बिज्जन भण्डारी -Bijjan bhandari

बिज्जन भण्डारी -Bijjan bhandari

Share

लोकसेवा तयारि(खरिदार,नासु,अधिकृत)लाई मजबुत बनाऔं 🙏सबै पत्रको लागि आवश्यक सहयोग मिल्नेछ्💕🙏💕

13/05/2026

लोकसेवा को लिखित पत्रमा सधै टाउको दुखाउने, झुक्याउने अनि उस्तै उस्तै लाग्ने तर फरक अर्थ दिने टपिक्स कार्यालय निरीक्षण र अनुगमन

Photos from बिज्जन भण्डारी -Bijjan bhandari's post 26/01/2026

# महत्वपुर्ण समसामयिक घटनाक्रम❣️🙏❣️

Photos from बिज्जन भण्डारी -Bijjan bhandari's post 25/01/2026

2069 देखि 2082 सम्म नायब सुब्बा द्वितीय - तृतीय पत्र को प्रश्नपत्रहरु❣️🙏❣️
[प्रशासन-न्याय-लेखा-लेखापरीक्षण-राजश्व-परराष्ट्र ]
लोकसेवा आयोगले सोधेका प्रश्नहरू ।।

30/08/2025

#लुलु भइन मिस नेपाल 2025🙏
मिस नेपाल–२०२५ को उपाधि लुना लुँइटेललाई !
अन्य
=मिस कन्फिडेन्ट – प्रगिका क्षेत्री
=मिस टाइमलेस एलिगेन्स – उरुशा भण्डारी
=मिस हेल्दी स्किन – आरती थापा
=मिस ग्रीन भिजनरी – जगदिश्वरी शाह
=मिस प्रिस्टिन – प्रियंका थापा
=मिस पपुलर च्वाइस – उरुशा भण्डारी
=मिस ब्यूटिफुल हेयर – स्वेच्छा थापा
=मिस एम्पावर्ड च्वाइस– दीपशिखा नेपाल
=फेस अफ द इयर – स्मृति श्रेष्ठ घोषित भए ।

✅ २०८२ भदौ १४ गते ।

15/07/2025

#महत्वपुर्ण_iq
📝पेज र डिजिटको लागी
🔊पेज वाट डिजिट संख्या सोधेमा
✔१-९ सम्म ९ पेज*१ डिजिट=९ डिजिट
✔१०-९९सम्म ९० पेज*२ पेज=१८० डिजिट
✔१००-९९९ सम्म ९०० पेज*३ डिजिट=२७०० डिजिट

⚫उदाहरण १:
🔈८०० पेज भएको पुस्तकमा कति डिजिट हुन्छन?
✔१-९ सम्म ९ डिजिट
✔१०-९९ सम्म १८० डिजिट
✔बाकि =[८००-९९]*३=२१०३ डिजिट
जम्मा =२२९२ डिजिट

⚫उदाहरण २::
🔈११०० पेज भएको पुस्तकमा कति डिजिट हुन्छन?
✔१-९ सम्म ९ डिजिट
✔१०-९९ सम्म १८० डिजिट
✔१००-९९९ सम्म २७०० डिजिट
✔वाकि=[११००-९९९]*४=४०४ डिजिट
✔जम्मा डिजिट[९+१८९+२७००+४०४]=३२९३

🔊डिजिट वाट पेज सोधेमा
✔१-९ सम्म ९ डिजिट÷१=९ पेज
✔१०-९९ सम्म १८० डिजिट÷२=९० पेज
✔१००-९९९सम्म २७०० डिजिट÷३=९०० पेज

⚫उदाहरण १::
🔈१२०० भएको पुस्तकमा कति पेज होलान?
✔१-९ सम्म ९ डिजिट÷१=९ पेज
✔१०-९९ सम्म ९० डिजिट÷२=१८० पेज
✔वाकी [१२००-१८९]=१०११ डिजिट÷३
=३३७ पेज
✔जम्मा पेज[९+९०+३३७]=४३६ पेज

⚫उदाहरण २::
🔈३४०१ सम्म
✔१-९ सम्म ९ डिजिट ÷१ = ९ पेज
✔१०-९९ सम्म १८० डिजिट ÷२= ९० पेज
✔१००-९९९ सम्म २७०० डिजिट ÷३ =९०० पेज
✔वाकी[३४०१-२८८९]÷४=१२८ पेज
✔जम्मा पेज [९+९०+९००+१२८]= 1127

