Prem Saud
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prem Saud, Personal coach, Kathmandu.
शिक्षा नीति
# जंगलको स्कूल
एकचोटी जंगल को राजा सिंहले घोषणा गर्यो कि अब आजपछि कोहि पनि अनपढ़ रहने छैन। हरेक पशुलाई अफ्ना बच्चालाई स्कूल पठाउनु पर्ने हुन्छ। राजाको स्कूलले पढ़ा-लेखाई सबैलाई प्रमाणपत्र बाँडनेछ।
सबै बच्चाहरु स्कूल गए। हाथीका बच्चा, सिंहका बच्चा, बाँदरका बच्चा, माछाका बच्चा, खरायोका बच्चा, कछुआका बच्चा, ऊँटका बच्चा र जिराफका बच्चा। प्रथम एकाई परीक्षा (first unit test) भयो त्यसमा हाथी को बच्चा फेल। कुन विषयमा फेल भयो? रुख चढ़ने विषयमा फेल भएछ, हाथी को बच्चा। अब के गर्ने? ट्यूशन देऊ, कोचिंग पठाऊ। अब हाथीको जिन्दगीको एउटै लक्ष्य थियो कि मेरो बच्चालाई रुख चढ़ने मा Top गराउनु छ। जसोतसो वर्ष बित्यो। Final Result आयो त हाथी, ऊँट, जिराफ सबैका बच्चा फेल भए। बाँदर को बच्चा फर्स्ट first भयो। प्रधानाध्यापक (Principal) ले स्टेजमा बोलाएर मेडल दियो। बाँदरले उफ्री-उफ्री कलाबाजि देखाएर खुशी प्रकट गर्यो।
उता अपमानित महसूस रहेका हाथी, ऊँट र जिराफले आफ्ना-अफ्ना बच्चालाई कुट्न थाले। नालायकहरु, यति महँगा स्कूलमा पढाएँ तिमीहरुलाई, ट्यूशन-कोचिंग सबै लगाएँ। तर पनि आजसम्म तिमीहरु रुखमा चढ्न सिकेनौ। सिक, बाँदरको बच्चासँग त सिक केही, पढ़ाईमा ध्यान देऊ। फेल त मछाको बच्चा पनि भयो।माछाको बच्चा पौडीमा प्रथम आयो तर बाँकी विषयमा त फेल नै भयो। शिक्षिकाले भनिन्, "तपाईका छोरा धेरै अनुपस्थित हुन्छन है।"
माछाले छोरालाई आँखा देखाउदै रिसाए। छोराले सम्झाउदै भने ,"बुवा, म निस्सासिन्छु यस स्कूलमा। मलाई यस स्कूलमा साँस फेर्न गार्हो हुन्छ। मलाई पढ्नु छैन यो स्कूलमा। हम्रो स्कूल त ताल पोखरीमा हुनुपर्यो नि?"
बुवाले उत्तर दियो- होइन, यो राजाको स्कूल हो। ताल पोखरीको स्कूलमा पठाएर मलाई आफ्नो बेइज्जती गराउनु छैन। समाजमा केहि त इज्जत प्रतिष्ठा छ मेरो। तिमीलाई यहि स्कूलमा पढ्नु पर्छ। पढ़ाईमा ध्यान देऊ। हाथी, ऊँट र जिराफ आफ्ना-अफ्ना बच्चालाई कुट्दै घरतिर लगिरहेका थिए। बाटोमा बूढ़ो पिपलको रुखले सोध्यो,"किन पिटिरहेछौ बच्चाहरुलाई?" जिराफले भन्यो, रुख चढ्नेमा फेल भयो? पिपलको बोटले केही सोचेर उत्तर दियो, यसलाई रुखमा चढ्नु नै किन पर्यो र ? उसने हाथीलाई भन्यो, आफ्नो सूंड उठाऊ र सबैभन्दा ऊँचाईमा रहेको फल टिपिहाल। जिराफ तिमी पनि आफ्नो लामो घाँटी उठाऊ र सबैभन्दा माथिको पात टिप अनि खाऊ। ऊँट घाँटी तन्काएर फल र पात खान थाले। हाथीको बच्चालाई किन रुखमा चढाउन चाहन्छौ ? माछालाई पनि पोखरी तालमा नै सिक्न पढ्न देऊ न?
