शेयर बजार छ्लफल केन्द्र

शेयर बजार छ्लफल केन्द्र शेयर बजारको बारेमा नजानेको सिक्ने र जानेको सिकाउने शेयर बजार छ्लफल केन्द्रको अभियान

शेयर बजारमा सफलताको मूल आधार भनेको धैर्यता, दीर्घकालीन सोच र निरन्तर अध्ययन हो।बजारले मौका त सबैलाई दिन्छ, तर त्यसलाई सह...
30/03/2026

शेयर बजारमा सफलताको मूल आधार भनेको धैर्यता, दीर्घकालीन सोच र निरन्तर अध्ययन हो।

बजारले मौका त सबैलाई दिन्छ, तर त्यसलाई सही समयमा चिनेर सदुपयोग गर्ने क्षमता भने आफैंले विकास गर्नुपर्छ।

छोटो समयका उतारचढावभन्दा माथि उठेर सिक्दै र बुझ्दै अघि बढ्ने हो भने सफलताले एक दिन अवश्य तपाईंको ढोका ढकढकाउनेछ।💐💚🙏
#शेयरबजारछलफलकेन्द्र #नजानेकोसिक्नेजानेकोसिकाउने

आजको युगमा सूचना सजिलै पाइन्छ तर सबै सूचना सहि सत्य भने हुदैनन्। किनभने जब जब सेयर बजारमा सकारात्मक माहोल देखापर्छ त्यति...
08/08/2025

आजको युगमा सूचना सजिलै पाइन्छ तर सबै सूचना सहि सत्य भने हुदैनन्। किनभने जब जब सेयर बजारमा सकारात्मक माहोल देखापर्छ त्यतिबेला विभिन्न सामाजिक सञ्जालहरुमा दैनिकजसो आकर्षक थम्बनेल, शतप्रतिशत लाभको दाबीहरू सथै महिनैपिच्छे नयाँ नयाँ स्वघोषित विश्लेषक र उनीहरुको विश्लेषणात्मक पोस्ट, भिडियो, सल्लाह, सुझाव, अनुमान र भबिस्यमा हुने लाभको ग्यारेन्टीसहितको भविष्यवाणीमार्फत नयाँ लगानीकर्ता हरुलाई प्रलोभनमा पार्ने कार्य बढ्दो क्रममा रहेकोे छ। यस्ता किसिमको भ्रामक पोस्ट र हल्लाहरुको पछि नलागी सतर्क रहन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ता हरुलाइ एक सूचना मार्फत आग्रह गरेको छ। शुभ दिन💐💚🙏

05/08/2025

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो वितरणयोग्य मुनाफा कति?

Q4 Highlights

खुद नाफा ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख रुपैयाँ

खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७६ करोड रुपैयाँ

सञ्चालन आम्दानी १६.५१ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड रुपैयाँ

इम्पेयरमेन्ट चार्ज १ अर्ब ५ करोडले घटेर ३५ करोड ३७ लाख रुपैयाँ

खराब कर्जा अनुपात ०.०३ प्रतिशत बिन्दुले घटेर ३.८३ प्रतिशत

वितरणयोग्य नाफा बढेर १ अर्ब ७ करोड रुपैयाँ

जगेडा कोष ३४.९८ प्रतिशतले बढेर ७ अर्ब ४१ करोड रुपैयाँ

प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा

13/04/2025

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण लगानीकर्ता हरुमा सुख, शान्ति समृद्धि एवं उत्तोरउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

नव वर्ष २०८२ ले तपाईंको वित्तीय यात्रा र व्यक्तिगत जीवन दुवैमा समृद्धि, सन्तुलन र उद्देश्यको उज्यालो लिएर आओस्।

जसरी एक कुशल लगानीकर्ताले बजारका उतारचढावका बीचमा पनि आफ्नो धैर्य, दृष्टिकोण र योजनामा अडिग रहन्छ त्यसैगरी हामी सबैले जीवनका आरोह-अवरोहमा पनि स्थिरता, रणनीति र सकारात्मक सोच कायम राख्न सकौं।

यो नयाँ वर्ष दीर्घकालीन सोच, सशक्त निर्णय र सुनौलो भविष्यको बलियो आधार बनोस्। लक्ष्यहरूलाई प्रष्ट बनाउँदै, योजनाबद्ध रूपमा अघि बढ्ने प्रण गरौं। शेयर बजारले हामीलाई सदैव समयको मूल्य सिकाउँछ त्यसैले जीवनमा पनि सही समयमा सही निर्णय लिन सिकौं।

२०८२ लाई स्मार्ट डिसिजनको वर्ष बनाऔं। थोरै-थोरै तर नियमित लगानी गर्दै समयसँगै ठूलो उपलब्धि प्राप्त गर्ने सोच बनाऔं। 💐💚🙏

आज सेयर लगानीकर्ताहरुले पुँजी बजार सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई २० बुँदे संयुक्त सुझाव दिएका छन्। ...
15/11/2024

आज सेयर लगानीकर्ताहरुले पुँजी बजार सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई २० बुँदे संयुक्त सुझाव दिएका छन्। नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यवहाक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाली पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल तथा अन्य लगानीर्ताहरुको उपस्थितिमा संयुक्त सुझाव प्रदान गरिएको हो।

Shout out to my newest followers! Excited to have you onboard! Subash Bhandari, Parbati Adhikari, Sitaram Koirala, रबी घ...
28/09/2024

Shout out to my newest followers! Excited to have you onboard! Subash Bhandari, Parbati Adhikari, Sitaram Koirala, रबी घिसिंग, Bijay Sah, Lokesh Shah, Raju Thapa, Sunil Dhital, Amit Bajracharya

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when शेयर बजार छ्लफल केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share