शिएर गरेर पढौं।

15/07/2025

महत्त्वपूर्ण हुन सक्छ है❣️

29/06/2025

निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, यी हुन् ११ नयाँ व्यवस्था❣️🙏
पहिलो,
➠संघीय निजामती सेवामा प्रवेशको उमेर पुरूषको हकमा ३५ र महिलाको हकमा ३९ कायम हुने भएको छ।

दोस्रो,
➠कर्मचारीको अवकाशको उमेर ६० वर्ष पुग्ने भएको छ।

तेस्रो,
➠खुला प्रतिस्पर्धाबाट सहसचिवको पदपूर्ति बन्द हुने भएको छ।

चौथो,
➠राज्य व्यवस्था समितिले अरितिक्त सचिवको पद सृजना गरेको छ।

पाँचौँ,
➠कुलिङ पिरियड। समितिले निजामती सेवाबाट राजीनामा दिएको तथा अवकाश पाएको २ वर्षसम्म कर्मचारीहरूले कुनै पनि कूटनीतिक
नियुक्त अथवा संवैधानिक नियुक्ति लिन नपाउने व्यवस्था गरेको छ।

छैठौँ,
➠नेपालका सरकारको मुख्यसचिवको सेवा अवधि २ वर्षको हुने भएको छ। हाल मुख्य सचिवको सेवा अवधि ३ वर्ष रहेको छ।

सातौँ,
➠प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई पनि अन्तरप्रदेश सरूवाको बाटो खोलिएको छ। स्थानीय तह र प्रदेशमा काम गरिरहेका कर्मचारीहरूले १० वर्षपछि यस्तो सरूवाको अवसर प्राप्त गर्न सक्नेछन्। दुई प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहमतिका आधारमा यस्तो सरूवा गर्न पाइने व्यवस्थामा समितिले सहमति जुटाएको हो।

आठौँ,
➠सरूवालाई अनुमानयोग्य बनाउने भन्दै समितिले कुनै पनि कर्मचारीलाई न्यूनतम एक वर्ष सरूवा गर्न नमिल्ने व्यवस्था समितिले गरेको छ

नवौं,
➠विधेयकले कुनै पनि व्यक्तिले राजपत्राङ्कित पदमा एकपटक र राजपत्र अनङ्कित पदमा एकपटक आरक्षण प्रयोग गर्न पाउने व्यवस्था गरेको छ।

दसौँ,
➠समितिले बढीमा १० वर्षसम्म मात्र संघीय निजामती सेवाका कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउने व्यवस्था विधेयकले गरेको छ।

एघारौँ,
➠आन्तरिक पर्यटन बिदा। समितिले निजामती कर्मचारीहरूलाई आन्तरिक पर्यटन बिदा दिने कानुनी व्यवस्था गरिदिएको छ।

प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले उक्त विधेयक दुई महिनाभित्र पारित गरिसक्नुपर्छ। राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक सभामुखले प्रमाणित गर्नेछन्। सभामुखले प्रमाणित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।

29/06/2025

धान दिवस 2082 को नारा महत्त्व हुन जाला है❣️🙏❣️

Photos from बिज्जन भण्डारी -Bijjan bhandari's post 17/06/2025

नयाँ आर्थिक सर्बेक्षण नयाँ समसामयिक संकलन
शिएर गरि पढौ है मित्रहरु🙏❣️🙏

Photos from बिज्जन भण्डारी -Bijjan bhandari's post 29/05/2025

आर्थिक सर्बेक्षण आर्थिक वर्ष 2081/82 र आवधिक बजे 2082/83 को बजेट संरचना
मोटामोटी पढ्नु पर्ने कुरा🙏❣️🙏

Photos from बिज्जन भण्डारी -Bijjan bhandari's post 18/02/2025

समय र काम(Time & work) सजिलो tricks सहित्❣️by bodi sir❣️🙏❣️
लोकसेवा तयारीलाई अझै मजबुत बनाउन हाम्रो पेज लाई लाइक/फलो गरौ है मिलेर पढौला❣️

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu