30/11/2025
नेपालको संविधान २०७२, का विशेषताहरु
================================
✔ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
✔ सार्वभौम र राजकीय सत्ता जनतामा
✔ ७ प्रदेशको संघीय संरचना
✔ संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
✔ संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
✔ सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
✔ प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
✔ २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
✔ दुईतिहाइले संशोधन गर्न सकिने
✔ मिश्रित निर्वाचन प्रणाली
✔ केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
✔ प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
✔ केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
✔ राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
✔ प्रदेशमा एक सदनात्मक संसद्
✔ ७ प्रदेशमा कुल सांसद ५५०
✔ प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
✔ प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्
✔ प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने
✔ ३५ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान
✔ प्रदेशको सीमांकन संघीय आयोगले टुङग्याउने
✔ प्रदेशको नामकरण प्रदेश संसदको दुईतिहाइले गर्ने
✔ प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।
✔ संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन
✔ प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
✔ एकीकृत न्यायपालिका
✔ केन्द्रमा सर्वोच्च अदालत
✔ सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
✔ प्रदेशपिच्छे उच्च अदालत
✔ साबिक जिल्लामा जिल्ला अदालत
✔ आमा वा बाबुको नामबाट वंशजको नागरिकता
✔ धर्मनिरपेक्ष राष्ट्र
धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ
✔ मधेसी, थारू, मुस्लिम, आदिवासी जनजातिका लागि छुट्टाछुट्टै आयोग
✔ सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली
✔ राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्
✔ जिल्ला प्रशासनिक इकाईका रूपमा रहने
✔ जिल्लामा निर्वाचित जिल्ला सभा रहने
✔ सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पुन:संरचना गर्ने
✔ स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था
✔ चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
✔ ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
✔ संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभामुख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था