G.S eps topik

G.S eps topik Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from G.S eps topik, School, Kathmandu.

15/12/2022
दक्षिण कोरियाले एक बर्ष भित्र चालीस हजार नेपाली कामदार लैजाने ❗️निर्माण, उत्पादन र कृषि क्षेत्रमा नेपाली कामदार लैजाने क...
15/12/2022

दक्षिण कोरियाले एक बर्ष भित्र चालीस हजार नेपाली कामदार लैजाने ❗️

निर्माण, उत्पादन र कृषि क्षेत्रमा नेपाली कामदार लैजाने कोरियाली श्रम उपमन्त्रीको भनाइ‼️

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने जनाएको छ । कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याललाई यसबारे जानकारी दिएका हुन् ।

नेपालबाट एकै वर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा ४० हजार नेपाली ल्याउँछौं,’ सिंगापुरमा भएको द्विपक्षीय भेटमा उपमन्त्री जोङपिलको भनाइ उद्धृत गर्दै अर्यालले भने । यसअघि ईपीएसअन्तर्गत यति धेरै नेपाली एकै वर्षमा कोरियाले भर्ना गरेको थिएन ।
उपमन्त्री जोङपिल कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १७ औं एसिया तथा प्रशान्त क्षेत्रीय बैठकमा सहभागी हुन सिंगापुर आएका थिए । उक्त बैठकमा नेपालको तर्फबाट श्रम सचिव अर्यालले नेतृत्व गरेका थिए । सोही क्रममा दुवै मुलुकका अधिकारीबीच भेटवार्ता भएको हो । भेटमा उपमन्त्री जोङपिलले कोरियाले कामदार आपूर्ति गर्दै आएका १६ मुलुकमध्ये नेपालीलाई उच्च प्राथमिकता दिने गरेको बताएका सचिव अर्यालले सुनाए । ‘ईपीएसअन्तर्गत कामदार पठाउन थालेको १२ वर्ष भयो । यो अवधिमा कोरिया र नेपालबीचको संयन्त्रले प्रभावकारी रूपमा कार्यसम्पादन गरिरहेको छ । कोरियाको मागअनुसार कामदार पठाउन सक्ने संयन्त्र नेपालसँग छ, त्यसका लागि आफूहरू तयार रहेको भेटमा कोरियाली पक्षलाई आश्वस्त पार्‍यौं,’ अर्यालले भने ।

कोरियाले सबैभन्दा बढी गत वर्ष ९ हजार कामदार लैजाने कोटा छुट्याएको थियो । ईपीएस प्रणालीअन्तर्गत हालसम्म कोरियामा ७५ हजार नेपाली कामदार पुगिसकेका छन् । जसमा ५ हजार महिला छन् । कोरिया गएकामध्ये ३ हजार नेपाली गैरकानुनी हैसियतमा बसिरहेको पनि मन्त्री जोङपिलले उल्लेख गरेका अर्यालले बताए । ‘कोरियामा कोही पनि गैरकानुनी हैसियतमा नबसोस् भन्ने हाम्रो चाहना हो । गैरकानुनी हैसियतमा बसेकाहरूलाई स्वदेश फर्काउनको लागि नेपालबाट पनि सहजीकरण होस्,’ जोङपिलको भनाइ उद्धृत गर्दै अर्यालले भने ।

✍️ कान्तिपुरबाट

🤘🤘🤘
12/12/2022

🤘🤘🤘

 #सुचना       manu second sift ko notice आएको छ।पौस 3 गते देखि 9 गतेसम्म।😊😊😍Link👇️👇️👇️http://epsnepal.gov.np/wp-content/...
05/12/2022

#सुचना


manu second sift ko notice आएको छ।पौस 3 गते देखि 9 गतेसम्म।😊😊😍
Link👇️👇️👇️

http://epsnepal.gov.np/wp-content/uploads/2022/12/List-of-Manufacturing-Passers-for-Medical-Checkup-and-JA-form-submission..pdf

म्यानमारको eps topic exam को कटलाइन 90/40 मतलव 40 वटा प्रश्नमा 16 वटा मिलाउने पास ☺☺
12/11/2022

म्यानमारको eps topic exam को कटलाइन 90/40 मतलव 40 वटा प्रश्नमा 16 वटा मिलाउने पास ☺☺

दोस्रो चरणमा आवेदन दिने १८५९५ जना मध्ये परिक्षामा सहभागी १४हजार ४३ जना रहेको EPS HRD कार्यलयले जनाएको छ।
09/11/2022

दोस्रो चरणमा आवेदन दिने १८५९५ जना मध्ये परिक्षामा सहभागी १४हजार ४३ जना रहेको EPS HRD कार्यलयले जनाएको छ।

Āja rāti kariba 2 bajēra 12 minēṭamā khaptaḍa rāṣṭriya nikuñja kēndra banā'ēra 6 daśamalava 6 myāgnīcyuḍakō bhūkampamā p...
09/11/2022

Āja rāti kariba 2 bajēra 12 minēṭamā khaptaḍa rāṣṭriya nikuñja kēndra banā'ēra 6 daśamalava 6 myāgnīcyuḍakō bhūkampamā parī ḍōṭikō pūrvīcaukī gā'um̐pālikā 3 kō gairā gā'um̐mā 8 ghara bhatkidā 6 janākō mr̥tyu bha'ēkō ra 5 janā ghā'itē bha'ēra 2 janā bēpattā rahēkō dukhada khabaralē stabdha banā'ēkō cha. Ukta bhakampakā kāraṇalē ḍōṭikō pūrvīcaukī gā'um̐pālikā vaḍā nambara 3 kā adhikānsa ghara carki'ēkō dukhada khabara prāpta bha'ēkō cha. Bhakampamā parēra jyāna gumā'unēharu prati hārdika śradhdāñjali arpaṇa gardai vēpattāharukō yathāśighra khōji garna ma jillā sthita bipata vyavasthāpana kāryalaya,sthāniya, pradēśa ra saṅghiya sarakāra sam̐ga māga gardachu. Ukta bhukampakā kāraṇa gharabāra bihina bha'ēkāharulā'ī rāhata ra ghā'itēharulā'ī upacārakō rāmrō pravandha milā'una pani ma sarakāra sam̐ga māga gardachu.
Jaya nēpāla!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when G.S eps topik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category