दुर्भाग्यवश आज स्कूले शिक्षा को पूरा Curriculum र Syllabus बाँदरको बच्चाका लागि मात्र डिजाइन गरिएको छ। यस्ता स्कूलमा ४० बच्चाहरुको कक्षामा बाँदर नै त फर्स्ट आउछ। बाकी सबै फेल हुने निश्चितप्रायः छ। हरेक बच्चाको आवश्यकता र चाखका आधारमा अलग Syllabus, अलग Subject र अलग स्कूल हुनुपर्छ । हाथीका बच्चालाई रुखमा चढाएर अपमानित नगरौं। जबर्दस्ती उनीमाथि फेलियर को छाप नलगाऔं। ठिक छ, बाँदरको उत्साहवर्धन गरौं तर बाँकी ३९ बच्चालाई नालायक, कामचोर, लापरवाह, Duffer, Failure घोषित नगरौं। माछा निसन्देह रुखमा चढ्न सक्दैन तर एक दिनमा ऊ पूरा समुद्र नाप्न सक्छ।
शिक्षा -
आफ्नो बच्चाको (विद्यार्थीको) क्षमता र प्रतिभा को कदर गरौं चाहे त्यो पढ़ाई, खेल, नाच, गाना, कला, अभिनय,व्यापार, खेती, बागवानी, मेकानिकल, कुनै पनि क्षेत्रमा होस् उसलाई त्यही क्षेत्रमा राम्रो गर्ने अवसर दिऔं । आवश्यक छैन कि सबै बच्चा पढ्नमा अव्वल हुनैपर्छ। बरु उनमा राम्रो संस्कार तथा नैतिक मूल्य हुनु आवश्यक छ जसले गर्दा बच्चाहरु गलत बाटो नचुनोस l
सबै अभिभावक तथा गुरूवर्गमा सादर समर्पित !
copied
तपाई सफल नहुनुको कारण
एक पटक स्वामी विवेकानन्दको आश्रममा एक व्यक्ति आउँछन र भन्छन-" गुरू, गुरू म मिहिनेत त गर्छु तर जती मिहिनेत गरे पनि म मेरो साथीहरू भन्दा सफल हुन सक्दिनँ । अहिले आएर त म यती थकित भएँ कि म सफल नै हुन नसक्ने रहेछु जस्तो लाग्न थालिसक्यो । मलाई सफल हुने तरिका बताइदिनुहोस् न ।" ती व्यक्तिको यस्तो कुरा सुने पछी विवेकानन्दले आफ्नो आश्रममा रहेको कुकुरतिर देखाउँदै भन्छन -"तिमी एक छिन् यो कुकुरलाइ बाहिर घुमाएर आऊ अनि म तिमीलाई तिम्रो प्रश्नको जवाफ दिनेछु ।" विवेकानन्दको यस्तो प्रस्ताव सुनेपछी "हुन्छ" भन्दै ती व्यक्ति कुकुर घुमाउन गाउँतिर निस्किन्छन । करिब एक घण्टा जती कुकुरलाई डुलाएर उनी आश्रममा फर्किन्छन त विवेकानन्दको कुकुर एक्दमै थकित देखिन्छ । आफ्नो कुकुरलाइ यती थकित र स्याँस्याँ फ्याँफ्याँ गरेको देखी विवेकानन्दले ति व्यक्तिलाई सोध्छन-" भाई, हुन त तिमी र कुकुर सँगै घरबाट निस्कियौ र घर फर्किदा पनि सँगसङै नै आयौ तर तिमी यती शान्त देखिन्छौ भने यो कुकुर चाँही किन यती बिधी थकित देखिन्छ ?" विवेकानन्दको कुरा सुने पछी ती व्यक्तिले भन्छन-" गुरू जब म यो कुकुरलाई लिएर गाउँ घुम्न निस्किएँ यो कुकुरले बाटोमा भेटे जति सबै कुकुरलाई दौडिएर जित्ने