahma Guru Vishnu Guru Devo Maheshwara
Guru Sakshath Parambrahma Tasmai Shri Gurave Namaha
I am indebted to my father for living, but to my teacher for living well. ~Alexander the Great
We express our heartfelt gratitude to our teachers. Happy Guru Purnima!
Adarsha Yog-Hari Alumni Association (AAA)
AAA is a platform for ex-students and ex-teachers of Adarsha Yog-Hari where they can share their memories and experiences.
18/05/2015
हाम्रा प्रिय मित्र पुष्पराज अर्याल (एसएलसी ब्याच २०५३) को यही वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी असमायिक निधन भएको खबरले हामी सबै साथीहरू स्तब्ध भएका छौँ। हामी दिवंगत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
हाम्रा दिवंगत मित्रहरू जनार्दन पाण्डे र भाष्कर शाहको सम्झनामा एउटा पुरस्कार स्थापना गर्ने र पैसा पुगेमा उनीहरूको नाममा हरेक वर्ष एकजना गरीब र जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रव्रिति पनि प्रदान गर्ने योजनामा साथ दिनुहुन सबै पूर्व विद्यार्थी साथीहरूलाई अनुरोध गर्दछु। एउटा कोष खडा गरेर त्यसबाट आउने ब्याजले यो काम गर्न सकिन्छ। यो कोषमा मेरो तर्फबाट रू १ लाख प्रदान गर्नेछु र मित्र सिरिस सापकोटाले रू ५० हजार प्रदान गर्ने घोषणा गरेका छन्। कम्तिमा रू ५ लाख जति जम्मा गरेर बैंकमा मुद्दती खातामा पैसा जम्मा गर्न सकियो भने त्यसको ब्याजबाट यो काम गर्न सकिन्छ। अझ धेरै पैसा उठेमा हामी अरू रचनात्मक काममा उपयोग गर्न सक्छौँ।
कृपया तपाईंहरूको सुझाव तल कमेन्ट बक्समा लेख्नुहोला र आफ्नो तर्फबाट के-कति सहयोग गर्न सकिन्छ, त्यो पनि उल्लेख गर्नुहोला।
- संजीव पाण्डे
विद्यार्थीहरूमाझ अत्यन्त लोकप्रिय आदरणीय कोपिला सरले आगामी हप्ताबाट लागू हुने गरी विद्यालयबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। झन्डै साढे दुई दशक लामो सेवा अवधिभर उहाँले विद्यार्थीहरूका निम्ति एउटा योग्य शिक्षकमात्र होइन, असल साथी र अभिभावकको भूमिका पनि राम्रोसँग निभाउनुभएको छ। हामी उहाँप्रति हार्दिक आभार प्रकट गर्दै उहाँको सुख, सुस्वास्थ्य, दीर्घ जीवन र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुरेव परंब्रह्म तस्मै श्रीगुरवे नमः ॥
Happy Teacher's Day!
I cannot emphasize enough the importance of a good teacher.
--Temple Grandin
12/01/2012
हाम्रा अति प्रिय मित्र भाष्कर शाह (एसएलसी ब्याच २०५३, स्कुल क्याप्टेन २०५१-५२)को हिजो सडक दुर्घटनामा परी निधन भएको समाचारले हामी अत्यन्त मर्माहत भएका छौँ। हामी दिवंगत आत्माको चीर शान्तिको लागि भगवानसँग प्रार्थना गर्दछौँ र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
We wish all our teachers and friends a very Happy Happy New Year 2012!
What Teacher Would You Like to Thank? Student Opinion Question | Tell us about an influential teacher in your life.
लौ, हाम्रो स्कुललाई त यी लेखकले सार्वजनिक विद्यालय (सरकारी स्कुल) पो भन्देछन् !!
http://www.ekantipur.com/np/2068/4/24/full-story/333872.html
08/08/2011
मैले ड्याडीमम्मीदेखि लैनचौरको आदर्श योगहरि स्कुलका सरमिसम्मलाई धेरैपटक यो प्रश्न सोधेँ। तर, उत्तर पाइनँ। कोही पनि थाहा छैन नभन्ने, तँलाई किन चाहियो भनेर मेरो मुख बन्द गरिदिने।
म्हेपीको थुम्कोदेखि मंगल ग्रहसम्म Nagarik News, The best News Portal of Nepal. Online news of nepal
07/08/2011
आदर्श योग-हरि उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थी लुजेन्द्र ओझाले मंगल ग्रहमा पानी रहेको पत्ता लगाएर संसारभर नै सनसनी फैलाएका छन्। लामो समयदेखि अनुसन्धान गरिरहेका कैयौँ वैज्ञानिकहरूले समेत पत्ता लगाउन नसकेको यो रहस्य हाम्रै विद्यालयका पूर्व विद्यार्थी यी २१ वर्षीय वैज्ञानिकले पत्ता लगाएका छन्। स्याबास लुजेन्द्र! हामी सबैको छाती गौरवले फुलेको छ।
मंगलग्रहमा पानी रहेको नेपाली विद्यार्थीले पत्ता लगाए Nagarik News, The best News Portal of Nepal. Online news of nepal
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu
44600