18/08/2026
सूचना!
आदरणीय अभिभावकज्यू,
प्राविधिक कारणवश चमेनागृहको व्यवस्थापनमा केही समय लाग्ने भएकाले अर्को सूचना जारी नभएसम्म आफ्ना नानीबाबुहरूका लागि आवश्यक खाजा घरबाटै व्यवस्था गरी विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ। यहाँहरूको सहयोग र समझदारीका लागि हार्दिक धन्यवाद।
विद्यालय प्रशासन