प्रयास गर्यो त्यती मात्र होइन जति पनि बाटोमा यसले मान्छेहरू र जनावरहरू देख्थ्यो सबैलाई उसले भुक्ने गर्थ्यो अनि त यो नथाकेर को थाक्छ त ?" फेरि विवेकानन्दले प्रतिप्रश्न गर्छन् -"अनि तिमी चाँही किन थाकेनौ त ? "त्यो ब्यक्तिले हाँस्दै भन्छ-" कस्तो कुरा गर्नुभएको ? मलाई त गाउँ डुल्दा कसैलाई जित्नु नै थिएन नत भुक्नु नै थियो । म त आफ्नै सुरमा हिंडेँ नि । आफ्नै रफ्तार र गतिमा हिंडे पछी को थाक्छ भन्नुस् त ?" त्यो व्यक्तिको मुखबाट यति कुरा मात्र विवेकानन्दले के सुनेका थिए उनले मुस्कुराउँदै भन्छन-" हो तिमीले आफ्नो उत्तर पाई हाल्यौ नि । तिमी असफल हुनु र जीवनमा हरेश खानुको कारण पनि यही हो कि तिमी अनावश्यक व्यक्तिसँग आफ्नो तुलना गर्छौ र उनिहरूलाई उछिन्न खोज्छौ । आफ्नो वास्तविक स्वाभाव र खुबिलाई चिनेर आफ्नो सुरमा अगाडि बढ्नुको सट्टा अरुले के गरेको छ भनी अरुसँग आफूलाई दाँज्न खोज्यो भने जीवनमा कहिल्यै पनि खुसी र सफल हुन सकिदैन । साथीले बिजनेस सुरु गर्यो भने तिमी पनि बिजनेस सुरु गर्छौ यो नबुझेर कि तिम्रो बिजनेस गर्ने क्षमता छ कि छैन । साथी म्युजिक क्षेत्र तिर लाग्यो भने तिमी पनि त्यही सिको गर्छौ यो नबुझेर कि तिमी भित्र म्युजिकको प्रतिभा छ छैन । साथीले राजनीति गर्न थाल्यो तिमी पनि त्यही सिको गर्छौ यो ठानेर कि राजनीति नै सबैथोक हो । हामी अरुको सिको गर्न खोज्दा आफ्नै क्षमता के हो थाहा पाउदैनौ र कस्तुरी म्रिगले आफ्नो बिना नचिने जस्तै जिन्दगी भरि भड्किएर हिड्छौँ । उपयुक्त यो हो कि अरुले के गरेको छ भनेर ऊ जस्तै बन्नुको सट्टा आफूलाई चिनेर आफ्नो गतिमा अगाडि बढ्नु लाभदायक हुन्छ ।
14/06/2022
🎤 सुर्वण अवसर 🎓🏆
यहि असार ६ गते सोमबार बेलुका ठिक ८ः१० बजे बाट 👇🏾
Effective Public Speaking & Personality Development Training को Free webinar सञ्चालन हुदैछ ।
ईच्छुक व्यक्तिले आफ्नो नाम रजिष्टे«शन होला ।
➡️ Registration Link: 👇
🔜 https://forms.gle/QSvMbBAEXVxDXvp2A 🗣️ यो संसार बोल्न जान्नेहरुको मुठ्ठीमा छ, किन की मानिसको बोली अर्थात भाषणकलामा अद्भुत शक्ति हुन्छ ।
🗣️ निर्धक्क भएर प्रभावकारी तरीकाले बोल्न चाहनेहरुका लागि 9 Days NLP Based Effective Public Speaking & Personality Development Training, Sanskar Academy द्धारा सञ्चालन ।
त्यसैलेः
👉 के तपाईहरु निर्धक्क भएर 💪 (Confidently) भिडको अगाडी बोल्न चाहनु हुन्छ ?
