
डि. एम. आइ. टि. परिक्षण
कुनै पनि व्यक्तिको बहुबुद्धि क्षमता पत्ता लगाउने आधुनिक प्रविधि नै DMIT Test (Dermatolglyphics Multiple Intelligence Test) हो । लामो समयसम्म विभिन्न क्षेत्रका विज्ञहरुले अनुसन्धान गर्दै आएको भएपनि रशियाले अन्तरीक्ष यात्री छनोट र सन् १९७२ र १९७६ को ओलम्पिक खेलाडी छनोटमा प्रयोग गरि सफल सिद्ध गरेको थियो । यो प्रविधि ज्ञानात्मक मनोविज्ञानका पिता तथा अमेरिकी हावार्ड विश्वविद्यालयका प्राध्यापक डा. हावार्ड गार्डनरले Multiple Intelligence Theory नामाकरण गरि थप विकसित (सन् १९८३) मा गर्नु भएको थियो । मस्तिष्क र शरीरका भागहरुका सम्बन्धको बारेमा मानव , बादर र मुसामा गरिएको लामो समयको अनुसन्धान पश्चात् अमेरिकी मनोचिकित्सक रोजर्श स्पेरीले सन १९८१ को नोवेल पुरस्कार प्राप्त गरेपछि प्रयोगमा आएको यो प्रविधि ९० देखि ९५ प्रतिशत भरपर्दो र वैज्ञानिक छ । यो प्रविधिबाट ४ बर्ष उमेर पूरा भएको जुनसुकै व्यक्तिले जन्मजात क्षमताको चिनारी गरि जीवनलाई सफल , तनाव रहित र सार्थक मार्गमा डोर्याउन सकिन्छ । विश्वका करिब १६५ भन्दा बढी देशले प्रयोग गर्दै आएको यो प्रविधि विद्यार्थीको लागि बरदान नै सिद्ध भएको छ । डि. एम. आइ. 6L परिक्षण पश्चात् प्राप्त हुने ६८ पानाको अभिलेखमा व्यक्तिको Behaviour report , Career guidance report , Skill set report सहितको जीवन पर्यन्त अभिलेख समाबेश गरिएको हुन्छ । अभिलेख अध्यन अध्यापनमा विद्यार्थी , शिक्षक, अभिभावक मात्र नभइ विभिन्न क्षेत्रका जुनसुकै पेशेवर व्यावसायिहरुलाई पनि उत्तिकै आवश्यक छ ।
डि. एम. आइ. टि. परिक्षण बाट लिन सकिने मुख्य लाभहरु :
• व्यक्तिको जन्मजात क्षमताको पहिचान
• बहुबुद्धि क्षमताको क्षेत्र पहिचान
• व्यक्तिको शैक्षिक क्षेत्रको पहिचान
• व्यक्तिको अध्ययन शैली (Learning style ) को जानकारी
• मस्तिष्क प्रभुत्व ( Brain dominance ) को जानकारी
• आफ्नो व्यक्तित्वको पहिचान र बौद्धिक स्तरको जानकारी
• व्यक्तिको उच्च शक्ति र कम्जोर क्षेत्रको पहिचान गरि कम्जोर क्षेत्रको सकारात्मक उपाय
• आफ्नो पेशा , क्षेत्र वा करियर छनोटको लागि दिशा निर्देश
• व्यवसायीक पार्टनरको छनोट बारे जानकारी
• संवेगात्मक र आवेगात्मक स्थितिको पहिचान
• माथी उल्लेखित विषयहरुमा सत्तरी पानाको अभिलेख तयारी गरि मार्ग निर्देश
• आवश्यकताको आधारमा सम्बन्धित विज्ञहरुद्वार