02/12/2023
Event of the Month and Activities ( यो महिना विद्यालय मा गराउन सकिने गतिविधिहरु)
मङ्सिर १७ गते : International Disabled Day
👉️विशेष क्षमता भएका तथा साधारण विद्यार्थी हरू बीच, समावेशी रूपमा चित्रकला, हस्तकला, वक्तृत्वकला ( कथा / अनुभव, कविता, निबन्ध ), तथा सबैजनाले खेल्न सक्ने खेल हरूको आयोजना गर्न सकिने |
👉️विद्यार्थीहरूको क्षमता अनुसार शिक्षकको निर्देशनमा विशेष क्षमता भएका व्यक्तिहरूको पीडा, समाजको उनीहरु प्रतिको दृष्टिकोण, हकअधिकार तथा सफलतालाई समेटेर नाटकको आयोजना गर्न सकिने |
👉️विशेष क्षमताको बाबजुदपनि आफ्नो कमजोरीलाई जितेर समाजमा योगदान पुराईरहेका प्रेरणादायी व्यक्तिलाई निमंत्रणा गरि गोष्ठी तथा अन्तरक्रिया गर्न सकिने |
विशेष क्षमता भएका व्यक्तिमा आधारित चलचित्र तथा वृत्तचित्र प्रदशन गर्न सकिने |
मङ्सिर १९: International Volunteer Day for Economic and Social Development and World Soil Day
👉️समुदायको कुनै विशेष ठाउँ वा विद्यालयको कुनै ठाउँमा विद्यार्थी, शिक्षक तथा समुदायमा विभिन्न क्षेत्रमा Volunteer को रूपमा काम गरिरहेका व्यक्तिको उपस्थितिमा रूख, कुनै फुल वा तरकारी रोप्न सकिने |
👉️पुन: प्रयोग गरेर ( recycle and reuse ) बनाइएका विभिन्न वस्तु हरूको प्रर्दशनी गर्न सकिने|
👉️माटोको महत्व, हाम्रो भूमिका, माटो र हाम्रो सम्बन्ध जस्ता कुराहरूलाई समेटेर नाटक, लेख वा चित्रकला प्रतियोगिताको आयोजना गर्न सकिने|
👉️स्थानीय रूपमै सञ्चालन भैरहेका कुनै अर्गानिक कृषि फारम भएमा छोटो भ्रमण गराउन सकिने|
मङ्सिर २२ : International Dignified Menstruation Day
👉️Menstrual Hygiene, यसप्रतिको गलत मान्यता तथा भ्रम, साथै यो विषयमा खुल्ला अन्तरक्रिया गर्न प्रोत्साहन गर्ने खालको कार्यशाला गर्न सकिने |
👉️कुनै स्वास्थ्य कर्मी तथा सामाजिक अभियन्ता बोलाई शारीरिक तथा मानसिक स्वास्थ्य एवम अपनाउन पर्ने कुरा हरूको विषयमा छलफल तथा अन्तरक्रिया गराउन सकिने |
👉️आवश्यक सामग्री संकलन गरि कुनै पिछडिएको सामुदयामा विद्यार्थी तथा शिक्षकको सहभागितामा वितरण गर्न सकिने |
For Collaboration: rabikeeran.com
Rabi Keeran
WhatsApp: 9805231656
साथै केहि भए थप्दै जानुस है |
धन्यवाद
रवि किरण
विद्यालय सँग हातेमालो