👉 के तपाईहरु बोल्न खोजेको कुरा स्टेजमा जादा बिर्सर्ने बानीलाई सुधार गर्न चाहानु हुन्छ ?
👉 के तपाईहरु प्रभावकारी भाषणकला तथा उद्घोषणकला सिकेर आफ्नो व्यवसायिक क्षेत्रमा छुट्टै पहिचान बनाउदै व्यक्तित्व, नेतृत्व र सामाजिक उतरदायित्व विकास गर्न चाहनु हुन्छ ?
👉 के तपाईहरु आफुसंग भएको अन्र्तनिहित क्षमता र प्रतिभाको पहिचान गरेर प्रभावकारी तरीकाले आफ्नो कार्यसम्पादन गर्दै विशिष्ट व्यक्तित्व विकास गर्न चाहनु हुन्छ ?
👉 के तपाईहरु प्रभावकारी बोल्ने कलाको विकास गरेर आफ्नो पेशा, व्यवसायको विस्तार, विद्यालय, संघ संस्था, कार्यालयमा आफ्ना कर्मचारी, परिवारिक जीवन तथा अन्य मानिसहरुसंग सहज र सुमधुर सम्बन्ध विस्तार गर्न चाहनु हुन्छ ?
👉 के तपाईहरु सफल Motivational Speaker/Life Coach/Trainer/Counsellor बन्न चाहनु हुन्छ ?
🗣️ यदि हो भने, आउनुहोस, नेपालमै पहिलो पटक Sanskar Academy द्धारा High Value Contents का साथ NLP Based Effective Public Speaking & Personality Development Training मा सहभागी बनौं ।
हाम्रा विशेषताहरुः
✍️ Master Secrets of Subconscious mind & Law of Believe System
✍️ Secrets of Law of Attraction
✍️ Secrets of Personality Development
✍️ बोल्न खोजेको कुरा स्टेजमा बोल्दा बिर्सने मनोबैज्ञानिक डरलाई सधैका लागि हटाईने ।
✍️ Voice Therapy & Structure Based Effective Public Speaking
✍️ NLP Based Mind Reprograming को माध्यमबाट Confidence level enhance / Fear overcome गराईने ।
✍️ 🗣️ बोल्ने कला, कार्यक्रम संञ्चालन तथा प्रस्तुतीरणका लागि उत्कृष्ट तयारी विधिहरु सहित अभ्यास गराईने ।
✍️ नयाँ खोज, अध्ययन तथा अनुसन्धानको आधारमा पारीवारिक वातावरणमा अन्य जीवनपयोगी व्यवहारिक ज्ञान प्रदान गराइने ।
✍️ Voice Quality र Body language को प्रयोगात्मक विकास गराईने ।
✍️ दक्ष एवं अनुभवी प्रशिक्षहरुद्धारा व्यवहारिक रुपमा 📢उद्घोषणकला, सञ्चार सीप र नेतृत्व तथा सामाजिक उत्तरदायित्वको विकास गराईने ।
🔔 नोटः SEE दिएर बसेका विद्यार्थीहरुलाई पनि विशेष छुट सहित कक्षाको व्यवस्था गरिएको छ ।
🔜 https://forms.gle/QSvMbBAEXVxDXvp2A
01/03/2022
निर्धक्क भएर बिना हिचकिचावट प्रभावकारी तरीकाले बोल्न चाहनेहरुका लागि 9 Days NLP Based Effective Public Speaking & Personality Development Training , Sanskar Academy ले सञ्चालन गर्दैछ । समय मै सिट सुरक्षित गर्न तलको link मा आफ्नो नाम रजिष्टेशन गर्नु होला ।
https://forms.gle/bwWf7GUhmWYGjCZV7
मानिसको बोली अर्थात भाषणकलामा अद्भुत शक्ति हुन्छ । यो संसार बोल्न जान्नेहरुको मुठ्ठीमा छ । जसले प्रभावकारी तरिकाले बोल्न जान्यो, तीनै व्यक्ति अधिक मात्रामा सफल भएका छन् ।
के तपाईहरु निर्धक्क भएर (Confidently) मानिसहरुका अगाडी बोल्न र सन्देश सम्प्रेशण गर्न चाहनु हुन्छ ?
के तपाईहरु प्रभावकारी भाषणकला तथा उद्घोषणकला सिकेर आफ्नो व्यवसायिक क्षेत्रमा छुट्टै पहिचान बनाउदै व्यक्तित्व, नेतृत्व र सामाजिक उतरदायित्व विकास गर्न चाहनु हुन्छ ?
के तपाईहरु आफुसंग भएको अन्र्तनिहित क्षमता र प्रतिभाको पहिचान गरेर प्रभावकारी तरीकाले आफ्नो कार्यसम्पादन गर्दै विशिष्ट व्यक्तित्व विकास गर्न चाहनु हुन्छ ?
के तपाईहरु प्रभावकारी बोल्ने कलाको विकास गरेर आफ्नो पेशा, व्यवसायको विस्तार, विद्यालय, संघ संस्था, कार्यालयमा आफ्ना कर्मचारी, परिवारिक जीवन तथा अन्य मानिसहरुसंग सहज र सुमधुर सम्बन्ध विस्तार गर्न चाहनु हुन्छ ?
के तपाईहरु सफल Motivational Speaker/Life Coach/Trainer/Counsellor बन्न चाहनु हुन्छ
यी ईच्छा र सपना पुरा गर्न आउनुहोस , नेपालमै पहिलो पटक Sanskar Academy द्धारा High Value Contents का साथ NLP Based Effective Public Speaking & Personality Development Training मा सहभागी बनौं ।
हाम्रा विशेषताहरुः
Master Secrets of Subconscious mind & Law of Believe System
Science of Universal Energy and Law of Attraction
Secrets of Personality Development
Success Strategies on Business
Power of Networking, Team building & Time management
Gloss phobia लाई मनोबैज्ञानिक तरीकाबाट हटाईने ।
Voice Therapy & Structure Based Effective Public Speaking
NLP Based Mind Reprograming को माध्यमबाट Confidence level enhance / Fear overcome गराईने ।
बोल्ने कला, कार्यक्रम संञ्चालन तथा प्रस्तुतीरणका लागि उत्कृष्ट तयारी विधिहरु सहित अभ्यास गराईने ।
नयाँ खोज, अध्ययन तथा अनुसन्धानको आधारमा पारीवारिक वातावरणमा अन्य जीवनपयोगी व्यवहारिक ज्ञान प्रदान गराइने ।
Voice Quality / Body language को प्रयोगात्मक विकास गराईने ।
दक्ष एवं अनुभवी प्रशिक्षहरुद्धारा व्यवहारिक रुपमा उद्घोषणकला, सञ्चार सीप र नेतृत्व तथा सामाजिक उत्तरदायित्वको विकास गराईने ।
Sanskar Academy का Founder CEO तथा बरिष्ठ Trainer Raja Babu Sah द्धारा सञ्चालित NLP Based सम्पूर्ण व्यवहारिक तथा जीवनपयोगी अति महत्वपूर्ण ज्ञान तथा तालिम प्राप्तीका लागि Sanskar Academy को page like गरी थप जानकारी लिन सक्नु हुनेछ ।
तलको link मा आफ्नो नाम रजिष्टेशन गर्नु होला ।
https://forms.gle/bwWf7GUhmWYGjCZV7
सपना भत्किन सक्छ, मन अतालिन सक्छ ।
बचन फेरीन सक्छ, विश्वास ढल्न सक्छ ।
तर झिनो आशा बचाई राखौ,
जिन्दकी फेरी मुस्कुराउन सक्छ । ।
28/02/2022
universal Power of energy
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Kathmandu
00977